बीरगन्ज /
विश्व हिन्दी दिवस वीरगन्जमा धुमधामका साथ मनाइएको छ । हिन्दी दिवसको उपलक्ष्यमा भारतीय महावाणिज्य दूतावासले आयोजना गरेको कवि सम्मेलनमा बाचन गरिएको हिंन्दी कविताबाट कार्यक्रमका सहभागीहरुलाई मंत्रमुग्द बनाएको थियो ।
शुक्रबार महाबाणिज्य दुतावासमा आयोजित कमिसम्मेलन कार्यक्रममा ंवीरगंजका कवि तथा कवितृहरुले हिन्दी कविता बाचन गर्दै हिन्दी भाषको महत्वबारे जानकारी गराएका थिए ।
कार्यक्रममा महावाणिज्यदूत देवी सहाय मीनाले भारत मात्रै नभइ पुरै विश्वमा हिन्दको महत्व दिन प्रतिदिन बढदै गएको बताउनु भयो । उहाले वैश्वीकसमाजमा हिन्दी भाषा बोलेनेहरुको तेश्रो स्थान रहेको बताउनु भयो ।
महावाणिज्य दुत मिनाले हिन्दी भाषाले नेपाल र भारतको सांस्कृतिक सम्वन्धलाई अझ बजबुत र सुदृढ बनाएको बताउदै १९७५ को १० जनवरीमा भारतको नागपुरमा प्रथम विश्व हिन्दी दिवसको आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रममा उहाले भारतीय प्रधानमन्त्रीले विश्वहिन्दी दिवसको उपलक्ष्यमा व्यक्त गर्नु भएको सन्देश बाचन गरेर सुनाउनु भएको थियो ।
अंतर्राष्ट्रीय हिंदी दिवसको उपलक्षमा ७ जनवरी २०२५ का दिन आयोजना गरिएको हिंदी निबंध लेखन प्रतियोगिताका विजेता विद्यार्थीहरुलाई कार्यक्रममा पुरस्कृत गरिएको थियो । कार्यक्रममा भारतीय महावाणिज्य दुतावासका पदाधिकारी ,स्थानिय साहित्यकार,पत्रकार,समाजसेवी एवम जनप्रतिनिधिहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।
अन्तर्राष्ट्रिय
पोखरा असोज ६ – पोखरामा भ्रष्टाचारविरुद्धको विरोध प्रदर्शन आज सम्पन्न भएको छ। राष्ट्रिय एकता अभियान, पोखराको आयोजनामा जिल्ला प्रशासन कार्यालय कास्कीको अगाडि (सहिद चोक) मा आयोजित धर्नामा १५० भन्दा बढी सहभागीले विमानस्थल निर्माणमा भएको भ्रष्टाचार र नागरिक उड्यन प्राधिकरणका भ्रष्ट्र महानिर्देशकलाई बर्खास्त गर्न माग गरे।
धर्नाको नेतृत्व जिल्ला संयोजक टिका छिरिंगले गरेका थिए भने केन्द्रीय सदस्य ध्रुव चालीसे, केन्द्रीय अध्यक्ष विनय यादव, र स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।
सहभागीहरूले “पोखरा अन्तराष्ट्रिय विमानस्थल पूर्णरुपले संचालन गर”, “विमानस्थल निर्माणमा भएको भ्रष्टाचारको छानवीन गर”, “नागरिक उड्यन प्राधिकरणका असफल तथा भ्रष्ट्र महानिर्देशकलाई भर्खास्त गर”, “चिनियाँ राजदूतसँग कूटनीतिक नोट माग गर” लगायतका नारासहित प्लेकार्ड बोक्दै नारा जुलुस गरेका थिए।
प्रदर्शनकारीहरूले पोखरा अन्तराष्ट्रिय विमानस्थलको पूर्ण संचालन र निर्माणमा भएको प्राविधिक त्रुटिको समाधान गर्न जोडदार माग राखेका छन्। साथै, विमानस्थलको निर्माणमा लागेको चर्को ब्याजदरको ऋणलाई अनुदानमा परिणत गर्न सरकारलाई पहल गर्न आग्रह गरेका छन्।
उक्त धर्ना कार्यक्रममा पोखराका नागरिकहरूले भ्रष्टाचारविरुद्धको आवाजलाई बलियो बनाउँदै, विमानस्थल सञ्चालन र भ्रष्टाचारको छानवीनमा तत्काल कदम चाल्न सरकारलाई चेतावनी दिएका छन्।
अनिल तिवारी,
