प्रहरीमाथी आक्रमण गरी हतियार लुटने पक्राउ

540

बारा, १७ माघ  प्रहरी माथि आक्रमण गरी हतियार लुटने घटनाको मुख्य नाइकेलाई बारा प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपाल भित्रिदै गर्दा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलनको आयोजना गरी बैशाख ४ गते भएको प्रहरी माथिको आक्रमण र हतियार लुटने समूहका मुख्य नाइकेलाई पक्राउ गरिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक भुवनेश्वर प्रसाद साहले बैशाख महिनाको ४ गते अन्दाजी बिहान साढे ५ बजेको समयमा भारतबाट अवैध तरिकाले लाखौ बराबरको मालसमान नेपाल भित्रिरहेको सूचना पाउन साथ खटिएका प्रहरीहरु माथि आक्रमण गरी हतियार लुटी, लगेको अभियोगमा साहलाई पक्राउ गरिएको बताउनु भयो । प्र.ह.शेष मसिरुलको कमाण्डमा ४ जनाको मोटरसाईकल गस्ती टोली माथि करिब २५ देखी ३० जनाको समूहले आक्रमण गरेको बताउनु भयो । आक्रमण गर्नेहरुको मुख्य योजनाकार तथा नाइके जिल्ला बारा कलैया उपमहानगरपालिका वडा नंं.१२ धर्मनगर निवासी ५१ ब्र्षिय फुलेना साह गोढलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक भुवनेश्वर प्रसाद साहले बताउनु भयो ।
पक्राउ गर्न गएका ४ जना प्रहरी माथि आक्रमण गरी हतियार लुटेर लगेपनि त्यही दिन नेपाल इटा उधोगमा लुकाई छिपाई राखेको अवस्थामा फेला परेको प्रहरी नायब उपरिक्षक साहले जानकारी दिनुभयो । प्रहरी माथि आक्रमण गर्नेको मुख्य नाइके फुलगेना साह गोढ सोही घटना पश्चात फरार भई भारतमा लुकिछिप बसिरहेको थाह पाएपनि हिजो मंगलवार साझको समयमा मुख्य नाइके नेपाल प्रवेश गरेको सूचनाको आधारमा बाटो बाटै पक्राउ गरी ल्याएको प्रहरी नायब उपरिक्षक भुवनेश्वर प्रसाद साहले बताउनु भयो ।
पक्राउ परेका फुलगेना साह गोढलाई डा“का तथा ज्यान मार्ने उद्योग मुद्दामा सम्मानित बारा जिल्लाबाट म्याद अनुमति लिई हिरासतमा राखी आवश्यक अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।