आर्थिक क्रान्तिको डिजिटल संवाहक

भारत–नेपाल सीमामा मस्जिद–मदरसाको बाढी : धार्मिक विस्तार कि सुरक्षा चुनौती ?

न्युज डेस्क
२०८२ असार ३०, सोमबार १०:०२

वीरगन्ज / केहि बर्ष अघिसम्म वीरगन्जको छपकैयामा दुइ वटा मस्जीद थियो ।तर अहिले छपकैयामा मात्र सातवटा मस्जीद खडा भएको छ ।वीरगन्जको छपकैया मात्रै होइन सिमावर्ती सबै गाउ बजारमा मदर्सा र मस्जिदका संख्या अनौठो रुपमा थप्पिएको नेपाल जनता पार्टिका पारस द्धिवदीको आरोप छ ।

उनले भने,‘नेपालका हिन्दु मुस्लीममा सधै भाइचाराको सम्बन्ध रहेको छ ।तर मधेस आन्दोलन पछि प्रदान गरिएको नागरिकतामा विदेशी घुस्पैठियाहरुको कारण तराईमा धार्मिक सुरक्षा चुनौति बन्दै गएको हो ।’जसमा बिदेशी देशहरुको ठुलो चहलखेल रहेको द्धिवदीको आरोप छ । भारत–नेपाल सीमा क्षेत्रमा पछिल्लो समय एक नयाँ र गम्भीर सुरक्षा संकट देखा पर्न थालेको छ ।

एक गोप्य सुरक्षा रिपोर्टले सीमा क्षेत्रका नेपाली भूभागमा पाकिस्तान र टर्कीको सहयोगमा मस्जिद, मदरसा, अनाथालय र इस्लामिक सांस्कृतिक केन्द्रहरूको तीव्र विस्तार भइरहेको खुलासा गरेको छ ।यति मात्र होइन आतंकवादको बिरोधमा भारतले सुरु गरेको अपरेशन सिन्दुर पछि पाकिस्तान र बंगलादेशबाट पर्यटक भिषामा धार्मिक जमातहरुको संख्या तराईमा एक्कासि बढेको छ ।जसलाई स्थानिय मस्जिद संचालक समितीका पदाधीकारीहरुले समेत लुकाउने गरेको एक गुप्तचर अधिकारीले बताए ।

कागजमा यी गतिविधि धार्मिक वा मानवसेवाको आवरणमा प्रस्तुत भए पनि, भित्री तहमा कूटनीतिक, सामरिक र सुरक्षा सन्तुलनमा प्रभाव पार्ने गम्भीर खतरा बढ्दै गएको बताइन्छ । बंगलादेशको राजनितिमा चलिरहेको धार्मिक सघर्ष र भारतले चलाएको मुस्लीम घुसपैठबाट लाखौ अबैध रोहिग्गीय र बंगलादेशी नागरिकको शरणस्थल तराई बन्दै ती गुप्चर अधिकारीको टिप्पणी छ ।
टर्कीको गैरसरकारी संस्था आइ एच एच(फाउन्डेशन फर हुमैन राइट एन्ड फ्रिडमस् एन्ड ह्यूमेनाट्रियन रिलिफ) ले इस्लामी संघ नेपालसँग सहकार्य गर्दै समाजिक उथ्थानको समुदायका नाममा मदरसा, मस्जिद, अनाथालय र केन्द्रहरू सञ्चालन गरिरहेको बताइएको छ ।

