भू माफियाको बिरोधमा ज्ञापन दिएका गौर बासिलाई पुर्व प्रधानमन्त्री प्रचन्डले के दिनु भयो जवाफ ? एक भिडियो सहित
आर्थिकद्वार/ Desk
सांसद अमरेश सिंहको पुतला दहन
रौतहट/निकै चर्चामा रहेको रौतहटको गौर राइस मिलको जग्गाको विषयलाई लिएर अहिले स्वतन्त्र सांसद डाक्टर अमरेश कुमार सिंह र गौर नगरपालिकाका मेयर शम्भु साहबीच समाजिक सञ्जालमा जुहारी चलेको छ।
विवादित गौर राइस मिलको जग्गाको विषयलाई लिएर प्रतिनिधिसभा सदस्य सिंह र गौरका मेयर साह अहिले एकअर्का माथि आरोप प्रत्यारोपमा उत्रेका छन्। हिजो मात्र संघीय सांसद अमरेश कुमार सिंहले संसद्मा बोल्दै गौरका मेयर शम्भु साहलाई नामुद तस्करको संज्ञा दिएका थिए।
सांसद सिंहले मेयर साह भुमाफियाहरुबाट गौरको राइस मिलको जग्गा चलखेल गरी बेचबिखन गर्न लागेको भन्दै यसलाई रोक्न सरकारको ध्यानाकर्षण गराएका थिए। सांसद सिंहले मेयर साहलाई संसद भवनमा मेयर साह सांसद सिंहमाथि निकै आक्रोशित भएका छन्। अमरेश कुमार सिंहको उक्त अभिव्यक्तिलाई लिएर मेयर साहका समर्थकहरूले आज गौरमा उनीविरुद्ध विरोध प्रदर्शन गरेका छन्।
मेयर साहका समर्थकहरूले सांसद सिंह विरुद्ध नाराबाजी गर्दै उनको पुत्ला जलाएका छन् । आन्दोलनकारीहरुले अमरेश सिंहको फोटो माथि जुत्ता, चप्पल समेत उनीहरू प्रहार गरेको भिडियो समाजिक सञ्जालमा यतिखेर भाइरल भइरहेको छ।
मेयर साहका समर्थकहरूले सांसद सिंह विरुद्ध नाराबाजी गर्दै उनको पुत्ला जलाएका छन् । आन्दोलनकारीहरुले अमरेश सिंहको फोटो माथि जुत्ता, चप्पल समेत उनीहरू प्रहार गरेको भिडियो समाजिक सञ्जालमा यतिखेर भाइरल भइरहेको छ।
विरोध प्रदर्शन पश्चात गौरको घण्टाघरमा आयोजित कोणसभालाई सम्बोधन गर्दै गौर नगरपालिकाका मेयर शम्भु साहले आफूमाथि लगाएको आरोप प्रमाणित गर्न सांसद अमरेश कुमार सिंहलाई चुनौती दिएका छन्। सिंहले आफूलाई गलत साबित गरे आफू मेयर पदबाट राजीना दिएर राजनीतिबाट नै सन्यास लिने मेयर साहले उद्घोष गरे । सांसद जस्तो व्यक्ति भएर अरूले भनेको आधारमा के पायो त्यही बोल्न नमिल्ने भन्दै मेयर साहले सिंहमाथि निकै आक्रोशित हुँदै गर्जिएका थिए ।
त्यसपछि सांसद अमरेश कुमार सिंहले पनि फेसबुकमा स्ट्याटस लेख्दै आफ्नो हजारौं पटक पुत्ला जलाएपनि माफियाहरु विरुद्ध आवाज उठाइरहन आफू पछि नहट्ने बताएका छन्।
नेपाल-भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालद्वारा हेल्पडेस्क सञ्चालन
धनुषाधाम/नेपाल-भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक नेपालको संयुक्त आयोजनामा मिथिला मध्यमा परिक्रमा अन्तर्गत श्रद्धालु भक्तजन, साधु-सन्त तथा सम्पूर्ण यात्रुहरूको स्वास्थ्य र सुविधालाई ध्यानमा राख्दै हेल्पडेस्क सञ्चालन गरिएको छ।
कार्यक्रम संयोजक दिपक यादवका अनुसार धनुषा जिल्लाको ऐतिहासिक तथा पौराणिक महत्व बोकेको धनुषाधाम, जहाँ भगवान रामचन्द्रद्वारा सीता स्वयंवरका बेला तोडिएको शिवजीको धनुषको एक टुक्रा अहिले पनि जिवन्त रहेको मान्यता छ, त्यही स्थानमा परिक्रमाको नवौं दिन साधु-सन्तहरूको बास हुने भएकाले हेल्पडेस्क सञ्चालन गरिएको हो।
मिथिला मध्यमा परिक्रमा ठेरा कचुरी (धनुषा) बाट सुरु भई भारतको कल्याणेश्वर गिरिजास्थान हुँदै महोत्तरी जिल्लाका पाँच स्थानमा बास बस्दै आज पुनः धनुषा प्रवेश गरेको छ। आइतबार सतोषर, सोमबार औरही तथा हौसाहामा बास बसेपछि पुनः कल्याणेश्वर महादेवको दर्शन गर्दै जनकपुरधाममा अन्तरगृह परिक्रमा सम्पन्न हुने परम्परा रहेको क्लोथ बैंकका सचिव मनिष श्रीओमले बताएका छन।
परम्परागत रूपमा हरेक वर्ष आयोजना गरिने मिथिला मध्यमा परिक्रमाले हिन्दू धर्मावलम्बीहरूका लागि गहिरो आध्यात्मिक र सांस्कृतिक महत्व बोकेको छ। यसले धार्मिक पर्यटन प्रवर्द्धन गर्नुका साथै नेपाल-भारतबीचको सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने काम गर्दछ।
नेपाल-भारत खुला सीमाका फाइदाबारे बोल्दै नेपाल-भारत खुला सीमा संवाद समूहका केन्द्रीय अध्यक्ष राजीव झाले खुला सीमाका कारण श्रद्धालु भक्तजन र साधु-सन्तहरूलाई परिक्रमामा सहजता मिल्नुका साथै धार्मिक तथा सांस्कृतिक आदान-प्रदान प्रवर्द्धन गर्न मद्दत पुगेको बताए।
