नेपाल–भारत विकास सहयोग अन्तर्गत भारत सरकारको आर्थिक सहायतामा निर्माण भएको विद्यालय भवनको उदघाट भएको छ । मकवानपुर जिल्लामा अवस्थित तीन करोड नेपाली रुपयाको लगतमा निर्मित श्री जन कल्याण माध्यमिक विद्यालयको भवनलाई जिला समन्वय समितिका प्रमुख ललित बहादुर घलान र भारतीय दुतावास काठमान्डौका प्रथम सचिव श्रीबशिष्ठ नंदनले संयुक्त रूपमा उद्घाटन गर्नुभएको छ । यो
कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, सामाजिक कार्यकर्ता, स्कूल शिक्षक, विद्यालयका छात्र छात्रा र अभिभावकहरुको उल्लेखय सहभागीता रहेको थियो ।
‘नेपाल–भारत विकास सहयोग’ अन्ंतर्गत भारत सरकारकोे अनुदानको उपयोग स्कूल भवन र अन्य संबंन्धित सुविधाहरुको निर्माणको लागी गरिएको कार्यक्रममा जानकारी गराइएको थियो ।यो परियोजनाको मुख्य उदेश्य उच्च प्रभावका सामुदायिक विकास परियोजना (एचआईसीडीपी) को रूपमा गरिएको थियो ।जसमा मकवानपुर जिल्ला समन्वय समितिको माध्यमबाट यसलाई कार्यान्वित गरिएको हो ।
भारत सरकारको प्रथम छिमेकि निति अन्तर्ग नेपाललाई ठुला तथा साना विभिन्न परियोजनहरुमा व्यापक एवं बहुक्षेत्रीय सहयोग भारतले गर्द आएको छ । उच्च प्रभावित सामुदायिक विकास परियोजनाको कार्यान्वयन नेपाल र नेपालीको उत्थान हुने स्थानिय प्राथमिकतामा रहेका भौतिक विकास निर्माणका कार्यलाई नेपाल सरकारसंगको साझेदारीमा भारत सरकार निरंतर सहयोग गर्दै आएको छ ।
