काठमाडौं । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एस’ को लायन वर्ष २०२६–२०२७ को लागि नयाँ नेतृत्व चयन भएको छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एस’ को काठमाडौंमा सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनबाट डिष्ट्रिक्ट गभर्नर पदमा वीरगञ्जका चर्चित समाजसेवी एवं सफल व्यवसायी रामबिहारी पाण्डे निर्वाचित हुनुभएको छ ।
त्यसैगरी, प्रथम उप–गभर्नर पदमा हेटौंडाकि वरिष्ठ समाजसेवी एवं सफल महिला उद्यमी अंकीता सुमार्गी र द्वितीय उप–गभर्नर पदमा काठमाडौंका वरिष्ठ समाजसेवी एवं उद्यमी महेश पोखरेल निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित गभर्नर पाण्डे लायन्स आन्दोलनमा विगत २९ वर्षदेखि सक्रिय रहँदै आउनु भएको एक अनुभवी तथा समर्पित व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । उहाँले आफ्नो कार्यकालमा डिष्ट्रिक्ट ३२५ ‘एस’ लाई अझ सशक्त, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उहाँले डिष्ट्रिक्ट ३२५ ‘एस’ लाई नमुना डिष्ट्रिक्टको रूपमा विकास गर्ने लक्ष्य राख्दै सदस्यता विस्तार, नेतृत्व विकास, प्रविधिमैत्री व्यवस्थापन तथा शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र मानवसेवा सम्बन्धी कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने योजना अघि सार्नु भएको छ ।
त्यसैगरी, नवनिर्वाचित प्रथम उप–गभर्नर अंकीता सुमार्गी तथा द्वितीय उप–गभर्नर महेश पोखरेलले पनि डिष्ट्रिक्टको समग्र विकास तथा सदस्यहरूको सक्रिय सहभागिता बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिएको छ ।
नयाँ नेतृत्व चयनसँगै डिष्ट्रिक्ट ३२५ ‘एस’ मा नयाँ ऊर्जा, उत्साह र सक्रियता थपिने विश्वास लिइएको छ । लायन्स सदस्यहरूले नवनिर्वाचित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।
राजनीति
निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो : गृह मन्त्रालय
वीरगञ्ज । गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आज बिहान बसेको ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको ‘भर्चुअल’ बैठकपछि मन्त्रालयले निर्वाचनको सुरक्षा, व्यवस्थापनलगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा निष्कर्ष निकालेको हो।
गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मन्त्रालयका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सबै जिल्लाको निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनबारे जानकारी लिएको छ।
बैठकमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थालगायत विषयमा केन्द्रित रहेर छलफल भएको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी दिइन्। उनका अनुसार सो छलफलमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिनुका साथै सुरक्षा अवस्था सामान्य रहेकोबारे जानकारी गराइएको छ।
