Home Breaking News वंश परम्पारले गर्दा समाजसँग टाढिँदै गएको वीरगंज उद्योग बाणिज्य संघ

वंश परम्पारले गर्दा समाजसँग टाढिँदै गएको वीरगंज उद्योग बाणिज्य संघ

294

वीरगन्ज / आफ्नो ४९ औं साधारणसभामा व्यस्त वीरगन्ज उद्योग वाणिज्य संघ अहिले नयाँ नेतृत्व चयनको प्रक्रियामा छ । गत २८ फागुनमा संघीय सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले साधारणसभा उद्घाटन गरेयता संघमा कार्यकारणी सदस्य तथा पदाधिकारीको लागि आन्तरिक जोड घटाउ चलिरहेको छ ।
अध्यक्ष अनिल कुमार अग्रवालको तीन बर्षे कार्यकाल सकिएपछि उनको कार्य समितिमा बरिष्ठ उपाध्यक्ष रहेका हरि गौतम सहमतिका आधारमा नयाँ अध्यक्ष हुने भएका छन् । आइतवार संघको पदाधीकारी चयन हुन लागेको निर्वाचन समितिले जनाएको छ ।तर यो चुनाव चुनावको लागी कर्मकान्डी मात्र हुने निश्चित छ ।
देशको मुख्य व्यपारिक नाका तथा प्रमुख औद्योगिक क्षेत्रलाई प्रतिनिधित्व गर्ने वीरगन्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्वमा सहरलाई चाँसो छैन । यहाँ रहेको ठाकुर राम बहुमुखी क्याम्पस वा नरर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनिउनको निर्वाचन जतिको पनि चर्चा पाउन सकेको छैन । बरु सहरमा रहेका जेसिस, रोटरी, नेपाल पत्रकार महासंघ, रेडक्रस, बार एशोसिएशनको अधिवेशन बारे मानिसहरुले चाँसो जनाउने र सरोकार व्यक्त गर्ने गरेको भेंटिन्छ । तर, उद्योग वाणिज्य संघको विषयमा सहरको लागि सरोकारको विषय रहेन किन ? यो आफैमा प्रश्नको बिषय छ ।
संघमा यस अघि कार्यसमितिमा बसिसकेका एक व्यवसायिलाई आर्थिद्धारले सोधेको थियो, “किन उद्योग वाणिज्य संघको निर्वाचनसंग सहरमा कसैलाई मतलब छैन ? “वीरगंज उद्योग बाणिज्य संघमा निश्चित घरानाको मात्र हालिमुहाली भएपछि सहरका आम उद्यमी व्यवसायिको यसमा कुनै अपनत्व रहेन । यहाँका उद्योगी ब्यबसायिहरुले बरु वीरगंज उद्योग बाणिज्य संघनै विघटन गरे पनि हुन्थ्यो भन्छन्,” उनले भने, “सहरसंग, यहाँको समाजसंग र समाजका अंगहरुसंग यो संस्थालाई मतलब नहुने परम्परा जस्तै बन्दै गएको छ । यहाँका करिब ९० प्रतिशत उद्योगी ब्यबसायिहरु संघको साधरण सदस्य समेत बन्न नपाइने, संघमा आबद्ध हुन नपाइने भएपछि यस्तो हुनु स्वभाविक पनि हो ।
संघको प्रकाशनहरुमा वीरगन्ज क्षेत्रमा करिब साढे २ हजार उद्योग तथा कलकारखाना रहेको उल्लेख पाइन्छ । यस बाहेक वाणिज्य कार्यालय अन्तरगत दर्ता भएका हजारौं फर्महरु, व्यपारिक प्रतिष्ठान तथा पसलका रुपमा संचालित छन् । कम्तिमा पाँच हजारसधारण सदस्य हुनुपर्ने संस्थामा अहिले मात्र ६१२ जना सधारण सदस्य छन् ।
करिब ८८ प्रतिशत उद्योगी व्यवसायि संघमा अँटाएका छैनन । कारण निश्चित घारानाका अगुवा र तिनका छोराहरुलाई कार्यसमितिमा र पदाधिकारीमा पुस्तैनी रुपमा राखि राख्न आम उद्योगी व्यवसायिलाई सदस्यता नै नदिने गरेको एक जना घरेलु उद्योगका संचालकले बताए ।

