सरोज यादवले नेपाल भारत बिचको सम्बन्ध खराब गर्न खोजेको निर्बतमान मुख्यमन्त्री जितेन्द्र सोनलको आरोप । तथाकथित मुख्यमन्त्रीले तथ्यहिन ,अधारहिन र भ्रामक कुरा गरेका छन ।उनले क्षेत्राअधिकार वाहिर गएर बोलेको त्यसलाई प्रमाणित गर्न सोनलको चुनौति ।मुख्यमन्त्री यादवले भारतसंग बिद्यमान रहेको र्साकृतिक,धार्मिक, एैतिहासकि खलबल्याउन खोजेको हो । हेर्नुहोस यो भिडियो…….
Uncategorized
राकेश कुमार झा एफइएसजीई उपाधि पाउने पहिलो नेपाली चिकित्सक
नेपाली डा. राकेश कुमार झा युरोपियन सोसाइटी अफ ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीबाट एफइएसजीई उपाधि (डिग्री) प्राप्त गर्न सफल भएका छन्। डा. झा एफइएसजीईको डिग्री प्राप्त गर्ने पहिलो नेपाली चिकित्सक हुन् ।
इएसजीइबाट पहिलोपटक एसियाली राष्ट्रका २ जना डक्टरले यो डिग्री पाएका छन्। नेपालका डा. झासँगै भारतका नागेश्वर रेड्डीले पनि एफइएसजीइ डिग्रीको उपाधि पाएका हुन्।
डा. झा वीरगञ्जस्थित ग्यास्ट्रो लिभर क्लिनिक इन्डोस्कोपी सेन्टरका सञ्चालक हुन्। ग्यास्ट्रोइन्टेस्टाइनल एन्डोस्कोपीको क्षेत्रमा अनुसन्धान, व्यवसायिक सेवा, शिक्षा तथा क्लिनिकल सेवामार्फत महत्वपूर्ण व्यवसायिक उपलब्धी र उत्कृष्ट दक्षताप्राप्त गरेका व्यक्तिलाई यो डिग्री प्रदान गरिन्छ ।
आफ्नो पेशागत यात्रामा यो एफइएसजीइ डिग्रीलाई एउटा महत्वपूर्ण उपलब्धि ठानेका डा. झाले यो उपाधि विश्व-चिकित्सा क्षेत्रमा नेपाललाई जोड्न र चिनाउन सहयोगी सिद्ध हुने विश्वास पनि व्यक्त गरेका छन् ।
डा. झा भन्छन्, ‘एफइएसजीइ उपाधी मेरा लागि मात्र नभई देशकै लागि गर्वको कुरा हो। यसले विश्व-चिकित्सा क्षेत्रमा नेपालको परिचय स्थापित गर्न मद्दत पुर्याउछ।’
यो डिग्री प्राप्त गर्न इएसजीइमा कम्तीमा १० वर्ष आबद्ध हुनुका साथै मोड्युल-१ र मोड्युल-२ सफलतापूर्वक पूरा गरेको हुनुपर्छ । डा. झाले जेनरल इन्फर्मरी लिड्स् युनिभर्सिटी युकेबाट सन् २०१३ मा मोड्युल-१ र एसियन इन्स्टिच्युट अफ ग्यास्ट्रोइन्टेरोलोजी हैदरावाद, भारतबाट सन् २०१७ मा मोड्युल-२ पूरा गरेका हुन् । यो वर्ष इएसजीइबाट डा. झासहित १२ जनाले यो डिग्री प्राप्त गरेका छन्।
नेपाल भारतको सिमावर्ती क्षेत्रमा कुस्ती खेलप्रति आकर्षण बढदै गएको छ ।हिन्दुहरुको महान पर्व दशै देखि तराईमा मनाइने छटपर्वको अवसरमा नेपालको भिविन्न सिमावर्ती सहरहरुमा नेपाल भारत बिचका खेलाडिहरु बिच प्रतियोगीता हुने गरेको छ ।कुस्ती खेल हेर्न खेलप्रतिहरु गाउ गाउमा ओर्लिने गरेका छन ।
अनिल तिवारी
वीरगन्ज,मंसिर ६
आर्थिक क्षेत्रमा लामो समय देखि कलम चलाउदै आएका अर्थबिद्ध उमेशचन्द्र ठाकुरको पुस्तक प्रकाशित भएको छ । जिसिएम उधोग बिराटगनरबाट जागीरे जिवनको सुरुवात गर्नुभएको ठाकुरद्वारा लिखित ‘अर्थतन्त्रका आयाम’ शीर्षकको पुस्तक हालै प्रकाशनमा आएको हो । जसमा समसामयिक अर्थराजनीतिक सरोकारका विषयमा ठाकुरको दशकौंको लेखनको प्रतिफललाई संग्रहित गरिएको छ ।
ठाकुरले बिसं २०३९ साल देखि निरन्तर विभिन्न पत्रपत्रीका हरुमा लेखन गर्दै आएका छन् र आर्थिक विश्लेषण, औद्योगिक व्यवस्थापन, श्रम सम्बन्ध, र आर्थिक–सामाजिक परिवर्तनहरूबारे आफ्नो गहिरो जानकारी र अनुभवलाई प्रस्तुत गरेका छन ्।