बैठकमा जिल्लाको निर्वाचन तयारी, विद्यमान अवस्था, केन्द्रले गर्नुपर्ने समन्वयलगायत विषयमा छलफल भएको छ। शान्ति सुरक्षाको अवस्था, निर्वाचनको दिन अपनाउनुपर्ने सतर्कता र सुरक्षा संवेदनशिलताबारे समीक्षा भई आगामी रणनीति बनाउने समझदारी बनेको सहप्रवक्ता आचार्यले जानकारी दिइन्।
गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई मजबुत र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिए। बैठकमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सबै कर्मचारी सुरक्षा संयन्त्र र निर्वाचन सामग्री मतदानस्थलमा पुगेको जानकारी दिए।
लायन्स इन्टरनेशनल लिडरसिप एवार्डबाट लायन प्रकाश बाहेती सम्मानित
वीरगञ्ज – लायन्स इन्टरनेशनलको प्रतिष्ठित इन्टरनेशनल लिडरसिप एवार्ड यस वर्ष लायन्स क्लब अफ वीरगञ्जका पुर्व अध्यक्ष एवं लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट एक्ज्यूकेटिभ चिफ लायन प्रकाश बाहेतीलाई प्रदान गरिएको छ । विश्वभरका उत्कृष्ट लायन्स लिडरहरूलाई दिइने यो एवार्ड नेतृत्व क्षमता, सामाजिक प्रतिबद्धता तथा समुदायमा पुर्याएको सेवाका आधारमा प्रदान गरिन्छ ।
लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसको हेटौंडामा आयोजित तेस्रो डिष्ट्रिक्ट क्याबिनेट मिटिङ्ग एवं एवार्ड वितरण समारोहमा बाहेतीलाई उक्त एवार्ड प्रदान गरिएको हो ।
कार्यक्रमका विशिष्ट अतिथि लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका संस्थापक डिष्ट्रिक्ट गभर्नर लायन अमर बहादुर श्रेष्ठले बाहेतीलाई इन्टरनेशनल लिडरसिप एवार्ड प्रदान गर्दै बाहेतीको निरन्तर सेवा भावना, दिगो नेतृत्व तथा सामाजिक कल्याणमा पुर्याएको योगदानको उच्च प्रशंसा गरेका थिए ।
त्यसैगरी लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका डिष्ट्रिक्ट गभर्नर लायन बिनय बस्नेतले बाहेतीको नेतृत्व शैली, सहयोगी स्वभाव र युवा सदस्यहरूलाई प्रेरित गर्ने क्षमताकै कारण उनलाई अन्तर्राष्ट्रिय स्तरको उच्च सम्मान प्राप्त भएको बताउँदै शुभकामना व्यक्त गरेका थिए ।
लायन प्रकाश बाहेती लामो समयदेखि स्वास्थ्य, शिक्षा, दृष्टि संरक्षण, रक्तदान, दैवी विपद् राहत तथा सामुदायिक सशक्तीकरणका क्षेत्रमा सक्रिय रूपमा क्रियाशील रहेका छन् । उनले सञ्चालन गरेका विभिन्न परियोजनाहरूले स्थानीय समुदायमा प्रत्यक्ष प्रभाव पारेको र लायन्स क्लबका सदस्यहरूलाई सेवा कार्यमा अझ सक्रिय बनाएको बताइएको छ । एवार्ड ग्रहण गर्दै बाहेतीले आफूलाई प्रदान गरिएको यो अन्तर्राष्ट्रिय सम्मान सम्पूर्ण लायन्स परिवारको साझा उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए । उनले भने, “यो सम्मानले जिम्मेवारी अझ थपिएको छ ।”
उनलाई लायन्स इन्टरनेशनल प्रेसिडेन्ट पिन, डिष्ट्रिक्ट गभर्नर प्रशंसा पदक र डिसेम्बर महिनाको लायन अफ द मन्थ एवार्डबाट समेत सम्मानित गरिएको छ ।
