वीरगञ्जको हिलिङ टच स्पा एन्ड सलोनले लायन्स क्लबका सदस्यहरूलाई विशेष छुट दिने घोषणा गरेको छ ।
विगत दुई वर्षदेखि उत्कृष्ट सेवा प्रदान गर्दै आएको हिलिङ टच स्पा एन्ड सलोन वीरगञ्जको एकमात्र पारिवारिक स्पाले लायन्स क्लबको डिजिटल प्रिभिलेज कार्ड बोक्नेहरूलाई विशेष छुट सुविधा दिन लागेको हो ।
छुट सुविधालाई औपचारिकता दिन बुधवार लायन्स क्लब र स्पाबीच सम्झौता समेत सम्पन्न भएको छ । सम्झौतामा लायन्स क्लबका तर्फबाट लायन उमेश शर्मा र स्पाका सञ्चालक रोशन गुप्ताले हस्ताक्षर गरेका छन् ।
दुई वर्षअघि अन्तरराष्ट्रिय मापदण्डअनुरूप स्थापना भएको हिलिङ टच स्पा एन्ड सलोनले छोटो समयमै ग्राहकहरूको मन जित्न सफल भएको सञ्चालक गुप्ताको दाबी छ ।
पछिल्लो समय वीरगञ्जमा स्पाहरूको सङ्ख्या बढ्दै जाँदा केही विकृति देखिए पनि हिलिङ टच स्पा एन्ड सलोनले पारिवारिक वातावरणमा शुद्ध र गुणस्तरीय सेवा प्रदान गर्दै नकारात्मक धारणालाई चिर्न सफल भएको उनले बताए । “हामीले अनैतिक गतिविधिलाई पूर्ण रूपमा निषेध गरेका छौँ र ग्राहकको सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राखेका छौँ,” गुप्ताले भने ।
हिलिङ टच स्पा एन्ड सलोनले पर्सा, बारा, रौतहट, मकवानपुर र काठमाडौँका साथै छिमेकी मुलुक भारतको रक्सौल, मोतिहारी र बेतियाबाट समेत ग्राहकहरूलाई आकर्षित गरेको छ । “हाम्रा सेवाग्राहीहरू यहाँको सेवाबाट सन्तुष्ट र प्रफुल्लित भएर फर्कने गर्नुहुन्छ,” गुप्ताले थपे ।
वीरगञ्जको लोहारपट्टी रोडस्थित आरबी कम्प्लेक्सको पाँचौँ तलमा अवस्थित हिलिङ टच स्पा एन्ड सलोन स्पामा शान्त, सङ्गीतमय र प्राकृतिक सुगन्धले भरिएको वातावरण छ, जसले हरेक आगन्तुकमा सकारात्मक ऊर्जा पैदा गर्छ ।
हिलिङ टच स्पा एन्ड सलोन उपलब्ध सेवाहरूमा जीउ मसाज, हात-खुट्टाको मसाज, सौना, बडी स्क्रब, डिप सेन्स मसाज, फुट बाथ, ज्याकूजी मसाज, स्टिम बाथ, फूट मसाज र फिस फूट मसाजजस्ता सुविधाहरू समावेश छन् । त्यसैगरी, महिला र पुरुष दुवैका लागि कपाल काट्ने, दाह्री बनाउने, फेसियल, हेयर स्ट्रेट र केराटिनजस्ता सौन्दर्य सेवाहरू पनि प्रदान गरिन्छ ।
हिलिङ टच स्पा एन्ड सलोनले आफूलाई पारिवारिक र विशिष्ट गन्तव्यका रूपमा स्थापित गर्दै स्पा सेवाप्रति समाजमा रहेको गलत बुझाइलाई परिवर्तन गर्न योगदान पुर्याएको छ । लायन्स क्लबसँगको नयाँ पहलले थप ग्राहकहरूलाई गुणस्तरीय सेवाको अनुभव लिन प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ ।
आर्थिकद्वार/बिरगञ्ज
मधेसीलाई अपहेलीत गरेको भन्दै बिरगन्जमा चिनको बिरोध
बिरगन्जमा चिनीया दुतावासको बिरोधमा प्रदर्शन भएको छ ।मधेसीलाई अपहेलीत गरेको भन्दै चिनीया दुतावासको बिरोध प्रदर्शन भएको हो ।बीरगंजमा चिनियाँ सहयोगको नाममा पुरानो र कमसल साइकल वितरण गरिएको भन्दै राष्ट्रिय विद्यार्थी परिषद्ले विद्यालयमा बिरतरण गरिएको चाइनिज साइकल जलाएको छ ।
