वीरगञ्ज, चैत ,३० आर्थिक महानगरी वीरगञ्जको अवस्था तनापुर्ण बनेपछि कर्फ्यु लगाइएको छ । हनुमान जयन्तीको र्यालीको क्रममा भएको झडप पछि स्थिति तनावग्रस्त भएपछि बीरगञ्जमा शनिवार बेलुका देखि कर्फ्यु लगाइएको हो ।
पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्यालले अवस्था तनावपूर्ण बनेपछि कर्फ्यु आदेश जारी गरेको बताएका छन् । वीरगञ्जको छपकैयामा दुई पक्षबीचको झडप पछि अवस्था नियन्त्रण बाहिर जान सक्ने आकलन गर्दै अवस्थालाई नियन्त्रण्मा ल्याउन कर्फ्यु अदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
छपकैयामा भएको झडपका क्रममा एक दर्जनभन्दा बढी प्रहरी र स्थानीयहरू घाइते भएका छन । घाइतेहरूको उपचारको लागी वीरगञ्ज स्थित नारायणी अस्पतालमा भर्ना गराइएको छ ।जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा कर्फ्यु आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सूचना जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम शनिबार साँझ साढे ६ बजे देखि कर्फ्यु लागू गरेका हुन । जिल्ला प्रशासन कार्यालयद्धारा जारी गरिएको कर्फ्यु आइतवार मध्यान्ह १२ बजेसम्म लागू हुने उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको कर्फ्यु आदेशमा वीरगन्जको पुर्व भेडियाही चौक (वीरगञ्ज महानगरपालिका–१५) ,पश्चिमः सिर्सिया पुल (वीरगञ्ज महानगरपालिका–२५), उत्तरः गण्डक चौक (वीरगञ्ज महानगरपालिका–१४) दक्षिणः शङ्कराचार्य गेट (वीरगञ्ज महानगरपालिका–१६)सम्मको क्षेत्रमा कर्फ्यु लागु रहने छ ।कर्फ्यु तोकिएको क्षेत्रभित्र कसैलाई आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न पूर्ण रूपमा निषेध गरिएको छ । प्रशासनले शान्ति–सुरक्षा कायम राख्न यो आदेश जारी गरेको जनाएको छ ।
हनुमानको जन्मजयन्तीको अवसरमा निकालिएको र्याली छप्पैया चोकस्थित इदगाह नजिक पुग्दा झडप भएको थियो । झडप नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड अश्रुग्यास प्रहार गरेको थियो । तर, स्थिति थप बिग्रिए पछि प्रशासनले कर्फ्यु लगाउने तयारी गरेको हो ।
प्रशासनले कर्फ्यु लगाएपछि वीरगञ्जको अवस्था केही शान्त हुने अपेक्षा गरिएको छ ।
वीरगञ्जको छप्पैया चौक शनिकार तनावग्रस्त बनेको छ । हनुमानको जन्मजयन्तीको अवसरमा निकालिएको र्याली इदगाह चौक छप्पैयामा पुग्नेबित्तिकै झडपमा परिणत भएको हो ।
स्थानीय प्रत्यक्षदर्शीका अनुसार हनुमान जयन्तीको र्याली छप्पैया चोकस्थित इदगाह नजिक पुगेपछि दुई पक्षबीच विवाद सुरु भएको थियो, जसले अन्ततः झडपको रूप लिएको हो ।
छप्पैया चोकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो बनाइएको छ र स्थिति सामान्य बनाउने प्रयास जारी रहेको बताइएको छ ।