वीरगञ्जमा विदेसी सुनचोर गीरोह सक्रिय , तीनघरबाट करोडौको सुनका गहना चोरी,हेर्नुहोस चोरीको यो भिडियो
वीरगञ्ज,माघ २५
आर्थिक महानगर बीरगञ्जमा केहि महिना यता ठुलो चोर समूह गीरोह सक्रिय भएको छ ।यो समूह घरमा मान्छे नभएको मौखामा लाखौको सुनचाँदीका गहना र नगद मात्र चर्ने गरेको बताइन्छ ।
करोडौको सुन चाँदीका गहना चोरी भएको चार महिना बितिसक्दा पनि पर्सा प्रहरी चोरबारे सुइको पाउन सकेको छैन । कार्तिक १० गते बीरगन्जको श्रीसिया बस्ने श्याम पटेलको घरबाट एक करोड भन्दा बढीको सुनचाँदीका गहना र नगद चोरी भएको थियो । पटेलको घर दुइ प्रहरी चौकिको बिचमा छ ।
कात्र्तिक महिनाको छठपर्वका दिन दिउसै भएको चोरीले स्थानीय भयभित भएको छन । चार महिना देखि बीरगञ्ज महानगरमा सुनचोर गीरोह सक्रिय भएको छ । लामो समय लगाएर घरको रेक्कि गर्ने ,गहना राखिएको ठाउको पुख्ता सुचना संकन गरेपछि मान्छे नभएको मौकाछोपी सुन चाँदीका गहना र नगर मात्रै यो गीरोहले चोरी गर्ने गरेको प्रहरीको अनुशन्धानबाट खुलेको छ ।
आसन्न चुनावमा प्रहरीको व्यस्तताको मैखाछोपी सिमावर्ती भारतीय चोर गीरोह सक्रिय भएको प्रहरी श्रोतको दाबी छ । पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरिबहादुर बस्नेतले मान्छे नभएको घरलाई लक्षित गरेर सुनचाँदी लगायत गरगहनाको चोरीका घटना बढेको स्वीकार गर्नु भयो ।
कात्र्तिक पछि यहि माघ १गते बीरगन्ज शहर भित्रै रहेको एनआई कलेज नजिकै रहेका श्यामकिशोर लाल कर्णको घरबाट करिब रू ५० लाख बराबरको सुनचाँदी चोरी भएको छ । चोरहरु मुखमा मास्क लगाएर चोरी गरेको सिसि केमराबाट फेला परेको भिडियोबाट देखिन्छ ।
दोश्रो चारी घटनाको एक दिन नबित्दै १३ गते लिङ्करोड स्थित वीरेन्द्र सिंहको घरबाट १०तोला भन्दा बढीको गहना चेरी भएको छ । लगातार भइरहेको चोरीले पर्साको प्रहरीलाई ठुलो चुनौती बढाएको छ । घरका सबै सदस्य बाहिर जानुपर्ने अवस्थामा प्रहरीलाई जानकारी गराएर सुरक्षीत हुन पर्सा प्रहरीको अनुरोध छ ।
इस्लामी सत्ता र सामाजिक बन्धनलाई एकसाथ चुनौती
ईरानमा जारी आर्थिक आन्दोलनका बीच महिलाहरूका केही तस्बिर र भिडियोहरू सार्वजनिक भएका छन्, जसले विश्वको ध्यान खिचेको छ। सडकमा नारा, आगजनी र झडपबीच ईरानी महिलाहरूले सर्वोच्च नेता आयातुल्लाह अली खामेनेईको तस्वीर जलाएर त्यसैबाट सिगरेट सल्काइरहेका देखिन्छन्। महिलाहरूको यो विरोध शैली सत्ता र सामाजिक बन्धन दुवैलाई एकसाथ अस्वीकार गर्ने सशक्त सन्देश बनेको छ।
यो विरोध त्यस्तो समयमा देखिएको हो, जब देश आर्थिक सङ्कट, महँगी र बेरोजगारीका कारण चरम असन्तोषमा छ। सुरुमा यी प्रदर्शनहरू आर्थिक मागसम्म सीमित थिए, तर अहिले यसको स्वर पूरै व्यवस्थाविरुद्ध केन्द्रित हुँदै गएको छ। सडकमा उत्रिएका मानिसहरू अब सुधारको माग मात्र होइन, इस्लामिक रिपब्लिक नै अस्वीकार गर्ने कुरा गर्न थालेका छन्। महिलाहरूको यो आन्दोलनलाई तीन वर्षअघि महसा अमिनीको मृत्युपछि सुरु भएको हिजाबविरोधी आन्दोलनसँग पनि जोडेर हेरिँदैछ।