कार्यक्रम बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन भएको र भोलि (आइतबार) सतोषर, सोमबार औरही,हौरसाहामा पनि सोही सेवा उपलब्ध गराइने क्लोथ बैंक नेपालका बाल अभियानी आदित्य झाले जानकारी दिए।
हेल्पडेस्क सञ्चालनमा कार्यक्रममा सह-संयोजक रुबी झा, क्लोथ बैंकका कार्यक्रम संयोजक शिक्षक रञ्जित झा, सदस्य धनेश्वर ठाकुर, सोनी झा, दीपेन्द्र पासवान लगायतको सक्रिय सहभागिता रहेको थियो। सयौं संख्यामा साधु-सन्त तथा यात्रीहरूले हेल्पडेस्कबाट सेवा लिएको जानकारी प्राप्त भएको छ।
मुलुकमै सर्वाधिक राषि पुरस्कार भएको वीरगन्ज गोल्डकपको उपाधि नेपाल पुलिस क्लब जितेको छ । वीरगन्जमा शनिकार सम्पन्न भएको दोश्रो वीरगञ्ज गोल्डकपको फाइन मैत्रमा प्रथमउपाधी विभागीय टोली नेपाल पुलिस क्लबले हात पारेको हो । फाईनल खेलमा मच्छिन्द्र क्लबलाई पेनाल्टी सुटआउटमा ३–० गोलले पराजित गर्दै यसबर्षको उपाधि उचालेको हो ।
पुलिस क्बल साविक विजेता पनि हो ।गतबर्ष अर्को विभागीय टोली नेपाल आर्मीलाई पेनाल्टीमै २–० गोलले पराजित गरेको थियो । यसपटक पनि पुलिस क्लब उपाधि हात पार्न सफल भएको छ ।
मधेस प्रदेशकै सर्वाधिक राशी पुरस्कार रहेको प्रतियोगितामा विजेताले ११ लाख ११ हजार १११ र उपविजेताले पाँच लाख ५५ हजार ५५५ रुपैंया प्राप्त गर्नेछ । वीरगञ्ज महानगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगितामा एउटा विदेशी र सातवटा स्वदेशी गरी आठवटा टिमको सहभागिता रहेको थियो ।
नेपाल एसबिआई बैंक लि. र पर्साको वीरगन्जस्थित स्काईलाइन इन्फ्रा लि. बीच एउटा सम्झौता भएको छ।
यो सम्झौता बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूलाई लक्षित गर्दै खाद्य तथा पेय पदार्थलगायत अन्य सुविधाहरूमा १५% र आवास सुविधामा १०% सम्म छुट प्रदान गर्ने उद्देश्यले गरिएको हो।
सम्झौतापत्र बैंकका मधेश प्रदेश प्रमुख उदय पन्जीयार थारु र स्काईलाइन इन्फ्रा लि.का निर्देशक अंकुर भंगर अग्रवालले हस्तान्तरण गरेका थिए। उक्त कार्यक्रममा बैंकका वीरगन्ज शाखा प्रबन्धक श्री राकेश महर्जनसहित बैंक र होटेलका अन्य पदाधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
नेपाल एसबिआई बैंक लि.ले विगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ। हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।
राधा खनाल
काठमाडौं : (महाकुम्भ मेलाबाट फर्केपछि)
तत्रैव गंगा यमुना च तत्र
गोदावरी सिन्धु सरस्वती च।
सर्वाणि तीर्थानि वसन्ती तत्र
यत्राच्युतोदार कथाप्रसंगः
‘तीर्थको राजा भनेकै तीन नदीको संगमस्थल यानेकी प्रयागराज’ हो। धार्मिक पर्यटनको प्रवद्र्धन गर्न सकियो भने यसले देशलाई विश्वमै परिचित गराउँछ। र, एक किसिमको हलचल नै ल्याउन सक्छ भन्ने अनुपम उदाहरण बनेको छ– भारतको राज्य उत्तरप्रदेशको प्रयागराजमा सञ्चालन भइरहेको महाकुम्भ मेला। तीन पवित्र नदीहरू गंगा, यमुना र पौराणिक सरस्वतीको संगम–त्रिवेणी किनारमा महाकुम्भ मेला जारी छ। यो हिन्दु धर्मावलम्बीहरूका लागि सबैभन्दा ठूलो धार्मिक पर्व हो। यो मेला प्रत्येक १२ वर्षमा पालैपालो प्रयागराज, हरिद्वार, उज्जैन र नासिकमा आयोजना हुने गर्छ। ती पवित्रस्थलमा स्नान गरे पापमोचन तथा मोक्ष प्राप्ति हुन्छ भन्ने धार्मिक विश्वास छ।महाकुम्भ मेलालाई विश्वभरमा मानव इतिहासको सबैभन्दा ठूलो धार्मिक, सांस्कृतिक र सामाजिक कार्यक्रमका रूपमा लिइएको छ। जनवरी १३ मा सुरु भएको महाकुम्भ मेला फेब्रुअरी २६ सम्म चल्नेछ। ४० करोडभन्दा बढी नागरिकले स्नान र भ्रमण गर्ने भारत सरकारको अपेक्षा थियो। तर, शनिबार साँझसम्म ५० करोड भक्तजनले स्नान गरिसकेको सरकारी अनुमान छ। यो कुम्भ मेलाले हिन्दु धर्मावलम्बीको मात्र नभई विश्वका अन्य समुदायको पनि ध्यान उत्तिकै खिचेको छ। अन्य समुदायका मानिसहरू पनि ठूलो संख्यामा मेलामा सहभागी बन्ने क्रम तीव्र छ।
मेला आयोजकले डिजिटल मिडिया र सामाजिक सञ्जालमा कुम्भ मेलाको महत्त्व र विशेषताको राम्रो प्रचारप्रसार गर्दा देश–विदेशमा व्यापक प्रचार भयो। त्यसैकारण पनि महाकुम्भमा मानव सागर ओइरिएको हो।
