सरोज यादवले नेपाल भारत बिचको सम्बन्ध खराब गर्न खोजेको निर्बतमान मुख्यमन्त्री जितेन्द्र सोनलको आरोप । तथाकथित मुख्यमन्त्रीले तथ्यहिन ,अधारहिन र भ्रामक कुरा गरेका छन ।उनले क्षेत्राअधिकार वाहिर गएर बोलेको त्यसलाई प्रमाणित गर्न सोनलको चुनौति ।मुख्यमन्त्री यादवले भारतसंग बिद्यमान रहेको र्साकृतिक,धार्मिक, एैतिहासकि खलबल्याउन खोजेको हो । हेर्नुहोस यो भिडियो…….
समाचार
हरि खेतान क्याम्पसमा शिक्षा संकट ः विद्यार्थी सडकमा, शिक्षक–कर्मचारी तालाबन्दीमा
वीरगञ्ज-वीरगञ्जमा नामचलेको शैक्षिक संस्थाको रुपमा रहेको हरि खेतान बहुमुखी क्याम्पस अवस्था लथालिगं हुदै गएको छ । क्याम्पस संचालक समिति,क्याम्पस प्रमुख र शिक्षक तथा कर्मचारीहरुको त्रिकोणात्मक स्वार्थले गर्दा क्यम्पसको अवस्था खराब भएको बिद्यार्थीहरुको आरोप रहेको छ । क्याम्पसको अध्यन अध्यापन एक्कासी ठप्प बनेपछि बिद्यार्थीहरु आन्दोलन गर्न बाध्य भएका छन । कक्षा सञ्चालन नहुँदा आक्रोशित विद्यार्थीले बुधबार बिहान क्याम्पसको मुख्य गेट अगाडी सडकमा धर्ना दिदै प्रशासनविरुद्ध चर्को नाराबाजी गरेका छन् ।
प्लस २ देखि स्नातक तहसम्मका विद्यार्थीले “पढाइ चाहियो, राजनीति होइन” भन्ने नारा लगाउदै केहि समयको लागी सडम समेत अवरुद्ध पारेका थिए । उनीहरूका अनुसार, क्याम्पस प्रमुख, शिक्षक–कर्मचारी र व्यवस्थापन समितिबीचको लामो विवादका कारण साउन महिना देखि नियमित पठन पाठन हुन सकेको छैन ।
“मंगलबार मात्रै संचालनमा आएको क्याम्पस पुन बन्द हुनले आफुहरु बिच्चलीमा परेको बिद्यार्थीहरुले आक्रोस व्यक्त गरे । हिजो मात्र खुल्यो आज फेरि बन्द भएपछि हामी आन्दोलनमा उत्रन बाध्य भयौं,” स्नातक तहका विद्यार्थी मनोज कुमार यादवले बताउदै भने, वार्षिक शैक्षिक क्यालेन्डर नै कार्यान्वयन भएको छैन,हाम्रो भविष्यसँग खेलबाड भइरहेको छ ।
मङ्गलवार देखि शिक्षक र कर्मचारी क्याम्पस प्रशासनविरुद्ध तालाबन्दी गर्दै अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् । उनीहरूले क्याम्पस प्रमुख किशोरी राय यादवले मनोमानी, गैरजिम्मेवार व्यवहार गर्दै कर्मचारीको हक–हितको कुरालाई बेवास्ता गरेको आरोप लगाएका छन्।
कर्मचारी युनियनका अध्यक्ष विनोद यादवले माग सम्बोधनका लागि असोज २० गतेसम्मको अल्टिमेटम दिए पनि क्याम्पस प्रमुखले बेवास्ता गरेपछि आफुहरु तालाबन्दी गर्न बाध्य भएको बताए । “हाम्रो संघर्ष व्यवस्थापनको परिवर्तन होइन, सुधारका लागि हो , तर प्रमुख यादवले बारम्बार हठी व्यवहार देखाएकोले यो अवस्था उत्पन्न भएको हो,” यादवले भने ।
क्याम्पस प्रमुख किशोरी राय यादवले कर्मचारीको आरोप निराधार रहेको बताउदै क्याम्पस व्यवस्थापन समितिले आफुलाई असहयोग गरेको गुनासो व्यक्त गरे ।