विशेषज्ञहरूका अनुसार यहाँ सिगरेट केवल धूम्रपानको साधन होइन, विरोधको प्रतीक हो। महिलाहरूका लागि धूम्रपान लामो समयदेखि सामाजिक र कानुनी रूपमा निरुत्साहित गरिँदै आएको छ। यस्तो अवस्थामा सार्वजनिक रूपमा सिगरेट सल्काउनु, त्यो पनि सत्ताको सबैभन्दा शक्तिशाली अनुहारको तस्वीरबाट—यो दोहोरो विद्रोहको संकेत हो। एकातिर राजनीतिक सत्ताविरुद्धको चुनौती छ भने अर्कोतर्फ सामाजिक नियन्त्रणलाई ठाडै अस्वीकार गरिएको छ।
ईरानी कानुनअनुसार सर्वोच्च नेताको तस्वीर जलाउनु गम्भीर अपराध मानिन्छ। त्यसका बाबजुद पनि यस्ता भिडियोहरू खुला रूपमा बाहिर आउनु डरको पर्खाल कमजोर हुँदै गएको संकेत हो। प्रशासनले आन्दोलन दबाउन कडाइ बढाएको छ, इन्टरनेट नियन्त्रण कडा बनाइएको छ र चेतावनीहरू दिइएका छन्। तर प्रतीकात्मक विरोधलाई पूर्ण रूपमा रोक्न सजिलो देखिँदैन। चिकित्सकहरू र स्थानीय बासिन्दाहरूका अनुसार हिंसामा ठूलो संख्यामा मानिसहरूको ज्यान गएको छ, तर सडकमा उत्रिनेहरूको संख्या घटेको छैन।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ । आयोगले अन्तिम नामावली स्वीकृत गर्दै विवरण सार्वजनिक गरेको तथ्यांक अनुसार यस पटकको निर्वाचनमा कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदाताले मतदान गर्न पाउनेछन् ।
२०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरूको विवरण अद्यावधिक गरी तयार पारिएका नामावली अनुसार मधेश प्रदेशमा ३६ लाख ३६ हजार ४१३ मतदाता दर्ता भएका छन भने निर्वाचनका लागि २ हजार १६० मतदान केन्द्र र ४ हजार ४७१ मतदान केन्द्र मतदान केन्द्र कायम गरिएको छ ।
निर्वाचन आयोगको मधेश प्रदेश कार्यालयका अनुसार तयार पारिएको अभिलेख अनुसार पुरुपतर्फ १९ लाख ७२ हजार ९६४ र महिलातर्फ १६ लाख ६३ हजार ३७४ सहित अन्यतर्फ ७६ मतदाताको नामावली थप तथा अद्यावधिक गरिएको छ । २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा मधेश प्रदेशमा पुरुषतर्फ १५ लाख ७७ हजार ३१७, महिलातर्फ १३ लाख ३२ हजार ६४० र अन्यतर्फ ६६ गरी कुल २९ लाख १० हजार २३ मतदाता रहेको थियो ।
पछिल्लो पटक दर्ता गरिएका मतदाता मध्ये ७ लाख २६ हजार ३९१ मतदता थपिएको छ । पछिल्लो पटकको मतदाता नामावली दर्तामा ७ लाखभन्दा बढी मतदाता थपिएपछि मधेश प्रदेशमा अहिलेपनि नागरिकता आभावमा लाखौ मतदाता मतदानबाट वञ्चित हुने भएका छन् । पछिल्लो पटकको दर्ता भएका मतदाता नामावली र २०७८ सालको जनगणना विवरणको तुलना गर्दा साढे ४ लाखबढी नागरिक नागरिकता आभावमा मतदानबाट वञ्चित हुने भएका छन् ।