सुराकी स्रोतका अनुसार आइएसएनलाई टर्की सरकार र गुप्तचर संस्था एमआइटि समेत अप्रत्यक्ष समर्थन रहेको छ ।पाकिस्तानको गुप्तचर संस्था आइ एस आइको सक्रियतामा सीमावर्ती क्षेत्रमा सन् २०१८ मा ७६० मस्जिद थिए भने २०२१ मा यो संख्या १,००० नाघिसकेको छ । यस्तै, मदरसा पनि ५०८ बाट बढेर ६४५ पुगेका छन् । यी संस्था धार्मिक गतिविधिमा सीमित नभई कट्टरपन्थी विचार, भारतविरोधी प्रचार, शरणस्थल र मानव संसाधन केन्द्रको रूपमा प्रयोग भइरहेको भारतीय संचार माध्यमहरुको आरोप छ ।
भारत–नेपाल १,७५१ किलोमिटर लामो खुला सीमाले आपसी मित्रता र सांस्कृतिक सम्बन्धलाई सहज बनाएको भए पनि हाल यो सीमा भारतीय सुरक्षाका लागि दुइधारे तरवार बनेको छ । लश्कर–ए–तैयबा, जैश–ए–मोहम्मद, इन्डियन मुजाहिदीन जस्ता संगठनहरूका गतिविधि नेपाल हुँदै भारतमा सञ्चालन भएको पुष्टि अनुसन्धानबाट भएको छ ।
बंगलादेश, पाकिस्तान र अन्य मुलुकबाट आउने कट्टरपन्थी कार्यकर्ताहरूका लागि नेपालका गेष्ट हाउस, मदरसा र मस्जिदहरू सुरक्षित आश्रय स्थलका रूपमा प्रयोग भैरहेका छन् ।जमातको बहानामा पाकिस्तानी सेनाका अधिकारी र गुप्चरहरुको गतिविधि अप्रत्यासित रुपमा बढेको बताइन्छ ।
सीमावर्ती गाउँहरूमा हिन्दू मन्दिर भन्दा धेरै मस्जिद र मदरसा देखिन थालेको हिन्दुवादी नेता द्धिवेदीको आरोप छ,‘कतिपय गाउँमा मुस्लिम जनसंख्या उल्लेख्य रूपमा बढिरहेको छ, यस्ता धार्मिक र जनसांख्यिक असन्तुलनले दीर्घकालमा सामुदायिक तनाव सिर्जना गर्ने निश्चित छ ।’
धार्मिक संस्थाहरूको नाममा आउने विदेशी रकम, नेपाल–भारत सीमा भएर गरिने अवैध कारोबार र अपर्याप्त निगरानीले स्थिति गम्भीर बनाउँदै लगेको छ ।
भारतको बिरोधमा पाकिस्तान खुलेर प्रतिस्पर्धामा लागिरहेकै बेला टर्कीले मानवीय सहयोगको नाममा वैचारिक प्रभाव विस्तार गरिरहेको छ ।

यसले भारतलाई सीमा सुरक्षाका रणनीति, गुप्तचर साझेदारी र नेपालसँगको कूटनीतिक सम्बन्धलाई पुनरावलोकन गर्न बाध्य बनाउने सृजना उत्पन्न गर्ने भारत बिरोधी योजनानै भएको बताइन्छ ।जसले गर्दा भारत र सिमावती तराईको बिचमा ठुलो चुनौति उत्पन्न गर्ने पाकिस्तान र चिनको चाल भएको सिमावर्ती रक्सौल शहरका व्यापारी महेश अग्रवाल बताउनु हुन्छ ।यसबाट काठमान्डौ र दिल्ली दुबै सजग हुनु पर्छ अग्रवालले थप्पे ।
भारतीय सिमा जानकारका रुपमा पहचान बनाएका अग्रवालका अनुसार दिनहुँजसो खोलिने नयाँ धार्मिक संरचनाहरू मध्ये कुन साँच्चिकै धार्मिक उद्देश्यका हुन् र कुन रणनीतिक एजेन्ट, छुट्याउन गाह्रो हुँदै गएको छ ।
‘सामान्य सीमावर्ती बासिन्दाहरू शिक्षादान, सेवा र समुदायका लागि मस्जिद–मदरसाको उपस्थितिलाई सकारात्मक रूपमा हेर्छन्, तर सुरक्षा दृष्टिकोणबाट यिनै संरचनाहरू हाल चिन्ताको विषय बनेका छन्‌’बताउदै सिमाजागर मञ्चका बिहार प्रदेशका अध्यक्ष समेत रहेका अग्रवालले नेपाल मात्र नभइ संगै जोडिएको भारतीय गाउ शहरहरुको अवस्था पनि चिन्ता जनक बन्दै गएको बताए

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?