मानव सभ्यताको इतिहाससँगै जोडिएको योग आज विश्वभर फैलिएको एक समग्र स्वास्थ्य विज्ञान हो । शारीरिक, मानसिक, भावनात्मक र आत्मिक सन्तुलन कायम राख्ने माध्यमका रूपमा विकसित भएको योगले आजको व्यस्त जीवनशैलीमा अमूल्य योगदान दिएको छ ।
योग संस्कृत शब्द “योग“ बाट आएको हो जसको अर्थ हो, ‘जोड्नु’ अर्थात् आत्मालाई परमात्मासँग जोड्नु । योग एक यस्तो साधना हो, जसले मानिसको तन, मन र आत्मा बीचको सम्बन्धलाई सुदृढ बनाउँछ । प्राचीन भारतका ऋषिमुनिहरूले यस विधालाई जीवनको उच्चतम अवस्था प्राप्त गर्नका लागि प्रयोग गरेका थिए । समयसँगै, योगले केवल आध्यात्मिक नभई चिकित्सकीय लाभ समेत दिन थालेको छ ।जसले गर्दा योगबाट चिकित्सा बिज्ञानलाई पनि योगले अकल्पनीय योग प्रदान गरिरहेको छ ।
योग केवल एक नारा होइन, जीवन जिउने एउटा सरल, प्राकृतिक र प्रभावकारी उपाय पनि हो । जब मानिसले आफ्नो शरीर, मन र आत्मालाई सन्तुलनमा राख्न सक्दछ, तब ऊ केवल रोगमुक्त मात्र नभइ, सुखमय र स्वथ्य जीवन पनि जिउन सक्छ । आजको जटिल दैनिकिले, तनावपूर्ण र व्यस्त जीवनशैलीमा हरेका व्यक्तिलाई शारीरिक, मानसिक र भावनात्मक समस्याहरूबाट ग्रसित गरिरहेको हुन्छ । यस्तो अवस्थामा योग एक अद्वितीय समाधान हो, जसले मानव जीवनलाई समग्र रूपमा सम्हाली रहको हुन्छ ।
योग लगभग ५हजार बर्ष भन्दा अगाडि देखि भारत बर्षमा सुरु भएको हो । सिन्धु–सरस्वती सभ्यताका मोहरहरूमा पनि ध्यानमग्न मुद्रामा बसेका व्यक्तिहरूको चित्र भेटिएको छ । उपनिषद, भगवद्गीता, पतञ्जलि योगसूत्र, हठयोग प्रदीपिका जस्ता ग्रन्थहरूमा योगका विविध आयाम वर्णन गरिएको छ ।
यसको नित्य प्रयोगबाट मानिस शारीरिक, भावनात्मक र आध्यात्मिक रुपले स्वस्थ्य रहनुका साथै शारिरिक तथा मांंसिक लगायत संम्पूर्ण विकासमा ठुलो मदद पुगने गर्दछ । सूचना प्रविधिको यो अत्याधुनिक समयमा विज्ञान माथि विजय हासिल गरेको मान्छे कोरोना जस्तो सूक्ष्म जीवाणुका कारण ढोका थुनेर संसारबाट अलगिन बाध्य भयो । त्यसैले कारोना लगायत समय समयमा आउने विविध जटिल परिस्थितिका लागि योग र ध्यानलाई बेलैमा चिनेर अपनाउनुको विकल्प छैन ।
विश्व योग दिवसको इतिहास
२७ सितंबर २०१४मा संयुक्त राष्ट्रको महासभामा भारतीय प्रधानमन्ंत्री नरेंद्र मोदीले प्राचीन भारतको पम्परा र बहुमूल्य धरोहरको रुपमा रहेको योगको बारेमा भाषण गर्नु भएको थियो । प्रधानमंत्री मोदीले दिएको प्रभावशाली र आश्वस्त भाषणले पुरै वैश्वीक समाजलाई विश्ववस्त बनायो । योगको वारेका उहाले प्रस्तुत गर्नुभएको तर्क र तथ्य माथि जोर दिदै योग मानव र प्रकृतिको बीच तालमेल बढ़ाउने सहायक सिद्ध हुने सवैमा विश्वास स्थापित भयो । जसलाई चिकित्सा बिज्ञानको रुपमा पनि लिन थालिएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले पेश गरेको प्रस्तावको प्रशंसा गर्दै ११ दिसंबर २०१४ को महासभाका १९३ सदस्य देशहरुले २१ जूनमा विश्व योग दिवस मनाउने प्रस्ताव पारित गरे । त्यसपछि हरेका २१ जूनका दिन अंतर्राष्ट्रीय योग दिवस मनाउन थालिएको हो । जसमा पहिलो विश्व योग दिवस नई दिल्लीको राजपथमा आयोजित योग सत्रमा पुरै विश्वका करिब ३५००० मान्छैहरु सामुहिक रुपमा योग गरेका थिए । त्यसबर्ष देखि प्रत्येक वर्ष पुरै विश्वमा २१ जुनका दिन विश्व योग दिवस मनाउने गरिएको छ ।