नेदरल्यान्डबाट भारत घुम्न आएका थिए– पिटर ग्रे। कुम्भ मेलाको बारेमा व्यापक प्रचार सुनेपछि उनी पनि मेलामै पुगे। संसारमै यति धेरै धार्मिक आस्था बोकेर कहीँ पनि मान्छे कुदेको/नसुनेको पिटरले बताए। भने, ‘अद्भुत देख्न पाएँ। म यो कुम्भ मेलामा नआएको भए आधा संसार देख्नबाट बञ्चित हुने रहेछु।’ करिब ३५ किलोमिटर हिडेर पिटर त्यहाँ पुगेका थिए। दुई दिन बसेर मेलाको सबै पक्षको अवलोकन गरेका थिए। उनी अगाडि भन्छन्, ‘सरकारले यत्रो व्यवस्थापन कसरी गरिरहेको छ भनेर म चकित छु।
मेला आयोजक केही मान्छेसँग पनि कुरा गरें। यस्तो व्यवस्थापन संसारको अर्को कुनै पनि कुनामा हुन गाह्रो छ।’ भारतमात्र नभई छिमेकी देश नेपाल, भुटान, बंगलादेश, पाकिस्तानजस्ता देशबाट पनि भक्तजनको उत्तिकै घुइँचो छ भन्ने सुनेपछि उनले अगाडि भने, ‘भारतका जनतामात्र नभई अन्य देशका जनतालाई पनि यहाँको सरकारले गरेको व्यवस्थापनमा अटुट विश्वास देखेर अचम्मित छु।’
महाकुम्भ मेला २०२५ का सूचना अधिकारी गगन यादवले महाकुम्भ मेला ऐतिहासिक रूपमा सफल भइरहेको बताए। ‘यति धेरै मानिसमा आस्था रहेछ भन्ने देखेर अद्भुत आनन्द मिलेको छ,’ यादवले भने,‘ पछिल्ला दिनमा दैनिक एक करोड भक्तजन आउने गरेका छन्। कति भक्तजन आए भन्नका लागि चोकचोकमा आर्टिफिसियल इन्टेलिजेन्समा आधारित क्यामेरा राखेका छौं। हाम्रो गणनाको आकलन यही नै हो।’
नेपाललाई पनि फाइदा
नजिकैका छिमेकी देशमात्र नभई अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण अफ्रिका, मौरिससबाट पनि ठूलो संख्यामा भक्तजन मेलामा आएको सूचना अधिकारी यादवले बताए। ‘नेपाल र भारतका हिन्दु तीर्थस्थलहरू एकआपसमा जोडिएका छन्। त्यसैले यो महाकुम्भ सफल हुनु भनेको भारतका लागि त फाइदाजनक छँदैछ, नेपालका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ,’ यादवले भने, ‘नेपालका पशुपतिनाथ, मुक्तिनाथलगायतका कतिपय तीर्थस्थल नपुगी हिन्दुहरूको धार्मिक यात्रा पूर्ण नहुने भएकाले नेपालले पनि यसको लाभ अवश्य प्राप्त गर्नेछ।’
उनका अनुसार मेलास्थल प्रयागराज रहेको उत्तरप्रदेशसँगै सिंगो भारतले यसबाट लाभ प्राप्त गर्दा नेपालको धार्मिक पर्यटनमा पनि त्यसको प्रभाव पर्नेछ। ‘महाकुम्भको लाभ क्षणिक होइन, पछिसम्म रहिरहनेछ,’ उनले भने, ‘नेपालले पनि त्यसको महसुस गर्नेछ। हिन्दु सर्किटलगायत हाम्रा परियोजना अघि बढाउने उपयुक्त बेला आएको छ। उत्तरप्रदेशको अर्थतन्त्रलाई मेलाले माथि उठाउने र भारतको सबैभन्दा बढी जनसंख्या भएको यस प्रान्तलाई विश्वलाई नै चिनाउने अवसरको रूपमा मेलालाई लिइएको छ।’
फागुन १४ अर्थात् शिवरात्रिसम्म चल्ने मेलाको व्यवस्थापकीय पक्ष पनि निकै चुस्त र सशक्त छ। यसअघि भागदौडको एक दुःखद् घटनाबाहेक व्यवस्थापन पक्ष निकै सशक्त रूपमा अघि बढाइएको छ। महाकुम्भ मेला संसारकै सबैभन्दा ठूलो धार्मिक जमघट भएकाले यसको व्यवस्थापन अत्यन्त चुनौतीपूर्ण रहे पनि आफूहरू सफल रहेको यादवको भनाइ छ।
भारत सरकार, उत्तरप्रदेश सरकार, स्थानीय प्रशासन तथा विभिन्न संस्थाहरूको सहकार्यमा महाकुम्भ मेला भव्य रूपमा सञ्चालन भइरहेको छ। मेलामा करोडौं तीर्थयात्री, साधुसन्त, विदेशी पर्यटकहरू सहभागी छन्। मेलामा सुरक्षा, यातायात, आवास, खानपान, स्वास्थ्य आदि पक्षहरूको उच्च व्यवस्थापन गरिएको छ।
५० करोड सहभागी
महाकुम्भ मेला धर्म, संस्कृति, अध्यात्म तथा व्यवस्थापनको अनौठो संगम रहेको मेलाका सहभागीहरू बताउँछन्। ५० करोडभन्दा बढी श्रद्धालु सहभागी भइसकेको महाकुम्भ मेला इतिहासकै सबैभन्दा ठूलो धार्मिक जमघट हो।
यो भारतको उत्तरप्रदेश राज्यको पहिले इलाहाबाद भनिने प्रयागराजमा गंगा, यमुना र सरस्वती नदीको संगम तटमा आयोजना गरिएको छ। कुम्भ मेला हिन्दु धर्ममा निकै पवित्र मानिन्छ। पौराणिक कथाअनुसार जब देवता र असुरहरूले समुद्र मन्थन गरे, त्यतिबेला अमृतको घडाबाट केही थोपा पृथ्वीमा खस्यो। त्यसैकारण चार पवित्र स्थानहरू प्रयागराज, हरिद्वार, उज्जैन र नासिकमा कुम्भ मेला मनाइन्छ।
