बिचौलियाको मारमा नेपाली आयात

570

कोलकता फागुन १६ ,कलकत्तामा बिद्यमान बिचौलियाहरुको ‘किलियरिगं एजेन्ट’ सिन्डिकेटले गर्दा हल्दिया बन्दरगाह नेपाली आयात कर्ताहरुको लागी राम्रो बिकल्प बन्न सकेको छैन । तेश्रो मुलुकबाट मालसामान आयात गर्न नेपाली आयातकर्ताका लागि भारतको हल्दिया बन्दरगाह (पोर्ट) , कोलकत्ता बन्दरगाहको सट्टा गतिलो विकल्पका रुपमा स्थापित भएपनि एजेन्टहरुको सिन्डिकेटका कारण गतिलो रुपमा चलन सकेको छैन ।
कोलकत्ता बन्दरगाहमा मात्रै निर्भर पर्नु पर्ने बाध्यताबाट नेपाली आयातकर्ताहरुलाइ तीन वर्ष यता हल्दिया बन्दरगाहले मुक्ति दिलाएको छ । तर नेपाली आयात कर्ताहरुको कोलकत्तामा रहेको नेपाली किलियरिगं एजेन्टहरुमाथीको निर्भताले गर्दा यस बन्दरगाहबाट आयात बढन नसकेको सरोकारवालाहरुको गुनासो रहेको छ ।
सन् २०१५ देखि नेपाली आयातकर्ताहरुले प्रयोग गर्दै आएको हल्दिया बन्दरगाहको टर्मिनल , कोलकत्ता बन्दरगाहका टर्मिनल भन्दा ठूलो र बढि क्षमताको भएका कारण नेपाली आयातकर्ताहरुका लागि हल्दिया बन्दरगाह ढुवानीमा सस्तो पनि छ ।
तेश्रो मुलुकबाट कोइला , क्लिन्कर , फलाइ एस लगायतका औद्ययोगिक कच्चा पदार्थ र रासायनिक मल नेपाली आयातकर्ताहरुले हल्दिया बन्दरगाह प्रयोग गरेर आयात गर्दै आइरहेका छन् ।
कोलकत्ता बन्दरगाह समुन्द्रबाट दुइ सय २० किलो मिटरको दुरीमा छ । तर हल्दिया बन्दरगाह , समुन्द्रबाट करिब चार किलोमिटरको दुरीमा मात्रै छ । जसका कारण मदर भेसल (ठूला पानी जहाज) हरु पनि हल्दिया बन्दरगाहको टर्मिनलमा सिधै आउने गरेका छन् ।
तर हल्दिया बन्दरगाहको टर्मिनल कोलकत्ताको भन्दा ठूलो रहेको र रेल्वे साइड पनि पानी जहाज आउने स्थानको छेउमै भएका कारण टर्मिनलमा पानी जहाज आउने बित्तिक्कै जहाजबाट मालसामान झारेर सिधै रेलमा लोड गरेर वीरगन्जको सिर्सिया सुख्खा बन्दरगाहमा पुरयाउने सुविधिा समेत रहेकको छ ।
तर कोलकत्तामा रहेको किलियरिगं एजेन्टहरुको आफनै ट्रकहरु भएका कारण नेपाली कायात कर्तालाइ विभिन्न कृतीम समस्या देखाएर रेलवे भन्दा सडकबाटो बाटै कन्टेनरहरु कोलकत्ताबाट पठाउने गरेकोले हल्दिया बन्दरगाहलाइ ओझेलमा पारिएको छ ।
तेश्रो मुलुकबाट हल्दिया बन्दरगाहको टर्मिनलमा ल्याएर भण्डारण गरिने प्रत्येक कन्टेनरमा मेरिन कन्टेनर ह्याण्डलींग सफटवेयर प्रणाली जडान गरिन्छ । जसका कारण टर्मिनल परिसरमा भण्डारण गरिएका कन्टेनरहरु कहा र कुन स्थानमा छ भनेर खोज्न सजिलो हुने गरेको हल्दिया बन्दरगाह व्यवस्थापन गर्ने कम्पनी जेएन बक्सी ग्रुपका योजना शाखाका सहायक प्रबन्धक अप्पा राव बताउछन् ।
यो सुविधा कोलकत्तामा छैन , हल्दियामा मात्रै छ , उनले भने ,यो सफटवेयर जडान गरिएका कारण, टर्मिनलमा कन्टेनरको जति धेरै चाप भएपनि आयातकर्ता वा उनका एजेन्टले आफनो कन्टेनर कहा कुन अवस्थामा छ भनेर सजिलै पत्ता लगाउन सक्छन् , यसले कस्टम क्लियरिंग गर्ने क्रममा पनि धेरै सहजता भइरहेको छ ।
कोलकत्ता बन्दरगाह टर्मिनलमा अहिले नेपाली आयातकर्ताहरुका लागि काम गर्दै आएका भन्सार जाँचपास एजेन्टलाइ हल्दिया बन्दरगाह टर्मिनलमा काम गर्नका लागि छुटटै अनुमति पत्र (एजेन्ट लाइसेन्स) चाहिदैन । कोलकत्ताकै लाइसेन्सका आधारमा काम गर्न सक्ने सुविधा रहेकाले नेपाली आयातकर्ताहरुलाइ हल्दिया बन्दरगाहमा कुनै झन्झट नरहेको हल्दिया बन्दरगाह व्यवस्थापन गर्ने कम्पनी जेएन बक्सी ग्रुपका बजार प्रबन्धक तपन दास बताउछन् ।