योगको प्रचार–प्रसारमा भारतले खेलेको योगदान
योग कुनै धर्म होइन, पुर्ण रुपेण विज्ञान हो । आम मानिसको बुझाइ र योगको उपयोगीतालाई यसरी भएको पाइन्छ ।‘योग–ध्यान’ प्रतिको बुझाइ पनि आडम्बरी छ । सागर मन्थन गरेपछि मोती टिप्न सकिन्छ भन्ने बुझ्नेहरू नै हो, डुबुल्की मार्नेहरू पनि ।‘मन अशान्त हुन्छ, यसलाई नियन्त्रण गर्न कठिन छ, तर ध्यानको अभ्यासद्वारा मनदेखि पार हुन सकिन्छ’, श्रीमद्भगवद्गीतामा भनिएकै छ ।
हिन्दु धर्मशास्त्र अनुसार मनाउदै आएको योगको बारेमा भारतीय प्रधानमन्त्री र उहको सरकारले खेलेको भूमिकालाई विर्सन सकिदैन । पुरै विश्वलाई योगको महत्व बुझाउदै संयुक्त राष्ट्रसंघको महासभाबाट पारित गराउनुका साथै विश्वमा रहेको भारतीय दुतावास तथा मिसनहरुले प्रत्येक बर्ष गर्दै आएको योग दिवसको अवसरमा गरिने कार्यक्रमहरुले योगको प्रचार प्रसार र उपयोगिताले तिरन्तर्ता पाएको छ ।
नेपालमा रहको भारतीय दुतावास तथा वीरगन्ज स्थित भारतीय महाबाणिज्य दुतावासले जुन महिनाको सुरु देखि विश्व योग दिवसलाई एक अभियानकै रुपमा मनाउदै आएको छ । वीरगन्ज,भरतपुर,हेटौडा,रौतहट र जनकपुरमा भारतीय महाबाणिज्य दुतावासले धुमधामका साथ योगको कार्यक्रम आयोजना गर्दै आएको छ ।
जसमा उल्लेखनिय सहभागीता देखिएको छ । यसरी योगका कार्यक्रमले योग प्रतिको आकर्षण बढनु साथै योगको महत्वलाई आम जनतामा बुझाउने सन्देश गएको छ ।
नेपाल–भारत बीच स्वास्थ्य तथा सांस्कृतिक कूटनीतिक सम्बन्धलाई दूतावासको यस पहलले बलियो बनाएको ठानिन्छ । नागरिकस्तरमा मित्रता अभिवृद्धि भएको छ । वीरगञ्जस्थित भारतीय दूतावासले मधेस प्रदेशमा योगको प्रचार–प्रसारमा गरेको पहल सराहनीय, रणनीतिक र दीर्घदर्शीपूर्ण छ । योग मात्र व्यायाम होइन, मानवावस्थाका सबै आयाममा स्वास्थ्य र सन्तुलन ल्याउने संजीवनी हो । योग अभ्यासले मधेस प्रदेशका नागरिकहरूमा जीवनशैली सुधार गर्ने मात्र होइन, धार्मिक–सांस्कृतिक सीमाहरू पार गरी दुई देशबीचको मैत्री बढाउने महत्वपूर्ण सरकारी पथप्रदर्शन जनाएको छ ।
आगामी दिनहरूमा यो पहलले मधेस मात्र होइन, सम्पूर्ण नेपालमा योगको रूप–रेखा विस्तार गर्ने विश्वास गर्न सकिन्छ । हामी सबैले पनि व्यक्तिगत रुपमा योगलाई जीवनशैलीमा समावेश गरी आत्मसंतुलन, शान्ति र स्वास्थ्यका दिशामा अघि बढ्न प्रेरित हुनुपर्दछ भन्ने अपेक्षा व्यक्त गर्न सकिन्छ ।
अतः, वीरगञ्जस्थित भारतीय दूतावासको योगप्रचार कार्यक्रम मधेस प्रदेशका लागि मात्र नभई नेपालका लागि उदाहरणीय छ । यसको निरन्तर विस्तार र गुणस्तरीय कार्यान्वयनले सम्पूर्ण नेपाली समाजमा सकारात्मक जागरुक्ता ल्याएको छ ।
