Home Breaking News काठमान्डौमा बाढी,बबरमहल क्षेत्र जलमग्न,विशेष अदालतको सुनुवाइ रोकियो

काठमान्डौमा बाढी,बबरमहल क्षेत्र जलमग्न,विशेष अदालतको सुनुवाइ रोकियो

101

मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेपछि विशेष अदालतमा चलिरहेको मुद्दाको सुनुवाइ नै रोकिएको छ । अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार अदालत परिसरमा बाढी पसेपछि सबै काम ठप्प भएको हो ।

‘अहिले बिजुली पनि छै । अदालतको भुइँतला सबै डुबेको छ,’ उनले अनलाइनखबरसँग भने । उनका अनुसार सबै कर्मचारी र सेवाग्राही अदालत परिसरभित्रै रोकिएका छन् ।

‘हामी सबै अदालतभित्रै छौं,’ उनले भने, ‘पानी पसेपछि चलिरहेको सुनुवाइ पनि स्थगित गरेका हौं ।’ उनीहरूलाई सुरक्षार्थ खटिएका प्रहरीको टोलीले उद्धार गरिरहेको छ ।

बुधबार दिउँसो मेलम्चीको मुख्य पानीको पाइप एकाएक भित्र छिरेपछि अहिले त्यहाँ वरपर जलमग्न भएको छ ।