एकीकृत जाँच चौकीको भारतीय कार्यालमा भिषण आगलागी

171

अनिल तिवारी
वीरगन्ज १० चैत
वीरगन्जको अलौमा रहेको रहेको एकीकृत जाँच चौकीको भारतीय कार्यालयमा भिषण आगलागी भएको छ ।नेपाल आईसिपीसँग टाँसिएर रहेको भारत तर्फको एकीकृत जाँच चौकीमा आइतवार दिउँसो भएको आगलागीले दुबै देशको कामकाज तिन घन्टासम्म अवरोध भएको थियो । भारती आईसिपीको कम्पाउन्डसंगै रहेको बगैचामा उम्रेको घाँसमा भएको आगलागिले ठुलो छती भएको छ ।। आगलागिबाट पाँच वटा सिसी क्यामरा, ६ वटा माईक, विद्युत पोलको वायर, फाईबर केबल (तार) जलेर नष्ट भएको छ । त्यसैगरी सुरक्षाको लागि बनाईएको एउटा पोष्टमा पनि आगोले जलेर नस्ट भएको छ । आगलागिका कारण भने खुल सकेको छैन । वीरगन्ज महानगरपालिका तीन , पोखरीया नगरपालिका र भारतको रक्सौलबाट आएका वारुण यन्त्रको सहयोगमा आगोलाई दुइ घन्टामा नियन्त्रण गरिएको थियो । बारुण यन्त्र, स्थानिय प्रशासन, भारतीय एस एस बिको जवान र आईसिपीका कर्मचारीहरुको सहयोगमा आगोलाई नियन्त्रणमा लिएको थियो । आगलागीको कारण खुल्न नसकेको वीरगन्ज भंसार कार्यालयका प्रवक्ता मनिष महतोले बताए । थप विवरण आउन बाँकी छ, हामी भारतीय पक्षसंग जानकारी लिने काम गरीरहेको प्रवक्ता महतोले बताए । आगलागी भएपछि भन्सार नाकाबाट आयात र निर्यात हुने मालबाहक सवारी साधनलाई आवत जावतमा तत्कालका लागी रोक लगाको प्रवक्ता महतोले बताए । तीनघण्टा भित्र आगो नियन्त्रणमा आएपनि पुन सहज रुपमा निर्यात आयात गरिने सवारी साधनहरु संचालनमा ल्याईएको उनले जानकारी गराए ।
यसैबिच भारतीय आइसीपीमा आगलागी भएलगत्तै नेपाल तर्फको आइसीपीमा आइसीपी समन्वय समितिको बैठक बसेको थियो । बैठकमा नेपाल तर्फको आइसीपी सन्चालनको जिम्मा पाएको इन्टर मोडेल यातायात विकास समिातिका प्रमुख होमेन्द्र विक्रम शाही , सशस्त्र प्रहरी निरक्षक सुमन अधिकारी , जिल्ल प्रशासन कार्यालय, वीरगन्ज भन्सार कार्यालयका प्रतिनिधीहरुको सहभागीता थियो । बैठकमा नेपाल र भारत दुवै तर्फको आइसीपीको संरचना एकै प्रकारका रहेकाले नेपाल तर्फको आइसीपीमा पनि हुन सक्ने आगलागीको जोखीमलाइ मध्यनजर गरि छलफल भएको इन्टर मोडेल यातायात विकास समिातिका प्रमुख शाहीले जानकारी दिए ।