“मे नियुक्त भएदेखि नै आर्थिक–प्रशासनिक नियमावली बनाउन खोजेँ, तर समितिले सहयोग गरेन, उल्टै नियम विपरीत निर्णयहरू गर्न खोज्छ,” प्रमुख यादवले सुनाए ।
यादवका अनुसार, समितिले अवकाशप्राप्त व्यक्तिलाई हरि खेतानमा उपप्रधानाध्यापक नियुक्त गरेर नियम उल्लङ्घन गरेको छ । “कर्मचारीको तलब वृद्धि निर्णयसमेत समितिले बैठकबिना ग¥यो। यस्तो अवस्थामा कसरी सुचारु ढङ्गले काम गर्न सकिन्छ?” उनले प्रश्न गरे।
आन्दोलन स्थलमा पुगेको पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गरेपछि आन्दोलन रोकिएको छ । प्रमुख जिल्ला अधिकारी सुवेदीले विद्यार्थीहरुसग सम्वाद गर्दै समस्या समाधानका लागि क्याम्पस प्रशासन, शिक्षक–कर्मचारी र व्यवस्थापन समितिबीच नियमित छलफल भइरहेको जानकारी बताए ।“दुई दिनभित्र सहमति गराई आइतबार देखि कक्षा सुचारु गराउने प्रयास भइरहेको छ,” सिडिओ सुवेदीले बताए।
हरि खेतान बहुमुखी क्याम्पस वीरगञ्जको सबैभन्दा ठूलो शैक्षिक संस्था हो, जहाँ कक्षा ११, १२, स्नातक, स्नातकोत्तर तहदेखि सम्बन्धित विद्यालयमा माध्यमिक तहसम्म पढाइ हुन्छ। तर पछिल्ला विवादले पाँच हजारभन्दा बढी विद्यार्थीको अध्ययन संकटमा परेको छ।
शिक्षक, कर्मचारी, व्यवस्थापन समिति र क्याम्पस प्रमुखबीचको अविश्वास र राजनीतिक हस्तक्षेपले शैक्षिक वातावरण दिनानुदिन बिग्रँदै गएको छ। विद्यार्थी र अभिभावक दुवै चिन्तित छन् । स्थानीय शिक्षाविद्हरूले चेतावनी दिएका छन्, “यदि तुरुन्तै सहमति र सुधार नआए, यो क्याम्पसको शैक्षिक प्रतिष्ठा नै धराशायी बन्ने खतरा छ।”
जनकपुर — धनुषा जिल्लाको रुपैठा स्थित दुर्गा पूजाको मूर्ति बिसर्जनको क्रममा हिन्दू समुदायमाथि भएको हिन्सात्मक आक्रमणका दोषीलाई कारवाही नगरी उल्टै हिन्दू युवाहरुलाई पक्राउ गरेको घटनाको विरोधमा आज जनकपुरमा धर्ना कार्यक्रम सम्पन्न गरिएको छ।
राष्ट्रिय एकता अभियानको पहलमा जनकपुरको जनक चौकमा आयोजित उक्त धर्ना अभियानका हिन्दुवादी युवा नेता मनीष पुर्वेको नेतृत्वमा सम्पन्न भएको हो। धर्नामा सहभागीहरूले धनुषा प्रहरी प्रशासन विरुद्ध कडा नाराबाजी गर्दै निर्दोष हिन्दू युवाहरूको तत्काल रिहाईको माग गरेका छन्।
अभियानका नेताहरूले भने, “धर्म र संस्कृतिको संरक्षण गर्ने युवामाथि कारवाही गर्नु अन्यायपूर्ण कदम हो। प्रशासनले मूर्ति बिसर्जनका क्रममा आक्रमण गर्ने अपराधीमाथि कारवाही गर्नुपर्नेमा उल्टै पीडित समुदायका युवाहरूमाथि दमन गरेको छ, जुन अस्वीकार्य छ।”
धर्नामा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि, हिन्दू संगठनका कार्यकर्ता र स्थानीय नागरिकहरूको पनि उपस्थिति रहेको थियो। प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि तत्काल कारवाही र गिरफ्तार गरिएका युवाहरूको बिना शर्त रिहाईको माग गरेका छन्। स्थानीय प्रशासनले भने स्थितिलाई नियन्त्रणमा राख्न प्रहरी परिचालन गरिएको जनाएको छ।