यो पुस्तक आर्थिक क्षेत्रका समस्या,सुझाव लगायतका बिषयगत कुरामा आधारित विगत दशकभन्दा लामो समय देखि प्रकाशित ७६ उत्कृष्ट आलेखहरूको संगालो हो, जसले देशको आर्थिक र औद्योगिक पाटोमा गहिरो दृष्टिकोण प्रस्तुत गर्छ ।
पुस्तकको संयोजन ओमप्रकाश खनालले गरेका हुन्। खनालका अनुसार, ‘अर्थतन्त्रका आयाम’ वर्तमान अर्थराजनीतिक र औद्योगिक परिदृश्यलाई विगतसँग तुलना गर्ने र भविष्यलाई दृष्टिगत गर्ने खालको ‘आँखीझ्याल’ हो ।
खनालले पुस्तकलाई समयसापेक्ष दृष्टिकोणले तयार गरिएको र आगतलाई सही ढंगले बुझ्न तथा स्वागत गर्न सक्षम बनाउने ठानेका छन्। यो पुस्तक पाठकलाई पुराना घटनाहरूको विश्लेषणमार्फत आधुनिक आर्थिक चुनौतीहरूको मूल्यांकन गर्ने मार्गदर्शन दिने उद्देश्यले तयार पारिएको छ।
ठाकुरको लेखन यात्रा उद्योग, व्यापार र श्रम सम्बन्धमा आधारित छ, ।उनले विभिन्न आर्थिक प्रतिष्ठानहरुमा निर्वाह गरेको काम कर्तव्य,उधोग व्यवस्थापन र श्रमिक बिचको सहजता र उनले औद्योगिक प्रतिष्ठानहरूको व्यवस्थापनमा आफ्नो गहिरो अनुभवलाई समेटेका छन् । निजीक्षेत्रका संघसंस्थाहरूमा लामो समयदेखि संलग्न रहेका ठाकुर औद्योगिक शान्ति, श्रम सम्बन्ध र सामाजिक–आर्थिक सम्बन्धका विषयमा विशेष राम्रो दखल राख्छन्।
उनका लेखमा सामाजिक–आर्थिक परिवेशमा देखिएका परिवर्तन, औद्योगिक विवादहरूको समाधान र व्यापारिक चक्रको प्रभावलाई समेटिएको छ ।
पुस्तकमा समेटिएका आलेखहरूले ठूला औद्योगिक र श्रमिक आन्दोलनदेखि आर्थिक नीति, निजीक्षेत्रको भूमिका, र सरकारको विभिन्न नीतिहरूको समीक्षासम्मका विविध विषयवस्तुलाई समेट्छन्।
लेखहरूमा आर्थिक असमानता, उदारीकरणको प्रभाव र श्रमिक वर्गका समस्याहरूको सजीव चित्रण गरिएको छ, जसले हालका श्रम आन्दोलनहरू, उद्योगी–व्यवसायीहरूबीचको सम्बन्ध र नीति निर्माताहरूलाई आर्थिक सुधारको दिशातर्फ निर्देशित गर्न म हत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ । पुस्तकको अनावर कार्यक्रममा उमेशचन्द्र ठाकुरले पुस्तक प्रकाशित गर्न सहयोग पु¥याउने सम्पूर्ण व्यक्तिहरू र संस्थाहरू प्रति आभार समेत व्यक्त गरेका छन् ।
विराटनगरमा आज भव्य रथयात्रा निकालिदैं
वीरगंज । विराटनगरमा आज(बिहीबार) राधाकृष्ण रथयात्रा निकालिँदैछ । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा आज अपरान्ह करिब ३ बजेबाट सुरु हुनेछ । ५५ वर्षयता हुँदै आएको रथयात्रामा आज ६ लाखभन्दाब ढी नै भक्तजन सहभागी हुने अपेक्षा आयोजकले गरेको छ । कोरोना महामारीका दुई वर्ष भने परम्परा कायम राख्न खटयात्रा मात्रै निकालिएको थियो । रथयात्राका लागि २२ फिट लम्बाइ, १४ फिट चौडाइ र १८ फिट उचाइको रथ तयार पारिएको छ। भक्तजनलाई रथ तान्नका लागि रथको अग्रभागबाट ७५–७५ फिट लम्बाइको दुईवटा डोरी राखिने छ। दायाँतर्फबाट पुरुष तथा बायाँतर्फबाट महिलाले रथ तान्ने रथयात्रा मूल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले बताए ।