योग र आयुर्वेद दुवै प्राचीन स्वास्थ्य विज्ञान हुन् । आयुर्वेदले खानपान, जीवनशैली र औषधिको माध्यमबाट रोग निको पार्छ भने योगले शरीरलाई निरोगी बनाउने उपाय दिन्छ । दुबैको संयोजनले दीर्घकालीन स्वास्थ्य सुनिश्चित गर्छ।
नेपालमा योगको अवस्था
योग दिवसका सन्दर्भमा योगको प्रार्दुभाव नेपालमै भएको र आज क्रमशः विश्वभर फैलिएको भए पनि नेपालीले नै योगको मर्म बुझ्न नसकेको तर्क आउने गर्छन् । सरकारले पछिल्लो समय योग, आयुर्वेद, जडीबुटी र प्राकृतिक चिकित्सामा जोड दिन थालेको छ । कक्षा ९, १०, ११ र १२ मा ऐच्छिक विषयका रूपमा योग शिक्षा, आयुर्वेद, प्राकृतिक चिकित्सा र जडीबुटी विषयको पाठ्यक्रम बनाएर कार्यान्वयनमा ल्याउनुले यसको महत्त्व बढ्दै गएको छ । व्यावहारिक जीवन हेर्ने हो भने यी चार विषयलाई अनिवार्य विषयको पाठ्यक्रम बनाएर व्यापकता दिन आवश्यक देखिन्छ ।
योग विश्वका दुई सयभन्दा बढी देशमा दैनिक रूपमा गरिन्छ । योगले हरेक देशका नागरिक शारीरिक एवं मानसिक रूपमा स्वस्थ हुने मात्र होइन; सकारात्मक, आत्मविश्वासी र सफल पनि हुँदै जान्छ ।
तत्कालीन सरकारको २०७२ साउन २८ गते बसेको मन्त्रिपरिषद् बैठकले माघ १ गतेलाई राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै शिक्षा मन्त्रालयलाई जिम्मेवारी सुम्पेसँगै राष्ट्रिय योग दिवस मनाउन थालिएको थियो। तत्कालीन शान्ति तथा पुनःनिर्माण मन्त्री नरहरि आचार्यको प्रस्तावमा मन्त्रिपरिषदले माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो ।
नेपालको सन्दर्भमा निम्न विषयसँग योगलाई आम नागरिकसम्म पु¥याउन सके योगको महत्व अझ बढेर जाने थियो । जसले ‘गरौं योग, रहौं निरोग’ को नारामा मात्रै सीमित नरहेर निम्न महत्वपूर्ण विषयहरुमा समेत नयाँ आयामहरु थप्न भूमिका खेल्ने थियो ।
पर्यटनमा योग
प्राकृतिक सम्पदा र जैविक विविधताले भरिपूर्ण रहेको नेपाल भूमि योगको उद्गमस्थल हो । नाथ सम्प्रदायका शिष्य गोरखनाथले हठयोग ग्रन्थ लेखेको र गौतम बुद्धले योग र ध्यानको साधनाद्वाराा शान्तिको सन्देश छरेको इतिहास हाम्रा सामु प्रष्ट छ । त्यसैले पनि हाम्रो भूमि योग पर्यटनका प्रशस्त सम्भावना रहेको ठाउँ हो ।
पर्वतीय क्षेत्रमा पर्यटकहरुलाई अक्सिजनको कमीका कारण उत्पन्न हुने विभिन्न किसिमका नकारात्मक असरहरु न्यूनीकरण गर्दै चेतना तथा आनन्दको विस्तार गर्न योग निकै महत्वपूर्ण छ। प्राकृतिक सुन्दरताले भरिपूर्ण शान्त ठाउँहरु नेपालमा प्रशस्त छन् ।
हिमाल, पहाड र तराइको त्रिपक्षीय सन्तुलन कायम रहेको सानो क्षेत्रफल भएको हाम्रो देशमा विश्वका पर्यटकहरुलाई आकर्षित गर्ने थुप्रै आधारहरु छन ्। जहाँ योगका विभिन्न विधिहरु सहितका ध्यान केन्द्र र साधनास्थलहरु निर्माण गर्न सकिन्छ । जसबाट नेपाललाई छुट्टै पहिचान भएको देशका रुपमा विकास गर्दै आर्थिक समुन्नतमा समेत टेवा मिल्नेछ ।
नेपाली समाजमा योगको आवश्यकता
आजको नेपाली समाजमा मानसिक दबाब, रोजगारीको तनाव, पर्यावरण प्रदूषण, खानपानमा असन्तुलनले गर्दा मानिसहरू विभिन्न रोगबाट ग्रसित छन् । यस्तो अवस्थामा योग एउटा प्रभावकारी विकल्प हो जुन सस्तो, सरल र प्राकृतिक माध्यम हो ।