अहिले नेपालको उत्तरी छिमेकी मुलुक चीनले जारी गरेको पछिल्लो विवादित नक्सा निकै चर्चामा छ। चीनले जारी गरेको नक्सालाई आफ्नो ‘प्रचलित नक्सा’ भनेको छ र बेइजिङले अरुणाचल प्रदेशको ९० हजार वर्गकिलोमिटर जमिन र अक्साइ चीनको विवादित ३० हजार वर्गकिलो मिटरभन्दा बढी क्षेत्रलाई चीनको हिस्सा बनाएपछि यसले थप विवाद सिर्जना भएको हो। किनकि चीनको उक्त नक्सामा साउथ चाइना सी र ताइवानसमेत चीनको हिस्साका रूपमा देखाइएको छ।
चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने अंग्रेजी दैनिक ‘द ग्लोबल टाइम्स’ले लेखेको छ, ‘चीनको सन् २०२३ को प्रचलित नक्सा सोमबार सार्वजनिक गरिएको छ। यस नक्सा प्राकृतिक स्रोत मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको हो। यो नक्सा चीन र विश्वका अन्य देशको ‘ड्रइङ’ पद्धतिको आधारमा बनाइएको हो।’ तर स्मरणीय के छ भने चीनले उक्त नक्सा जारी गर्दा नेपालले ३ वर्ष पहिले जारी गरेको लिपुलेक कालापानी र लिम्पियाधुरासहितको चुच्चे नक्साको अस्तित्व अस्विकार गरेको छ।
केही समय पहिले नेपालको कपिलवस्तुलगायतका क्षेत्रसहितको अखण्ड भारतको नक्सा जारी गरेको नयाँ दिल्लीले चीनको पछिल्लो नक्साप्रति गम्भीर आपत्ति जनाउँदै कूटनीतिक नोट पठाएको छ। तर नेपालले अहिलेसम्म औपचारिक कूटनीतिक अथवा राजनीतिक प्रतिक्रिया व्यक्त गरेको छैन। तथापि संयोग नै मान्नुपर्छ, भारतले अखण्ड भारतको विवादित नक्सा जारी गरेको केही दिनमै दिल्ली पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनले नयाँ नक्सा जारी गरेको केही दिनपछि नै बेइजिङ पुग्दै हुनुहुन्छ।
चीनले किन गरिरहन्छ अतिक्रमण ?
सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुसार भौगोलिक विकटताका हिसाबले चीनसँगको नेपालको उत्तरी सीमा कुन अवस्थामा छ भन्ने विस्तृत जानकारी कुनै पनि निकायसँग हुँदैन। तुलनात्मक रुपमा चीनले गरेको जमिन अतिक्रमणको समस्या निकै थोरै छ। तर अहिले बेइजिङले नेपालको चुच्चे नक्साको अस्तित्व अस्विकार गरेर भारतले जस्तै मिचाहा व्यवहार देखाएको छ। सीमा विद् श्रेष्ठ भन्नुहुन्छ, ‘यो हाम्रो कूटनीतिक कमजोरी हो। किनकि नेपालले आजसम्म चुच्चे नक्साको अंग्रेजी संस्करणसहित चीनलाई कूटनीतिक रुपमा औपचारिक जानकारी कतैबाट नगराएकाले चीनले नयाँ नक्साको अस्तित्व अस्विकार गरेको हो। तर नेपालको भूगोलबारे चीन बेखबर थिएन।’
सन् १९६१ को सीमांकनअनुसार चीनसँगको सीमा अधिकांश स्थानमा अग्गा हिमाल अथवा हिमनदीले छुट्याएको छ। यसरी प्राकृतिक रुपमै छुट्टिएका नेपालमा पूर्वदेखि पश्चिमसम्म चीनसँग ४३ वटा भन्ज्याङ तथा नाका छन्। जसको भौगोलिक अवस्थिति अत्यन्तै जटिल छ र दक्षिण तर्फबाट भइरहेको सीमा अतिक्रमणका कारण उत्तरतर्फको सीमासम्बन्धी विवाद खासै बहसमा आउने गरेको छैन।
अघिल्लो वर्ष सीमा विवादकै कारण नेपालमा भारतविरोधी आन्दोलन चर्किरहेका बेला विभिन्न सञ्चारमाध्यममा समाचार सार्वजनिक भयो– चीनले पनि विभिन्न स्थानमा सीमा मिचेको छ। तर उक्त समाचार अथवा समाचारले हवाला दिएको प्रतिवेदनको वैधानिकतामाथि पछि प्रश्न उठ्यो।