शनिबार वीरगन्जको प्रतिमा चौकमा चिनीया दुतावासको बिरोधमा प्रदर्शन गर्दै बिद्यार्थीहरुले चाइनिज साइकल जलाएका छन् । प्रदर्शनकारीहरूले “चीनको चलाखी अब चल्दैन ,मधेसीलाई अपहेलीत गर्न पाइदैन, मधेसलाई सम्मान चाहिन्छ, “पुरानो साइकल, नयाँ धोका हो, चीन अब हामीलाई मूर्ख नबनाउ!“ जस्ता नाराहरू लगाउँदै चिनको विरोध गरेका छन ।
विद्यार्थी परिषद्का नेताहरूले चीनले सहयोगको रुपमा मधेस र मधेसीलाई अपमानित गर्न पुरानो र कमसल साइकल बितरण गरेको अरोप लगाएका छन । बिरोध प्ररदर्शनमा आएका एक विद्यार्थी नेताले भने, “हामीलाई झूटो, पुरानो दान होइन, सफा नियत चाहिन्छ ,मधेसमा चिनको औपनिविसिकरण चल्दैन , चीनमा फालिएको साइकल मधेसलाई दिएर सहयोग दिएको हो कि बेइज्जत गरेको हो ?“
प्रदर्शनकारी विद्यार्थीहरूले चिनियाँ हस्तक्षेप अस्वीकार्य भएको भन्दै मधेसलाई दानको नाममा फालिएको सामान होइन, सम्मान चाहिएको स्पष्ट पारे । आक्रोशित प्रदर्शनकारीहरूले विरगन्जको नरसिम्ह माध्यमिक बिद्यालयमा चिनिया कन्सुलरले एक महिना पहिला वितरण गरेका कमसल चाइनिज साइकलमध्ये केही प्रदर्शन स्थलमै जलाएका थिए ।
प्रदर्शनमाको क्रममा स्थानीय बासिन्दा समेतको सहभागी भएका जनाइएको छ ।उनीहरूले चिनियाँ सरकारको ‘सहयोग’को नाममा फालिएका सामग्री पठाउने प्रवृत्ति मधेस विरोधी भएको आरोप लगाए ।यदि यस्ता अपमानजनक गतिविधिहरू दोहोरियो भने कडा चिनको बिरोधमा अझ शसक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए ।
चिनिया दुतावासको कन्सुलरले एक महिना अगाडि वीरगन्जमा बिरतण गरेका साइकल पुरानो भएको स्थानिय बिद्यार्थीहरुले खुलासा गरेका थिए । चिनको सिएफआरडिले बिद्यालयको छात्राहरुलाई बितरण गरेको साइकल पुरानो र कमसल भएको आरोप वीरगन्जका बालिकाहरुको रहेको छ । एक महिना अगाडि मधेसको एकमात्र महानगरपालिकाको रुपमा रहेको वीरगन्ज महानगरपालिकामा सिएफआरडिको माध्यमबाट चाइनिज साइकल बितरण गरिएको थियो ।
वीरगन्ज महानगरपालिकाको समन्वयमा वीरगन्ज महानगरपालिका वार्ड नम्बर १५ स्थित श्री नरसिंह माध्यमिक विद्यालयमा एक कार्यक्रम गरि चाइना फाउन्डेशन फर रुरल डेभलपमेन्टको नेपाल कार्यालयले त्यस बिद्यालयमा अध्यनरत छात्राहरुलाई साइकल बितरण गरेको थियो ।
विद्यालयमा आयोजित साइकल बितरण कार्यक्रममा चाइनिज दुतावासका कन्सुर वांग सिनको विशेष उपस्थिती र दुइ सय साइकल बितरण गरिएको थियो ।
सन २०२२मै नेपालमा साइकल बितरण गर्ने चिनको योजना रहेको थियो । जसले गर्दा साइकल पुरानै समयमा आयात भएको कारण साइकलहरुमा खिया परेको बिद्यालयका एक शिक्षकको भनाइ थियो । ’
मुख्य रुपमा मिधेस प्रदेशमा सक्रियता बढाउन चाइना दुतावास केहि समय यता आफ्नो सक्रिय बढाएको छ । जस अन्र्तगत विभिन्न व्यापारको वहाना र मधेसी जनताको समाजिक तथा शैक्षिक उथ्थानका लागी विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई स्कुल बैग शिक्षण सामग्रीं देखि साइकल विरतण कार्यक्रलमा तिब्रता दिइएको छ । मधेस प्रदेश सरकारले विगतमा चलाइएको साइकल बितरण कार्यक्रमको लोकप्रियतालाई मध्यनजर गर्दै चाइना दुतावासले पनि यो प्रदेशको बालबालिकलाई साइकल बिरतण कार्यक्रम सुरु गरेको बताइन्छ । तर सुरुमै बितरण गरिएको साइलकल पुराना र कमसल भएको आरोप लागेपछि उसका पछिला साइकल बितरण कार्यक्रमहरु ओझेलमा परेका छन ।
