Home Breaking News महानगरपालिकामा तेल घोटाला भएको खुलासा,कार्यकारी अधिकृत कर्णले सरसफाई अधिकृत सरफुदिन मियासंग सोधे स्पष्टिकरण

महानगरपालिकामा तेल घोटाला भएको खुलासा,कार्यकारी अधिकृत कर्णले सरसफाई अधिकृत सरफुदिन मियासंग सोधे स्पष्टिकरण

311

भ्रष्ट्राचार र अनियमितताको आख्डा बन्दै गएको वीरगन्ज महानगरपालिकामा पुन अर्को घोटाला भएको खुलासा भएको छ । महानगरपालिकाको फोहरमैला व्यवस्थापन तथा सरसफाई महाशाखामा तेल घोटाला भएको आरोप लागेको हो । माहानगरपालिकाले चलाएको लामखुट्टे मार्ने अभियानमा माहाशाखा प्रमुख सरफुदिन मियाले तेल घोटाला गरेको आरोप लागेको हो ।
केहि हप्ता अगाडि वीरगन्ज महानगरपालिकाले नगरप्रमुख राजेश मानसिहंबाट लामखुट्टे मार्न औषधी छर्ने अभियानको उदघाटन गरेको थियो । जसअनुसार महानगरपालिकाको ३२ बटा वडाका लागि लामखुट्टेमार्न औषधी छर्ने जिम्मेवारी सरसफाई प्रमुख सरफुदिन मियालाई दिइएको थियो । महानगरपालिकाले मंगाएको नया गाडि तथा विभिन्न व्यक्तिहरुद्धारा लामखुट्टे मार्न औषधी छर्ने अभियानको जिम्मेवारी मियाले पाएका थिए ।
सोहि अभियानमा अन्तर्गत लाग्ने मट्टितेल भण्डारण गरेको स्टोरबाट तेल चोरी गर्न खोजिए आरोपमा सरसफाई अधिकृत सरफुदिन मिया माथि लागेको छ ।वीरगन्ज महानगरपालिकाले मियालाई तेल चोरी गर्ने बिषयमा शुक्रबार स्पष्टिकरण सोधीएको एक अधिकृतले बताए । ‘महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार कर्णले मियालाई तेल घोटालामा तपाईलाई कार्यवाहि किन नगरिने ? भन्दै शुक्रबार स्पष्टिकरण सोध्नु भएको हो ’उनले भने,‘मियाले बुझेका छन कि छैनन थाहा भएन’।
लामखुट्टे मार्ने अभियानको लागी २ सय लिटर तेल पहिला नै उपलब्ध गराइएको थियो । तर, सो तेल सकिएको भन्दै अधिकृत मिया पुन ः कुपन मांग गरेपछि प्रमुख प्रशासकीय अधिकृत कर्ण अबेर राति ८ सरसफाई महाशाखाको स्टोरमा छड्के निरीक्षण गरेपछि ८० लिटर मट्टितेल फेला परेको बताइन्छ ।
निरीक्षण अघि मियाले प्रमुख प्रशासकीय अधिकृत सहितको टोलिलाइृ सबै तेल सकेर ग्यालेन खाली छ भनेर जानकारी गराएका थिए ।स्टोरमा तेल पाइए पछि स्टोरमा भएको तेल उनले व्यक्तिगत रुपमा घोटाला वा चोरी गर्नखोजेको आरोप लागेको छ ।
तेल भेटेपछि स्टोरमा अर्को ताल्चा लगाउदै तपाईलाई तेल हिनामिना तथा चोरी गरेको अरोपमा कार्यवाहि किन नगर्ने भनेर स्पष्टिकरण सोधिएको महानगरपालिकाले जनाएको छ ।
यसबारेमा सरफाई अधिकृत सरफुदिन मियासंग सोध्दा आफुले कुनै तेल घोटाला नगरेको बताउदै प्रमुख प्रशासकीय अधिकृतबाट सोधिएको स्पष्टिकरणबारे आफुलाई कुनै जानकारी नभएको बताए । उनले लामखुट्टे मार्ने औषधी छर्न केमिकलमा मिसाउन र गाडी सञ्चालन गर्न तेल आवश्यक पर्ने भएकाले माग गरेको बताए ।
वीरगन्ज महानगरपालिकामा यसअघि पनि पटक पटक तेलघोटाला हुने गरेको आरोप लाग्ने गरेको छ । प्रमुख प्रशासकीय अधिकृत कर्णले महानगरमा अनुशासन कायम राख्न अनियमिततामा संलग्न कसैलाई नछाड्ने बताउदैँ आएका छन् ।