निर्माणाधिन योजनाहरुमा ढिलाइ कुनैपनि हालतमा बर्दास्त नहुने, मन्त्री प्रभुसाह

945

वीरगन्ज,साउन १३

शहरी विकास मन्त्री प्रभु साहले निर्माणाधिन योजनाहरुमा ढिलाइ कुनैपनि हालतमा स्वीकार्य नहुने निर्देशन दिएका छन । वीरगन्जमा निर्माण भइरहेका विभिन्न योजनाहरुको कार्यान्वयनलाइ निरिक्षण गर्ने क्रममा मन्त्रीसाहले यस्तो निर्देशन दिएका हुन । शुक्रवार वीरगन्जमा संचालत बिभिन्न योजनाको कार्यन्यवन गर्ने र अन्तरसम्बन्धीत निकायहरुलाई निर्देशन दिदै शहरी विकास मन्त्री साहले ठेकेदारको इच्छाअनुसार निर्माण योजनाहरुलाइ निर्माण समयअवधि लम्बयाउने कार्यहरु कुनै पनि हालतमा बर्दास्त नहुने बताए । विकास निर्माणमा ढिलाई हुँदा वीरगन्ज जस्तो राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्ने सहर लथालिङ्ग बनेकोमा मन्त्रीसाहले दुखसमेत व्यक्त गरे ।
वीरगन्जक्षेत्रमा कार्यन्यवन भइरहेको विकास निर्माणका योजनाहरुको अनुगमन गर्दै भइरहेका कामहरुमा देखिएको ढिलाइहरुलाइ इगंीत गर्दै अबिलम्ब पुरा गर्न निर्देशन दिएका थिए । निर्धारित समय तालिकाभन्दा बिलम्ब भएका करिब ७ अर्ब लगानीका ५ वटा ठुला र वीरगन्जका लागी अतिमहत्वपुर्ण योजनजाहरुको अनुगमनक्रममा मन्त्री साहले यस्तो निर्देशन दिएका हुन् । बिभिन्न सरकारी निकायहरु विच समयमै उच्चित समन्वयको कमि, स्थानीय जनताका अवरोध, योजना कार्यन्वयन गर्नेहरुको कमजोरी र ठेकेदार कम्पनीको लापारवाहीले निर्माण योजनाहरुमा ढिलाई हुने गरेको बताउदै मन्त्रीसाहले सुधारका लागि योजनाहरु कार्यन्यवन गर्ने निकायहरुलाइ सुधार ल्याउन निर्देशन समेत दिए ।
‘ठेकेदारको चाहना अनुकुल डिजाइन परिवर्तन गर्ने, बिभिन्न कारणदेखाएर निर्माणमा ढिलाई गर्ने प्रबृतिहरु देखिएका छन्,’ मन्त्री साहले भने, ‘अब यस्ता कुनै पनि बाहानामा विकास निर्माणका काममा ढिलाई गर्न पाइदैन्, नीतिगत निर्णय र बजेटको प्रबन्ध गर्नु पर्ने भए त्यो सरकारले गर्नेछ ।’ विकास निर्माणमा तिब्रता तपाइहरु ल्याउनुस भन्दै मन्त्रीसाहको भनाइ रहेको थियो ।
समयभन्दा १४ महिना ढिलोमा २० प्रतिशत काम अझै बाकी रह्न गएको एशियाली बिकास बैंकको ८१ प्रतिशत तथा नगर बिकास कोषबाट ११ प्रतिशत रकम ऋण र आयोजना कार्यन्यवन गर्ने शहरको ८ प्रतिशत लगानीमा २ अर्ब ४८ करोड ३६ लाखको योजनाको कामले समस्या भएको स्थानीयको गुनासो रहेको थियो ।
ठुला आकारका भुमिगत नालाहरु बनाउन सडकहरु खनिएपछि आवतजावतमा स्थानीयलाई सास्ती बढेको स्थानिय नेताहरुको आरोप समेत रहेको थियो । नाला बनाउने काम ८० प्रतिशत बढी सकिए पनि सडक सुचारु हुन पाएको छैन् । योजना ब्यवस्थापक शैलेन्द्र श्रेष्ठले जतिसक्दो चाँडो काम पुरा गर्ने मन्त्रीसामु प्रतिबद्धता समेत जनाएका छन । आन्दोलन र बेलामा ढुँगा–बालुवा–गिट्टी नपाईनु लगायतले ढिलाइ भएको उनको जवाफ रहेको थियो । बिद्युत प्राधिकरण र नेपाल टेलिकमले योजना निर्माणस्थलमा परेका खम्बा (पोल)हरु नहटाएर पनि समस्या भइरहेकोमा मन्त्री सहले सम्बन्धीत निकायका अधिकारीहरुलाई आवश्यक कदम चाल्न निर्देशन दिए । यसै योजना अन्तरगत बनिरहेको ढलको पानी प्रसोधन गर्ने केन्द्रको पनि उनले निरिक्षण गरेका थिए । त्यसै गरी यसै योजनाको बेग्लै ‘प्याकेज’को रुपमा वीरगन्जमा निर्माणधीन रहेको करिब ५० करोड लागतको फोहार मैला ब्यवस्थापन केन्द्रको पनि साहले निरिक्षण गर्दै बेलैमा काम सम्पन्न गर्न ठेकेदार कम्पनीलाई निर्देशन दिए ।