विश्लेषकहरू भन्छन्, “चीनले रणनीतिक रूपमा नेपालमा प्रभाव बढाउन सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ। तर, यदि यी कार्यक्रमहरू सम्मानजनक र वास्तविक विकासका लागि नभए, यसले उल्टै चीनविरोधी भावना बढाउनेछ।“
स्थानीय विद्यार्थी समूहहरूले चिनियाँ सहयोगलाई “फेक डोनेसन“ भन्दै यसको कडा विरोध गरेका छन्। उनीहरूले मधेसलाई वास्तविक विकास चाहिएको बताउँदै सरकारलाई पनि “विदेशी हस्तक्षेपको चासोभन्दा नागरिकको सम्मान र आवश्यकतामा ध्यान दिन“ आग्रह गरेका छन्।
एक भिडियो सहित
भारतको ओडिसा राज्यको भुवनेश्वरमा रहेको केआईआईटीले नेपाली विद्यार्थीलाई छात्रावासमा बस्न दिने भएको छ । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले गरेको ताकेता र छलफलपछि यस्तो निर्णय भएको दूतावासले जनाएको छ ।
केआईआईटीका रजिस्टार र अरु सरोकारवालासँगको छलफलपछि यस्तो जानकारी पाइएको बताइएको छ । भारतको केन्द्र सरकार र ओडिसाको मुख्यमन्त्री कार्यालयसँग सम्पर्क भैरहेको र आवश्यक सहयोग भएको पनि दूतावासले जानकारी दिएको छ ।
आइतबार मृत भेटिएकी नेपाली छात्रा प्रकृति लम्सालको घटनाको छानबिनमा केआईआईटीले जोड दिएको दूतावासले उल्लेख गरेको छ । लम्सालको घटनाको विरोधमा नेपाली विद्यार्थीले सोमबार प्रदर्शन गरेपछि केआईआईटीका अधिकारीले सबै नेपालीलाई अलग हुन र छात्रावास छोड्न उर्दी जारी गरेको थियो ।
दुई महिला शिक्षकले नेपालको बजेटभन्दा धेरै केआईआईटीको खर्च हुने भन्दै धम्काएको भिडिओ पनि सार्वजनिक भएको थियो ।
यता किट विश्वबिद्यालयले एक अपिल सार्वजनिक गदैृ नेपाली बिद्यार्थीहरुको छात्रावास वस्ने व्यवास्था देखि अध्यनअध्यापनको सवै व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।

देुख्दा सुन्दा आश्चर्य लाग्न सक्छ,आधा किलोमिटरमा आधा दर्जना भन्दा बढी चेकजाँच तर पनि खुलेआम तस्करी । यस्तो अजब गजबको चेकजाँच आर्थिक महानगरी वीरगन्जमा हुने गरेको छ । मुलुककै आर्थिक राजधानीको रुपमा रहेको बीरगञ्जको शंकराचार्य गेट क्षेत्रमा कडा चेकजाँच हुने गरेको छ । भारतबाट नेपाल प्रवेश गर्दा आधा किलोमिटरमा आधा दर्जन भन्दा बढी ठाउमा चेकजाँच हुने गरेको छ ।यति कडा चेकजाँच हुदा पनि यस क्षेत्रबाट नुन देखि सुनसम्मको तस्करी कायमनै छ ।भारतको रक्सौलबाट नेपाल आउदा नोमेन्सलेन्ड कटने बितिकै सशस्त्र प्रहरीको चेकजाँच त्यसपछि इनर्वा प्रहरी चौकि अगाडि जनपथको चेकजाँच,भन्सार कार्यालयमा भन्सारको जाचकि त्यससंगै सशस्त्रको चेकजाँच अनि रजत चौकिमा जनपथ प्रहरीले नियमित चेकजाँच हुन्छ ।त्यस अलावा समय समयमा ट्राफिक प्रहरी र घुमुवाहरुको छडके हुने गरेको छ ।
