नेशनल मेडिकल कलेज अस्पतालमा बिरामीको चाप बढदो

382

वीरगन्ज,चैत १०
प्रदेश नं.२ मा रहेको एक मात्र नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा बिरामीहरु को चाप बढेएको छ । मौसम परिवर्तनले गर्दा तराईमा बढेको गर्मीले झाडा–पखालाका बिरामीहरु लगभग एक हप्तादेखि अस्पतालमा भर्ना हुने क्रम बढको अस्पतालले जनाएको छ । विरगंजमा रहेको सरकारी अस्पताल नारायणि उप–क्षेत्रीय अस्पतालको सेवा सुविधा लथालिर्ग अवस्थामा रहेको कारण विपन्न तथा मध्यमवर्ग लगायत सिमावर्ती भारतीय बिरामीहरु नेशनल मेडिकल कलेजको अस्पतालमा आउन बाध्य भएंकोले पनि विरामिको चाप बढेको हो ।
वीरगन्जमा रहेका निजि अस्पतालहरुले प्रदान गर्ने सेवाको स्तर कमजोर भएपनि मनपरि उपचार शुल्क लिने गरेको कारण विरामिहरुको रोजाइ नेशनल मेडिकल कलेज बन्दै गएको शिक्षण अस्पतालमा प्रबन्ध निर्देशक बस्रुदिन अंसारीले बताउनु भयो ।उहाले मेडिकल अस्पतालमा विभिन्न अत्याधुनिक उपचारका महगां उपकरणहरुद्धारा उत्कृष्ट उपचार प्रदान भइरहेको बताउनु भयो । नारायणी अस्पतालको हाता भित्र रहेका औषधि पसलहरुमा आवश्यक औषधि न पाउनु,पैथलोजी परिक्षणमा कर्मचारीको कमिशनले गर्दा पनि बिरामीहरु अन्यत्र जान बाध्यता भएकोले नेशनल मेडिकल कलेजमा विरामिहरुको चाप बढदै गएको छ । ।
नेशनल मेडिकल कलेज शिक्षण अस्पतालमा सरकारी अस्पताल भन्दा पनि कम शुल्कमा उपचार हुनको साथै विभिन्न परिक्षणहरुको चेक–जांच सस्तो रहेको अपस्तालले जनाएको छ । नेशनल मेडिकल कलेजले दिएको सेवाहरु सन्तुष्टि जनक भएको निजगढका पार्वती ल्युटेलको भनाइ रहेको थियो ।