प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त गठबन्धन सरकार बनिसकेपछि, सरकारले उत्तरतर्फको सीमा विवादबारे अध्ययन कार्यदल नै गठन गर्यो। उक्त कार्यदलले उत्तरतर्फको सीमा विवाद सन् १९६० को दशकमा उच्च राजनीतिक र प्रशासनिक तहमा घनीभूत वार्ता र मिहिन स्थलगत अध्ययनपछि सल्टेको भए पनि नियमित अनुगमन र स्तम्भ व्यवस्थापन नहुँदा समस्या बल्झिन थलेको निष्कर्ष निकाल्यो। त्यतिबेला नेपाल र चीनको सीमानामा बारम्बार पिल्लर हराएको र पहिलाको सीमाकंनमा यताउति भएको खबर आइरहेको थियो। यो ६१ वर्ष पहिला हल गरिएको सीमाकंनको अनुगमन र मर्मत नगर्दा आएको समस्या थियो।
पछिल्लोपटक हुम्लाको नाम्खा गाउँपालिका–६ लालुङजोङ क्षेत्रमा चिनियाँ पक्षले ११ वटा भवन बनाएको र यो क्षेत्र नेपाली भूभागमा पर्ने खबर सार्वजनिक भयो। लगत्तै चीनले नेपालको विभिन्न स्थानमा ३६ हेक्टर जमिन मिचेको दाबी सार्वजनिक भयो। जसमा नेपालको संखुवासभा, रसुवा, सिन्धुपाल्चोक र हुम्लाको सीमा क्षेत्रको भूभाग भनिएको थियो। सोही विवाद उठेको एउटा सीमानाका सिन्धुपाल्चोकको तातापानी पनि हो। जहाँ अहिले एकतर्फी रूपमा चीनले दशगजा क्षेत्र मिचेर लगातार पक्की बाँध संरचना बनाइरहेको छ। चीनले एकतर्फी रुपमा नेपालतर्फ खोला फर्काउँदा सयौं रोपनी नेपाली भूमि बगरमा परिणत भएको छ।
नाका बन्द गरेर भोटेकोशीको बहाब छेक्दै
चीनले नेपाल–चीन सीमासँगै जोडिएको तिब्बतमा विकास निर्माणको क्रमलाई अहिले जसरी तीव्रता दिएको छ त्यसको नकारात्मक असर नेपालतर्फ परिरहेको छ। तर नेपाली अधिकारीहरूले चासो दिएका छैनन्। जबकि, भोटेकोशीको बहाव नै परिवर्तन गर्ने ढंगले चीनले बनाइरहेको पक्की संरचनाले सीमा क्षेत्रको बस्ती मात्र उठाएको छैन, नेपालले सयौं हेक्टर जमिन गुमाउनुपर्ने अवस्थासमेत आएको छ।
अहिले खोला बगेको जमिनमा चीनले दुई लेन सडकसरहको पक्की संरचना बनाइरहेको छ भने नदीले धार परिवर्तन गरेर यसअघि तातोपानी बजारमा रहेको बसपार्कको जमिनसमेत तानिसकेको छ। पहिलेको तातोपानी भन्सार, पार्किङस्थल तथा केही व्यक्तिको निजी घरसमेत नदिको बहावका कारण कटानमा परिसकेको स्थलगत अनुगमनका क्रममा देखिन्छ।
सीमाविद् श्रेष्ठ, तातोपानी क्षेत्रमा चिनियाँ पक्षले दशगजा क्षेत्र मिचेर पक्की पिल्लरसहितको संरचनाले खोलाको बहाव परिवर्तन गरेर नेपालको जमिन अतिक्रमण गरिरहेको बताउनुहुन्छ। चीनले एकतर्फी रुपमा बनाएको पक्की संरचनाको विषयमा नेपालले अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएको श्रेष्ठको भनाइ छ। उहाँका अनुसार विसं २०३० सालसम्म नेपालतर्फ रहेको खोला किनारको मैदान भागमा अहिले खोला बगिरहेको छ। ‘पहिले खोला भएको भागमा अहिले चीनले पक्की सडकजस्तै करिडोर बनाइसकेको रहेछ,’ श्रेष्ठले भन्नुभयो, ‘यस्तै अतिक्रमण दोलखामा पनि भएको छ। दोलखाको लामाबगरस्थित लाम्सी कोर्लाङ पारिपट्टि टिप्पा भन्ने स्थानमा रहेको ५७ नम्बरको पिल्लर हटाएर भिरालो जमिनको एउटा ठूलो चट्टानमा ५७ नम्बर लेखिएको छ। त्यहाँ दशगजाभन्दा वर नेपालको ९ बिघा जमिन मिचिएको छ।’