वीरगन्ज / मेलामा हत्याको घटनामा संलग्न सबैलाई २४ घन्टा नबित्दै पक्राउ गरिएको पर्सा प्रहरीले दाबी गरेको छ । घटना पछि भारत भाग्न सफल भएका हत्याका मुख्य अभियुक्त लगायत २ जनालाई सिमावर्ती भारतीय प्रहरीको सहयोगमा पर्सा प्रहरीले समातेर ल्याएको छ ।
वीरगन्जको दशैं मेलामा अष्टमीको राति भएको युवकको हत्या ‘खुनी दरिन्दे समुह (ग्याङ्ग)’ ले गरेको पर्सा प्रहरीले बिहिबार खुलासा गरेको छ । वीरगन्जमा लागेको दशैं मेला अष्टमी तिथिको राति अर्थात मंगलबार राति ११.३० बजे बीरगन्जमा दुइ समुह बिच माटपिट भएको थियो ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १० गीतामन्दिर रोडमा भएको दुई समुहबीचको कुटपिटमा एक युवकको मृत्यु भएको थियो । बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ९ स्थायी घर भई हाल वीरगन्ज–१० मा बस्दै आएका २० वर्षीय गोल्डेन भन्ने शीवम कुमार साह कानुको टाउकोमा फाटा प्रहारले मृत्यु भएको सिसिकेमरा देखिए पनि मृत्युको स्पष्ट कारण पोष्टमार्टम रिर्पोट पछि मात्रै खुलासा हुने प्रहरीको भनाइ छ ।
‘खुनी दरिन्दे समुह’ को नामबाट ह्वाट्स अप ग्रुप बनाएका युवाहरुले २० वर्षिय गोल्डेन भन्ने शीवम कुमार साह कानुको हत्या गरेको पर्सा प्रहरीले दाबी छ ।
गोल्डेनको हत्यामा संलग्न मुख्य आारोपित सहित ५ जनालाई प्रहरीले पक्राउ गरिसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
पक्राउ पर्नेहरुमा हत्याका मुख्य आरोपी पर्साको वीरगन्ज महानगरपालिका–.२४ रामगढवाका १९ वर्षीय गौतम पटेल,२० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी पटेल भन्ने करण प्रसाद पटेल, २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा रहेका छन् ।
तीमध्ये ३ जनालााई घटना भएको राति नै प्रहरीले पक्राउ गरेको हो । बाँकी दुई जनालाई भने नेपालबाट भागेर भारत बिहार राज्यको पश्चिमी चम्पारण जिल्लाको बल्थर गाँउमा लुकेर बसेको अवस्थामा बुधबार प्रहरीले पक्राउ गरेको हो ।
उक्त घटनबारे बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजना गरिएकोे पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सुदिप राज पाठकले ‘खुनी दरिन्दे समुह’ को नामबाट ह्वाट्स अप ग्रुप बनाएका युवाहरुको समुहले मृतक गोल्डेनको हत्या गरेको बताउनु भयो । यसअघि पनि यी ग्रुप बिच झगडा भएको र त्यसैकोे रिसबी साँध्न गत मंगलरबार राति कुटपिट गरेर हत्या गरिएको बताउनु भयो ।
दशैंको मेला घुम्न आएका बेला गोल्डेनलाई ‘खुनी दरिन्दे समुह’ ले हातमुक्का र बाँसको भाटासमेतले प्रहार गरेको र त्यसपछि गोल्डेनलाई उपचारका लागि नारायणी अस्पतालमा पुरर्याए लगत्तै चिकित्सकले मृत घोषित गरेको प्रहरी उपरिक्षक पाठकको भनाइ थियो ।