जनगणना अनुसार मधेशमा १५ वर्षदेखि ८४ वर्षसम्मको उमेर समूहको जनसंख्या ४० लाख ८४ हजार ३५८ रहेकोमा मतदाता नामावलीमा ३६ लाख ३६ हजार ४१४ जनाको नाम मात्र दर्ता भएको छ । पटक पटक नागरिकता समस्या समाधान गरिएपनि बुवा बितेका, जन्मसिद्धको सन्तानलाई नागरिकता बनाउन आमा र बुवा दुवै अनिवार्य गरिएको व्यवस्था, परिवारमै कसैको नागरिकता नभएको लगायतका विभिन्न कारणले ती व्यक्तिसहित तिनका सन्तानहरु नागरिकताबाट वञ्चित हुनु परेको अवस्था मधेश प्रदेशमा विद्यमान रहेको छ ।
हुनत यी समस्याहरुको मध्ये नजर गर्दै संघीय सरकारले नागरिकता ऐन संशोधन गरेको तीन महिनाभन्दा बढी समय बितिसकेपनि नियमावली संशोधन हुन नसक्दा समस्या यथावत नै छ । ऐन संशोधन भए लगतै नागरिकताविहिनहरु दैनिक रुपमा जिल्ला प्रशासन कार्यालयहरुमा जाने गरेका छन् । तर नियामावली संशोधन नभई आएको भनी फर्काउने गरेको छ ।
उता गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मन्त्रालयबाट नागरिकता नियमावली चौथो संशोधन पछिल्लो साता मन्त्रिपरिषद्को बैठकबाट नियमावली संशोधन स्वीकृत भईसकेको चाँडै नै सो नियमावली अनुसार कार्यविधि बनाई जिल्ला प्रशासन कार्यालयहरुमा पठाई कार्यान्वयनका लागि निर्देशन दिइने बताएका छ्न संशोधित ऐन र नियमावली कार्यान्वयनमा आएपछि नागरिकताविहिनहरुले नागरिकता पाएपनि आउंदो निर्वाचनमा उनीहरु मतदानबाट वञ्चित हुनेछ । तर निर्वाचन आयोगले कुनै नयाँ नियम ल्याएपछि उनीहरु सहभागी हुन सक्छन नभए मतादनबाट वञ्चित हुनेछन् ।
सरोज यादवले नेपाल भारत बिचको सम्बन्ध खराब गर्न खोजेको निर्बतमान मुख्यमन्त्री जितेन्द्र सोनलको आरोप
सरोज यादवले नेपाल भारत बिचको सम्बन्ध खराब गर्न खोजेको निर्बतमान मुख्यमन्त्री जितेन्द्र सोनलको आरोप । तथाकथित मुख्यमन्त्रीले तथ्यहिन ,अधारहिन र भ्रामक कुरा गरेका छन ।उनले क्षेत्राअधिकार वाहिर गएर बोलेको त्यसलाई प्रमाणित गर्न सोनलको चुनौति ।मुख्यमन्त्री यादवले भारतसंग बिद्यमान रहेको र्साकृतिक,धार्मिक, एैतिहासकि खलबल्याउन खोजेको हो । हेर्नुहोस यो भिडियो…….
पाकिस्तानको पांच बिमान खसालेको भारतीय वायुसेना प्रमुख एयर चीफ मार्शल ए.पी. सिंहले गरे खुलासा
भारतीय वायुसेनाका प्रमुख एयर चीफ मार्शल ए.पी. सिंहले खुलासा गरेअनुसार, ‘अपरेसन सिन्धूर’मा भारतको एस–४०० हवाई प्रतिरक्षा प्रणालीले पाँचवटा पाकिस्तानी लडाकु विमान र एउटा एईडब्ल्यू एण्ड सी (AEW&C) वा ईलिन्ट (ELINT) विमान खसालेको छ । उनले यो प्रणालीलाई ‘गेम–चेन्जर’ भन्दै, करिब ३०० किलोमिटर टाढाबाट ठूलो लक्ष्य नष्ट गरिएको दाबी गरे — यसलाई सतहबाट हावामा गरिएको सबैभन्दा लामो दूरीको हत्या (किल) को रूपमा अभिलेख गरिएको छ ।२२ अप्रिल २०२५ मा पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतीय सुरक्षा निकायले ७–१० मेबीच ‘अपरेसन सिन्धूर’ सञ्चालन गरी पाकिस्तान अधिकृत कश्मीर (PoK) र पाकिस्तानभित्रको आतंकवादी पूर्वाधारमा ठोक्किएको थियो । सिंहका अनुसार, एस–४०० को विस्तारित दायराले पाकिस्तान वायुसेनाका लडाकु विमानलाई लामो दूरीका ग्लाइड बमहरू प्रयोग गर्ने बिन्दुसम्म पुग्नै दिएन, जसले उनीहरूलाई स्ट्यान्ड–अफमा रोकियो । यसकै क्रममा ज्याकबाबादस्थित एफ–१६ र भोलेरीमा तैनाथ एक सहयोगी विमान पनि ध्वस्त पारिएको दाबी छ ।
