Warning: Trying to access array offset on false in /home/arthikdwar.com/public_html/wp-content/themes/neelamb-theme-2026/header.php on line 29
आर्थिक क्रान्तिको डिजिटल संवाहक

लायन्स क्लब अफ सेस्मी एकेडेमी डिष्ट्रिक्टकै उत्कृष्ट क्लब घोषित

न्युज डेस्क
२०८२ श्रावण १९, सोमबार १४:२३

काठमाडौं, साउन १९ — लायन्स क्लब इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ ‘एस’ को काठमाडौंमा आयोजित प्रथम डिष्ट्रिक्ट क्याबिनेट एवं क्लब अफिसर पदस्थापन समारोहमा लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमीलाई डिष्ट्रिक्ट ३२५ ‘एस’ कै उत्कृष्ट क्लब घोषित गर्दै विशेष सम्मान प्रदान गरिएको छ ।

लायन वर्ष २०२५/२६ को प्रारम्भिक महिनाहरूमा लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमीले उल्लेखनीय सेवाका कार्यहरू, नेतृत्व क्षमताको प्रभावकारी प्रदर्शन तथा सामुदायिक उत्थानमा सक्रिय संलग्नता प्रस्तुत गरेकोले, डिष्ट्रिक्टको मूल्यांकन समितिको सिफारिसका आधारमा डिष्ट्रिक्ट गभर्नर लायन बिनय बस्नेतले लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमीलाई उत्कृष्ट क्लब घोषणा गर्दै सम्मानित गरेका हुन् ।

स्वास्थ्य सेवा, शिक्षा प्रवर्धन, रक्तदान कार्यक्रम, वातावरण संरक्षण तथा युवाहरूमा चेतना अभिवृद्धि जस्ता विविध क्षेत्रमा क्लबले पुर्‍याएको योगदानले समग्र डिष्ट्रिक्टमा उदाहरणीय प्रभाव पारेको छ ।

क्लबकी अध्यक्ष लायन लायन पिया सिंहले यो सम्मान सम्पूर्ण सेस्मी परिवारको सामुहिक योगदान, प्रतिबद्धता र सेवामा समर्पणको प्रतिफल भएकोले हामी समुदायको सेवामा निरन्तर अग्रसर रहने बताएकी थिइन् ।

त्यसैगरी क्लबकी संस्थापक एवं लायन्स क्लब इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ ‘एस’ की डिष्ट्रिक्ट चिफ लायन आशमा सिंह यादवले यस उपलब्धिले क्लबका सदस्यहरूमा अझ जिम्मेवारीपूर्ण सेवा भाव र नेतृत्व विकासको प्रेरणा थपेको बताएकी थिइन् ।

लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमीले प्रस्तुत गरेको प्रतिबद्धता र सक्रियता अन्य क्लबहरूकालागि समेत प्रेरणाको स्रोत बनेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो अनुभूति भयो ?