मंगलबार राति घटना भएको खबर पाए लगत्तै आँफु सहित वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक निरोज चौलागाईको नेतृत्त्वमा ३२ जनाको प्रहरी टोली घटनाको अनुसन्धानमा खटेर थियो । अनुशन्धानबाट उक्त घटनामा संलग्न अरु केहि व्यक्तिहरुको पनि पहिचान खुलटीसकेको भन्दै उपरिक्षक पाठकले उनीहरुको खोजी कार्यपनि जारी रहेको बताउनु भयो ।
नेपाल र भारत पुलीसको खोजीमा तिन पाकिस्तानी आंतकी, हप्ताअगाडि वीरगन्जको छपकैया र ठोरी स्थित कस्को घरमा बसेका थिए तिनै आतंवादी ?
वीरगन्ज / नेपाल सीमा हुँदै बिहारमा प्रवेश गरेका तीन जैश–ए–मोहम्मदका आतंककारीको खोजीमा दुबे देशका पुलीस लागी परेका छन । भारतको बिहार राज्यभर उच्च सतर्कता अपनाइएको छ । भारतीय खुफिया सुचनाको आधार दिदै तीन जना पाकिस्तानी मूलका जैश–ए–मोहम्मद संगठनका आतंकवादी नेपालको सीमा हुँदै बिहार प्रवेश गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन्।
जसकारण बिहा राज्यभरि तत्काल हाई अलर्ट जारी गरिएको छ । बिहारको पुलिस मुख्यालयले ती आरोपितहरूको नाम, तस्वीर र पासपोर्ट विवरण सबै जिल्ला पुलिस इकाईहरूलाई उपलब्ध गराएको छ, साथै उनीहरूलाई विशिष्ट रुपमा निगरानीमा राख्न निर्देशन दिएको छ ।
उनीहरूको गिरफ्तारीमा सहयोग पु¥याउने जनतालाई जानकारी उपलब्ध गराउने उद्देश्यले ५०,००० को पुरस्कारको घोषणा गरिएको छ । बिहारमा विधानसभा चुनाव नजिकिँदै जादां आतंवादीहरुको प्रवेशले गर्दा गर्दा सुरक्षा चुनौती थप गहिरिएको छ। खुफिया निकायले दिएको जानकारीअनुसार तीन जना पाकिस्तानी मूलका आतंककारी नेपाल–भारत सीमा हुँदै बिहार प्रवेश गरेका हुन ।
एक हप्ता देखि वीरगन्जको छपकैया र ठोरीमा लुकिछिपि बसेका यी आतंककारीहरू जैश–ए–मोहम्मद संगठनसँग सम्बन्धित भएको पुष्टि भएपछि दुबै देशका प्रहरी खोजीमा लागी परेको बताइन्छ।नेपालतर्फबाट प्रवेशको आशंकामा रक्सौल–नेपाल सीमा नाकामा अतिरिक्त सुरक्षा बल खटाइएको छ। सवारीसाधन तथा यात्रुको कडाइका साथ चेकजाँच भइरहेको छ।
वीरगन्ज सिमानाकाबाट तिनै आतंवादीहरु भारतमा प्रवेश गरेको भारतीय प्रहरीको दावी समेत रहेको छ । मोतिहारीका प्रहरी प्रमुख एसपी स्वर्ण प्रभातले पत्रकार बिहिवार सम्मेलन गर्दै ती आतंककारीहरूको तस्वीर सार्वजनिक गरेका छन् । साथै, उनीहरूलाई देखेमा तुरुन्त प्रहरीलाई जानकारी दिन सर्वसाधारणसँग आग्रह गर्दै सूचना उपलब्ध गराउनेलाई रु. ५० हजारको पुरस्कारको घोषणा समेत गरिएको बताएका छन ।
साथै अन्य सीमावर्ती जिल्लाहरू – सीतामढी, अररिया, सुपौल, मधुबनी र पुर्णियामा पनि सुरक्षा एजेन्सीहरू उच्च सतर्कतामा छन् । बिहारमा आगामी विधानसभा चुनावलाई लक्षित गरेर आतंककारी गतिविधि हुनसक्ने आशंका सुरक्षा निकायहरूले प्रष्ट पारेका छन् । यस्तै समयमा राहुल गान्धीको “मतदाता अधिकार यात्रा” चलिरहेको बेला आतंकवादी गतिविधिबारेको सूचनाले थप हडकम्प मच्चाएको छ।
लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमीद्वारा किड्स डेन्टल क्याम्पको आयोजना
वीरगञ्ज — लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज विजयपथले आज संयुक्त रुपमा बालबालिकाको दन्त स्वास्थ्य सुदृढीकरण र सचेतना अभिवृद्धि गर्ने उद्देश्यले किड्स डेन्टल क्याम्पको आयोजना गरेका छन् ।
वीरगञ्जको अशोक वाटिकामा रहेको वीरगञ्ज मन्टेशरी स्कुलमा आयोजित डेन्टल क्याम्पमा वरिष्ठ दन्त विशेषज्ञ डा. प्रेरणा सिंह परमार र डा. सुरभी सिंहको टोलीले स्कुलका ७० जना बालबालिकाहरुको दन्त परीक्षण तथा आवश्यक परामर्श प्रदान गरेका थिए । साथै दाँत सफा राख्ने सही तरिका, खानपानमा ध्यान दिनुपर्ने बानी र नियमित दन्त परीक्षणको महत्वबारे सचेतनामूलक जानकारी समेत दिइएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एस’ का डिष्ट्रिक्ट गभर्नर एमजेएफ लायन बिनय बस्नेतले बालबालिकाको स्वास्थ्यमा दन्त स्वच्छताको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै यस्ता सेवा–मुखी कार्यक्रमले समुदायमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी र लायन्स क्लब अफ वीरगञ्ज विजयपथले देखाएको सक्रियता र समर्पणको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता स्वास्थ्यमूलक अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
सो अवसरमा क्लबका पदाधिकारीहरूले बालबालिकाको स्वास्थ्य सुधार र उज्ज्वल भविष्यका लागि यस्ता सामाजिक सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमीकी अध्यक्ष लायन पिया सिंहको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एस’ का डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी लायन सार्जन चापागाईं, क्याबिनेट ट्रेजर लायन चन्द्र बहादुर के.सी., डिष्ट्रिक्ट चिफ लायन आशमा सिंह यादव, वीरगञ्ज मन्टेशरी स्कुलकी संचालिका प्रियंका गुप्ता, अभिभावक निभा मिश्रा, क्लबका प्रथम उपाध्यक्ष लायन प्रभात आनन्द सिंह, ट्रेजर प्रसिद्धि आनन्द सिंह लगायत स्कुलका शिक्षिकाहरुको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजीकरण लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एस’ का डिष्ट्रिक्ट डेपुटी चिफ लायन विजय कुशवाहाले गरेका थिए ।
उत्कृष्ट विद्यार्थीलाई साइकल वितरण : मधेश प्रदेशमा शैक्षिक सुधारको साझा प्रतिबद्धता
जनकपुरधाम, मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले खस्किँदो शैक्षिक स्तर सुधार्न विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवालाको संयुक्त प्रयास अपरिहार्य रहेको बताएका छन्।
शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजना र भारतीय महावाणिज्य दूतावास वीरगञ्जको समन्वयमा मंगलबार सम्पन्न कार्यक्रममा एसईई परीक्षा–२०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई साइकल वितरण गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले प्रदेश सरकार शिक्षाको गुणस्तर सुधार गर्न योजनाबद्ध ढंगले अघि बढिरहेको बताए। “राष्ट्रलाई अघि बढाउने जिम्मेवारी भविष्यमा तपाईंहरूको काँधमा आउन सक्छ, त्यसैले शिक्षा प्रति समर्पित हुनुपर्छ,” उनले भने।
धनुषा, महोत्तरी, सर्लाही, सिरहा र सप्तरीका ८८ स्थानीय तहका उत्कृष्ट छात्र–छात्रालाई एक–एक वटा साइकल वितरण गरिएको थियो। नेपाल एसबिआई बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उपलब्ध १५० साइकल विद्यार्थीलाई हस्तान्तरण गरिएको हो।
महावाणिज्यदूत देवी सहाय मीनाले विद्यार्थीलाई बधाई दिँदै भने, “आज साइकल प्राप्त गर्ने हाम्रा होनहार विद्यार्थीहरू न केवल परिवारको गौरव, सम्पूर्ण प्रदेशकै शान हुनुहुन्छ।” उनले भारत सरकार नेपाल सरकारसँगै शिक्षा लगायतका प्राथमिक क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रममा शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले मधेशमा शैक्षिक स्तर सुधार गर्न आफ्नो मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्दै आवश्यक सबै प्रयास भइरहेको जनाइन्।
सो अवसरमा नीति तथा योजना आयोगका सदस्य डा. शीला मिश्रा, जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्द मण्डल, शिक्षा मन्त्रालयका निमित्त सचिव दिलीप ठाकुरलगायतको उपस्थिति थियो।
पाकिस्तानको पांच बिमान खसालेको भारतीय वायुसेना प्रमुख एयर चीफ मार्शल ए.पी. सिंहले गरे खुलासा
भारतीय वायुसेनाका प्रमुख एयर चीफ मार्शल ए.पी. सिंहले खुलासा गरेअनुसार, ‘अपरेसन सिन्धूर’मा भारतको एस–४०० हवाई प्रतिरक्षा प्रणालीले पाँचवटा पाकिस्तानी लडाकु विमान र एउटा एईडब्ल्यू एण्ड सी (AEW&C) वा ईलिन्ट (ELINT) विमान खसालेको छ । उनले यो प्रणालीलाई ‘गेम–चेन्जर’ भन्दै, करिब ३०० किलोमिटर टाढाबाट ठूलो लक्ष्य नष्ट गरिएको दाबी गरे — यसलाई सतहबाट हावामा गरिएको सबैभन्दा लामो दूरीको हत्या (किल) को रूपमा अभिलेख गरिएको छ ।२२ अप्रिल २०२५ मा पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतीय सुरक्षा निकायले ७–१० मेबीच ‘अपरेसन सिन्धूर’ सञ्चालन गरी पाकिस्तान अधिकृत कश्मीर (PoK) र पाकिस्तानभित्रको आतंकवादी पूर्वाधारमा ठोक्किएको थियो । सिंहका अनुसार, एस–४०० को विस्तारित दायराले पाकिस्तान वायुसेनाका लडाकु विमानलाई लामो दूरीका ग्लाइड बमहरू प्रयोग गर्ने बिन्दुसम्म पुग्नै दिएन, जसले उनीहरूलाई स्ट्यान्ड–अफमा रोकियो । यसकै क्रममा ज्याकबाबादस्थित एफ–१६ र भोलेरीमा तैनाथ एक सहयोगी विमान पनि ध्वस्त पारिएको दाबी छ ।
