जनकपुरधाम / सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जनकपुरधामका इन्जिनियर दीपेन्द्र कुमार साह माथि अख्तियार दुरुपयोग अनुशन्धान आयोग अनुशन्धान सुरु गरेको खुलासा भएको छ । इन्जिनियरसाहले जनकपुर कार्यालयमा ब्यापक भ्रष्ट्राचार र अनियमितता गरेको भन्दै अख्तियार दूरुपयोग अनुशन्धान आयोगमा परेको उजुरीबारे आयोगले अनुशन्धानको लागी बोलाएको खानेपानी मन्त्रालयका एक कर्मचारीले बताए । खाने पानी तथा ढल व्यपस्थापन योजजना कार्यालयमा निमित कार्यालय प्रमुखभएको समयमा उनले मचाएको ब्रहम्लुट र अनियमिताको बिरोधमा कर्मचारीले कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।
इन्जिनियर साहको हैकमवादी कार्यशैलीबाट आफुहरु आजित भएको कर्मचारीहरुले मन्त्रालयमा दर्ता गरएको उजुरीमा उल्लेख छ ।यतीमात्र होइन उनले गरको भ्रष्ट्राचारका बिरोधमा संघीय खानेपानी मन्त्रालय र बिभाग , अख्तियार र सतर्कता केन्द्रमा उजुरी परेको छ ।
गत फागुन १८ गते कामु सिडिइ लोकेन्द्र प्रसाद यादवको मेलम्ची खानेपानी विकास समिति काठमान्डौ सरुवा गरिए लगतै जनकपुर कार्यालयको कामलाइ गतिदिन संघीय खानेपानी मन्त्रालयले १९ गते नै इन्जिनियर दीपेन्द्र कुमार साहलाई खटाएको थियो ।
फागुन २२गते देखि निमित प्रमुखको रुपमा कार्यभारपाएका साहको बिरोधमा उक्त कार्यालयका कर्मचारीहरु दुइहप्ता नबित्दै खानेपानी मन्त्रालयमा ६ बुन्दे संयुक्त निवेदन दर्ता गराएका छन ।

मन्त्रालयमा दर्ता गराइएको निवेदनमा निमित प्रमुख साहले सरकारी निति बिपरित सेक्युरिट गार्ड बहाल गरेको उल्लेख गरिएको छ ।साथै निमित प्रमुखले अधिकारनै नपाउने स्वकिय सचिव राखेको उल्लेख जनाइएको छ ।
साहले करारका सबै कर्मचारीलाई बर्खास्थ गरी लगतै सुनिल अधिकारीलाई करारमा बहाल गरेको निवेदन उल्ले छ । नया दर्ता चलानी खडागरी सुनिल अधिकारीलाई नै जिम्मा दिएको बताइन्छ ।
झोले दर्ता चलानीको आधारमा होटलबाट कार्यालय चलाउदै निमित प्रमुख साहले कार्ययोजनाहरु बितरण गरेको जनाइएको छ ।
आयोजना प्रमुखका रूपमा काम गर्दै साहले होटलबाट सिराहा, राजविराज र गौशालाका व्यक्तिहरुलाई १० हजारमा कार्ययोजनाको पत्र प्रदान गर्ने र १० प्रतिशत कमिशनमा उपभोक्ता समितिहरुलाई कार्ययोजनाहरु बितरण गरी व्यापक भ्रष्टाचार गरेपछि कर्मचरीहरुको बिरोधको तगारोमा साह परेको बताइन्छ ।
निमिति कार्यालय प्रमुख साहले पहिलाका कार्यालय प्रमुखले दिएर सुरु भइसकेका कार्ययोजनाहरुका उपभोक्ता समितिको समानान्तर समितिहरु खडागरी स्थानियबिच नै बिवाद सिर्जना गर्न थालेपछि कतिपय सांसद समेत साहको बिरोध जाइ लागेका थिए ।
सत्ताधारी गठबन्धन दलका स्थानिय कार्यकर्ता बिच सुरु भएको बिवादको बिरोधमा खाने पानी मन्त्रि प्रदिप यादव समक्ष साहको सरुवाको लागी तिनवटै जिल्लाका संघीय सांसदहरु हारगुहार समेत गरेको बताइन्छ ।
कार्यालयका कर्मचारीहरुद्धारा तालाबन्दी र सत्ताधारी गठबन्धन दलका सांसदहरुको बिरोध पछि इन्जिनियर साहको मन्त्रालयमा सरुवा गरिएको बताइन्छ । भ्रष्ट्रा र कमिशनको लोभमा डुबेका साह सरुवाको बिरोधमा रुवाबासी गर्दै हिडेको बताइन्छ ।
उनले गरेको भ्रष्ट्रचार बारेमा अख्तियारले ब्यानको लागी बोलाएको कुराको सत्यताबारेमा साहलाई पटक पटक फोन गर्दा उनी सम्पर्कमा आउन चहेनन ।
कार्यालय प्रमुखको कार्यमुल्याकंनका आधारमा सरुवा बढुवा गर्ने मन्त्रालयको नियमित प्रक्रिया भएको एक कर्मचारीले बताए । सरकारी निति नियम बिपरित जानेलाई मन्त्रालयले कडा कार्यवाहि गर्ने बताउदै उनले भने ,‘साहले देखाएको उडन्डताबारे मन्त्रालयले कार्यवाही अगाडि बढाएको छ । उनलाई स्पष्टिकरण सोध्ने कार्यभइरहेको छ ।
केहि उपभोक्ता समितिहरुसंग लिएको अग्रीम लिएको १० प्रतिशत कमिशनलाई मिलाउन इन्जिनियर साह जनकपुर आयोजना कार्यालयमा पुन : निमित कार्यालय प्रमुखकै हैसियतमा बहाली गरिनु पर्र्ने मांग गर्दै हिडेको बताइन्छ । साभार जनकपुर टुडे
