आर्थिक क्रान्तिको डिजिटल संवाहक

पाकिस्तान शासित काश्मिरमा जनविद्रोह

अनिल तिवारी
२०८३ असार १, सोमबार १५:४५
विपिन देवः   बेलायती उपनिवेशवादको अन्त्यको साथै दक्षिण एसिया द्वन्द्व, युद्ध र कलहको भूमरीमा फस्दै गयो । भारत विभाजन पनि यसको समाधान दिन सकेन । संसारको स्वर्ग मानिएका काश्मिर पनि यसबाट अछुत रहन सकेन । भौगोलिक रूपले अति सुन्दर, सांस्कृतिक रूपले समृद्ध, पर्यटनको दृष्टिकोणले मनमोहक, सामाजिक सदभावको दृष्टिकोणले समावेशी, सामरिक रूपले संवेदनशील मानिने कश्मिरको एकीकरण डोगरा वंशको राजा गुलाव सिंहले गरेका थिए । भारतीय स्वतन्त्रता संग्रामको लहरबाट कश्मिर प्रभावित रहेको थिएन । स्वतन्त्रता संग्रामका महानायक पण्डित नेहरुलाई समेत काश्मिरमा प्रवेशको लागि अवरोध गरिएको थियो ।
कश्मिरका तत्कालीन राजा हरि सिंहले कश्मिरलाई स्वतन्त्र राष्ट्रको रूपमा विश्व भूगोलमा राख्न चाहन्थ्यो । कश्मिर भन्नाले जम्बु र लदाक समेत बुझिन्छ । कश्मिरमा मुश्लिम बाहुल्यता, जम्वुमा हिन्दु वाहुल्यता र लदाकमा बुद्ध धर्मलम्वीको जनसंख्या अधिक रहेको छ । कश्मिरको राजतन्त्र समावेशीको प्रतिक रहेको थियो । भारतको विभाजन लगतै पाकिस्तानको जन्म भयो । पाकिस्तानलाई काश्मिरको स्वतन्त्र अस्तित्व पॉच्य थिएन । अर्कातर्फ, भारतका तत्कालीन गृह मन्त्री लौहपुरुष पटेलको नेतृत्वमा भारतको एकिकरणले तीव्ररुप लिदै थियो । पाकिस्तानले कविला (आदी वाशीको भेष) मा सैन्य परिचालन गर्दै कश्मिरमा घुसपैठ गर्दै कब्जा गर्ने नीति लियो । कविलाको भेषमा पाकिस्तानी सैनिक थिए । पाकिस्तानी सैनिकको निर्दयता र क्रुरतालाई अन्दाज गर्ने घटनाहरु पर्याप्त छन् । पाकिस्तानी सैनिकको ज्यादतीले गर्दा ४०० भन्दा अधिक हिन्दु र शिख महिलाहरू कुवामा हाम फालेका थिए । राजा हरि सिंहसंग भारतलाई गुर्हार्नु बाहेक अर्को विकल्प थिएन ।
इतिहासको त्यो कठिन मोडमा पटेलले राष्ट्रिय स्वंय संघको सञ्चालक गुरुजी (गवालवालकर) लाई कश्मिर पठाई हरि सिंहलाई भारतीय एकिकरण दस्तावेजमा हस्ताक्षर गर्न वातावरण तयार गरे । हरि सिंहको हस्ताक्षरका साथै भारतीय सैन्य दस्ता कश्मिर प्रवेश गरे । घमासान युद्धबाट भारतीय सैनिकले कश्मिरको ८० प्रतिशत भू(भागबाट पाकिस्तानी सैनिकहरूलाई धपाउन सफल भए ।
भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुलाई रक्तपात पॉच्य थिएन । कश्मिर प्रति उनको अटुट विश्वास रहेको  थियो । आफूसमेत कश्मिरी पण्डित भएकोले गर्दा कश्मिरी जनता भारतको पक्षमा रहने नेहरुको बुझाई रहेको थियो । नेहरु संयुक्त राष्ट्र संघमा जनमत संग्रहको माध्यमबाट कश्मिरको समस्यालाई समाधान गर्न अपिल गर्यो । संयुक्त राष्ट्र संघको अपिलमा युद्ध विराम  भयो । २० प्रतिशत भू(भागमा पाकिस्तानको कब्जा रहेको थियो । संयुक्त राष्ट्र संघले पाकिस्तानलाई सैन्य बल हटाई जनमत संग्रहको लागि आवश्यक वातावरण निर्माण गर्न संयुक्त राष्ट्र संघले निर्देशन दिए । जनमत संग्रह भएन ।
२० प्रतिशत भू-भागलाई पाकिस्तान अकुपाईड कश्मिर भनिन्छ । पाकिस्तानले त्यसलाई स्वतन्त्र कश्मिर भन्ने गर्दछ । भारतले स्वतन्त्र कश्मिरलाई हरि सिंहको हस्ताक्षरले गर्दा आफ्नो अभिन्न अंङ्ग मान्दै आएको छ भने सम्पूर्ण कश्मिरलाई स्वतन्त्र बनाउने पाकिस्तानले ८ दशकदेखि राष्ट्रिय मुद्दा बनाउ‘दै आएको छ । वर्तमान परिवेशमा पाकिस्तानका अधिनमा रहेका कश्मिरमा आन्दोलन तिव्र रूपले बढ्दै आएको छ । गत सातामा नै २० भन्दा अधिक व्यक्ति सहादत प्राप्त गरेका छन् भने कैयौ घाइते भएका छन् ।
आन्दोलनका विभिन्न आयामहरू रहेका छन् । सन् १९६६ मा पाकिस्तान शासित कश्मिरमा ड्याम निर्माण भएको थियो । ड्याम निर्माणले गर्दा मिरपुरका निवासीहरू घरबारविहिन भएका थिए । तर विजुली उत्पादनले गर्दा कश्मिरीलाई फाइदा भएन । विजुलीको जडान पाकिस्तानका अन्य प्रान्तमा भए । कश्मिरहरूलाई चर्को मूल्यमा बिजुली किन्नु पर्यो । त्यस कारण हरेक आन्दोलनमा कश्मिरीहरू बिजुलीको विलमा आगो लगाउने गर्दछ । बिग्रदो अर्थतन्त्रले गर्दा दक्षिण एसियामा सबभन्दा महँगाईको भार पाकिस्तानीलाई चुकाउन परेको कारणले गर्दा त्यसको वाछीटा कश्मिरमा हेर्न सकिन्छ । त्यसकारण कश्मिरमा पिठो आन्दोलन समेत भएको छ ।
बढ्दो बेरोजगारी, महंगी, कट्टरपन्थको बोलवाला, सैन्य हस्तक्षेप, प्रजातन्त्रको कमी जस्ता अनेकौं कारणहरूले गर्दा पाकिस्तान प्रसाशित कश्मिर विद्रोहको सुरूङ्गमा फसेको छ । सन् १९२३ सेप्टेम्बरमा ज्वाईन्ट अवामी एक्सन कमिटिको निर्माण भएको थियो । जसलाई ज्याक भनिन्छ । ज्याकमा नागरिक समाजको अगुवाई रहेको छ । सौकात नवाज मिरले यसको नेतृत्व गर्दै आएको छ । ज्याकले कश्मिर विधान संभाको संरचना विरुद्ध आन्दोलनलाई अगाडि बढाएको छ । विधान सभामा कुल ५३ सिटको रहेको छ । ५३ सिट मध्ये १२ सिट शरणार्थीको लागि आरक्षण गरिएको छ भने ८ सिटमा धर्म गुरु, महिला र विज्ञको लागि अलग गरिएको छ । कुल २० सिटमा केन्द्रले चलखेल गरेर स्थानीय माथि विभेद गर्दै आएको छ । अर्थात् कश्मिरीले ३३ सिटमा नै मतदान गर्दै आएको छ ।