विराटनगरको मेनरोड हुँदै गोल्छा चोक, जलजला चोक, ट्राफिक चोक, रोडशेष चोक, बसपार्क, महेन्द्र चोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर रथयात्रा समापन गरिने छ। विभिन्न ६० वटा झाँकीसहित निकालिने रथलाई ४३ स्थानमा विश्राम दिइने उनले बताए। विभिन्न जातजाति, धर्म र समुदायका झाँकीसहित भक्तजनको उपस्थितिले रथयात्रा भव्य हुने छ। रथयात्रालाई थप उल्लासमय बनाउन सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ। वि.सं १९८८ मा मन्दिरबाट खटयात्रा सुरु भएको थियो । २०२४ सालदेखि रथयात्रा गरिँदै आएको छ । रथयात्रासँगै खटयात्रा पनि गराइनेछ । रथयात्रामा नेपाल र भारतका भक्तजनसँगै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पनि सहभागी हुदैछन् । रथयात्रामा सहभागी हुन वीरगन्जका मेयर सिंहसंगै नेपालका विभिन्न जिल्लााका १३ वटा पालिकाका प्रमुखहरु विराटनगर पुगिसकेका छन् ।
आकर्षक रुपमा सजिएको रथमा राधाकृष्ण युगल जोडीलाई रथारोहण गराएर नगर परिक्रमा गराइन्छ । रथयात्राको सम्पूर्ण तयारी पूरा भएको मूल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले बताए । अत्यधिक जनसहभागिता हुने रथयात्रामा प्रहरीले सुरक्षा सतर्कता पनि अपनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले रथयात्राका लागि पाँच हजार प्रहरी परिचालित हुने जनाएको छ । मोरङ प्रहरी प्रवक्ता रन्जन दाहालले सम्भावित जोखिम नियन्त्रणका लागि सतर्कता अपनाइएको बताए । भिडभाडमा आपराधिक प्रवृत्तिका मानिसहरूबाट चोरी, लुटपाट, पाकेटमारीलगायतका अवाञ्छित गतिविधि हुनसक्ने भएकाले सर्वसाधारणलाई पनि सतर्कता अपनाउन उनले आग्रह गरे । प्रहरीले बहुमूल्य गरगहनाहरू नलगाउन, नगद र बहुमूल्य सामग्रीहरू साथमा नल्याउन, रथयात्राको मार्ग र समारोहस्थल वरपर सवारी साधन पार्किङ नगर्न आग्रह गरेको छ ।
अवैध रुपमा सञ्चालनमा रहेका तीनओटा मेडिकल सिल
वीरगंज । विभिन्न स्थानमा सञ्चालित तीनओटा मेडिकल सिल गरिएका छन् । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको अनुगमन टोलीले अवैध रुपमा सञ्चालनमा रहेका मेडिकलहरुमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा दोगडाकेदार गाउँपालिका ६ पञ्ज्युनयाँस्थित कबीर मेडिकल हल, दोगडाकेदार ७ खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र दोगडाकेदार ३ सिल्लेगडास्थित जोशी क्लिनिक सिल गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । पञ्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीलाई पक्राउ गरिएको छ । उनले भने,“स्वास्थ्य बिषय नपढेका व्यक्तिले क्लिनिक सञ्चालन गरेकोले नियन्त्रणमा लिएका छौं ।
यो बिषयमा थप अनुसन्धान भइरहेको छ । ” मेडिकलहरुले चिकित्सकको प्रेसक्रिप्सन बिना औषधि विक्रि गर्ने गरेको, आवश्यक शैक्षिक योग्यता नभएका व्यक्तिहरुले मेडिकल सञ्चालन गरेको, सम्बन्धित निकायमा दर्ता प्रक्रिया समेत पूरा नगरेको पाइएकाले मेडिकलहरु सिल गरिएका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । मेडिकलहरुले अवैध रुपमा सञ्चालन गरिएका भन्ने जनगुनासो आउन थालेपछि पछिल्लो समय अनुगमन कार्यलाई तीव्रता दिइएको छ ।
औषधि व्यवसायी संघको निर्वाचन : खण्डेलवालले घोषण गरे उम्मेदवारी
वीरगंज । नेपाल औषधि व्यवसायी संघको अध्यक्षमा प्रकाशकुमार खण्डेलवालले उम्मेदवारी घोषणा गरेका छन्। भदौ २२ र २३ गते वीरगन्जमा हुने राष्ट्रिय अधिवेशनमा खण्डेलवालले अध्यक्षमा उम्मेदवारी गरेका हुन्। उनी हाल संघको वरिष्ठ उपाध्यक्ष छन्। २०३६ सालदेखि औषधि व्यवसायमा संलग्न रहेका खण्डेलवाल २८ वर्षदेखि संघको नेतृत्वमा रहेर काम गरेका छन्। उनले तत्कालीन नारायणी अञ्चलमा विभिन्न पदमा रहेर काम गरेसँगै केन्द्रीय कार्यसमितिमा सदस्य, उपकोषाध्यक्ष, उपाध्यक्ष (आयात) र वरिष्ठ उपाध्यक्षमा रहेर जिम्मेवारी निर्वाह गरेका छन्।
काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै खण्डेलवालले व्यवसायिक मुद्दासँगै व्यवसायीको हकहितका पक्षमा विभिन्न योजनासहित उम्मेदवारी घोषणा गरेको जानकारी दिए। ‘आयातको उपाध्यक्ष हुँदा भन्सार लगायतमा रहेका नीतिगत समस्या निराकरणमा काम गरेको थिएँ,’ उनले भने, ‘व्यवसायी र नियामक संस्थाको समन्वयमा व्यवसायीमैत्री संस्था बनाउन मेरो योगदान रहन्छ।’खण्डेलवालले औषधि व्यवसायी संघलाई ‘सबैभन्दा ठूलो र सबै अँट्ने’ संस्था बनाउन अधिकतम प्रयास गर्ने जानकारी दिए। ‘मेरो अहमता छैन, कसैलाई पक्षपात गर्दिनँ,’ उनी भन्छन्, ‘संस्थालाई राम्ररी चलाउन सक्छु। सबै साथीहरुलाई मिलाएर काम गर्न सक्छु।’औषधि व्यवसायी संघलाई आर्थिक स्वावलम्बन गराउने आफ्नो उद्देश्य रहेको बताउँदै खण्डेलवालले तत्कालै ‘ओभर सप्लाई’ र ‘ओभर डम्पिङ’को समस्या समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए। ‘हरेक व्यवसायमा समस्या आएको छ। उपभोक्ता धेरै छैनन्, सप्लाई धेरै छ। मेसिनहरु निष्क्रिय हुँदै गएका छन्,’ उनी भन्छन्, ‘व्यवसायीलाई डुब्ने अवस्थाबाट बाहिर निकाल्ने नेतृत्वले बलियो भएर काम गर्नुपर्छ।’
संस्थामा कानूनी सल्लाहकार राख्ने र विशेषज्ञ फर्मासिस्ट राख्ने, नीति विशेषज्ञ समूह बनाउने आफ्नो योजना रहेको खण्डेलवालले बताए। उनले औषधि व्यवसायीले आफ्नो पैतृक सम्पत्ति र कम्पनीलाई परिवारमा हस्तान्तरण गर्न नपाउने नियमविरुद्ध संघले कदम चाल्ने बताए। दूरदराजका व्यवसायीलाई ५ दिन लगाएर संस्था नवीकरणका लागि धाउनुपर्ने विद्यमान अवस्था परिवर्तनका लागि घुम्ती सेवा राखने वा स्थानीय तहलाई जिम्मा लगाउने मागलाई कडाइका साथ उठाउने खण्डेलको भनाइ छ। खण्डेलवालले संस्थाका लागि सदस्यहरुलाई सहयोग गर्न विपद् व्यवस्थापन कोष बनाउने, हस्पिटल फार्मेसीको नाममा भएको बेथिति, बिमाका नाममा औषधि व्यवसायीको भुक्तानी रोक्ने जस्ता क्रियाकलापविरुद्ध काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
आज पनि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार?
वीरगञ्ज । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । बिहीबार बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले घटेर १ लाख १२ हजार रुपैयाँ कायम भएको छ । तिजको समयमा पनि सुनको मूल्य बढ्नुको साटो घट्दै गएको छ ।
यस दिन तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँ कायम भएको छ ।
हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ
वीरगञ्ज । हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी सोही उमेरका सोमबहादुर अधिकारीको हत्या आरोपमा सुनकोसी गाउँपालिका–८, च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई प्रहरीले पक्राउ गरेको हो ।
एउटै साल एकै गाउँमा जन्मिएर ८३औँ वर्ष सहकार्य गरेका छिमेकी दुई वृद्धबीच बुधबार बिहान ८ः३० बजे सामान्य भनाभन भएको थियो । गोठबाट दूध लिएर घर फर्कंदै गरेका अधिकारी कटुवालले धकेल्दा लडेर घाइते भएका थिए ।
गम्भीर घाइते अधिकारीलाई उपचारका लागि अस्पतालमा ल्याइएको थियो । अस्पतालमा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए ।
