Warning: Trying to access array offset on false in /home/arthikdwar.com/public_html/wp-content/themes/neelamb-theme-2026/header.php on line 29
आर्थिक क्रान्तिको डिजिटल संवाहक

सामान्य प्रशासनमन्त्री गुप्ताद्वारा लाखौँको घुस लेनदेन गरेको भन्दै अख्तियारमा उजुरी

न्युज डेस्क
२०८२ असार ११, बुधबार १३:४३
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले जिल्ला मालपोत कार्यालय कास्कीका प्रमुखको सरुवा तथा थमौतीका साथै भूमि आयोगको सदस्य बनाइदिने भन्दै घुस लेनदेन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । मंगलबार दर्ता नम्बर सी–०७८५५५ बाट अख्तियारमा परेको उजुरीमा सामान्य प्रशासनमन्त्री गुप्ताले मालपोत कार्यालय कास्कीमा हाल कार्यरत चिरञ्जीवी पौडेल जानुभन्दा अगाडिका कार्यालय प्रमुखको थमौतीका लागि एक व्यापारीसँग ५३ लाख घुस डिल गरेको अडियोमा उल्लेख छ ।
त्यस्तै, मन्त्री गुप्ताले भूमि आयोगको सदस्य बनाइदिने भन्दै अर्को २५ लाखको घुस डिल गरेको अडियोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । आर्थिक दैनिकलाई प्राप्त अडियोमा मन्त्री गुप्ताले घुस लिँदै गरेको अडियो रेकर्डमा सुन्न सकिन्छ भने मन्त्रीको भतिजी बताउने मेलिना नाम गरेकी आफन्तमार्फत समेत घुस लिएको अडियोमा उल्लेख छ ।
अडियोमा मन्त्रीकी भतिजी मेलिनाले गाडी नम्बरसहित २५ लाख रुपैयाँ मन्त्री क्वार्टरमै ल्याइदिन व्यापारीलाई निर्देशन दिएकी छन् । अख्तियारमा उजुरीसहित प्रमाणको रूपमा पेस भएको अडियोमा घुसबापत प्राप्त रकम दराजमा राखेको सुन्न सकिन्छ भने उनले पूर्वमन्त्री समेत रहेकी एक सांसदमार्फत पटकपटक घुस लिएको देखिन्छ । अख्तियारमा परेको उजुरीमा मन्त्री गुुप्ताले लिएको पैसाको तस्बिर र नम्बरहरू समेत रहेको पाइएको छ । अख्तियारमा परेको उजुरीसहित आर्थिक दैनिकलाई प्राप्त अडियोमा मन्त्री गुप्ताले हालका सचिव रविलाल पन्थले सरुवाको काम नगरेको गुनासो समेत गरेका छन् ।
‘पशुपतिनाथको कसम खाएर भनिरहेको छु, मेरो आफ्नो छोरोको कसम खाएर भनिरहेको छु’ भन्दै मन्त्री गुप्ताले हिजोआज सचिवसँग ठूलो विवाद भएकाले यस्ता कामहरू गर्न समस्या भएको भए पनि व्यापारीलाई तपाईंको समस्या मेरो समस्या हो भन्दै दुई भाइ मिलेर गर्ने बताएको अडियोमा सुन्न सकिन्छ । स्रोतका अनुसार सामान्य प्रशासनमन्त्री गुप्ताले घुस लेनदेन गरेको विषयमा प्रधानमन्त्री केपी ओलीलाई समेत अडियोसहितका प्रमाणहरू उपलब्ध गराइएको भए पनि प्रधानमन्त्री ओलीले सो विषयमा छानबिन नगरी गुपचुप राख्न सहयोग गरेको पाइएको छ ।
लाखौँ घुस डिल गरेको र अख्तियारमा उजुरी समेत दर्ता भएको पाइएपछि यस विषयमा प्रतिक्रिया लिन मन्त्री गुप्तालाई मंगलबार फोन र म्यासेज गर्दा समेत उनले समाचार प्रतिक्रियाको साटो बुधबार भेटेरै कुरा गर्ने भन्दै समाचार नछाप्न पटक–पटक आर्थिक दैनिकलाई आग्रह गरेका गरे ।
सभार आर्थिक दैनिक

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?