यता तातोपानीका स्थानीय निम ग्याल्जेन शेर्पा, चीनले भोटेकोशीको बहाव परिवर्तन गर्ने ढंगले विगत १० वर्षदेखि पारिपट्टि पक्की संरचना बनाइरहेको र यसअघि आफ्नो स्वामित्वमा रहेको जमिनमा अहिले भोटेकोशी बगिरहेको बताउनुहुन्छ।
अहिले खोला बगेको जमिनमा चीनले दुई लेन सडकसरहको पक्की संरचना बनाइरहेको छ भने नदीले धार परिवर्तन गरेर यसअघि तातोपानी बजारमा रहेको बसपार्कको जमिनसमेत तानिसकेको छ। पहिलेको तातोपानी भन्सार, पार्किङस्थल तथा केही व्यक्तिको निजी घरसमेत नदिको बहावका कारण कटानमा परिसकेको स्थलगत अनुगमनका क्रममा देखिन्छ।
चिनियाँ पक्षले नदीको धार परिवर्तन गराएर नेपालतर्फ पठाएपछि नदीपारि परेको जमिन आफ्नो भन्दै एकतर्फी संरचना बनाइरहेको भोटेकोशी गाउँपालिकाका अध्यक्ष पासाङ नुर्पु शेर्पा बताउनुहुन्छ। ‘चीनले सिन्धुपाल्चोकको यो भोटेकोशी गाउँपालिका वडा नम्बर १ स्थित मितेरी पुलबाट झन्डै ३ सय मिटर तलसम्म एकतर्फी बाँध संरचना बनाएको पाइयो,’ अध्यक्ष शेर्पाले भन्नुभयो, ‘यो अतिक्रमणका विषयमा लिखित रुपमा जिल्ला प्रशासन कार्यालयमा तस्बिरसहित लेखी पठाएको छु।’
सीमानजिकै चीनले पारिपट्टिबाट बनाइरहेको संरचनाबारे स्थानीयले गुनासो गरेपछि स्थलगत निरीक्षण गर्न जानुभएका अध्यक्ष शेर्पाले आफ्नो पालिकामा कुनै पनि तहबाट समन्वय नगरी चीनले पारिपट्टि एकतर्फी संरचना बनाएकै कारण सडक कटान भएको तथा थुपै्र बस्ती भोटेकोशीको बाढीले तानेको बताउनुभयो।
मितेरी पुल क्षेत्रबाट झन्डै एक किलोमिटर तलसम्म चीनले विशाल बाँध बनाइसकेको छ। पक्की संरचना बनाएपछि भोटेकोशीले नेपालतर्फको जमिन कटान गरिरहेको देखिन्छ। चीनले यी संरचना निमार्णका विषयमा स्थानीयले प्रश्न उठाउन थालेपछि त्यसयता निरन्तर सीमा नाका नै बन्द गराइराखेको छ। तातोपानी नाका अहिले पनि चीनले एकतर्फी रुपमा बन्द गरी नेपालका लागि लोड भएका चाडपर्व लक्षित सामान अलपत्र बनाइराखेको छ।
अध्यक्ष शेर्पाका अनुसार यसअघि पनि चीनले सिन्धुपाल्चोकको खराने खोलामा सात हेक्टर र यस भोटेकोशी पारिपट्टि चार हेक्टर जमिन मिचेको समाचार आएको थियो। अहिले स्थानीय अधिकारीहरूले २०३० सालको नापीपहिलेको नक्सा र त्यसबेलाको भोटेकोशीको धारको अवस्था हेरेर तत्काल सीमा विवाद समाधान गर्न माग गरेका छन्। किनकि २०७२ सालको विनाशकारी भूकम्पपछि नेपालतर्फ ठूलो भौतिक तथा मानवीय क्षति भयो। मितेरी पुल भत्कियो। सीमा बन्द गरियो। निरन्तर भूकम्पको धक्का आउन थालेपछि सीमा क्षेत्रका स्थानीय थातथलो छाडेर भागे। त्यसपछि लामो समय सीमा क्षेत्रमा नेपाली अधिकारीको उपस्थिति लगभग शून्य रह्यो। लगत्तै भोटेकोशीमा जताततै बाढी पहिरोको विपत्ति दोहोरियो। यही मौैकामा चिनियाँ अधिकारीले नाका बन्द गरेर नेपालीसँग समन्वय नै नगरी भोटेकोशी किनारामा पक्की संरचना बनाउन थाले।