१. शिक्षा प्रणालीमा योग – विद्यार्थीहरूलाई मानसिक सन्तुलन र एकाग्रता बढाउन योगलाई पाठ्यक्रममा समावेश गर्न आवश्यक छ ।
२. कार्यालय संस्कृति – कर्मचारीहरूको स्वास्थ्य सुधारका लागि नियमित योग अभ्यास आवश्यक छ।
३. ग्रामीण समाजमा योग – योग सरल छ र ग्रामीण क्षेत्रका लागि पनि उपयुक्त छ। त्यहाँ स्वास्थ्य सेवा सीमित छ, तर योग आत्मनिर्भरता ल्याउन सक्छ।
अन्तर्राष्ट्रिय योग दिवस र नेपाली सहभागिता
प्रत्येक वर्ष जून २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाइन्छ । नेपालमा पनि यस अवसरमा विभिन्न योग शिविर, ध्यान सत्र र चेतना अभिवृद्धि कार्यक्रमहरू आयोजना गरिन्छ । काठमाडौँ, पोखरा, विराटनगर लगायतका शहरहरूमा योगप्रतिको आकर्षण बढ्दो छ ।
योग र आध्यात्मिक जीवन
नेपाली समाजमा योग केवल व्यायामको रूपमा मात्र नभई आध्यात्मिक अभ्यासको रूपमा पनि हेरिन्छ । पशुपतिनाथ, मुक्तिनाथ, जनकपुर जस्ता तीर्थस्थलहरूमा योग र ध्यानको गहिरो परम्परा पाइन्छ । साधु–सन्तहरूले जीवनका रहस्य बुझ्न योगलाई माध्यम बनाएका छन् ।
बालबालिकाको लागि योग – बाल्यकालदेखि नै योग सिकाउन सकेमा उनीहरूलाई स्वस्थ र अनुशासित जीवनशैलीमा अभ्यस्त बनाउन सकिन्छ। बृद्धहरूको लागि योग – वृद्ध व्यक्तिहरूका लागि विशेष योग अभ्यासले हड्डी र मांसपेशीको समस्या कम गर्न सहयोग पु¥याउँछ।
नेपालजस्तो प्राकृतिक सौन्दर्यले भरिएको देशमा जहाँ हिमाल, नदी, वनजंगल र आध्यात्मिक संस्कृति समृद्ध छन्, त्यहाँ योगले अझ गहिरो प्रभाव पार्न सक्छ। अहिलेको समयमा, जीवनमा स्वास्थ्यको मूल्य बढ्दै गएको छ, र त्यही स्वास्थ्यलाई जोगाउने प्रभावकारी तरिका भनेको योग हो।
पतञ्जलि योगसूत्रमा योगलाई आठ अंगहरूमा विभाजन गरिएको छ, जसलाई अष्टाङ्ग योग भनिन्छ । यम (सामाजिक आचरण), नियम (व्यक्तिगत आचरण)र आसन (शारीरिक अभ्यास) प्राणायाम (सासप्रश्वास नियन्त्रण) रहेका छन ।
यस्तै योगका प्रकारमा प्रत्याहार (इन्द्रिय नियन्त्रण), धारणा (एकाग्रता), ध्यान (मेडिटेसन) र समाधि (आत्मसाक्षात्कार) रहेका छन । यी सबै अंगहरूको अभ्यासले मानिसलाई समग्र रूपमा स्वस्थ र सन्तुलित बनाउँछ ।
“गरौ योग, रहौ निरोग“ भन्ने भनाइ केवल यो नारा होइन, यो जीवन जिउने मार्गदर्शन हो । योग अभ्यासले हाम्रो शरीरलाई स्वस्थ, मनलाई शान्त र आत्मालाई शुद्ध बनाउँछ । आजको संसार जहाँ रोग, तनाव, लोभ र द्वेष हावी हुँदै गएको छ, त्यहाँ योग एक शुद्ध र शान्तिको बाटो हो । हामी नेपालीहरूका लागि यो परम्परा गर्वको विषय हो । हामीले यसको सम्मान गर्नु, अभ्यास गर्नु र भावी पुस्तालाई सिकाउनु उत्तरदाइ कर्तव्य हो ।
अन्ततः, निरोगी जीवनको मूल चाबी भनेकै – योग हो । योग गरौं, स्वस्थ बनौं, आत्मनिर्भर बनौ ं। गरौं योग, रहौं निरोगः एक समग्र जीवनशैलीको यात्रा हो ।
आजैदेखि प्रतिज्ञा गरौंः“गरौं योग, रहौं निरोग!”




