नेपाल भारत सहयोग मंचको केन्द्रीय अध्यक्षमा उधोगपति अशोक बैध

176

वीरगन्ज, माघ ,१७ नेपाल भारत सहयोग मंचको केन्द्रीय नेतृत्वमा बरिष्ठ उधोगी एवं समाजसेवी अशोक बैध निर्वाचित भएका छन । आज वीरगंजमा सम्पन्न साधारण सभा बाट १८ सदस्यीय कार्यसमिति गठन गरिएको छ , जसको बरिष्ठ उपाध्यक्षमा सत्यनारायण क्याल , उपाध्यक्ष गोपाल केडिया , महासचिव बालमुकुंद खरेल, सचिव सुबोध कुमार गुप्ता र कोषाध्यक्ष विनोद कुमार चौधरी रहेका छन । सभाका प्रमुख अतिथि बरिष्ठ समाजसेवी एवं उधोगपति बाबूलाल चाचानले मंचका सदस्य द्वय गोपाल केडिया र सुबोध कुमार गुप्ता नेपाल उधोग वाणिज्य संघको केन्द्रीय नेतृत्वमा छनौट भएकोमा दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
नव निर्वाचित अध्यक्ष अशोक बैधले यो बर्ष मंचको रजत जयंती मनाईने हुनाले जनसम्बन्धलाई प्रगाढ़ बनाउन विभिन्न कार्यक्रम गरिने जानकारी दिनु भयो ।
उनले मंच मार्फत भारतीय सहयोग लाई यस क्षेत्रको विकासमा लक्षित गर्न प्रयत्नशील रहेको बताए ।
मंचले दुवै मुलुकका नागरिक हरू माझ संवाद का लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको छ ।
अध्यक्ष वैधले भारत सरकार द्वारा हालै उपलब्ध गराईएको भ्याक्सिन सहयोगकालागि नेपाली जनता का तर्फबाट आभार गर्दै भारत जहिले पनि सुख दुःख को सहयोगी रहने परम्परा को सराहना गरे