Home अर्थ पोखरियामा सडक ढलानको शिलान्यास

पोखरियामा सडक ढलानको शिलान्यास

202

मधेस प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम अन्तर्गत पोखरिया नगरपालिका–७, रानीगंज रहरिया क्षेत्रमा सडक ढलान कार्यको शिलान्यास गरिएको छ ।

मधेस प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनारधन सिंह क्षेत्रीले उक्त सडक ढलान कार्यको शिलान्यास गरेका हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री क्षेत्रीले मधेस प्रदेश सरकार स्थानीय पूर्वाधार विकासमा प्रतिबद्ध रहेको बताए । उनले भस्थानीय सडक सुधार गर्दै नागरिकलाई सहज आवागमनको सुविधा दिने हाम्रो लक्ष्य हो । यो योजना पूरा भएपछि स्थानीय बासिन्दाले सुरक्षित र सहज रूपमा यात्रा गर्न सक्नेछन् ।

२५ लाख रुपैयाँको बजेट विनियोजन गरिएको उक्त परियोजना जय किसुन कुर्मीको घरदेखि किशोरी पडितको घरसम्म पक्की ढलान गरिने गरी निर्माण हुन लागेको हो ।

शिलान्यास कार्यक्रममा पोखरिया नगरपालिकाका पूर्व मेयर दिपनारायण रौनियार, क्षेत्रीय सभापति श्रीकुशन चौहान, वडा नम्बर ७ का अध्यक्ष प्रमाणन्द कुर्मी, वडा नम्बर ४ का अध्यक्ष लक्ष्मण साह कानु, नेपाली कांग्रेसका बिन्दवाशनी गाउँपालिकाका प्रत्यासी विवेक चाैरसिया, मन्त्रीका स्वकीय सचिव राकेश कुशवाहा, पूर्व वडा अध्यक्ष मिताराम राउत कुर्मी, वडा सदस्य मोतीलाल कुर्मी तथा स्थानीयवासीको उल्लेखनीय उपस्थिति रहेको थियो ।