यता इस्लामाबादमा, पाकिस्तानी अधिकारीहरूले ‘विजय उत्सव’का रूपमा प्रेस ब्रिफिङ गर्दै आफ्ना वायु प्रतिरक्षाले ‘भारतीय आक्रमणलाई पराजित’ गरेको दाबी गरे । तर, अन्तर्राष्ट्रिय विश्लेषकहरूले यसलाई खोक्रो प्रदर्शन भनेका छन् । लाहोरस्थित स्वतन्त्र रक्षा विश्लेषक अब्दुल करीम भन्छन्, “यदि उनीहरूले आफैंका एईडब्ल्यू एण्ड सी जस्तो उच्च मूल्यका साधन गुमाएका छन् भने, त्यो विजय होइन, गम्भीर हार हो ।”
सैन्य स्रोतहरूका अनुसार, पाकिस्तानको जेएफ–१७ र एफ–१६ मा प्रयोग हुने मिसाइल प्रणालीहरूको प्रभावकारी दायरा ८०–१०० किलोमिटर मानिन्छ, जसले भारतको ४०० किलोमिटर क्षमतायुक्त एस–४०० सँग प्रतिस्पर्धा गर्न नसक्ने स्पष्ट हुन्छ । लामो दूरीको अवरोधन क्षमताले पाकिस्तानी विमानलाई आकाशमै पहुँच नपाउने गरी रोकिदिन्छ, जसले युद्धको सुरुमा नै वायु वर्चस्व भारततर्फ तानिदिन्छ ।
भारतीय रक्षा मन्त्रालयले यस अपरेसनलाई ‘आतंकवादी संरचनाविरुद्धको लक्षित कारबाही’को रूपमा व्याख्या गर्दै अन्तर्राष्ट्रिय समुदायलाई समर्थनका लागि आग्रह गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयसँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनले ‘अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन’को आरोप मात्र दोहोर्याए ।
सिन्धूरपछि दक्षिण एसियाली आकाशमा शक्ति सन्तुलन फेरिएको सन्देश स्पष्ट छ—तर यो सन्तुलन कति समयसम्म रहन्छ भन्ने प्रश्न भने अझै खुला छ, जसको जवाफ भविष्यका राजनीतिक र सैन्य चालले दिनेछ ।
महानगरले तिलावे नदि किनारको सार्वजनिक जग्गामा वृक्षारोपणका लागि गरेको तारबारमा तोडफोड
वीरगन्ज महानगरपालिका वडा नम्बर १९ विन्दवासिनीस्थित तिलावे नदिको किनारमा रहेको सार्वजनिक जग्गामा महानगरपालिकाले अतिक्रमणमुक्त गरेर वृक्षारोपणका लागि लगाएको तारबारसहितको पोलहरु अज्ञात समुहले उखलेर फालि दिएको छ ।
तिलावे नदिको किनारमा रहेको सार्वजनिक जग्गा स्थानीय केहि व्याक्तिहरुले वर्षौदेखि जबरजस्ति कब्जामा लिएर खनजोत गर्दै उपभोग गर्दै आएका थिए ।महानगरका मेयर राजेशमान सिंहको निर्देशनमा गत असारमा महानगरपालिकाका नगरप्रहरीसहितको टोलीले ७ बिघा क्षेत्रफलको उक्त जग्गालाई अतिक्रमण मुक्त गरेर त्यहाँ वृक्षारोपणका लागि तारबार लगाएको थियो ।
वृक्षारोपणका लागि तयारी भइरहेको अवस्थामा स्थानीय केहि उच्छृंखल व्याक्तिहरुले उक्त जग्गामा महानगरले गाडेको सिमेण्टको पोल र तारबार उखलेर फालिदिएको अवस्थामा भेटिएको महानगरका मेयर सिंहले जानकारी दिए । महानगरले उक्त जग्गामा वृक्षा रोपणका लागि भनेर ८० वटा सिमेण्टको पोल गाडेर तारबार गरेकामा ३४ वटा पोल र तारबार उखलेर फालिएको अवस्थामा भेटिएको उनले बताए ।
