छिमेकी जिल्ला बाराको कलैया स्थित एक सुधार केन्द्रमा मृत्यू भएपछि पर्सा प्रहरीले समयमै सजगता अपनाएको छ । केहि दिन अगाडि बाराको सुधारमा गरिएको कुटपिटका कारण एक युवकको मृत्यु भएको थियो ।अवस्थालाई मध्यनजर गर्दै पर्सा प्रहरीले सतर्कता अपनाएको हो ।
बाराको कलैया स्थित एक सुधारकेन्द्र व्यवस्थापनको लापरवाहिले युवकको मृत्य भएको खुलासा भएको थियो ।बारामा भएको घटना पछि पर्सा जिल्लामा त्यस्तो घटना हुन नदिन सबै खाले सावधानी अपनाउन केन्द्रका सञ्चालक एवम् प्रतिनिधहरुसंग सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा छलफल गरिएको जनाइएको छ । केन्द्रका सञ्चालक एवम् प्रतिनिधहरुसंग जिल्ला प्रहरी कार्यालयमै अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
अन्तरक्रिया कार्यक्रममा पर्साका प्रहरी प्रमुख गौतम मिश्रले पुनःस्थापना केन्द्रका अवस्था एवम् सेवा साधनको बारेमा जानकारी लिनु भएको थियो ।पर्सा जिल्लामा रहेका पुर्नस्पाना केन्द्रका संचालक जानकारी लिदै पर्सा प्रहरीका प्रमुख प्रहरी उपरिक्षक मिश्रले पुनःस्थापना केन्द्रहरुमा सबैखाले सावधानी अपनाएर सेवा प्रवाह गर्न निर्देशन दिनु भयो ।
अन्तरक्रिया कार्यक्रममा एसपी मिश्रले भन्नु भयो्, ‘तपाइँहरु जे भनेर सञ्चालन गर्नु भएको छ, त्यहि गर्नुस ,त्यो छ कि नाइ ?पुन ध्यान दिनुस । यदि छैन भने अनुमति लिँदा भने अनुसार तुरुन्त व्यवस्थापन गर्नुहोला । नत्रभने नियमविपरीत सञ्चालन रहेका सुधार केन्द्रमा अनुगमनको क्रममा पाइयो भने, कडा कारबाही गरिनेछ ।’
प्रहरी प्रमुख मिश्रले सञ्चालित सुधार केन्द्रमा सुरक्षाको अवस्था तथा भर्ना रहेका लागु औषध दुव्र्यसनीहरुको मानसिक अवस्थाबारे जानकारी लिएका थिए ।अन्तरक्रिया कार्यक्रममा सहभागी सञ्चालक एवम् प्रतिनिधिहरुले नीति नियम अनुसार सुधार केन्द्र सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् ।
पर्सामा १० वटा सुधार केन्द्र दर्ता रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सबै सुधार केन्द्रगरी १३० जना लागु औषध दुव्र्यसनी भर्ना रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाइएको छ ।
सुधार केन्द्रभित्रके शारीरिक यातनाले लागु औषध दुव्र्यसनीको मृत्यु भएपछि सुधार केन्द्रहरुको निकै आलोचना भइरहेको छ । चियाँ पसल देखि सञ्जालका भित्ताहरुमा सुधार केन्द्रका गतिविधिबारे आलोचना भइरहेका छन् । पर्सा जिल्लामा पनि त्यस्तो घटना नहोस भन्दै सुरक्षा सतर्कता अपनाउनका लागि छलफल कार्यक्रम राखिएको प्रहरी प्रमुख मिश्र बताउँनु हुन्छ ।