मितेरी पुल क्षेत्रबाट झन्डै एक किलोमिटर तलसम्म चीनले विशाल बाँध बनाइसकेको छ। पक्की संरचना बनाएपछि भोटेकोशीले नेपालतर्फको जमिन कटान गरिरहेको देखिन्छ। चीनले यी संरचना निमार्णका विषयमा स्थानीयले प्रश्न उठाउन थालेपछि त्यसयता निरन्तर सीमा नाका नै बन्द गराइराखेको छ। तातोपानी नाका अहिले पनि चीनले एकतर्फी रुपमा बन्द गरी नेपालका लागि लोड भएका चाडपर्व लक्षित सामान अलपत्र बनाइराखेको छ।
विसं २०३० सालमा अरनीको राजमार्ग सञ्चालनमा आएपछि खिचिएको तस्बिर र अहिलेको सीमा क्षेत्रको अवस्था तुलना गर्दा भोटेकोशीको बहाव पूरै नेपालतर्फ पसिसकेको प्रष्ट देखिन्छ। २०३० सालमा खिचिएको तस्बिरमा देखिएको कालो चट्टान त्यसबेला नेपालतर्फ रहेकोमा अहिले उक्त चट्टान चीनतर्फ पारिएको छ। भोटेकोशीले पूरै धार परिवर्तन गरेर आसपासको जमिन कटान गरिरहेको छ। भूकम्प र बाढीबाट जोगिएका संरचना अहिले चिनियाँ अतिक्रमणका कारण धमाधम कोशीमा खसिरहेका छन्। तिब्बत शासित चीन क्षेत्रमा सडक सुविधा विस्तार हुँदै गएको सडक सञ्जालले त्यहाँका नदी, खोला पनि नेपाल सीमाभित्र पस्दै आएको स्थानीय बताउँछन्।
नेपालको भूभाग तिब्बततर्फ गइरहेको विषयमा तातोपानी नाका सुरक्षार्थ तैनाथ शसस्त्र प्रहरी तथा जनपथ प्रहरी दुवैले पारिपट्टि एकतर्फी रुपमा बनिरहेको पूर्वाधारबारे माथिल्लो निकायमा जानकारी गराइसकेको बताए। सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी निराजन श्रेष्ठले भोटेकोशी गाउँपालिका क्षेत्रमा चीन तर्फबाट भइरहेको अतिक्रमण र पक्की संरचना निमार्णको विषयमा कुनै पनि निकायले अहिलेसम्म लिखित वा मौखिक जानकार नगराएको बताउनुहुन्छ। प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले भने भोटेकोशी गाउँपालिका र प्रसारी प्रशासनसँग समन्वय गरेर आवाश्यक अनुगमन गरी तत्कालै माथिल्लो निकायमा रिपोर्टिङ गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। ‘अहिलेसम्म त्यस्तो जानकारी आएको छैन,’ प्रमुख जिल्ला अधिकारी न्यौपानेले भन्नुभयो, ‘हामी तत्कालै सत्यतथ्य बुझेर माथि लेखिपठाउने छौं।’
आफूले तत्कालै यो विषयमा स्थलगत अनुगमन गर्न प्रहरी परिचालन गरेको र तत्कालै सत्यतथ्य बुझेर माथि लेखिपठाउने प्रमुख जिल्ला अधिकारी न्यौपानेको भनाइ छ। एक–दुई दिनभित्रै तातोपानी नाका सुचारु गर्ने विषयमा चिनियाँ अधिकारीसँगको द्विपक्षीय छलफल सकारात्मक निष्कर्षमा पुगेकाले आफू पनि तातोपानी क्षेत्रमा गएर निरीक्षण गर्ने प्रमुख जिल्ला अधिकारीले प्रतिबद्धता व्यक्त गर्नुभयो।
विराटनगरमा आज भव्य रथयात्रा निकालिदैं
वीरगंज । विराटनगरमा आज(बिहीबार) राधाकृष्ण रथयात्रा निकालिँदैछ । कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने रथयात्रा आज अपरान्ह करिब ३ बजेबाट सुरु हुनेछ । ५५ वर्षयता हुँदै आएको रथयात्रामा आज ६ लाखभन्दाब ढी नै भक्तजन सहभागी हुने अपेक्षा आयोजकले गरेको छ । कोरोना महामारीका दुई वर्ष भने परम्परा कायम राख्न खटयात्रा मात्रै निकालिएको थियो । रथयात्राका लागि २२ फिट लम्बाइ, १४ फिट चौडाइ र १८ फिट उचाइको रथ तयार पारिएको छ। भक्तजनलाई रथ तान्नका लागि रथको अग्रभागबाट ७५–७५ फिट लम्बाइको दुईवटा डोरी राखिने छ। दायाँतर्फबाट पुरुष तथा बायाँतर्फबाट महिलाले रथ तान्ने रथयात्रा मूल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले बताए ।