यता इस्लामाबादमा, पाकिस्तानी अधिकारीहरूले ‘विजय उत्सव’का रूपमा प्रेस ब्रिफिङ गर्दै आफ्ना वायु प्रतिरक्षाले ‘भारतीय आक्रमणलाई पराजित’ गरेको दाबी गरे । तर, अन्तर्राष्ट्रिय विश्लेषकहरूले यसलाई खोक्रो प्रदर्शन भनेका छन् । लाहोरस्थित स्वतन्त्र रक्षा विश्लेषक अब्दुल करीम भन्छन्, “यदि उनीहरूले आफैंका एईडब्ल्यू एण्ड सी जस्तो उच्च मूल्यका साधन गुमाएका छन् भने, त्यो विजय होइन, गम्भीर हार हो ।”
सैन्य स्रोतहरूका अनुसार, पाकिस्तानको जेएफ–१७ र एफ–१६ मा प्रयोग हुने मिसाइल प्रणालीहरूको प्रभावकारी दायरा ८०–१०० किलोमिटर मानिन्छ, जसले भारतको ४०० किलोमिटर क्षमतायुक्त एस–४०० सँग प्रतिस्पर्धा गर्न नसक्ने स्पष्ट हुन्छ । लामो दूरीको अवरोधन क्षमताले पाकिस्तानी विमानलाई आकाशमै पहुँच नपाउने गरी रोकिदिन्छ, जसले युद्धको सुरुमा नै वायु वर्चस्व भारततर्फ तानिदिन्छ ।
भारतीय रक्षा मन्त्रालयले यस अपरेसनलाई ‘आतंकवादी संरचनाविरुद्धको लक्षित कारबाही’को रूपमा व्याख्या गर्दै अन्तर्राष्ट्रिय समुदायलाई समर्थनका लागि आग्रह गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयसँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनले ‘अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन’को आरोप मात्र दोहोर्याए ।
सिन्धूरपछि दक्षिण एसियाली आकाशमा शक्ति सन्तुलन फेरिएको सन्देश स्पष्ट छ—तर यो सन्तुलन कति समयसम्म रहन्छ भन्ने प्रश्न भने अझै खुला छ, जसको जवाफ भविष्यका राजनीतिक र सैन्य चालले दिनेछ ।
काठमाडौं, साउन १९ — लायन्स क्लब इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ ‘एस’ को काठमाडौंमा आयोजित प्रथम डिष्ट्रिक्ट क्याबिनेट एवं क्लब अफिसर पदस्थापन समारोहमा लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमीलाई डिष्ट्रिक्ट ३२५ ‘एस’ कै उत्कृष्ट क्लब घोषित गर्दै विशेष सम्मान प्रदान गरिएको छ ।
लायन वर्ष २०२५/२६ को प्रारम्भिक महिनाहरूमा लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमीले उल्लेखनीय सेवाका कार्यहरू, नेतृत्व क्षमताको प्रभावकारी प्रदर्शन तथा सामुदायिक उत्थानमा सक्रिय संलग्नता प्रस्तुत गरेकोले, डिष्ट्रिक्टको मूल्यांकन समितिको सिफारिसका आधारमा डिष्ट्रिक्ट गभर्नर लायन बिनय बस्नेतले लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमीलाई उत्कृष्ट क्लब घोषणा गर्दै सम्मानित गरेका हुन् ।
स्वास्थ्य सेवा, शिक्षा प्रवर्धन, रक्तदान कार्यक्रम, वातावरण संरक्षण तथा युवाहरूमा चेतना अभिवृद्धि जस्ता विविध क्षेत्रमा क्लबले पुर्याएको योगदानले समग्र डिष्ट्रिक्टमा उदाहरणीय प्रभाव पारेको छ ।
क्लबकी अध्यक्ष लायन लायन पिया सिंहले यो सम्मान सम्पूर्ण सेस्मी परिवारको सामुहिक योगदान, प्रतिबद्धता र सेवामा समर्पणको प्रतिफल भएकोले हामी समुदायको सेवामा निरन्तर अग्रसर रहने बताएकी थिइन् ।