मेयर सिंहका अनुसार ,महानगरपालिकाले पोल र तारबार उखलेर फाल्ने कार्यमा संलग्नहरुलाई तत्काल पक्राउ गरेर कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय पर्सामा सोमबार उजुरी दिएको छ ।मेयर सिंहले भने,‘ ती अराजक र उच्छृंखल मान्छेहरुको पहिचान त भइसकेको छैन । तर जसले सार्वजनिक जग्गा वर्षौदेखि जबरजस्ति कब्जा गरेर खनजोत गर्दै आएका थिए,शायद उनिहरुले नै यो काम गरेको हुनुपर्छ ।’
सार्वजनिक सम्पत्तिको संरक्षण र वातावरणीय सुधारका लागि महानगरले सुरु गरेको वृक्षारोपण अभियानमा नियोजित रूपमा अवरोध पु¥याइएको भन्दै मेयर सिंहले भने,‘ यस्ता आपराधिक गतिविधिमा संलग्न जो सुकै भएपनि तीनलाई कानुनी दायरामा ल्याउन महानगरले स्थानीय प्रशासनमा आवश्यक प्रकृया सहित उजुरी दर्ता गरिसकेको छ।,जो भएपनि प्रहरीले तत्काल पक्राउ गरेर कारबाही गर्नुपर्छ ।’ वीरगन्जको विकास र समृद्धि नरुचाएकाहरुले उक्त अराजक काम गरेको हुनसक्ने उनको भनाई छ ।
‘घूस डिल अडियो’ प्रयोगशालाबाट पुष्टि,अख्तियारले अनुसन्धानका लागि गुप्ता र लामालाई बाेलायाे
काठमाडाैं,६साउन:कास्कीको पोखरा बाटुलेचौरमा रहेको ‘लिची बगान’ क्षेत्रको १३४ रोपनी जग्गा हडप्न तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता, बिचौलिया सुजन लामा र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष एवं पूर्वभूमि व्यवस्थामन्त्री रन्जिता श्रेष्ठबीचको ‘घूस डिल’ अडियो सक्कली भएको विधिविज्ञान प्रयोगशालाबाट पुष्टि भएको छ ।
अडियो सक्कली भएको प्रमाणित भएसँगै अख्तियारले बयान र आवाज परीक्षणका लागि पूर्वमन्त्री गुप्ता र बिचौलिया लामालाई मंगलबार कार्यालयमै डाकेको छ । उक्त प्रकरणमा मुछिए पनि भूमि व्यवस्थामन्त्री बलराम अधिकारी, पूर्वमन्त्री श्रेष्ठ र पूर्वभूमि व्यवस्था सचिव अर्जुन पोखरेल भने अनुसन्धानबाहिरै रहेका छन् ।
‘सार्वजनिक ओहोदाका पदाधिकारी एवं कर्मचारीलाई हातमा लिएर संगठित गिरोहले जग्गा खाने/मास्ने प्रपञ्चका साथ यो योजना बुनेको देखिन्छ, अडियोमा उल्लेख गरिएका सन्दर्भ र विषयले पनि यसलाई पुष्टि गर्छ,’ अख्तियारका एक अनुसन्धान अधिकारी भन्छन्, ‘यसमध्येकै दुई जनालाई बयानमा बोलाइएको हो, बाँकी विषय अनुसन्धानका क्रममा खुल्दै जानेछन् ।’ सार्वजनिक भएको अडियो सक्कली पुष्टि भए पनि आवाजलाई दोहोरो परीक्षण गर्न लागिएको उनले बताए ।
अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले अनुसन्धानका क्रममा रहेका विषयमा बोल्न नमिल्ने बताए । ‘यो विषय अनुसन्धानकै क्रममा छ,’ उनले भने, ‘अरू भन्न सकिँदैन ।’ बिचौलियाबाट रकम बुझेर कास्कीका मालपोत र भूमि आयोगका अधिकारीमार्फत जग्गा हडप्ने योजनाको ‘घूस डिल’ अडियो सार्वजनिक भएपछि गुप्ताले ३१ असारमा राजीनामा दिएका थिए । सुरुमा आरोपमा सत्यता नभएको जिकिर गरेका गुप्तामाथि कारबाहीको माग बढ्दै गएपछि बाध्य भएर राजीनामा दिएका थिए । सोही प्रकरणमा छोरा मनोज अधिकारीमार्फत बिचौलियाबाट रकम बुझेको आरोप लागेका भूमि व्यवस्थामन्त्री अधिकारीले भने पत्रकार सम्मेलन गरी राजीनामा नदिने र आरोपमा सत्यता नभएको जिकिर गरेका थिए ।
