नगवाको फोहोर मैला वयवस्थापन केन्द्रको निर्माण परियोजना समयमै सम्पन्न गरिने – मेयर सरावगी

832

वीरगन्ज ,माघ ९ – वीरगन्ज महानगपालीकाका मेयर विजय सरावगी मगंबार दिउसो नगवामा निर्माण भइरहेको फोहर मैला वयवस्थापन केन्द्रको स्थलगत निरिक्षण गर्दै कार्यप्रगतिका बारेमा सरोकारवालाहरुसगं छलफल गर्नुभएको छ । मेयर सरावगीले परियोजनासंग सम्बन्धित पदाधिकारी, कन्स्लटेन्ट र ठेक्केदार कम्पनिका पदाधिकारीहरुसगं छलफल गर्दै निर्माण कार्यप्रगतिबारे जानकारी समेत लिनुभयो । मझौला शहर एकिकृत शहरी वातावरणीय सुधार आयोजनाको दोस्रो चरण अन्तर्गत बन्न लागेको यो परियोजनाका कन्सल्टेन्ट स्मेक इन्टरनेशनलका टिमलिडर नागेन्द्रझा, निर्माण बिशेषज्ञ बि.एम शाक्य, योजना प्रमुख शैलेन्द्र श्रेष्ट, ठक्केदार कम्पनिका अरविन्द गुप्ता, इन्जिनियर अजित कर्ण र वीरगन्ज महानगपालीकाका वरिष्ट अधिकृत सुमन श्रेष्ठसगं छलफल गर्दै समयमै निर्माण कार्यसम्पन्न गर्न निर्देशन समेत दिनुभयो । सहरबाट निस्किने सबैखाले ठोस फोहोरलाई बैज्ञानिक रुपमा ब्यवस्थापन गर्न बन्न लागेको फोहोर मैला ब्यवस्थापन केन्द्र ४७ करोड ६१ लाख ८० हजार रुपैया लागतमा चिनिया निर्माण कम्पनी जन्डिङ इन्टरनेशनल इन्जिनियरिङले ठक्कालिएको हो । एशियाली विकास बैंकको आर्थिकसहयोगमा निर्माण भइरहेको यो परियोजना अन्तर्गत  ‘फोहोर मैला ब्यवस्थापन केन्द्र’ को निर्माण  नगवाभन्दा पुर्वको नाला तथा सडक निर्माण र सिगंहा नदि व्यवस्था लगायतका अधिकांस कार्यहरु सम्मपन्न भएको छलफलमा जानकारी गराइएको थियो ।  परियोजनामा प्रयोग हुने ४वटा टेक्टर ,टिपर,रोलर तथा जेसिवी लगायतका सरसफाइका मेशिनहरु पनि मगांइ सकिएको ठेक्केदार कम्पनिका इन्जिनियर अजित कर्णले मेयरसरावगीलाइ जानकारी गराएको थिए ।छलफलको क्रममा मेयर सरावगीले सिगंहा नदिको छेउमा निर्माण गरिने सवदाह गृहको निर्माण कार्य अबिलम्ब सुरु गर्न निर्देशन समेत  दिनु भयो । यो निर्माण सम्पन्न भइसकेपछि यसस्थानमा २० बर्षसम्म वीरगन्जको फोहोरलाई बैज्ञानिक किसिमले ब्यवस्थित गर्न सकिने छ । साँथै ‘फोहोर मैला ब्यवस्थापन केन्द्र’ माल्याइने फोहार प्रसोधन गरी बजारमा बेंचेर त्यसबाट बार्षिक ६ करोड २० लाख रुपैया आम्दनी समेत हुने लक्ष्य रहेको छ । ‘कुहिन सक्ने’ फोहोरलाई कम्पोष्ट मल बनाइने छ र ‘पुनः प्रयोग हुन सक्ने’ किसिमका प्लास्टिक, फलाम, कागज, शिसा लगायतका बस्तु छुट्याएर कवाडको रुपमा बजारमा बिक्रिगरी आर्थिक श्रोतको रुपमा प्रयोग गरिने छ ।