वीरगन्ज / मेलामा हत्याको घटनामा संलग्न सबैलाई २४ घन्टा नबित्दै पक्राउ गरिएको पर्सा प्रहरीले दाबी गरेको छ । घटना पछि भारत भाग्न सफल भएका हत्याका मुख्य अभियुक्त लगायत २ जनालाई सिमावर्ती भारतीय प्रहरीको सहयोगमा पर्सा प्रहरीले समातेर ल्याएको छ ।
वीरगन्जको दशैं मेलामा अष्टमीको राति भएको युवकको हत्या ‘खुनी दरिन्दे समुह (ग्याङ्ग)’ ले गरेको पर्सा प्रहरीले बिहिबार खुलासा गरेको छ । वीरगन्जमा लागेको दशैं मेला अष्टमी तिथिको राति अर्थात मंगलबार राति ११.३० बजे बीरगन्जमा दुइ समुह बिच माटपिट भएको थियो ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १० गीतामन्दिर रोडमा भएको दुई समुहबीचको कुटपिटमा एक युवकको मृत्यु भएको थियो । बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ९ स्थायी घर भई हाल वीरगन्ज–१० मा बस्दै आएका २० वर्षीय गोल्डेन भन्ने शीवम कुमार साह कानुको टाउकोमा फाटा प्रहारले मृत्यु भएको सिसिकेमरा देखिए पनि मृत्युको स्पष्ट कारण पोष्टमार्टम रिर्पोट पछि मात्रै खुलासा हुने प्रहरीको भनाइ छ ।
‘खुनी दरिन्दे समुह’ को नामबाट ह्वाट्स अप ग्रुप बनाएका युवाहरुले २० वर्षिय गोल्डेन भन्ने शीवम कुमार साह कानुको हत्या गरेको पर्सा प्रहरीले दाबी छ ।
गोल्डेनको हत्यामा संलग्न मुख्य आारोपित सहित ५ जनालाई प्रहरीले पक्राउ गरिसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
पक्राउ पर्नेहरुमा हत्याका मुख्य आरोपी पर्साको वीरगन्ज महानगरपालिका–.२४ रामगढवाका १९ वर्षीय गौतम पटेल,२० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी पटेल भन्ने करण प्रसाद पटेल, २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा रहेका छन् ।
तीमध्ये ३ जनालााई घटना भएको राति नै प्रहरीले पक्राउ गरेको हो । बाँकी दुई जनालाई भने नेपालबाट भागेर भारत बिहार राज्यको पश्चिमी चम्पारण जिल्लाको बल्थर गाँउमा लुकेर बसेको अवस्थामा बुधबार प्रहरीले पक्राउ गरेको हो ।
उक्त घटनबारे बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजना गरिएकोे पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सुदिप राज पाठकले ‘खुनी दरिन्दे समुह’ को नामबाट ह्वाट्स अप ग्रुप बनाएका युवाहरुको समुहले मृतक गोल्डेनको हत्या गरेको बताउनु भयो । यसअघि पनि यी ग्रुप बिच झगडा भएको र त्यसैकोे रिसबी साँध्न गत मंगलरबार राति कुटपिट गरेर हत्या गरिएको बताउनु भयो ।
दशैंको मेला घुम्न आएका बेला गोल्डेनलाई ‘खुनी दरिन्दे समुह’ ले हातमुक्का र बाँसको भाटासमेतले प्रहार गरेको र त्यसपछि गोल्डेनलाई उपचारका लागि नारायणी अस्पतालमा पुरर्याए लगत्तै चिकित्सकले मृत घोषित गरेको प्रहरी उपरिक्षक पाठकको भनाइ थियो ।
मंगलबार राति घटना भएको खबर पाए लगत्तै आँफु सहित वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक निरोज चौलागाईको नेतृत्त्वमा ३२ जनाको प्रहरी टोली घटनाको अनुसन्धानमा खटेर थियो । अनुशन्धानबाट उक्त घटनामा संलग्न अरु केहि व्यक्तिहरुको पनि पहिचान खुलटीसकेको भन्दै उपरिक्षक पाठकले उनीहरुको खोजी कार्यपनि जारी रहेको बताउनु भयो ।

सार्वजनिक सम्पत्तिको संरक्षण र वातावरणीय सुधारका लागि महानगरले सुरु गरेको वृक्षारोपण अभियानमा नियोजित रूपमा अवरोध पु¥याइएको भन्दै मेयर सिंहले भने,‘ यस्ता आपराधिक गतिविधिमा संलग्न जो सुकै भएपनि तीनलाई कानुनी दायरामा ल्याउन महानगरले स्थानीय प्रशासनमा आवश्यक प्रकृया सहित उजुरी दर्ता गरिसकेको छ।,जो भएपनि प्रहरीले तत्काल पक्राउ गरेर कारबाही गर्नुपर्छ ।’ वीरगन्जको विकास र समृद्धि नरुचाएकाहरुले उक्त अराजक काम गरेको हुनसक्ने उनको भनाई छ ।



फोहरमैला व्यवस्थापन तथा सरसफाई महाशाखामा तेल घोटाला भएको आरोप लागेको हो । माहानगरपालिकाले चलाएको लामखुट्टे मार्ने अभियानमा माहाशाखा प्रमुख सरफुदिन मियाले तेल घोटाला गरेको आरोप लागेको हो ।