त्यसैगरी क्लबकी संस्थापक एवं लायन्स क्लब इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ ‘एस’ की डिष्ट्रिक्ट चिफ लायन आशमा सिंह यादवले यस उपलब्धिले क्लबका सदस्यहरूमा अझ जिम्मेवारीपूर्ण सेवा भाव र नेतृत्व विकासको प्रेरणा थपेको बताएकी थिइन् ।
लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमीले प्रस्तुत गरेको प्रतिबद्धता र सक्रियता अन्य क्लबहरूकालागि समेत प्रेरणाको स्रोत बनेको छ ।
भारतले दिएको थप ३९ करोडको परियोजनामा पोखरियाको विद्यालयका लागि साढे ११ करोड बजेट
काठमाडौं, भारत सरकारको अनुदान सहयोगमा पर्सा र बाराका एक एक सामुदायिक विद्यालयसहित नेपालमा पाँचवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सञ्चालन हुने भएको छ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित यी परियोजनाहरूका लागि काठमाडौंस्थित भारतीय राजदूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित कार्यान्वयन निकायहरूबीच सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको हो।
परियोजनाको कुल लागत ३९ करोड रुपैयाँ रहेको छ। यी परियोजनामार्फत पर्सा, बारा ,धनुषा, अछाम, र मनाङ जिल्लामा विद्यालय तथा अस्पताल भवनको निर्माण गरिनेछ।
३९ करोडको परियोजनमा पर्साको पोखरिया नगरपालिका वडा नम्बर ६ र ७ को साँधमा रहेको मधुवनी पद्म माध्यमिक विद्यालयका लागि ११ करोड ५८ लाख रुपैयाँको बजेट परेको छ । उक्त बजेट विद्यालयको भवन निर्माणका कम्पाउण्ड वाल निर्माण,सौन्दर्यकरण र आवश्यक उपकरण व्यवस्थापनमा खर्च गरिने पोखरिया नगरपालिकाका मेयर प्रदुमन चौहानले जानकारी दिए । यस्तै बाराको प्रसौनी गाउँपालिका–२ मा रहेको बेंगा साह माध्यमिक विद्यालयको नयाँ भवन, छात्रावास र पुस्तकालय निर्माणका लागि पनि ५ करोड ५० लाख रुपैयाँको बजेट परेको छ ।
यसैगरि धनुषाको बटेश्वर गाउँपालिका–३ मा रहेको जनशक्ति माध्यमिक विद्यालय, अछामको मेल्लेख गाउँपालिकामा रहेको बासुकी माध्यमिक विद्यालयको भवन निर्माण हुने छ । यसैगरी मनाङको नासोँ गाउँपालिका–५ मा पाँच शय्याको अस्पताल भवन निर्माण गरिनेछ।
यी सबै परियोजनाहरू नेपाल सरकारका स्थानीय निकाय र सम्बन्धित संस्थाहरूको सहकार्यमा कार्यान्वयन हुनेछन्। परियोजनाहरू सम्पन्न भएपछि ती क्षेत्रमा शिक्षा र स्वास्थ्य सेवामा गुणात्मक सुधार आउने विश्वास गरिएको छ।
भारत सरकारले सन् २००३ यता नेपालमा ५७९ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ। तीमध्ये ४९६ परियोजना सम्पन्न भइसकेका छन् भने बाँकी विभिन्न चरणमा रहेका छन्। यी परियोजनाहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सञ्जाल, सरसफाइजस्ता क्षेत्रमा योगदान पु¥याएका छन्।
