Warning: Trying to access array offset on false in /home/arthikdwar.com/public_html/wp-content/themes/neelamb-theme-2026/header.php on line 29
आर्थिक क्रान्तिको डिजिटल संवाहक

सहरी विकासका सचिव श्रेष्ठ अनिवार्य अवकाशमा, को आउँदैछन् मन्त्रालयको जिम्मेवारी सम्हाल्न ?

न्युज डेस्क
२०८० आश्विन ११, बिहीबार १५:०२

काठमाडौं,असोज ११
सहरी विकास मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले अनिवार्य अवकाश पाएका छन्। ३२ वर्ष ८ महिना सरकारी सेवामा बिताएका उनले बिहीबारदेखि अनिवार्य अवकाश पाएका हुन्।
उनी वैशाख अन्तिम साता सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका थिए। त्यस अघि उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, नेपाल ट्रष्टको कार्यालय, सिँचाई मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्रको सचिवका रुपमा काम गरिसकेका छन्।

उनको अवकाशसँगै सहरी विकास मन्त्रालयको सचिव पद रिक्त भएको छ। रिक्त रहेको पदमा प्रधानमन्त्री कार्यालयका सचिव मणिराम गेलाल वा राष्ट्रिय सतर्कता केन्द्रका सचिव सुरेश आचार्य आउने सम्भावना रहेको चर्चा छ। खानेपानी मन्त्रालयका सचिव रामआधार साहले पनि सहरी विकास मन्त्रालय जान इच्छा देखाएको स्रोतको दाबी छ। सहरी विकास मन्त्रालयमा प्राविधिक क्लष्टरका सचिवहरु मात्रै जान पाउँछन्।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?