प्रत्येक १२ वर्षमा एकपटक प्रयागराजमा पूर्ण कुम्भ मेला आयोजना गरिन्छ भने ६ वर्षमा अर्धकुम्भ मेला आयोजना गरिन्छ। प्रत्येक १४४ वर्ष अर्थात् १२ कुम्भ चक्रपछि महाकुम्भ मेला हुने भएकाले यसपटक प्रान्तीय सरकारसँगै केन्द्र सरकारसमेतले यसलाई प्रतिष्ठाको विषय बनाएका छन्। कुम्भ मेलामा मकर संक्रान्तिमा पहिलो शाही स्नानसहित पौष पूर्णिमा र अन्य विशेष दिन भनेको मकर संक्रान्ति, मौनी अमावस्या, वसन्त पञ्चमी, माघी पूर्णिमा र महाशिवरात्रि हुन्। यी विशेष पर्वमा कुम्भमा भिड ह्वात्तै बढ्ने गरेको छ। मेलामा नागा साधुहरूको पनि भिड लागेको छ।
कुम्भमा प्रविधिको अद्भुत प्रयोग
महाकुम्भ मेला डिजिटलमय छ। उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले महाकुम्भमा परम्परा र प्रविधिको संयोजन रहेको बताएका छन्। अध्यात्म र प्रविधिको फ्युजनलाई जोडेको महाकुम्भलाई संयुक्त राष्ट्रसंघले समेत मानवजातिको ‘अमूर्त सम्पदा’को मान्यता दिएको छ। भारतीय अन्तरिक्ष संस्था इस्रोले पनि अन्तरिक्षबाट महाकुम्भको अद्भुत तस्बिर सार्वजनिक गरेको छ।
यतिबेला गुगल सर्च गर्दा महाकुम्भ आयोजना भइरहेको ४ हजार हेक्टर क्षेत्रफलका विभिन्न घाट, मन्दिर, अखडा संगमस्थलहरू प्रस्ट देखिन्छन्। समुद्र मन्थनको कथा ड्रोन शोमार्फत देखाउने गरिएको छ। दुई हजार वटा ड्रोन प्रयोग गरेर पौराणिक ‘समुद्र मन्थन’ र ‘प्रयाग महात्म्य’ का कथा आकाशमा देखाइन्छ। मुख्य स्थानहरूमा ३६० डिग्री भर्चुअल रियालिटी स्टलहरू जोडिएका छन्। त्यहाँ पुग्नेले साक्षात् देखेको जस्तो महसुस होस् भन्न त्यसो गरिएको हो। मेलामा निःशुल्क वाईफाईको पनि सुविधा छ।
तीर्थालुको सुरक्षाका लागि अनुहार पहिचान गर्न सक्ने कृत्रिम बौद्धिकताजडित क्यामेराहरू राखिएका छन्। नुहाउने क्रममा कोही पानीमा डुबेमा ड्रोनसहितको लाइफ सेभर डुंगा राखिएको छ। चौबिसैघण्टा चल्ने एआई प्रविधिजडित १८ सय क्यामेराले कुन क्षेत्रमा भिड बढी छ र कुन क्षेत्रमा भिड कम छ, त्यहीअनुसार सुरक्षा व्यवस्था गरिन्छ। तीन हजारवटा सीसीटीभी जडान गरिएका छन्।
भाषाको समस्या हुनेहरूका लागि महाकुम्भमा ‘कुम्भ सहायक’ नामको बहुभाषिक एआई च्याटबोट छ। डिजिटल साइनबोर्डसँगै नदी बाहिर र नदीभित्र २४ घण्टा ड्रोन जोडिएका सीसीटीभी छन्। सायद धार्मिक सम्मेलनमा यति धेरै डिजिटल प्रविधि प्रयोग गरिएको यो मेला नै पहिलो होला। हवाई निगरानी र आपत्कालीन अवस्थामा उद्धारका लागि भनेर भारतीय वायुसेना पनि महाकुम्भमा तैनाथ गरिएका छन्। महाकुम्भका लागि एआई प्रविधिजडित उपकरण लगाएका ४० हजार सुरक्षाकर्मी छन्।
सरसफाइका लागि आईसीटी (सूचना तथा सञ्चार प्रविधि) आधारित अनुगमन प्रणाली लागू गरिएको छ। महाकुम्भ क्षेत्रमा तैनाथ गरिएका १५ हजारभन्दा बढी सरसफाइ कर्मचारी र तिनका परिवारका लागि आधारभूत आवश्यकताका सबै व्यवस्था गरिएको छ। सरसफाइ कर्मचारीका बालबालिकाका लागि अस्थायी विद्यालय खोलिएका छन्। मेला भर्न आउने तीर्थालुलाई साइबर अपराधबाट जोगाउन ‘हेल्पलाइन’ नम्बर जारी गरिएको छ। ५६ साइबर विशेषज्ञसहितको साइबर सेल महाकुम्भमा चौबिसैघण्टा तैनाथ छन्।
मेलामा डिजिटल प्रविधिको प्रयोग गरी लाइभ स्ट्रिमिङ, मोबाइल एप्स, टेन्ट सिटीजस्ता सुविधा उपलब्ध गराइएका छन्। भारतीय रेलले विशेष कुम्भ एक्सप्रेस तथा थप ट्रेन सेवा सञ्चालन गरेको छ। प्रयागराज जंक्सन, प्रयाग स्टेसन, झुसी तथा अन्य नजिकका रेलवे स्टेसनहरूमा यात्रुलाई सुविधा पुर्याइरहेको छ। यस्तै, उत्तरप्रदेश राज्य यातायात निगमद्वारा विशेष बस सेवा सञ्चालन गरिएको छ।
दिल्ली, लखनउ, वाराणासी, कानपुरजस्ता ठूला सहरहरूबाट अतिरिक्त बस सेवा उपलब्ध गराइएको सूचना अधिकारी यादवले जानकारी दिए। प्रयागराज विमानस्थलमा अतिरिक्त उडानहरूको व्यवस्था गरिएको छ। लखनउ र वाराणसी विमानस्थलबाट पनि उडान संख्या थप गरिएको छ। गंगा नदीमा विशेष बोट सर्भिस तथा फेरी सर्भिसको व्यवस्था गरिएको छ। ८५० बोटहरूले मेलाको विभिन्न क्षेत्रहरूमा आवतजावत सहज बनाइरहेका छन्। १८ सय कर्मचारी गंगाको आसपासको सुरक्षा अवस्था हेर्नमात्र खटाइएका छन्।
