पर्यटक आउने क्रम बढेपछि हल्खोरिया दहको सफाई गरिदैं

590
वीरगन्ज,चैत्र १६ पर्सा राष्टिय निकुन्जको प्रसिद्ध  सिनसाइटको रुपमा रहेको  हल्खोरिया दहको सरसफाईलाइ तिब्रता दिइएको छ ।  निकुन्ज प्रशासनले एक साता देखि दहको सफाई अभियान चलाएको हो । सरकारले पर्साबन्यजन्तु आरक्षलाइ राष्टिय निकुन्जको रुपमाघोषणा गरेपछि दहलाइ व्यवस्थि तगर्न एब बर्ष यता यो समेत गरी तेश्रो पटक  सफाई अभियान चलाइएको हो । निकुन्जमा विदेशि पर्यटकहरुको संख्याको क्रमबढदै गएपछि दहका बाधहरुलाइ  व्यवस्थित  गनुको साथै सरसफाइ अभियानमा तिब्रता दिएको हो ।
करीब ११ हेक्टरमा फैलिएको यो दहको अधिकांश भाग घा“स र वनस्पतिले ढाकी सकेकाले सफाई गर्न थालिएको निकुन्जले जनाएको छ ।  जनावरहरु पानि खान दहमा जमघट हुने गरेकोले यसलाइ पर्यटकको लागि भ्युप्वाइन्टको रुपमा विकसित गरिएको हो ।निकुन्जको अति महत्वपूर्ण क्षेत्रमा रहेको पानीको यो ठूलो श्रोतलाई व्यवस्थित र संरक्षण नगरिए  ढाकिने भएकोले समय समयमा सरसफाइ गरिएको निकुन्ज प्रमुख आचार्यले बताउनु भयो ।
 ढड्डी र नरकट जस्ता वनस्पति हात्ति र गैंडाले रुचाउदैनन् । जलचर, चरा र गैंडालाई आहाल खेल्न पनि दह सफा चाहिन्छ । निकुन्जका सबै खाले जनावर मात्र नभई हात्ति र चितवनबाट पर्सा निकुन्जबाट आएका गैंडा जस्ता जनावर बस्ने क्षेत्रको रुपमा विकास भएकाले दह वरपरको क्षेत्रलाई निकुंजले व्यवस्थित गर्ने प्रयास लागेको हो ।
दहमा जलस्तर बढे दहमा बाघको आहारा प्रजातिका मृग लगायतका जनावरहरुको आवागमन पनि बढ्ने भएकाले बाघको संख्या वृद्धीमा पनि सकारात्मक प्रभाव पर्ने आचार्य बताउछन् । ‘दहलाई सफा गरेर यसमा पर्याप्त पानी, बाहिर घा“से मैदान विकास गर्ने हाम्रो लक्ष्य हो,’ आचार्यले भने, ‘यस बर्षको साउन २८ को बर्षाको भेलले दहको ड्याम फुटाएकाले त्यसलाई व्यवस्थित पनि गर्दै छौं, यसरी बर्षायाममा बढी भएको पानी दहबाट बाहिरिन्छ र आवश्यक पानी दहमा रहन्छ ।’
वन्यजन्तुको अत्यधिक आवागमन हुने भएकाले पर्यटक लोभिने सक्ने भएकाले मचान बनाइएको छ । वन्यजन्तु बढी आउने क्षेत्रमा वन्यजन्तुको अवलोकन गर्न आन्तरिक र बाह्य दुबै खाले पर्यटक आउछन् । गत बर्ष देखि यहा चितवन निकुन्जबाट  गैंडाहरुको आउने क्रम बढन थालेको छ ।
 निकुन्ज आसपासका मानव बस्तीका बासिन्दाले बर्षेनी लक्ष्मीपुजाको दिन यो दहमा आफ्नो हलोजुवा धोई पखाली गर्ने भएकाले दहको यसको नाम हल्खोरिया रहन गएको मान्यता समेत रहेको छ । बितगमा राष्ट्रिय वन हुदा यो दहमा दैनिक एक सय बढी मानिस माछा मार्न भनि आउने गरेकोमा निकुंज घोसणासंगै त्यो क्रम रोकिएको छ ।