स्चालित पेस्तोल सहित क्याम्पसका प्रध्यापक पक्राउ

200

वीरगन्ज,मंसिर १०
जिल्ला प्रहरी कार्यालय पर्साले स्वचालित पेस्तोल सहित प्रध्यापकलाई पक्राउ गरेको छ ।वीरगञ्ज महानगरपालिका वर्डा ११बाट गए राति प्रहरीले स्वचालित पेस्तोल सहित प्रध्यापकलाई पक्राउ गरेको हो । ठाकुरराम बहुमुखी क्याम्पसका लेक्चरर पदमा कार्यरत सर्लाही जिल्ला बलरा नगरपालिका–१० निवासी जितेन्द्र प्रसाद सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।विशेष सुराकिको आधारमा वीरगन्ज वीरगञ्ज महानगरपालिका वडा नं ११ दुर्गाटोलस्थित निवासबाट अवैध हतियार सहित मंगरबार राती सिहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जारीगरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।

सिंहको घरमा खानतलासी गर्दा दराजको सेफ बक्समा लुकाइछिपाई राखेएको अवस्था पेस्तोल बरामद भए पछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मञ्जित कुँवरले जानकारी दिए । खोजतलासका क्रममा प्रहरीले अलमारीबाट पेस्तोलमा प्रयोग हुने म्यागजिन एक थान, नपड्काइएको गोली चार थान र व्यक्तिलाई बेहोस पार्ने एनेस्थेतिक इथर एक बोतल बरामद भएको कुँवरले बताए । पक्राउ परेका प्रध्यापक सिंहलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । उनीमाथि हातहतियार तथा खरखजाना मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।