Home Breaking News नेपाल एसबिआई बैंक र स्काईलाइन इन्फ्राबीच सम्झौता

नेपाल एसबिआई बैंक र स्काईलाइन इन्फ्राबीच सम्झौता

187

नेपाल एसबिआई बैंक लि. र पर्साको वीरगन्जस्थित स्काईलाइन इन्फ्रा लि. बीच एउटा सम्झौता भएको छ।

यो सम्झौता बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गर्दै खाद्य तथा पेय पदार्थलगायत अन्य सुविधाहरूमा १५% र आवास सुविधामा १०% सम्म छुट प्रदान गर्ने उद्देश्यले गरिएको हो।

सम्झौतापत्र बैंकका मधेश प्रदेश प्रमुख उदय पन्जीयार थारु र स्काईलाइन इन्फ्रा लि.का निर्देशक अंकुर भंगर अग्रवालले हस्तान्तरण गरेका थिए। उक्त कार्यक्रममा बैंकका वीरगन्ज शाखा प्रबन्धक श्री राकेश महर्जनसहित बैंक र होटेलका अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

नेपाल एसबिआई बैंक लि.ले विगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।