Home Breaking News नेपालमा अहिले लोकतन्त्र होइन,नेताहरुको लुटतन्त्र छ : पूर्वमन्त्री प्रभु साह

नेपालमा अहिले लोकतन्त्र होइन,नेताहरुको लुटतन्त्र छ : पूर्वमन्त्री प्रभु साह

206

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले अहिलेको सरकार,शासन व्यवस्था र संविधान फेल भइसकेको बताएका छन् । मंगलबार वीरगन्जमा आम जनता पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वमन्त्री समेत रहेका साहले भने,‘यो सरकार,संविधान र शासन व्यवस्था आँफै फेल भइसकेको छ।’

त्यसका कारण अब अर्को विकल्प खोज्नुपर्ने बेला आइसकेको उनले बताए । पूर्वमन्त्री साहले २०७२ को संविधान जारी गर्ने बेलामै आँफुले असहमति र विरोध जनाउँदै सांसद पदबाटै राजिनामा दिएको स्मरणपनि गराए ।

उनले अहिलेको शासन व्यवस्था लोकतन्त्र नभई नेताहरुको लुटतन्त्र भएको टिप्पणीपनि गरे । उनले भने,‘लोकतन्त्र होइन नेताको लुटतन्त्र छ देशमा अहिले ।’ साहले मधेसका ठेकेदार ठानेका नेताहरु मात्रै मोटाएको तर मधेसका जनताले केहि नपाएको जिकिरपनि गरे ।

फरक प्रसंगमा पूर्वमन्त्री साहले औद्योगिक तथा व्यापारिक नगर वीरगन्जलाई आर्थिक राजधानी बनाउनुपर्नेमा जोड दिए।वीरगन्जमा पर्याप्त मात्रामा आर्थिक गतिविधि हुने भएकाले यो शहरलाई आर्थिक राजधानी बनाउनुपर्नेमा उनको जोड थियो।प्रतिनिधिसभा सदस्य (सांसद)समेत रहेका साहले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य भएकोपनि बताए।