विराटनगरको मेनरोड हुँदै गोल्छा चोक, जलजला चोक, ट्राफिक चोक, रोडशेष चोक, बसपार्क, महेन्द्र चोक, धरान रोड, बरगाछी हुँदै पुनः मन्दिर परिसरमा पुगेर रथयात्रा समापन गरिने छ। विभिन्न ६० वटा झाँकीसहित निकालिने रथलाई ४३ स्थानमा विश्राम दिइने उनले बताए। विभिन्न जातजाति, धर्म र समुदायका झाँकीसहित भक्तजनको उपस्थितिले रथयात्रा भव्य हुने छ। रथयात्रालाई थप उल्लासमय बनाउन सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ। वि.सं १९८८ मा मन्दिरबाट खटयात्रा सुरु भएको थियो । २०२४ सालदेखि रथयात्रा गरिँदै आएको छ । रथयात्रासँगै खटयात्रा पनि गराइनेछ । रथयात्रामा नेपाल र भारतका भक्तजनसँगै वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पनि सहभागी हुदैछन् । रथयात्रामा सहभागी हुन वीरगन्जका मेयर सिंहसंगै नेपालका विभिन्न जिल्लााका १३ वटा पालिकाका प्रमुखहरु विराटनगर पुगिसकेका छन् ।
आकर्षक रुपमा सजिएको रथमा राधाकृष्ण युगल जोडीलाई रथारोहण गराएर नगर परिक्रमा गराइन्छ । रथयात्राको सम्पूर्ण तयारी पूरा भएको मूल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले बताए । अत्यधिक जनसहभागिता हुने रथयात्रामा प्रहरीले सुरक्षा सतर्कता पनि अपनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले रथयात्राका लागि पाँच हजार प्रहरी परिचालित हुने जनाएको छ । मोरङ प्रहरी प्रवक्ता रन्जन दाहालले सम्भावित जोखिम नियन्त्रणका लागि सतर्कता अपनाइएको बताए । भिडभाडमा आपराधिक प्रवृत्तिका मानिसहरूबाट चोरी, लुटपाट, पाकेटमारीलगायतका अवाञ्छित गतिविधि हुनसक्ने भएकाले सर्वसाधारणलाई पनि सतर्कता अपनाउन उनले आग्रह गरे । प्रहरीले बहुमूल्य गरगहनाहरू नलगाउन, नगद र बहुमूल्य सामग्रीहरू साथमा नल्याउन, रथयात्राको मार्ग र समारोहस्थल वरपर सवारी साधन पार्किङ नगर्न आग्रह गरेको छ ।
अवैध रुपमा सञ्चालनमा रहेका तीनओटा मेडिकल सिल
वीरगंज । विभिन्न स्थानमा सञ्चालित तीनओटा मेडिकल सिल गरिएका छन् । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको अनुगमन टोलीले अवैध रुपमा सञ्चालनमा रहेका मेडिकलहरुमा अनुगमन गरेको हो ।
अनुगमनका क्रममा दोगडाकेदार गाउँपालिका ६ पञ्ज्युनयाँस्थित कबीर मेडिकल हल, दोगडाकेदार ७ खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र दोगडाकेदार ३ सिल्लेगडास्थित जोशी क्लिनिक सिल गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए । पञ्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीलाई पक्राउ गरिएको छ । उनले भने,“स्वास्थ्य बिषय नपढेका व्यक्तिले क्लिनिक सञ्चालन गरेकोले नियन्त्रणमा लिएका छौं ।