“संघको सदस्यताको आबेदन दर्ता गरेर शुल्क लिने तर सदस्यता भने प्रदान नगर्ने वा ती घरानाका सिस्टर कन्सर्नहरुलाई मात्र सदस्यता प्रदान गरिने गरिन्छ, कयौंको त शुल्क समेत फिर्ता गरिदैन,” उनले भने, “सदस्यहरुलाई संघको अधिबेशनमा भोटिङ राइट हुने हुँदा सदस्यतामैं छेकवार गरिएको हो ।”
साधरण सदस्यले मतदाता हुने र उसले पनि संघको निर्वाचनमार्फत कार्यसमिति सदस्य बन्न सक्ने भएपछि यस्तो गरिएको देखिन्छ । ३५ जना कार्यसमिति सदस्य भित्रैबाट अध्यक्ष उपाध्यक्ष लगायतका पदाधिकारीहरुमा निर्बाचित हुने हुँदा निश्चित केही ब्यपारिक घराना भन्दा बाहिरका व्यक्ति नपुगोस भनेर स्थापित ब्यबसायि र उद्यमीहरुलाई समेत सदस्यता प्रदान गरिदैन ।
वीरगन्ज उद्योग बाणिज्य संघको कार्यकारिणी समितीमा पुर्ब अध्यक्ष एवं पदाधिकारीहरुका छोराहरुलाई स्थापित गराउन केन्द्रित हुन्छ, संघका सधारणसभा । अहिलेको कार्यकारिणी समितिमा पुर्ब अध्यक्षहरु पुर्बअध्यक्ष बाबुलाल चाचान, सत्यनरायन रुङटा, अशोक बैध, गणेश लाठ, अशोक टेमानी, सुबोध गुप्ता र निबर्तमान अध्यक्ष अनिल अग्रवालका नाती, छोरा र भतिजाहरुलाई भर्ना गरिएको छ ।
पछिल्लो समयमा बिदेशबाट नेपालमा आयात गरी ल्याइएका समानलाई यहाँको उत्पतिको प्रमाणपत्र दिने र त्यस माध्यमले सार्क मुलुकहरुमा बस्तु निर्यात गरेर सरकारबाट इन्सेन्टीभ असुल गर्ने खेलमा वीरगन्ज उद्योग वाणिज्य संघ अग्रणी छ ।
यहाँबाट छाला उत्पतिको प्रमाणपत्र लिएर निकासी हुने गाडिबाट तस्करीको मरिच भेंटिएको घट्ना लगायत अनेक उद्हारण भेंटिन्छन ्। अबैधलाई बैध गराउने र तस्करी तथा हुण्डि जस्ता गैरकानूनी गतिविधिलाई संस्थागत संरक्षणमा भुमिका समिति भएको संघ पछिल्लो समयमा समाजसंग कट्दै गएको छ ।
अघोषित सिण्डिकेट भन्दा बाहिरको व्यक्ति भित्रिएमा संघको आवरणमा संचालित केही सिमित उद्योगी व्यवसायिको कमाई खाने धन्दामा समस्या उत्पन्न हुने हुदा सदस्यतामा छेकवार उनीहरुको बाध्यता रहेको जानकारहरु बताउछन् । पर्सा जिल्लामा सरुवा भएर आउने उच्च पदस्थ सरकारी कर्मचारीहरुको स्वागत र स्वागत ,सम्मान र बिदाइ लगायतका चाप्लुसीमुखी गतिविधिमा संघ केन्द्रित देखिन्छ ।