नेपाल भारतको सिमावर्ती क्षेत्रमा कुस्ती खेलप्रति आकर्षण बढदै गएको छ ।हिन्दुहरुको महान पर्व दशै देखि तराईमा मनाइने छटपर्वको अवसरमा नेपालको भिविन्न सिमावर्ती सहरहरुमा नेपाल भारत बिचका खेलाडिहरु बिच प्रतियोगीता हुने गरेको छ ।कुस्ती खेल हेर्न खेलप्रतिहरु गाउ गाउमा ओर्लिने गरेका छन ।
अस्पतालको मुद्दा अग्राधिकारमा राखेर छिटो न्यायिक निरुपण गरियोेस ः प्रुर्व मेयर सरावगी
नारायणी अस्पतालको भवन निर्माण प्रक्रियालाई अघि बढाउन माग गर्दै बीरगन्जमा ¥यालीको आयोजना गरिएको छ । शनिवार बिहान अस्पतालबाट सुरु गरिएको ¥यालीमा जनप्रतिनिधि, नागरिक समाजका अगुवा, बुद्धिजीवी, व्यापारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो । ¥याली नगरको परिक्रमा गरि घण्टाघर पुगेर कोणसभामा परिणत भएको थियो ।
¥यालीमा सहभागी वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर विजयकुमार सरावगीले अस्पताल निर्माण आउने पुस्ताको लागि आवश्यक रहेको बताउनु भयो । उहाले भन्नु भयो “अस्पताल निर्माण हाम्रो लागि मात्र नभई हाम्रो आउने पुस्ताको लागि हो, हाम्रो बालबच्चाको लागि हो । त्यसैले तपाईँहरूको यो लडाईमा तपाईँहरूसँग छु ।”
वीरगन्ज:प्रेस चाैतारी नेपाल पर्साकाे पहिलाे कार्यकालकाे अध्यक्षमा निरञ्जन मिश्र निर्वाचित भएका छन्।शनिबार भएकाे निर्वाचनकाे अन्तिम मतगणनामा अध्यक्ष पदका दुई उम्मेदवार मिश्र र तुलसी भण्डारी दुवैले समान ४६/४६ मत पाएपछि बराबरी भएको थियाे।
त्यसपछि चाैतारीकाे विधान अनुसार दुवै जनाबीच आधा आधा कार्यकाल बाड्ने सहमति बमाेजिम गाेला प्रथा गरिएको थियाे ।गाेला प्रथाबाट पहिलाे कार्यकालका लागि मिश्रले बाजी मार्न सफल भएका हुन् ।दाेस्राे कार्यकालकाे नेतृत्व भण्डारीले गर्ने छन्।
यस्तै खुल्ला उपाध्यक्षमा राजेन्द्र सिंह नेपाली,महिला उपाध्यक्षमा लक्ष्मी खरेल,सचिवमा कृष्ण कुशवाहा,सहसचिवमा पन्नालाल प्रसाद,समावेशी सहसचिवमा मन्सुर खान र काेषाध्यक्षमा सन्ताेष पटेल निर्वाचित भएका छन्।
प्रेर चाैतारी पर्साकाे नयाँ नेतृत्व चयनका लागि शनिबार भएकाे निर्वाचनमा कूल ११० मतमध्ये ९५ मत खसेकाे थियाे।
नारायणी अस्पताल भवन बनाउन नागरिक समाजको ¥याली,अस्पतालको मुद्दा अग्राधिकारमा राखेर छिटो न्यायिक निरुपण गरियोेस ः प्रुर्व मेयर सरावगी
नारायणी अस्पतालको भवन निर्माण प्रक्रियालाई अघि बढाउन माग गर्दै बीरगन्जमा ¥यालीको आयोजना गरिएको छ । शनिवार बिहान अस्पतालबाट सुरु गरिएको ¥यालीमा जनप्रतिनिधि, नागरिक समाजका अगुवा, बुद्धिजीवी, व्यापारी तथा सर्वसाधारणको सहभागिता रहेको थियो । ¥याली नगरको परिक्रमा गरि घण्टाघर पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै सहभागीहरूले नारायणी अस्पतालको भवन निर्माण प्रक्रियालाई अगाडि बढाउन अनुरोध गरेका थिए । झन्डै पाँच वर्षदेखि अलपत्र परेको भन्दै भवन निर्माण प्रक्रियालाई यथाशीघ्र अघि बढाउनु माग गरे ।
उनीहरूले अस्पतालका पूर्वाधार अभावका कारण वीरगञ्जसहित आसपासका जिल्लाहरू बारा, रौतहट, सर्लाही र भारतको बिहार र उत्तर प्रदेश राज्यका समेत गरी लाखौँ नागरिकले स्वास्थ्य सेवामा कठिनाइ भोग्नुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