कोलकतास्थित नेपालका महावाणिज्यदुत एकनारायण अर्यालले नेपाली आयातलाई सहज, छरितो र कम खर्चिलो बनाउन आफुहरु सम्भव भएसम्म हरेक प्रयास गरिरहेको बताए । उनले सुबिधासम्पन्न हल्दिया र बिशाखापटनम बन्दरगाहसंग प्रतिस्पर्धा गर्न काोलकता बन्दरगाहले पनि नेपाली आयातका सहजताका लागि बिभिन्न उपायहरु गर्न थालेकोलाई राम्रो भने । तर कोलकत्ता बन्दरगाहमा रहेको झनभटिलो भन्सार किलियरिगंलाइनै किलियरिगं एजन्टहरु मनपराउनु पछिको कारण के ?कोलकत्ता स्थित भारतीय महावाणिज्य दुतावासका उपमहावाणिज्य दुत नारायण शर्माले भने ‘एकताका २१ ठाउबाट जांचपास हुने कोलकत्ता बन्दागाह भन्सारको जांच प्रक्रिया अहिल ेपनि ८ठाउबाट पास गराइनु पर्ने अवस्था रहेको छ ।तर हल्दिया कोलकत्ता भन्दा धेरै सहज छ ।’
कोलकत्ता रिभर बेस पोर्ट (नदिमा बनाइएको बन्दरगाह) तर हल्दिया ओसेन पोर्ट (सामुन्द्रिक बन्दरगाह) हो । त्यसैले कोलकत्ता पोर्टको भन्दा यहा आयातकर्तालाइ समय र लागत खर्च दुवै कम लाग्छ । जस कारण आयतकर्तालाइ फाइदा भाइरहेको छ ।
पहिलो बिकल्प बनेको बिशाखापटनमलाई टाँढा ठानेकाहरुका लागि हल्दिया सुबिधासम्पन्न अर्को बिकल्पको रुपमा देखा परको छ । यो बर्षदेखी हल्दियाले पनि नेपाली कन्टेनर कार्गोलाई ढुवानीलाई प्राथमिकता दिन थालेको छ । कोलकताको तुलनामा निकै कम कागजी प्रक्रिया हुने गरेकोले हल्दिया भएर आयात गर्दा समय र पैसाको बचत हुने आयातकर्ताको पनि बुझाई छ । कोलकतामा भइरहेको असहजताबाट ‘सिएचए’ (कार्गो ह्याण्डलिङ एजेन्ट)हरुले फाइदा लिने गरेकोले उनीहरु ट्रान्जिट अन्यन्त्र जान दिन नचाहेको कतिपय आयातकर्ताको बुझाई पनि छ । सिपिङ कम्पनी र बन्दरगाह संचालकले नलिएको शुल्कहरु एजेन्टले आयातकर्ताबाट असुल्ने र छुटहरु लिएर आयातकर्तालाई नदिने चलन रहेको स्रोतको दावी छ । कागजी कमजोरीलाइ देखाएर पनि कोकत्ता भन्सार कर्मचारीको नाउमा आयातकर्तासगं रकम लिने पुरानो परिपाटीले पनि हल्दिाजानबाट रोकने गरेको बुझाइ छ । आयातकर्ताहरुले पनि आफुहरुको सम्पर्क सिपिगं कम्पनि र बन्दरगाह ब्यवस्थापनसंग प्रत्यक्ष नभएर एजेन्टहरुको माध्यमबाट मात्र कारोवार हुनेगरेको बताए ।
तर एजेन्टहरु भने आफुहरु नेपाली ब्यपारलाई ब्यवसायिक रुपमा सहजिकरण गर्ने गरेको बताउछन् । कतिपय आयातकर्ताले भुक्तानी नगर्दा महिनौ मारमा पर्ने एजेन्टलाई नै आरोपित गर्नु बेठिक भएको कोलकता भन्सार एजेन्ट संघका महासचिव अमृतभक्त श्रेष्ठले बताए । संघका आबद्ध एजेन्ट बाहेक नाम मात्रको एजेन्ट रहेका बिचौलिया (ठप्पापाटी र ट्रासन्पोर्टर)को माध्यमबाट कारोबारले गर्दा एजेन्टहरु बदनाम भइरहेको उनको दावी छ ।
हल्दिया भएर कन्टेनरहरु आउदा एजेन्टहरुमार्फत हुने गरेको अनावश्यक खर्च कटौति हुने त्यहाँका अधिकारीहको दावी छ । हल्दियाबाट कन्टेनर मगाउदा प्रति कन्टेनर २० देखी ५० हजार रुपैयासम्म नेपाली आयातकर्ताको बचत हुने देखिन्छ । अन्तमा नेपाली उपभोक्ताका टाउकोमा आइपर्ने ब्यपार लागत कटौति नेपालकै लागि फाइदा भएको वरिगन्ज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष अशोक बैद्यको भनाईृ छ । उनले नेपाली आयातका लागि उतर बिकल्पहरु चयन गर्ने समय आइसकेको बताए ।