सन् १९७० सम्म कश्मिरीलाई मतदानको अधिकारबाट समेत वंचित गरिएको थियो । पाकिस्तानको संविधानको ५६ धाराले कश्मिरलाई विशेष अधिकार दिएता पनि अनुच्छेद १६ वाट कुनै पनि समयमा कश्मिरको विधान सभालाई विघटन गर्न विशेष अधिकार प्रदत्त गरेको छ । धारा ५ बाट कुनै पनि कश्मिरी नागरिकले स्वतन्त्रत राष्ट्रको माग गर्ने छैन भने उद्घोष गरिएको छ । वर्तमान परिवेशमा ज्याकले यही मौलिक मुद्दालाई उठाई मिरपुर, राबलकोट र मुजारावादबाट आन्दोलन परिचालित गरेको छ । ज्याकलाई आतंकवादी संगठनको रूपमा पाकिस्तानको सैनिक शासनले घोषणा गरेको छ । बलुचिस्तान प्रान्तमा स्वतन्त्रताको लडाई, सिन्ध प्रान्तमा भएको विद्रोह र तहरिके तालिवानको गतिविधिले समेत कश्मिरी आन्दोलनलाई मलजल गरेको छ ।
पकिस्तानका सैन्य शासकले भारतीय खुपिया एजेन्सीलाई आरोपित गरेका छन् । अर्का तर्पm भारतले कश्मिरको विधान सभामा २४ सिट खाली राख्ने गरेको छ । पाकिस्तान शासित कश्मिरलाई जबमु कश्मिरमा मिलाएर मात्र २४ सिट पुरा गर्ने भारतको घोषणा रहेको छ । पाकिस्तान शासित कश्मिरको विद्रोहको प्रारुपलाई जानकारहरूले बँगलादेशको विद्रोहसंग तुलना गरेका छन् । ७० को दशकमा पूर्वीय पाकिस्तानमा भएको विद्रोहमा समेत पाकिस्तानी सैनिकहरूको दमनको ताण्डव यस्तै रहेको थियो । भारतले सैन्य हस्तक्षेप गराएर स्वतन्त्र वंगलादेशको उदय गराएको थियो । इतिहासको चक्रिय रूपलाई विज्ञहरू यस्तै तुलना गरेका  छन् ।
चीनको सिपेक गुरुयोजना पाकिस्तानी शासित कश्मिरबाट गएको कारणले गर्दा भारतले चीनसंग प्रतिवाद गर्दे आएको छ । चीनिया रेश्म मार्गमा भारत हस्ताक्षर नगर्नुको प्रमुख कारण समेत यही रहेको छ ।
बदलिदो भू-राजनीतिक अवस्थामा पाकिस्तामन साउदी अरबको सुरक्षा प्रत्याभूत गर्न जर्मको कसेको छ भने अमेरिकी दबाबमा मध्यस्तकर्ताको भूमिका खेल्न सक्रिय भइरहेको छ । तर देश घरेलु द्वन्दको भूमरीमा फसेको छ । अफगानिस्तानसंग बिग्रदो सम्बन्ध, बलुच आन्दोलन र कट्टरपन्थीको बिगबिगीले गर्दा पाकिस्तानको अवस्था दिन प्रति दिन विग्रदो अवस्थामा गइरहेको  छ । हरेक संकटको समाधानको यात्रा प्रजातान्त्रिक वाटो नै रहेको छ जुन सैन्य शासकहरूलाई पॉच्य रहेको हु‘दैन । ८० वर्षको इतिहासमा पाकिस्तान सैन्य शासनको गोलचक्करमा फसेको छ ।
   साभार : नेपालहिटी

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?