Home Breaking News नौ महिनादेखि अन्तरिक्षमा फसेका अन्तरिक्षयात्री पृथ्वीमा आइपुगे

नौ महिनादेखि अन्तरिक्षमा फसेका अन्तरिक्षयात्री पृथ्वीमा आइपुगे

92

नौ महिनाभन्दा धेरै समयदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेका अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्किनुभएको छ । उहाँहरु नेपाली समयअनुसार आज बिहान सबेरै पौने ४ बजेतिर स्पेसएक्स रकेटमार्फत अमेरिकाको फ्लोरिडाको तटमा अवतरण गर्नुभएको हो ।

विना योजना नौ महिना अन्तरिक्षमा विताउनुभएका अन्तरिक्षयात्री सुनिता र बुचले फ्लोरिडाको तटबाट खसेको स्पेसएक्सबाट निस्कँदा मुस्कुराउँदै हात हल्लाउनुभएको बीबीसीले जनाएको छ ।

क्यामरा जडित डल्फिनको एउटा समूहले उहाँहरुको रकेट समुद्रमा डुब्दै गर्दा निरीक्षण गरेको छ । उहाँहरु आठ दिनका लागि भनेर अघिल्लो वर्षको जुन ५ मा बोइङ र नासाको संयुक्त ‘क्रू फ्लाइट टेस्ट मिसन’ मा स्पेस स्टेशन जानुभएको थियो । तर स्पेस क्राफ्टमा प्राविधिक समस्या आएपछि उहाँहरू पछिल्लो नौ महिनादेखि अन्तरिक्षमै रोकिनुभएको थियो ।

वैज्ञानिकहरुले अन्तरिक्ष कठिन भए पनि सुनिता र बुचको अन्तरिक्षमा नयाँ परिस्थितिमा अनुकूलन गर्ने र अन्तरिक्ष स्टेशनमा जीवन चलाइरहने निर्णय साहसिलो कदम भएको बताएका छन् । उहाँहरुको अनुभव र कामबारे जानकारी दिन नासाले केहीबेरमा  पत्रकार सम्मेलन गर्दैछ ।