बारा / राष्ट्रिय एकता अभियान, बाराले स्थानिय पहिचानलाई मेटाउदै बिदेशी मुस्लीम नामाकरणको बिरोध जनाएको छ । एकता अभियानले बारा जिल्लाका केही स्थानहरूको एैतिहासिक र भौगोलिक पहिचान मेटाउने गरी पुरानो नामका सट्टा गरिएको नया नामाकरणको बिरोध जनाएको हो । पुरानो नाम र स्थानिय पहिचान मेट्ने गरी गरिएको नायानामकरणको बिरोध जनाउदै त्यसलाई अबिलम्ब हटाउन बारा जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सोमबार ज्ञापन पत्र बुझाइएको छ । अभियानले प्रमुख जिल्ला अधिकारीलाई दिएको ज्ञापन पत्रमा विदेशी शब्दमा आधारित गरिएको नामाकरणबाट स्थानिय पहिचान मेटाउने जेहादी सडयन्त्र मुलुकमा भइएको प्रति गम्भीर आपत्ति जनाइएको छ । जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसंत अधिकारीलाई अभियानका नेताहरुले ज्ञापनपत्र बुझाउँदै मौलिक पहिचान मेट्ने नामकरण अबिलम्ब हटाउन आग्रह गरे ।
अभियानका केन्द्रीय अध्यक्ष विनय यादवका अनुसार, फेटा गाउँपालिका अन्तर्गतको फेटा बजारलाई “मुस्तफा चौक“ र कोलबी नगरपालिका–७ धोधरपा गाउँ स्थित “अंसारी चौक“ जस्ता नयां नामकरणहरू नेपालको मौलिक परम्परासँग मेल नखाने भएकाले त्यतोनामकरण भएका जिल्लाका सबै बोर्डहरु अबिलम्ब हटाउने मांग गरिको हो ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा नेपालको ऐतिहासिक स्थानहरूको मौलिकता जोगाउन प्रशासनले कडा अनुगमन गर्नुपर्ने र बिदेशी जेहादीहरुको इसारामा भइरहेका यस्ता सम्प्रदायीक गतिविधि पुनः नदोहो¥याउने गरी दीर्घकालीन नीति निर्माण गर्नुपर्ने उल्लेख गरिएको छ । नेपाल बहुसांस्कृतिक राष्ट्र भए पनि बाह्य प्रभावका कारण मुलुकको मूलपहिचान मेट्ने कार्य कुनै पनि हालतमा ,कुनै पनि स्वाभिमानी नेपालीलाई स्वीकार्य नहुने संगठनको ठहर छ ।
राष्ट्रिय एकता अभियानले नेपाल सरकार तथा स्थानीय प्रशासनसँग शीघ्र आवश्यक निर्णय तथा उचित कारबाहीको माग गर्दै नेपालको सांस्कृतिक पहिचान बचाउन यो कदम आवश्यक रहेको ज्ञापन पत्रका उल्लेख छ ।ज्ञापन पत्र बुझाउन जिल्ला प्रशासन कार्यालय पुगेको अभियानको टोलीमा राष्ट्रिय अध्यक्ष यादवका साथै संरक्षक सेवक सौरभनाथ बाबा, पर्सा प्रभारी राजेश यादव लगायतको स्थानिय नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।
170