यो बिषयमा थप अनुसन्धान भइरहेको छ । ” मेडिकलहरुले चिकित्सकको प्रेसक्रिप्सन बिना औषधि विक्रि गर्ने गरेको, आवश्यक शैक्षिक योग्यता नभएका व्यक्तिहरुले मेडिकल सञ्चालन गरेको, सम्बन्धित निकायमा दर्ता प्रक्रिया समेत पूरा नगरेको पाइएकाले मेडिकलहरु सिल गरिएका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । मेडिकलहरुले अवैध रुपमा सञ्चालन गरिएका भन्ने जनगुनासो आउन थालेपछि पछिल्लो समय अनुगमन कार्यलाई तीव्रता दिइएको छ ।
औषधि व्यवसायी संघको निर्वाचन : खण्डेलवालले घोषण गरे उम्मेदवारी
वीरगंज । नेपाल औषधि व्यवसायी संघको अध्यक्षमा प्रकाशकुमार खण्डेलवालले उम्मेदवारी घोषणा गरेका छन्। भदौ २२ र २३ गते वीरगन्जमा हुने राष्ट्रिय अधिवेशनमा खण्डेलवालले अध्यक्षमा उम्मेदवारी गरेका हुन्। उनी हाल संघको वरिष्ठ उपाध्यक्ष छन्। २०३६ सालदेखि औषधि व्यवसायमा संलग्न रहेका खण्डेलवाल २८ वर्षदेखि संघको नेतृत्वमा रहेर काम गरेका छन्। उनले तत्कालीन नारायणी अञ्चलमा विभिन्न पदमा रहेर काम गरेसँगै केन्द्रीय कार्यसमितिमा सदस्य, उपकोषाध्यक्ष, उपाध्यक्ष (आयात) र वरिष्ठ उपाध्यक्षमा रहेर जिम्मेवारी निर्वाह गरेका छन्।
काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै खण्डेलवालले व्यवसायिक मुद्दासँगै व्यवसायीको हकहितका पक्षमा विभिन्न योजनासहित उम्मेदवारी घोषणा गरेको जानकारी दिए। ‘आयातको उपाध्यक्ष हुँदा भन्सार लगायतमा रहेका नीतिगत समस्या निराकरणमा काम गरेको थिएँ,’ उनले भने, ‘व्यवसायी र नियामक संस्थाको समन्वयमा व्यवसायीमैत्री संस्था बनाउन मेरो योगदान रहन्छ।’खण्डेलवालले औषधि व्यवसायी संघलाई ‘सबैभन्दा ठूलो र सबै अँट्ने’ संस्था बनाउन अधिकतम प्रयास गर्ने जानकारी दिए। ‘मेरो अहमता छैन, कसैलाई पक्षपात गर्दिनँ,’ उनी भन्छन्, ‘संस्थालाई राम्ररी चलाउन सक्छु। सबै साथीहरुलाई मिलाएर काम गर्न सक्छु।’औषधि व्यवसायी संघलाई आर्थिक स्वावलम्बन गराउने आफ्नो उद्देश्य रहेको बताउँदै खण्डेलवालले तत्कालै ‘ओभर सप्लाई’ र ‘ओभर डम्पिङ’को समस्या समाधान गर्नुपर्ने आवश्यकता रहेको बताए। ‘हरेक व्यवसायमा समस्या आएको छ। उपभोक्ता धेरै छैनन्, सप्लाई धेरै छ। मेसिनहरु निष्क्रिय हुँदै गएका छन्,’ उनी भन्छन्, ‘व्यवसायीलाई डुब्ने अवस्थाबाट बाहिर निकाल्ने नेतृत्वले बलियो भएर काम गर्नुपर्छ।’
संस्थामा कानूनी सल्लाहकार राख्ने र विशेषज्ञ फर्मासिस्ट राख्ने, नीति विशेषज्ञ समूह बनाउने आफ्नो योजना रहेको खण्डेलवालले बताए। उनले औषधि व्यवसायीले आफ्नो पैतृक सम्पत्ति र कम्पनीलाई परिवारमा हस्तान्तरण गर्न नपाउने नियमविरुद्ध संघले कदम चाल्ने बताए। दूरदराजका व्यवसायीलाई ५ दिन लगाएर संस्था नवीकरणका लागि धाउनुपर्ने विद्यमान अवस्था परिवर्तनका लागि घुम्ती सेवा राखने वा स्थानीय तहलाई जिम्मा लगाउने मागलाई कडाइका साथ उठाउने खण्डेलको भनाइ छ। खण्डेलवालले संस्थाका लागि सदस्यहरुलाई सहयोग गर्न विपद् व्यवस्थापन कोष बनाउने, हस्पिटल फार्मेसीको नाममा भएको बेथिति, बिमाका नाममा औषधि व्यवसायीको भुक्तानी रोक्ने जस्ता क्रियाकलापविरुद्ध काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
आज पनि घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार?
