नारायणी अस्पताल भवन बनाउन नागरिक समाजको ¥याली,अस्पतालको मुद्दा अग्राधिकारमा राखेर छिटो न्यायिक निरुपण गरियोेस ः प्रुर्व मेयर सरावगी
नारायणी अस्पतालको भवन निर्माण प्रक्रियालाई अघि बढाउन माग गर्दै बीरगन्जमा ¥यालीको आयोजना गरिएको छ । शनिवार बिहान अस्पतालबाट सुरु गरिएको ¥यालीमा जनप्रतिनिधि, नागरिक समाजका अगुवा, बुद्धिजीवी, व्यापारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो । ¥याली नगरको परिक्रमा गरि घण्टाघर पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै सहभागीहरूले नारायणी अस्पतालको भवन निर्माण प्रक्रियालाई अगाडि बढाउन अनुरोध गरेका थिए । झन्डै पाँच वर्षदेखि अलपत्र परेको भन्दै भवन निर्माण प्रक्रियालाई यथाशीघ्र अघि बढाउनु माग गरे ।
उनीहरूले अस्पतालका पूर्वाधार अभावका कारण वीरगञ्जसहित आसपासका जिल्लाहरू बारा, रौतहट, सर्लाही र भारतको बिहार र उत्तर प्रदेश राज्यका समेत गरी लाखौँ नागरिकले स्वास्थ्य सेवामा कठिनाइ भोग्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
¥यालीमा सहभागी वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर विजयकुमार सरावगीले अस्पताल निर्माण आउने पुस्ताको लागि आवश्यक रहेको बताउनु भयो । उहाले भन्नु भयो “अस्पताल निर्माण हाम्रो लागि मात्र नभई हाम्रो आउने पुस्ताको लागि हो, हाम्रो बालबच्चाको लागि हो । त्यसैले तपाईँहरूको यो लडाईमा तपाईँहरूसँग छु ।”
नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहले वीरगञ्ज तथा आसपासका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकारले तत्परता देखाउनुपर्ने बताउनु भयो । उहाले , “अस्पताल निर्माण रोकिएको पाँच वर्ष बितिसक्यो, यो अन्याय हो । हामी यो विषयमा बेवास्ता गर्न सक्दैनौँ ”भन्नु भयो ।
यसअघि माघ १८ गते नारायणी अस्पतालका चिकित्सक,नर्स र स्वास्थ्यकर्मीहरूले पनि अस्पतालको भवन सम्बन्धी मुद्दा अदालतबाट छिट्टै छिनोफानो लगाउन माग गर्दै सडकमा उत्रिएर त्रिभुवन राजपथ नै अवरुद्ध पारेका थिए भने हिजो जनमत पार्टीले पनि केही बेरका लागि घण्टाघर अगाडि चक्का जाम गरेर अस्पतालको विषय उठाउँदै नाराबाजी गरेको थियो ।
यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?