कुम्भ मेलामा करोडौं श्रद्धालुहरूको बसोबासको व्यवस्था उचित तवरले गरिएको छ। विभिन्न स्तरका आवास सुविधा उपलब्ध छन्। जसमा टेन्ट सिटीअन्तर्गत सामान्य टेन्टदेखि लक्जरी कटेजसम्म छन्। ती टेन्टहरूमा शौचालय, पानी, बिजुली तथा सुरक्षा व्यवस्था मिलाइएको छ। र, ती अधिकांश सबै निःशुल्क छन्। प्रयागराज तथा आसपासका सहरहरूमा विभिन्न स्तरका होटल तथा गेस्ट हाउसहरू उपलब्ध छन् भने नजिकैका तीर्थस्थलहरू अयोध्या र काशी बनारसमा पनि कुम्भ स्नान गरेर त्यहाँ जानेलाई उचित व्यवस्था गरिएको छ। मेलामा लाखौं मानिसलाई निःशुल्क भोजन तथा अन्य खानपान सुविधा उपलब्ध गराइएको छ।
६ वर्ष अघिदेखि महाकुम्भको तयारी
उत्तर प्रदेशको सरकारी तथ्यांकअनुसार ६ वर्षदेखि महाकुम्भ मेलाको तयारी गरिएको थियो। यो समयमा सरकारले खर्बौ रकम लगानी गरेको थियो। छोटो समयकै लागि भएता पनि लोभलाग्दा पूर्वाधारसमेत निर्माण भएका छन्। जुन, पर्यटन क्षेत्र विकासका लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ।
आर्थिक पक्ष अझै फाइदाजनक
महाकुम्भ मेलाको धार्मिक हिसाबले जति महत्त्व छ। त्यसभन्दा कयौं गुणा बढी आर्थिक पाटोबाट झनै लाभदायक बन्दै गइरहेको छ। संसारकै सबैभन्दा ठूलो मेलाको रूपमा स्थापित महाकुम्भले उत्तर प्रदेशको मात्रै नभई समग्र भारतकै अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने देखिएको छ।
तीर्थालुलाई कुम्भ लैजाने र घुमाउनका लागि लाखौंको संख्यामा सवारी चालक खटिएका छन। सानादेखि ठूला पाँचतारे होटलदेखि प्रयागराज, अयोध्या र बनारससम्मै भरिभराउ छन्। बस्नका लागि वैकल्पिक व्यवस्थाका लागि कुम्भमा स्नान गर्न पुगेका भक्तजन टेन्टमा बस्न बाध्य छन्।
त्यसको प्रभाव भारतमा हुने नै भयो। यता नेपालका सीमा क्षेत्रमा समेत होटललगायतका पर्यटकीय ठाउँहरू अहिले खचाखच भएका छन्। भैरहवा सीमा क्षेत्रमा होटल व्यवसाय गर्दै आएका राजेन्द्र भण्डारी २४ घण्टा होटल खुल्लै राख्नु परेको सुनाउँछन्। ‘बोर्डर क्षेत्रमा सामान्य रूपमा चल्ने होटल अहिले सबै खचाखच छन्,’ भण्डारीले भने, ‘हामीलाई एकछिन फुर्सद छैन। यो कुम्भकै प्रभाव हो।’
दुई जना मात्र कर्मचारी रहेको उनका होटेलमा हाल आठ जना कर्मचारी छन्। ‘अहिले होटलमा आउनेहरू ताजा दाल, भात र सामान्य बस्ने ठाउँ भए पनि चित्त बुझाउनुहुन्छ। हामी त यही कुम्भकै बहानामा पनि व्यापार भएकोमा खुसी छौं।’ भारतमा यतिबेला कुम्भलाई अर्थतन्त्रको मेरुदण्डकै रूपमा हेरिएको छ। सूचना अधिकारी यादवका अनुसार १४४ वर्षमा लागेको कुम्भमा नुहाउन हरेक दिन औसतमा एक करोडमाथि तीर्थालु पुगेका छन्।
महाकुम्भमा भारतका स्थानीय उत्पादनको मुख्य बजार कुम्भ मेला बन्न पुगेको छ। किसानको आफ्ना उत्पादनको प्रदर्शनी गर्ने थलोमात्रै नभई बजारीकरणको प्रमुख केन्द्र बनेको छ। एकैपटक लाखौंलाई रोजगारी सिर्जना भएको छ। केही व्यक्ति कुम्भमा सामान्य पसल गरेर बसेका पनि रातारात चर्चित बनेका छन्। विभिन्न स्थानमा अवसर पाएका छन्। लगानीका नयाँनयाँ अवसरको ढोका खुलेको छ। कुम्भ मेलालाई भनेर अर्बौं लगानी भित्रिएको छ।
अर्को महत्त्वपूर्ण पाटो के छ भने २६ वर्षपछि प्रयागराज एयरपोर्टमा अन्तर्राष्ट्रिय उडान भएको छ। त्यसको प्रमुख कारण कुम्भ मेला हो। एयर ट्राफिकको समस्या दैनिकजसो देखिएको छ। प्रयागराज विमानस्थलदेखि महाकुम्भ मेलासम्म हजारौं होटल खुलेका छन्। सरकारले फराकिलो बाटो बनाएको छ। उक्त मेलाले उत्तरप्रदेशलाई आर्थिक क्षेत्रबाट माथि लैजानका लागि सहयोग पुग्ने देखिन्छ।
महाकुम्भकमा आगन्तुकहरूको ओइरो लागेपछि भीड व्यवस्थापनमा आयोजकलाई भने २४ घण्टा नै चुनौती छ। यो बीचमा दुई घटना पनि घटेका छन्। पहिलो घटना अमृत स्नानका बेला भएको भागदौडमा ३० जनाको मृत्यु भएको थियो भने एउटा टेन्टमा आगलागी पनि भयो। यद्यपि त्यहाँ पुग्ने कसैलाई पनि घटनाको प्रवाह छैन। मेलामा भक्तालु पुर्याउन भारतीय रेलवे सेवालाई पूर्ण क्षमतामा सञ्चालन ल्याइएको छ। प्रयागराज जक्सनसहित सबै आठ स्टेसनहरू पूर्ण रूपमा सञ्चालनमा ल्याएको छ।
