पर्सा निकुन्जको भावर क्षेत्रमा डढेलो

576

 

वीरगन्ज,चैत्र १५ तराइमा गर्मिबढेसंगै पर्सा राष्ट्रिय निकुन्जको दक्षिणी भेगको भावर क्षेत्रमा डढेलो लागेको छ ।रोल…
लगभग एकअप्तोखि निकुन्जको भावर क्षेत्रमा डढेलो लागेको क्रम बढदै गएको छ ।सुख्खा मौसमको सुरुवातसंगै हावाको क्रमपनि बढदैकाले अहिले कम डढेलो क्रमबढको निकुंजको क्रमचारीहरुको भनाइ छ । । निकुन्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले हाल निकुन्जको दक्षिणी भावर क्षेत्रमा बढी डढेलो लागेको बताउनु भयो । उहाले हाल सम्म ठूलो खालको नभई ससाना डढेलो लागेको पाइएकाले चिन्ता गरी हाल्नु पर्ने अवस्था नरहेको बताउनु भयो ।
बसन्तको आगमन पछि हालसम्म पानी नपरेकाले डढेलो छिटो फैली रहेको कर्मचारीहरुको तर्क रहेको छ । गत बर्ष तुलनात्मक रुपमा बढी डढेलो लागेकाले एकै दिनमा ६ सय बढी स्थानमा डढेलो लागेको थियो ।
निकुन्जमा प्रवेश गर्ने गोठालाहरुले चुरोटको ठुटा र सलाई कोरेर लगाउने गर्दा लाग्छ । यस बाहेक मानविय गतिविधि नभएको क्षेत्रमा पनि हावाको अत्यधिक वेगमा रुखहरुको आपसि घर्षणबाट आगोको झिल्का उत्पन्नले डढेलो लाग्ने गरेको बुझाइ समेत रहेको छ
डढेलो रोकथामकै लागि निकुन्ज प्रशासनले निकुन्जको बिभिन्न क्षेत्रमा फायर लाइन पनि बनाएको छ । निकुन्ज क्ष्ँेत्रमा २ सय देखि २ सय ५० किलोमिटर फायर लाइन रहेको उनले बताए । जंगलमा बनाइने यस्ता फायरलाइनको कारण एक भागबाट अर्को भागमा आगो फैलिन सक्दैन ।

ुर