वीरगन्ज / नेपाल सीमा हुँदै बिहारमा प्रवेश गरेका तीन जैश–ए–मोहम्मदका आतंककारीको खोजीमा दुबे देशका पुलीस लागी परेका छन । भारतको बिहार राज्यभर उच्च सतर्कता अपनाइएको छ । भारतीय खुफिया सुचनाको आधार दिदै तीन जना पाकिस्तानी मूलका जैश–ए–मोहम्मद संगठनका आतंकवादी नेपालको सीमा हुँदै बिहार प्रवेश गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन्।
जसकारण बिहा राज्यभरि तत्काल हाई अलर्ट जारी गरिएको छ । बिहारको पुलिस मुख्यालयले ती आरोपितहरूको नाम, तस्वीर र पासपोर्ट विवरण सबै जिल्ला पुलिस इकाईहरूलाई उपलब्ध गराएको छ, साथै उनीहरूलाई विशिष्ट रुपमा निगरानीमा राख्न निर्देशन दिएको छ ।
उनीहरूको गिरफ्तारीमा सहयोग पु¥याउने जनतालाई जानकारी उपलब्ध गराउने उद्देश्यले ५०,००० को पुरस्कारको घोषणा गरिएको छ । बिहारमा विधानसभा चुनाव नजिकिँदै जादां आतंवादीहरुको प्रवेशले गर्दा गर्दा सुरक्षा चुनौती थप गहिरिएको छ। खुफिया निकायले दिएको जानकारीअनुसार तीन जना पाकिस्तानी मूलका आतंककारी नेपाल–भारत सीमा हुँदै बिहार प्रवेश गरेका हुन ।
एक हप्ता देखि वीरगन्जको छपकैया र ठोरीमा लुकिछिपि बसेका यी आतंककारीहरू जैश–ए–मोहम्मद संगठनसँग सम्बन्धित भएको पुष्टि भएपछि दुबै देशका प्रहरी खोजीमा लागी परेको बताइन्छ।नेपालतर्फबाट प्रवेशको आशंकामा रक्सौल–नेपाल सीमा नाकामा अतिरिक्त सुरक्षा बल खटाइएको छ। सवारीसाधन तथा यात्रुको कडाइका साथ चेकजाँच भइरहेको छ।
वीरगन्ज सिमानाकाबाट तिनै आतंवादीहरु भारतमा प्रवेश गरेको भारतीय प्रहरीको दावी समेत रहेको छ । मोतिहारीका प्रहरी प्रमुख एसपी स्वर्ण प्रभातले पत्रकार बिहिवार सम्मेलन गर्दै ती आतंककारीहरूको तस्वीर सार्वजनिक गरेका छन् । साथै, उनीहरूलाई देखेमा तुरुन्त प्रहरीलाई जानकारी दिन सर्वसाधारणसँग आग्रह गर्दै सूचना उपलब्ध गराउनेलाई रु. ५० हजारको पुरस्कारको घोषणा समेत गरिएको बताएका छन ।
साथै अन्य सीमावर्ती जिल्लाहरू – सीतामढी, अररिया, सुपौल, मधुबनी र पुर्णियामा पनि सुरक्षा एजेन्सीहरू उच्च सतर्कतामा छन् । बिहारमा आगामी विधानसभा चुनावलाई लक्षित गरेर आतंककारी गतिविधि हुनसक्ने आशंका सुरक्षा निकायहरूले प्रष्ट पारेका छन् । यस्तै समयमा राहुल गान्धीको “मतदाता अधिकार यात्रा” चलिरहेको बेला आतंकवादी गतिविधिबारेको सूचनाले थप हडकम्प मच्चाएको छ।