सरकारले सुरक्षा व्यवस्था मजबुत बनाउन सुरक्षाकर्मीको व्यापक परिचालन, एआई–सञ्चालित सीसीटीभी क्यामेरा, ड्रोन निगरानी गरिएको छ। करोडौं तीर्थालुु पुगेर स्नान गर्ने भएकाले कुम्भ आसपासमा सरसफाइ व्यवस्थित बनाइएको छ । फोहोर हुन नदिन करिब २२ हजार सरसफाइ कर्मचारी खटाइएको छ। नदीमा स्नानका बखत चढाइएका फूल, फोटो, नरिबलजस्ता वस्तु तुरुन्त सफा गर्नका लागि छुट्टै गाडीहरूको व्यवस्था गरिएको छ। कुम्भ मैदानमा हजारौं जैविक शौचालय १ लाख ५० हजार र स्वचालित फोहोर व्यवस्थापनका १० हजार एकाइहरू रहेका छन्।
सिंगो अस्पताल नै त्यहाँ स्थापना गरिएको छ। अनौठो कुरा के छ भने त्यही बच्चा जन्माउनका लागि भन्दै पुग्नेको लर्को छ। तीर्थयात्रीहरूलाई आयुर्वेद, होमियोप्याथी र प्राकृतिक चिकित्सा उपचार प्रदान गर्ने व्यवस्था मिलाइएको छ। दिल्लीबाट एम्स, एपोलो, आईएमएस बीएचयूका विशेषज्ञहरूसहित क्यानडा, जर्मनी र रूसका अन्तर्राष्ट्रिय विशेषज्ञहरू समेतले स्वास्थ्य सेवा दिएको प्रशासनले जानकारी दिएको छ।
महाकुम्भले भारतको सांस्कृतिक र धार्मिक पर्यटनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याएको छ। महाकुम्भकै कारण २५ देशबाट भक्तजनहरूको ओइरो लागेको छ। विश्वको ध्यान खिचेको उक्त मेलामा विश्व चर्चित एपल कम्पनीका फाउन्डरकी पत्नी लरेन पावेलले पनि दीक्षा लिएकी थिइन्। मेलाको सुरुवाती दिनमै आइपुगेकी उनले विश्वमा सनातन धर्ममात्र एउटा मुक्तिको बाटो भएकाले सोही बाटो आफूले पनि रोजेको बताएकी थिइन्।
सोही कारण पनि अमेरिकालगायत अन्य देशबाट भक्तजनको ओइरो लाग्यो। मेलामा भुटानी राजा पनि स्नान गर्न पुगेका थिए। महाकुम्भमा भारतकी राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंहलगायत धेरै केन्द्रीय मन्त्री, मुख्यमन्त्रीलगायत विशिष्ट व्यक्तिहरू पुगेका छन्। त्यसैगरी, अर्बपतिहरू, बलिउड र भारतीय खेलकुद जगत्का सेलिब्रेटीहरू पनि स्नान गर्न पुगेका छन्। भारतका खर्बपति व्यापारी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी र अनिल अम्बानी सपरिवार पुगेका थिए।
नेपालबाट पनि कुम्भ जानेको लर्को
नेपालबाट चर्चित सेलिब्रेटीदेखि राजनीतिक व्यक्तित्वहरू पनि स्नानका लागि पुगेका छन्। कांग्रेसका महामन्त्री गगनकुमार थापा, पार्टीका प्रवक्ता डा. प्रकाशशरण महत, अर्जुननरसिंह केसीलगायत सपरिवार कुम्भ स्नानका लागि पुगेका थिए। क्रिकेटका राष्ट्रिय खेलाडी सोमपाल कामी र करण केसी, कलाकार पूजा शर्मालगायत पनि पुगेका थिए।
नेपालबाट विभिन्न हवाई माध्यम तथा सडक मार्गबाट दिनहुँजसो धार्मिक पर्यटक प्रयागराज गइरहेका छन्। नेपालगन्जको रुपैडिया, भैरहवा, जनकपुर, विराटनगर काँकडभिट्टालगायतका नाकाबाट तीर्थयात्री गएका छन्। अर्को पाटो के छ भने कुम्भमा अधिकांश वृद्धहरूलाई रुचि लाग्नु स्वाभाविक भए पनि भर्खरका युवाहरूको लर्को पनि उत्तिकै लागेको छ । काठमाडौं कुपण्डोलबाट बुवाआमा साथमा लिएर पुगेकी सजना सापकोटा सामाजिक सञ्जालमा हेर्दाहेर्दै आफूलाई पनि त्यहाँ कहिले पुगुम् जस्तो भएर आएको बताउँछिन्। ‘बुवाआमाभन्दा पनि म आपैmँ आउन चाहन्थें। मैले नै कर गरेर उहाँहरूलाई लिएर आएको हो। यहाँ आएपछि गंगामा आएपछि साँच्चिकै हल्का महसुस भयो। शरीरमा एक किसिमको ऊर्जा छचल्किएको भान भइरहेको छ।’
४५ दिनसम्म चल्ने महाकुम्भ मेला अन्तिमअन्तिम समयमा पुगेको छ। यद्यपि भक्तजनको भिड भने झन्झन् बढ्दै गएको यादव बताउँछन्। यद्यपि कुम्भले आध्यात्मिक महत्त्वको पाटोबाट मात्र नभई यसले पार्ने आर्थिक प्रभाव पनि अद्भुत छ। महाकुम्भ मेलाको बजेट लगभग १२ हजार ६ सय ७० करोड रुपैयाँ हो। यसले आध्यात्मिक उन्नतिमात्र होइन, स्थानीय र राष्ट्रिय अर्थतन्त्रलाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण योगदान गर्छ।
मेलामा ५० करोडले अवलोकन गर्दा प्रतिव्यक्ति पाँच हजार रुपैयाँमात्रै खर्च गरे पनि २५ खर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अनुमान लगाउन सकिन्छ। आयोजकको दाबीअनुसार आगन्तुकले करिब २ लाख करोड रुपैयाँ खर्च गर्नेछन्। यदि, दाबीअनुसार खर्च भएको अवस्थामा भारतको राष्ट्रिय अर्थतन्त्रमै ठूलो प्रभाव पार्ने देखिन्छ। कुम्भ मेलाबाट आर्थिक लाभ लिनका लागि भारत सरकारले मेलाको ब्रान्डिङमा ३६०० करोड रुपैयाँ खर्च गरेको छ। त्यसका अलवा पूर्वाधार निर्माणमा पनि व्यापक खर्च गरेको छ।