वीरगञ्ज । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । बिहीबार बजारमा छापावाल सुनको मूल्य तोलामा २ सयले घटेर १ लाख १२ हजार रुपैयाँ कायम भएको छ । तिजको समयमा पनि सुनको मूल्य बढ्नुको साटो घट्दै गएको छ ।
यस दिन तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यसैगरी चाँदी तोलामा २० रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँ कायम भएको छ ।
हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ
वीरगञ्ज । हत्या आरोपमा ८३ वर्षीय वृद्ध पक्राउ परेका छन् । छिमेकी सोही उमेरका सोमबहादुर अधिकारीको हत्या आरोपमा सुनकोसी गाउँपालिका–८, च्यानम माँझ गाउँका ८३ वर्षीय तिलकबहादुर कटुवाललाई प्रहरीले पक्राउ गरेको हो ।
एउटै साल एकै गाउँमा जन्मिएर ८३औँ वर्ष सहकार्य गरेका छिमेकी दुई वृद्धबीच बुधबार बिहान ८ः३० बजे सामान्य भनाभन भएको थियो । गोठबाट दूध लिएर घर फर्कंदै गरेका अधिकारी कटुवालले धकेल्दा लडेर घाइते भएका थिए ।
गम्भीर घाइते अधिकारीलाई उपचारका लागि अस्पतालमा ल्याइएको थियो । अस्पतालमा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विकास राईले जानकारी दिए ।
पहिलो पटक तेस्रो देशबाट चीन हुँदै नेपालमा आयात, भियतनामबाट एक कन्टेनर बेसार भित्रियो
वीरगञ्ज । चिनियाँ बाटो प्रयोग गरेर तेस्रो देशबाट नेपालमा पहिलो पटक आयात भएको छ । तर आयातीत सामान भने नेपालमै पर्याप्त उत्पादन गर्न सकिने कृषिजन्य वस्तु बेसार रहेको छ । भियतनामबाट नेपालका लागि आयात गरिएको बेसार बोकेको कन्टेनर बुधबार तातोपानी नाकाबाट नेपाल प्रवेश गरेको हो ।
यससँगै लामो समयदेखि थाती रहेको नेपाल–चीन व्यापार तथा पारवहन सम्झौता पनि कार्यान्वयनमा आएको छ । अन्तर्राष्ट्रिय व्यापारमा खास गरी तेस्रो देशबाट हुने आयातमा भारतलाई मात्र ‘ट्रान्जिट’ का रूपमा प्रयोग गरिँदै आएकोमा बुधबारदेखि चीनबाट पनि तेस्रो देशको सामान आयात गर्न सकिने सम्भावनाले ठोस नतिजा प्राप्त गरेको छ ।
२०७२ चैत ८ गते चीनसँग पारवहनका लागि पहिलो पटक सम्झौता भए पनि २०७५ भदौ २२ मा मात्र त्यसको कार्यविधि टुङ्ग्याइएको थियो । कार्याविधि नै टुङ्गो लागेको करिब पाँच वर्षपछि मात्र यो कार्यान्वयनमा आएको हो ।
अफिसमै अधिकृत र महिला कर्मचारीबीचको रासलीला भिडियो भाईरल
वीरगञ्ज । सरकारी कार्यालयभित्रै एक प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतबीचको रासलीलाको भिडियो समाजिक सँजालमा भाईरल बनेको छ ।
कोशी प्रदेशको ईलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृत (महिला कर्मचारी) बीचको अनैतिक क्रियाकलापको भिडियो सार्वजनिक भएको छ ।
उनीहरु बीचको अनैतिक क्रियाकलाप रुटिन अफ इलाम बन्द फेसबुक पेजमा फरक फरक समयमा फरक फरक भिडियो तीन पटक पोष्ट भएको छ । उक्त पोष्टमा इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राई र महिला लेखा अधिकृतले कार्यालयमै हर्कत गरेको उल्लेख छ ।
प्रशासकीय अधिकृत राईले महिला कर्मचारीको संवेदनशील अंगमा छुने, चुम्वन गर्ने लगायतका काम गरेको भिडियोमा देखिन्छ । भिडियोमा रहेको मिति अनुसार उक्त भिडियो गत असार २३ गते खिचिएको हो ।
महिला कर्मचारी कार्यकक्षमा प्रवेश गर्नु अगाडि नै कुरेर बसेका प्रशासकीय अधिकृतले आउने वित्तिकै अँगालो हाल्छन् र चुम्वन गर्छन् । यस्तै, महिलाले पनि राईको गाला सुम्सुम्याउने गरेको देखिएको छ ।
त्यसपछि महिला कर्मचारीले खाममा रहेको पैसा गन्न दिन्छिन् । अधिकृत राईले पैसा गनेर पुनः महिला कर्मचारीलाई दिएको देखिन्छ । गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेवेले आफूले पनि सामाजिक सञ्जालबाट उक्त कुरा थाहा पाएको बताए । ‘म बिरामी भएर बसेको छु । केही दिन अगाडिको भिडियो भन्ने थाहा भएको छ । यस बीचमा प्रमुख प्रशासकीय अधिकृत सरुवा भइसकेका छन्,’ उनले भने ।



