Home Breaking News प्रतिनिधिसभा बैठक ,आपराधिक घटनामा पूर्वराजा ज्ञानेन्द्रले पनि उन्मुक्ति पाउँदैनन्– प्रधानमन्त्री ओली

प्रतिनिधिसभा बैठक ,आपराधिक घटनामा पूर्वराजा ज्ञानेन्द्रले पनि उन्मुक्ति पाउँदैनन्– प्रधानमन्त्री ओली

105

प्रधानमन्त्री केपी शर्माले ओलीले चैत १५ गते तीनकुनेमा मच्चाइएको उदण्डताको विषयमा पूर्वराजाले उन्मुक्ति नपाउने बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले अराजक मान्छेलाई बोलाएर कमान्डर बनाएर हिंसा मच्चाएको भन्दै ओलीले पूर्वराजाले उन्मुक्ति नपाउने बताएका हुन् ।
‘आफ्नै निवासमा बोलाएर पूर्वराजाले आपराधिक प्रवृत्तिका व्यक्तिलाई जनकमान्डर तोकेर खटाउनुभयो,’ ओलीले भने, ‘आपराधिक घटनामा पूर्वराजाले उन्मुक्ति पाउनुहुन्न । समाजमा वितण्डा मच्चाएको र समाज भड्काएकोमा उहाँ बोल्नुपर्दैन ?’

Advertisment

प्रधानमन्त्री ओलीले पूर्वराजा ज्ञानेन्द्रले अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित ‘जनकमान्डर’ तोकेका बताए । ​’पूर्वराजा ज्ञानेन्द्र शाहले गत फागुन ७ गते आफू ‘अघि बढ्ने, साथ देऊ’ भन्दै वक्तव्यबाजी गर्नुभयो । त्यसको लगत्तै ठाउँठाउँमा स्वागत कार्यक्रम राख्दै जनमत भड्काउने काम शुरू गरियो । फागुन २५ गते कथित ‘स्वागत–सवारी’ आयोजना गरियो । र, चैत १४ गते समाज बिथोल्न लागिपरेका एक जना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित ‘जनकमान्डर’ तोक्नुभयो र हिंसात्मक वारदातका लागि खटाउनुभयो,’ उनले भने ।

प्रारम्भिक अध्ययनले तत्कालीन राजा ज्ञानेन्द्र शाहले संविधानसभाको ऐतिहासिक निर्णयपछि भएको सम्झौताको उल्लंघन गरेका प्रधानमन्त्री ओलीको भनाइ छ ।