साभार अनपूर्णा पोष्ट
नेपाली विद्यार्थीको सुरक्षार्थ सम्पूर्ण कदम चाल्न तयार छौँ : प्रवक्ता जयसवाल
भारतले ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा भएको नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युप्रति दु्ःख व्यक्त गरेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले पत्रकार सम्मेलनमा भुवनेश्वरको केआईआइटी विश्वविद्यालमा भएको नेपाली छात्राको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गरेका हुन् ।
भारत सरकारले सबै अन्तर्राष्ट्रिय विद्यार्थीको सुरक्षा र हितलाई उच्च प्राथमिकता दिने उनले जनाए ।
“आरोपितलाई पक्राउ गरिएको छ । अनुसन्धान अघि बढेको छ । छानविनको लागि ओडिसा सरकारले उच्चस्तरीय समिति गठन गरेको छ । नेपाल विद्यार्थीलाई फर्कन अनुरोध गरिसकिएको छ,” विदेश मन्त्रालयका प्रवक्ता जयसवालले भने ।
यही फेब्रुअरी १६ का दिन केआईआईटी विश्वविद्यालयको गल्स होस्टेलमा नेपाली छात्रा प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् । उनले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
नेपाली छात्रा मृत अवस्थामा भेटिएपछि त्यहाँ अध्ययनरत अन्य नेपाली विद्यार्थीले निष्पक्ष र स्वतन्त्र छानबिनको माग गर्दै आन्दोलन गरेका थिए । त्यसपछि केआईआईटी प्रशासनले नेपाली विद्यार्थीलाई तत्काल होस्टल खाली गर्न र स्वदेश फर्कन भनेको थियो ।
फेब्रुअरी १७ का दिन केआईआईटी प्रशासनले त्यहाँ अध्ययनरत ५ सयभन्दा बढी नेपाली विद्यार्थीलाई जर्बजस्ती बसमा चढाई रेल स्टेसमा लगि छोडिदिएको थियो । त्यसपछि लम्साको मृत्यु र केआईकेआईटी प्रशासनले गरेको अमानवीय कार्यको नेपाल र भारत दुवै देशमा व्यापक विरोध भएको थियो ।
दबाब थेग्न नसकेपछि फेब्रुअरी १७ का दिन नै केआईआइटी प्रशासनले माफी माग्दै नेपाली विद्यार्थीलाई फर्कन आह्वान गरेको थियो ।
फुङ्लिङ- राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतोको नेतृत्वमा आज फुङ्लिङ नगरपालिकाबाट पाथीभरा मन्दिरसम्म विरोधी पदयात्रा सम्पन्न भएको छ।
पदयात्रामा करिब ३०० जना सहभागी भएका थिए। जसमा पार्टीका नेता रमन पाण्डय, अनुप सुब्बा, सी एम थारु, सन्तोष मेहता, चन्द्रप्रसाद राजवंशी, बेबी राज भण्डारी, स्थानीय नेताकार्यकर्ता, मुकुम्लुङ केबलकार संघर्ष समिति, विद्यार्थी, समाजसेवी तथा अन्य विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो।
पदयात्राको उद्देश्य मुकुम्लुङ क्षेत्रमा निर्माण गर्न लागिएको केबलकार परियोजनाको विरोध गर्नु रहेको थियो। सहभागीहरूले उक्त परियोजनाले स्थानीय सभ्यता, संस्कार, परम्परा तथा धार्मिक आस्थामा असर पार्ने भएकाले विरोध जनाएका थिए। उनीहरूले स्थानीय संस्कृति र इतिहासको संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्।
रमन पाण्डयले भने,’मुकुम्लुङको चोत्लुङ सभ्यता बचाउन हामी मधेश, पहाड र हिमालका नागरिक एकजुट भएका छौँ। हाम्रो संस्कृति कुनै कमिसन र दलालीको खेलमा बिक्री हुन सक्दैन।’
राजेन्द्र महतोले मुकुम्लुङको संस्कृति तथा चोत्लुङ सभ्यता नष्ट गर्ने कार्य कुनै पनि हालतमा सह्य नहुने बताए। उनले भने, ‘जबसम्म केबलकार निर्माण कार्य बन्द हुँदैन, तबसम्म हाम्रो संघर्ष जारी रहनेछ।’
नेताहरूले नेपाल सरकारलाई सचेत गराउँदै केबलकार परियोजना रोक्न र स्थानीय सभ्यता जोगाउन आवश्यक कदम चाल्न आग्रह गरेका छन्। उनीहरूले राज्यले नागरिकका आवाजलाई नसुनिएको खण्डमा आन्दोलन थप सशक्त बनाइने चेतावनी दिएका छन्।
स्थानीयबासीहरूले पनि उक्त परियोजनाको कडा विरोध जनाएका छन्। उनीहरूको भनाइमा केबलकार परियोजनाले स्थानीय धार्मिक स्थलहरूमा हस्तक्षेप गर्न सक्ने खतरा छ। एक स्थानीय दावा लिम्बूले भने,’हाम्रो मौलिक धर्म, संस्कृति, सभ्यता तथा पहिचानको रक्षा गर्नु हाम्रो कर्तव्य हो। केबलकार परियोजनाले हाम्रो सांस्कृतिक अस्तित्वलाई धम्क्याइरहेको छ।’
केबलकार परियोजनाको कार्यान्वयन भएमा यसले पर्यटन प्रवर्द्धन गर्न सक्ने सम्भावना रहेको छ। तर स्थानीय संस्कृति र सभ्यतामा पर्ने नकारात्मक प्रभावलाई लिएर स्थानीयबासीहरू चिन्तित छन्। उनीहरूका अनुसार परियोजना सञ्चालनका क्रममा वातावरणीय प्रभाव, धार्मिक स्थलहरूको अवमूल्यन तथा सामाजिक संरचनामा असर पर्ने सम्भावना छ।
