Home पत्रपत्रिका पत्रकार अनुप तिवारी प्रेस चौतारीबाट निष्काशन

पत्रकार अनुप तिवारी प्रेस चौतारीबाट निष्काशन

38

प्रेस चौतारी नेपालले संगठनको नीति र निर्णय विपरीतका गतिविधिमा संलग्न रहेको आरोपमा चार पत्रकारलाई प्रेस चौतारीबाट पाँच वर्षका लागि सधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ ।
नेपाल पत्रकार महासंघको निर्वाचनमा प्रेस चौतारीका उम्मेदवारविरुद्ध सक्रिय भएको भन्दै पर्साका अनुप तिवारी, बाँकेका रूद्र सुवेदी, सिन्धुपालचाेकका दिनेश थापा र एशाेसिएट प्रदेशका मनुका कुँवरलाइ कारबाही गरिएको जनाएकाे छ । चाैतारीकाे बैठकले निर्णयमा विरोधी संगठनको योजना अनुसार उम्मेदवार बन्ने, संगठनको निर्णय विरुद्ध लाग्ने र नेतृत्वलाई सामाजिक सञ्जालमा आपत्तिजनक आक्षेप लगाउने लगायतका अनुशासनहीन र विद्यान विरोधी काम गरेको अभियोग प्रमाणित भएकाले कार्वाही गरिएको भनिएको छ ।
त्यस्तै, महासंघको निर्वाचनमा संगठनको निर्णयविपरीत उम्मेदवारी दिएका प्रस्तावक र समर्थकलाई एक वर्षका लागि निलम्बन गर्ने निर्णय चौतारी केन्द्रीय कमिटीको बैठकले गरेको छ ।
प्रेस चौतारीले संगठनको अनुशासन सुदृढ गर्न कारबाहीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ । संगठनले आगामी दिनमा आफ्नो गतिविधि र निर्णयलाई अझ प्रभावकारी बनाउँदै जाने बताएको छ ।