13
वीरगन्ज,पुष २८ । बिहार लोक सेवा आयोगद्वारा आयोजित ७० औ पीटी परीक्षालाई रद्द गर्न मांगगर्दै क्रमश बिहारमा बिरोध हुदै आएको छ । बिहार पब्लीक सर्विस कमिशनका सहभागी परिक्षार्थीहरुले परिक्षामा भएको अनिमिततालाई लिएर आन्दोलन गर्दै आएका छन ।
अनियमिततालाई लिएर यसलाई बदर गरी पुन परिक्षाको मांग जोडतोडले उठेको छ । परिक्षार्थीहरुले गरेको आन्दोलनमा सरकारका बिरोधी दलबाट चाहिने भन्दा बढी समर्थन पाएको छ । सोहि क्रममा युवाहरुको मांगलाई समर्थन गर्दै निर्दलीय सांसद पप्पू यादवले आज बिहार बंदको आह्वानको घोषणा छन । पप्पू यादवले १२ जनवरीको दिन बिहारबन्दको आहवान गरेका हुन ।
पप्पू यादवको आहवानलाई भीम आर्मी र ब्क्ष्ःक्ष्ः ले पनि समर्थन गरेको छ । साथै सांसद यादवले बिहारको बिपक्षीदल आरजेडी र वाम दललाई पनि बन्दमा समर्थन जनाउन अनुरोध गरेका छन ।