प्रकृति लम्सालको नाममा कालिंगा विश्वविद्यालयले छात्रवृत्ति स्थापना गर्ने
काठमाडौं, ८ फागुन । भारतको उडिसाको भुननेश्वरस्थित कालिंगा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआइआइटी) ले दिवंगत नेपाली छात्रा प्रकृति लम्सालको नाममा छात्रवृत्ति स्थापना गर्ने घोषणा गरेको छ । विश्वविद्यालयमा मृत भेटिएकी लम्सालको नाममा नेपाली विद्यार्थीका लागि विशेष छात्रवृत्ति दिइने विज्ञप्तिमार्फत् जानकारी दिइएको हो ।
विश्वविद्यालयका संस्थापक प्राध्यापक अच्युता सामन्तले उनको सम्मान र सम्झनामा विशेष छात्रवृत्ति दिने घोषणा गरेका हुन् । सामन्तले प्रकृतिको मृत्युका सम्बन्धमा नेपालका परराष्ट्रमन्त्री आरजु देउवा र गृहमन्त्री रमेश लेखकसँग फोनमा कुराकानी गरेको र नेपाली दूतावासका काउन्सलरसँग पनि भेटेर घटनाबारे विश्वविद्यालयबाट चालिएको कदमबारे जानकारी गराएको उल्लेख छ । सामन्तले परिवारका सदस्यसँग पनि भेटघाट गरेका छन् ।
यसैगरी, प्रकृति लम्सालको बुधबार नै रुपन्देहीस्थित स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिएको छ । उनको न्यायका लागि अखिल भारतीय विद्यार्थी परिषद् एबीभीपीले दबाबमूलयक प्रदर्शन गर्दै आएको छ ।
भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीको होस्टलमा नेपाली छात्रा प्रकृति लम्साल आइतबार मृत भेटिएपछि भारत र नेपालमा प्रदर्शन भएका छन् । उडिसा प्रहरीले आरोपीलाई पक्राउ गरी कारबाही बढाएको छ । साभार नेपाली पेन डटकम

विद्यार्थीलाई फर्किआउन उडिसा सरकारको आग्रह,न्याय दिलाउने मुख्यमन्त्री मांझीको प्रतिवद्धता
भारतका उडिसा राज्यका मुख्मन्त्री मोहन चरण माझीले नेपाली बिद्यार्थीलाई युनिभर्सिट फर्किआउन आग्रह गनुभएको छ ।बुधबार एक प्रेसविज्ञप्ति जारी गर्दै मुख्यमन्त्री माझीले नेपाली बिद्यार्थीलाई न्याय दिलाउन उडिसा सरकार प्रतिवद्ध रहेको जनाइएको छ ।
किट्स युनिभर्सिटिको अवस्था समान्य गर्दै सवै नेपाली बिद्यार्थीको सुरक्षा र अध्यन अध्यापन सुनिश्चित गर्ने उडिसा मुख्यमन्त्रीद्धारा प्रतिवद्धता व्यक्त गरिएको छ ।
साथै प्रकृति लम्साललाई न्याय दिलाउनुका साथै नेपाली विद्यार्थीहरुलाई फर्काउने प्रयासमा ओडिसा सरकारले हेल्पडेस्क स्थापना गरेको छ । ओडिशा सरकारको उच्च शिक्षा विभागले भुवनेश्वर स्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) २४ सै घण्टा सञ्चालन हुने हेल्प डेस्क गठन गरेको हो ।
सरकारले उक्त घटनापछि प्रभावित विद्यार्थीहरूको सुरक्षा, शीघ्र पुनरागमन र शैक्षिक चासोलाई सुरक्षित गर्न विशेष पहल स्वरूप यो हेल्प डेस्क स्थापना गरेको जनाएको छ ।
हेल्प डेस्कको नेतृत्व निर्देशक काली प्रसन्न महापात्रले गरेका छन् । उनलाई उपनिर्देशक डा. रजत मनसिंहले सहयोग गर्ने छन् । उनीहरु मातहत ९ जना कर्मचारीहरूलाई चौबीसै घण्टा हेल्पडेस्कमा खटाइएको छ ।
यो हेल्प डेस्कमार्फत विद्यार्थीहरूले आफ्नो समस्या समाधानका लागि सहज रूपमा सम्पर्क गर्न सक्ने बताइएको छ । त्यसका लागि हेल्प डेस्कमा ह्वाट्सएप नम्बर र चारवटा ल्याण्डलाइन टेलिफोन नम्बर उपलब्ध गराइएको छ ।
ओडिसा सरकारले प्रभावित विद्यार्थीहरू र अभिभावकहरूलाई शीघ्र संस्थामा फर्कन तथा पढाइ पुनः सुरु गर्न हेल्प डेस्कमार्फत सम्पर्क गर्न आग्रह गरेको छ ।
‘उक्त हेल्प डेस्क तत्काल प्रभावकारी रूपमा लागू हुने छ,’ ओडिसा सरकारका विशेष सचिवले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘विद्यार्थीहरूलाई शीघ्र पुनरागमनमा सहायता पु¥याउने तथा व्यक्तिगत कल्याणसँग सम्बन्धित कुनै पनि समस्या समाधान गर्न यो हेल्प डेस्कले सक्रिय रूपमा काम गर्ने छ ।’
ओडिसाको राजधानी भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयको कलेजमा बी–टेक अध्ययन गरिरहेकी प्रकृति गत आइतबार होस्टलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको शव बुधबार राति रुपन्देहीको सिद्धार्थनगरस्थित स्वर्गद्वारीघाटमा अन्त्येष्टि गरिएको छ ।