अख्तियारले उनलाई अनुसन्धानका लागि बयानमा बोलाएको छैन । ‘घूस डिल’ को अडियोमा समेत आवाज सुनिने नागरिक उन्मुक्तिकी अध्यक्ष एवं पूर्वभूमि व्यवस्थामन्त्री श्रेष्ठ र पूर्वसचिव पोखरेल पनि पोखराको जग्गा प्रकरणमा मुछिएका छन् । उनीहरूलाई पनि अख्तियारले सोधपुछका लागि बोलाएको छैन
बाटुलेचौरको १ सय ३४ रोपनी जग्गा भूमाफिया र बिचौलियाको योजनामा विभिन्न व्यक्तिका नाममा लैजान रचिएको प्रपञ्चमा भूमि व्यवस्थामन्त्री अधिकारी, तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ता, पूर्वभूमि व्यवस्थामन्त्री श्रेष्ठ, पूर्वसचिव पोखरेल र बिचौलिया लामा जोडिएका दुई छुट्टाछुट्टै अडियो बाहिरिएको थियो । १० असारमा यही प्रकरणमा अख्तियारमा घूस बुझेको नोट नम्बर र अडियोसहित उजुरी परेको थियो । पहिलो अडियोमा तत्कालीन मन्त्री गुप्ता, बिचौलिया लामा र पूर्वमन्त्री श्रेष्ठको संवाद सुनिन्छ । ‘घूस डिल’सँगै जोडिएको सन्दर्भसहित बाहिरिएको दोस्रो अडियोमा भूमि व्यवस्थामन्त्री अधिकारीले ३२ लाख र तत्कालीन भूमि व्यवस्था सचिव पोखरेलले ५ लाख रुपैयाँ घूस बुझेको संवाद छ ।
पहिलो अडियोमा गुप्ता, लामा र श्रेष्ठबीच कास्की भूमि आयोगमा एमालेका जिल्ला नेता खेमबहादुर पुनलाई नियुक्ति दिलाउन २५ लाख ‘घूस डिल’ भएको प्रसंग सुन्न सकिन्छ । त्यो ‘घूस डिल’ २८ पुस २०८१ मा भैंसेपाटीस्थित मन्त्री गुप्ताको सरकारी निवासमा गरेको अनुमान अनुसन्धान अधिकारीको छ । दोस्रो अडियोमा भूमि व्यवस्थामन्त्री अधिकारीलाई उनको छोरा मनोजमार्फत ३२ लाख रुपैयाँ घूस बुझाएको दाबी गरिएको छ । पहिलो अडियोमा पनि मन्त्री अधिकारीले ‘पैसा खाएको’ विषयमा संवाद भएको सुनिन्छ । पछिल्लो अडियोमा मन्त्री अधिकारीले ३२ लाख र तत्कालीन सचिव पोखरेलले ५ लाख रुपैयाँ खाएको किटान गरिएको छ ।अधिकारी कपिलबस्तु र गुप्ता पर्साबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको लमजुङ सरुवा भएपछि बिचौलिया लामाले आफूलाई भेटेको भनेर स्वयं मन्त्री अधिकारीले स्वीकार गरेका छन् । ‘रामचन्द्र अधिकारीलाई थमाइदिनुपर्यो भनेर दुई–तीन जना मान्छे लिएर आउनुभएको थियो,’ पत्रकार सम्मेलनमा मन्त्री अधिकारीले भनेका थिए, ‘मैले सरुवा भएको कर्मचारी थमौती हुँदैन भनेको थिएँ । प्रक्रियाबाट कर्मचारी सरुवा भएको कुरा हो, जाने–आउने गर्छन् भनेको थिएँ ।’ तर बिचौलिया लामाले भने न्युजिल्यान्डमा बस्ने मन्त्री अधिकारीका छोरा मनोज नेपाल आएर घूसको ‘सेटिङ’ मा संलग्न भएको दाबी गरेका छन् । कास्की मालपोत र भूमि आयोगमा विश्वासिला मानिस ल्याउने योजना र त्यसपछि जग्गा हडप्ने खेल बिचौलियाको रहेको अडियो संवादमा प्रस्ट छ ।मातृका दाहाल/कान्तिपुर
