Home Breaking News आस्थाको महाकुंभमा , मुख्यमन्त्री योगी र भूटान नरेशले संगममा लगाए डुबकी, गंगा र अक्षयवटको गरियो पुजा पाठ

आस्थाको महाकुंभमा , मुख्यमन्त्री योगी र भूटान नरेशले संगममा लगाए डुबकी, गंगा र अक्षयवटको गरियो पुजा पाठ

विश्वमै प्रसिद्ध एवम हिन्दु धर्मावलम्बीहरूको सबैभन्दा ठूलो धार्मिक मेला महाकुम्भमा भुटानका राजा संगममा स्नान गरेका छन ।राजा जिग्मे खेसर नामग्याल वाङ्चुक उत्तर प्रदेशका मुख्यमन्त्री योगीसंगै संगममा पवित्र स्नान गरेका हुन । सोमबार भारत पुगेका उनले मंगलबार उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगै प्रयागराज स्थित त्रिवेणी सङ्गममा आस्था व्यक्त गर्दै डुब्की लगाए ।

राजा वाङ्चुक र मुख्यमन्त्री आदित्यनाथ विशेष सुरक्षाका साथ लखनउबाट बमरौली विमानस्थल हुँदै महाकुम्भ क्षेत्र पुगेका थिए । सङ्गम स्नानपछि दुवैले गङ्गा पूजा पनि गरेका थिए । सो पश्चात् उनीहरू लेटे हनुमान मन्दिर र अक्षयवट मन्दिरमा समेत दर्शन गरे ।
बुधवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी महाकुम्भ मेलामा सहभागी हुन लागेका छन् । उनको आगमनलाई ध्यानमा राख्दै उत्तर प्रदेश सरकारले सबै तयारी पूरा गरिसकेको मुख्यमन्त्री आदित्यनाथले जानकारी दिए ।
यस वर्षको महाकुम्भमा वसन्त पञ्चमीसहित तीन प्रमुख ‘अमृत स्नान’ सम्पन्न भइसकेका छन्, भने अझै तीन स्नान बाँकी छन् । लाखौँ श्रद्धालु र साधु–सन्तहरूले गङ्गामा डुब्की लगाउँदै धार्मिक आस्था प्रकट गरिरहेका छन् ।
हिन्दु धर्मग्रन्थहरूमा कुम्भ मेलालाई ‘अमर मेला’ भनेर उल्लेख गरिएको छ । यसलाई पवित्रताको प्रतीक मानिँदै आएको छ, जहाँ विश्वभरका भक्तजनहरू आफ्नो विवेक शुद्ध गर्न तथा आध्यात्मिक शान्ति खोज्न त्रिवेणी सङ्गममा स्नान गर्न आउने गर्छन् ।

महाकुम्भको आकर्षण अमृत स्नानमा विशेष रूपमा केन्द्रित हुने गर्छ, जहाँ विभिन्न अखाडाका साधु–सन्तहरूले भव्य रूपमा गङ्गा स्नान गर्ने परम्परा रहँदै आएको छ । धार्मिक र सांस्कृतिक महत्त्वका कारण कुम्भ मेला सधैँ विश्वव्यापी चासोको केन्द्र बन्ने गरेको छ ।योगी सरकारले गरेको हाइटेक तैयारीले यसपटकको महाकुंभलाई झनै प्रभावशाली बनाएको छ ।