Warning: Trying to access array offset on false in /home/arthikdwar.com/public_html/wp-content/themes/neelamb-theme-2026/header.php on line 29
आर्थिक क्रान्तिको डिजिटल संवाहक

भारत–नेपाल सीमाको रक्सौलमा चार संदिग्ध चिनियाँ नागरिक पक्राउ

न्युज डेस्क
२०८२ बैशाख २५, बिहीबार १७:३९

वीरगञ्ज । नेपाल–भारत सीमामा सुरक्षा कडाइसँगै चारजना संदिग्ध चिनियाँ नागरिकलाई नियन्त्रणमा लिईएको छ । भारतको रक्सौल मैत्री पुल नजिक भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले चार जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिईएका चारै व्यक्तिहरूले बारम्बार आफ्नो बयान परिवर्तन गरिरहेका छन् । हिन्दी, नेपाली, अंग्रेजी तथा चिनियाँ भाषामा संवाद गरिरहेका छन्। सुरक्षा एजेन्सीका अनुसार उनीहरूको पाकिस्तानसँग सम्बन्ध रहेको संकेत देखिएको छ। ती व्यक्ति पाकिस्तानमा रहेका एक व्यक्तिसँग सम्पर्कमा रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको बताइएको छ।

सुरक्षा स्रोतहरूका अनुसार ती चिनियाँ नागरिकहरू विगत एक हप्तादेखि काठमाडौंमा थिए र भारतमा प्रवेशको प्रयोजन अझै स्पष्ट भएको छैन। सोधपुछका क्रममा उनीहरूले आफ्नो उद्देश्य खुलाउन अस्वीकार गरेका छन्। हाल ती चारै जनालाई गोप्य स्थानमा राखेर सोधपुछ भइरहेको छ।

भारतले कश्मिरको पाकिस्तान अधिनस्थक्षेत्रमा चलाएको ‘अपररेशन सिन्दूर’ पछि रक्सौल सीमा क्षेत्रमा रेड अलर्ट जारी गरिएको थियो। त्यसैका कारण नेपालबाट भारत प्रवेश गर्ने वा बाहिरिने व्यक्तिहरूको कडाइका साथ चेकजाँच भइरहेको छ। पहिचान पत्रहरूको गहिरो अध्ययन गरी सीमामा अवैध गतिविधि रोक्न विशेष सुरक्षा रणनीति अपनाइएको छ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?