Warning: Trying to access array offset on false in /home/arthikdwar.com/public_html/wp-content/themes/neelamb-theme-2026/header.php on line 29
आर्थिक क्रान्तिको डिजिटल संवाहक

वीरगंज महानगरपालिकाद्वारा सत्यम पब्लिक कलेजमा सिलबन्दी

न्युज डेस्क
२०८० भाद्र २१, बिहीबार ०६:४४
Anil Tiwari

वीरगंज । वीरगञ्ज – ९ स्थित सत्यम पब्लिक कलेजमा वीरगञ्ज महानगरपालिकाले सिलबन्दी गरेको छ । अनुमति नै नलिई कक्षा ११ र १२ सञ्चलान् गरिरहेको पाएपछि महानगरद्वारा गठित नियमन समितिका संयोजक ईश्वर चन्द्र यादवको नेतृत्वमा पुगेको अनुगमन टोलीले कलेजमा सिलबन्दी गरेको छ ।

वीरगञ्ज पानीट्याङ्कीस्थित एन्जल इन्टरनेशनल स्कूलले लिएको कक्षा ११ र १२ सञ्चालनको अनुमतिकालाई दुरुपयोग गर्दै सत्यम कलेजले विद्यार्थी भर्ना गरेर पठनपाठन गराइरहेको पाएपछि सिलबन्दी गरिएको नियमन समितिका संयोजक यादवले जानकारी दिए ।

सत्यम कलेजले शुभ तारा स्कूल भएको भवनमा कक्षा सञ्चालन गरिरहेको पाइएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?