रौतहट/निकै चर्चामा रहेको रौतहटको गौर राइस मिलको जग्गाको विषयलाई लिएर अहिले स्वतन्त्र सांसद डाक्टर अमरेश कुमार सिंह र गौर नगरपालिकाका मेयर शम्भु साहबीच समाजिक सञ्जालमा जुहारी चलेको छ।
विवादित गौर राइस मिलको जग्गाको विषयलाई लिएर प्रतिनिधिसभा सदस्य सिंह र गौरका मेयर साह अहिले एकअर्का माथि आरोप प्रत्यारोपमा उत्रेका छन्। हिजो मात्र संघीय सांसद अमरेश कुमार सिंहले संसद्मा बोल्दै गौरका मेयर शम्भु साहलाई नामुद तस्करको संज्ञा दिएका थिए।
सांसद सिंहले मेयर साह भुमाफियाहरुबाट गौरको राइस मिलको जग्गा चलखेल गरी बेचबिखन गर्न लागेको भन्दै यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएका थिए। सांसद सिंहले मेयर साहलाई संसद भवनमा मेयर साह सांसद सिंहमाथि निकै आक्रोशित भएका छन्। अमरेश कुमार सिंहको उक्त अभिव्यक्तिलाई लिएर मेयर साहका समर्थकहरूले आज गौरमा उनीविरुद्ध विरोध प्रदर्शन गरेका छन्।
मेयर साहका समर्थकहरूले सांसद सिंह विरुद्ध नाराबाजी गर्दै उनको पुत्ला जलाएका छन् । आन्दोलनकारीहरुले अमरेश सिंहको फोटो माथि जुत्ता, चप्पल समेत उनीहरू प्रहार गरेको भिडियो समाजिक सञ्जालमा यतिखेर भाइरल भइरहेको छ।
मेयर साहका समर्थकहरूले सांसद सिंह विरुद्ध नाराबाजी गर्दै उनको पुत्ला जलाएका छन् । आन्दोलनकारीहरुले अमरेश सिंहको फोटो माथि जुत्ता, चप्पल समेत उनीहरू प्रहार गरेको भिडियो समाजिक सञ्जालमा यतिखेर भाइरल भइरहेको छ।
विरोध प्रदर्शन पश्चात गौरको घण्टाघरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै गौर नगरपालिकाका मेयर शम्भु साहले आफूमाथि लगाएको आरोप प्रमाणित गर्न सांसद अमरेश कुमार सिंहलाई चुनौती दिएका छन्। सिंहले आफूलाई गलत साबित गरे आफू मेयर पदबाट राजीना दिएर राजनीतिबाट नै सन्यास लिने मेयर साहले उद्घोष गरे । सांसद जस्तो व्यक्ति भएर अरूले भनेको आधारमा के पायो त्यही बोल्न नमिल्ने भन्दै मेयर साहले सिंहमाथि निकै आक्रोशित हुँदै गर्जिएका थिए ।
त्यसपछि सांसद अमरेश कुमार सिंहले पनि फेसबुकमा स्ट्याटस लेख्दै आफ्नो हजारौं पटक पुत्ला जलाएपनि माफियाहरु विरुद्ध आवाज उठाइरहन आफू पछि नहट्ने बताएका छन्।