¥यालीमा सहभागी वीरगञ्ज महानगरपालिकाका पूर्व मेयर विजयकुमार सरावगीले अस्पताल निर्माण आउने पुस्ताको लागि आवश्यक रहेको बताउनु भयो । उहाले भन्नु भयो “अस्पताल निर्माण हाम्रो लागि मात्र नभई हाम्रो आउने पुस्ताको लागि हो, हाम्रो बालबच्चाको लागि हो । त्यसैले तपाईँहरूको यो लडाईमा तपाईँहरूसँग छु ।”
नारायणी अस्पतालका चिकित्सक डा. उदय नारायण सिंहले वीरगञ्ज तथा आसपासका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सरकारले तत्परता देखाउनुपर्ने बताउनु भयो । उहाले , “अस्पताल निर्माण रोकिएको पाँच वर्ष बितिसक्यो, यो अन्याय हो । हामी यो विषयमा बेवास्ता गर्न सक्दैनौँ ”भन्नु भयो ।
यसअघि माघ १८ गते नारायणी अस्पतालका चिकित्सक,नर्स र स्वास्थ्यकर्मीहरूले पनि अस्पतालको भवन सम्बन्धी मुद्दा अदालतबाट छिट्टै छिनोफानो लगाउन माग गर्दै सडकमा उत्रिएर त्रिभुवन राजपथ नै अवरुद्ध पारेका थिए भने हिजो जनमत पार्टीले पनि केही बेरका लागि घण्टाघर अगाडि चक्का जाम गरेर अस्पतालको विषय उठाउँदै नाराबाजी गरेको थियो ।
जनकपुरधाममा इन्डो नेपाल टुरिजम सम्मिट २०२५ सम्पन्न भएको छ ।
नेपाल भारतबीच पर्यटन प्रवद्र्धनमा जोड दिने उद्देश्यका साथ भारतीय दुतावास, वीरगञ्ज र पीएचडीसीसीआई इन्डिया नेपाल सेन्टरको आयोजनामा मंगलबार जनकपुरधाममा उक्त सम्मिट सम्पन्न भएको छ । कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतीस कुमार सिंहले धार्मिक पर्यटन (रिलिजियस टुरिजम)मा प्रचुर सम्भावना रहेकोले नेपाल सरकारले पर्यटकहरुका लागि ठोस नियम कानुन बनाउन आवश्यक रहेको बताए ।
उनले भारतको महाकुम्भ र साउदीको मक्का मदिनका उदाहरण दिँदै पर्यटन क्षेत्रको विकास प्रभावकारी ढंगले गर्न सके देशको जीडिपीमा ठूलो मदत पुग्ने जनाए । मुख्यमन्त्री सिंहले विदेशी पर्यटकहरुलाई दिनको १५० देखि २०० डलरसम्म खर्च गर्नुनै पर्ने गरि नियम कानुन सरकारले बनाउनुपर्नेमा जोड दिए । साथै उनले स्थलमार्गबाट आउने भारतीय पर्यटकहरुलाई विशेष सुविधा उपलब्ध गराउनुु पर्ने बताए । अहिले लाखौं नेपाली महाकुम्भमा स्नान गर्न भारत गएको जानकारी दिँदै भारतबाट पनि पर्यटक र श्रद्धालुलाई जनकपुरधाम आउनु पर्ने भनेर प्रचार प्रसार गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा भारतीय महावाणिज्यदुतावास, वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मिनाले भारत नेपालबीचको पौराणिक र इतिहासिक सम्बन्ध रहेकोले दुबै देशमा पर्यटनको सम्भावना प्रचुर रहेको बताउनुभयो । उनले भारत र नेपालमा पर्यटनको अपार सम्भावनालाई मध्येनजर गर्दै दुबै देशले मिलेर काम गर्नु आवश्यक रहेकोमा जोड दिए ।
दुबै देशको इतिहास र संस्कृति महत्वपूर्ण सम्पक्ति रहेको धारणा राख्दै उनले यसलाई अझ मजबुत बनाउन सके दुबै देशबीचको सम्बन्ध थप मजबुत हुनुका साथै आर्थिक रुपमा सबल बन्न सकिने बताए । उनले कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुले पर्यटन विकासका लागि राखेका आफ्ना अनुभव र विचारले सीमा क्षेत्रको पर्यटन विकासका साथै दुबै देशको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा, होटल व्यवसायी संघका पदाधिकारी, उद्योग वाणिज्य संघका पदाधिकारी, साहित्यकार, भाषावीद लगायत पर्यटन प्रवद्र्धन तथा पर्यटन व्यवसायीसंग आवद्ध व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
लायन्स क्लब ईन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको १४६ औं जन्म दिवस मनाइयो
वीरगञ्ज । लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको जन्म दिवसको अवसरमा सोमवार वीरगंज एरियामा रहेका लायन्स क्लबहरुले मेल्भिन जोन्स डे मनाएका छन् ।
मेल्भिन जोन्सको १४६ औं जन्म दिवसको अवसरमा लायन्स क्लब अफ वीरगंजले आयोजना गरेको जन्म दिवस कार्यक्रम लायन्स क्लब इन्टरनेशनलका पाष्ट इन्टरनेशनल डाइरेक्टर लायन संजय खेतानको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ वीरगंजका अध्यक्ष लायन सुनिल गुप्ताले गर्नु भएको थियो ।
कार्यक्रमलाई लायन्स क्लब इन्टरनेशनलका मल्टिपल डिष्ट्रिक्ट कोर्डिनेटर लायन डा. रमेश अग्रवाल, डिष्ट्रिक्ट ३२५ एसका निवर्तमान डिष्ट्रिक्ट गभर्नर लायन डि.एन. अग्रवाल, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर लायन राम बिहारी पाण्डे, पुर्व डिष्ट्रिक्ट गभर्नर लायन आर. पी. खेतानले सम्बोधन गर्नु भएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य डिष्ट्रिक्ट डेपुटी चिफ लायन आश्मा सिंह यादवले दिनु भएको थियो भने कार्यक्रमको औचित्यबारे एरिया चिफ कोर्डिनेटर लायन श्याम गुप्ताले प्रकाश पार्नु भएको थियो ।
सोही अवसरमा लायन्सका संस्थापक मेल्भिन जोन्सको जीवनी र योगदान बारे समेत चर्चा गरिएको थियो ।
कार्यक्रममा विभिन्न लायन्स क्लब र लिडरहरुलाई पिन तथा अवार्डबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा लायन्स क्लबका डिष्ट्रिक्ट एक्ज्युकेटिभ चिफ लायन संदिप केडिया, लायन बासु तिमिल्सिना, लायन अनुज रूङ्गटा, डिष्ट्रिक्ट को-चिफ एडभाइजर लायन मनोहर टिबडेवाल, डिष्ट्रिक्ट चिफ लायन उमेश साह कानु, लायन विजय गुप्ता, लायन उमेश शर्मा, एरिया ट्रेजर लायन बिनित जैसवाल, रिजन चेयरपर्सन लायन विजय कुशवाहा, जोन चेयरपर्सन लायन सल्मा खातुन, लायन सन्दिप साह कानु, डिष्ट्रिक्ट कोर्डिनेटर लायन किरण अग्रवाल, लायन मिनादेवी टिबडेवाल, लायन भानुभक्त अधिकारी, लायन लक्ष्मी थापा, लायन सुशिला साह, लायन देबयन्ती साह, लायन कविता खड्का, लायन रोशन गुप्ता, लायन नरोत्तम पाण्डे लगायत लायन्स क्लबका अन्य पदाधिकारी र सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
सोही अवसरमा लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको जन्म दिवसको अवसरमा केक काटेर सप्ताह ब्यापी कार्यक्रम समापन गरिएको थियोे ।
कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ वीरगञ्जका दिलीपकुमार पण्डितले गर्नु भएको थियो ।
