मुलुकमै सर्वाधिक राषि पुरस्कार भएको वीरगन्ज गोल्डकपको उपाधि नेपाल पुलिस क्लब जितेको छ । वीरगन्जमा शनिकार सम्पन्न भएको दोश्रो वीरगञ्ज गोल्डकपको फाइन मैत्रमा प्रथमउपाधी विभागीय टोली नेपाल पुलिस क्लबले हात पारेको हो । फाईनल खेलमा मच्छिन्द्र क्लबलाई पेनाल्टी सुटआउटमा ३–० गोलले पराजित गर्दै यसबर्षको उपाधि उचालेको हो ।
पुलिस क्बल साविक विजेता पनि हो ।गतबर्ष अर्को विभागीय टोली नेपाल आर्मीलाई पेनाल्टीमै २–० गोलले पराजित गरेको थियो । यसपटक पनि पुलिस क्लब उपाधि हात पार्न सफल भएको छ ।
मधेस प्रदेशकै सर्वाधिक राशी पुरस्कार रहेको प्रतियोगितामा विजेताले ११ लाख ११ हजार १११ र उपविजेताले पाँच लाख ५५ हजार ५५५ रुपैंया प्राप्त गर्नेछ । वीरगञ्ज महानगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगितामा एउटा विदेशी र सातवटा स्वदेशी गरी आठवटा टिमको सहभागिता रहेको थियो ।
मधेश प्रदेश
पत्रकार महासंघ र महावाणिज्यदूतावास बीच मैत्रीपूर्ण क्रिकेटको आयोजना,भारती महाबाणिज्यदुतवास ६ बिकेटले बिजयी
वीरगन्जमा पत्रकार र भारतीय महावाणिज्य दुतावास बिच मैत्रीपुर्ण क्रिकेट मैच सम्पन्न भएको छ ।शनिबार वीरगन्जको ज्ञानदा एकेडेमीको क्रिकेट ग्रउन्डमा सम्पन्न भएको नेपाल पत्रकार महासंघ पर्सा र भारतीय महावाणिज्यदूतावास बीचको मैत्रीपूर्ण क्रिकेट खेलमा भारतीय महावाणिज्य दूतावास ६ विकेटले विजयी भएको छ ।
१५ ओभरको खेलमा टस जितेर पहिला व्याटिङ नेपाल पत्रकार महासंघ पर्साको टिमले गरेको थियो ।पहिलो व्याटिङको महासंघको टिम ८ ओभरमा २४ रन बनाएर अलआउट भएको थियो । २५ रनको लक्ष्य लिएर प्रतिउतरमा ओर्लेको भारतीय महावाणिज्य दुतावासको टिम ४बिकेटको क्षतिमा मैच जितेको थियो ।
मैत्रीपुर्ण भएको यो खेलको म्यान अफ द म्याच नेपाल पत्रकार महासंघका खेलाडी सद्दाम हुसैन भएका थिए ।
खेलको अन्तिममा खेलाडिहरुलाई प्रमाण पत्र तथा शिल्ड बितरण गर्दै भारतीय महावाणिज्य दुत देबी सहाय मिनाले खेलको माध्यमबाट पत्रकार र भारतीय महावाणिज्य दूतावासबीचको सम्बन्ध अक्ष सुमधुर हुने बताउनु भयो । यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश खनालले खेल जित्नु र हार्नुभन्दा पनि मैत्रीपुर्ण सम्बन्धलाई निरन्तरता दिन यस्ता मैचहरुलाई आउने समयमा महासंघले निरन्तरता दिराख्ने बताउनु भयो ।
‘नेपाल–भारत’ बिच खानेपानी विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने
नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादवलाई भारतको राजधानी नयाँ दिल्लीमा आज भव्य स्वागत गरिएको छ ।आज शनिबार नेपाली दूतावासमा आयोजित विशेष कार्यक्रममा भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा, भारतीय विदेश मन्त्रालयका नेपाल हेर्ने प्रोटोकल अधिकारी तुसारअंशु शर्मालगायत उच्च अधिकारीहरूले मन्त्री यादवलाई सम्मानपूर्वक स्वागत गर्नु भएको हो ।
मन्त्री यादव नेपाल सरकारको तर्फबाट भारतको जलशक्ति मन्त्रालयमा आयोजना हुने खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न नयाँ दिल्ली पुग्नु भएको हो । उक्त समझदारीपत्र यही फागुन १९ गते सोमबार नेपाल सरकारका तर्फबाट मन्त्री यादव र भारत सरकारका तर्फबाट जलशक्तिमन्त्री सिआर पाटीलले हस्ताक्षर गर्ने कार्यक्रम तय गरिएको छ ।
नेपाल र भारतबीच खानेपानी, सरसफाइ तथा फोहोर व्यवस्थापन जस्ता महत्त्वपूर्ण क्षेत्रमा आपसी सहयोग विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर गरिने भएको छ । यस सम्झौताले नेपालमा खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच विस्तार, सरसफाइ प्रवद्र्धन तथा फोहोर व्यवस्थापनमा ठोस सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, नेपाल सरकारको हालसम्मका प्रयासलाई थप सशक्त बनाउने लक्ष्यसमेत यस सम्झौताले बोकेको छ ।
नेपाल–भारतबीचको आपसी समझदारी र सहकार्यलाई मजबुत बनाउने यो सम्झौता दुवै देशका नागरिकका लागि लाभदायक हुने विश्वास गरिएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खानेपानीमन्त्री यादवको भारत भ्रमण स्वीकृति गरेको थियो । मन्त्री यादव मङ्गलबार स्वदेश फर्किनु हुने कार्यक्रम तय भएको छ ।
भारत सरकारको सहयोगमा बाराको फेटा गाउपालिकामा निर्माण गरिएको बंगरी पुलको उदघाटनको उदघाटन भएको छ । फेटा गाउपालिकाको वार्ड नम्बर १मा रहेको बंगरी नदिको चिलझप्टी घाटमा भारत सरकारको सहयोगमा १ करोड ९६ लाखको लागतमा यो पुल निर्माण भएको हो ।पुल निर्माणले बारा जिल्लाका दक्षिणी भेगको जनातालाई बिरगन्ज आवागमनमा सहजता प्रदान गरेको छ ।
शुक्रबार सडक डिभिजन कार्यालय होटौडाले आयोजना गरेको बंगरी पुल उदघाटन कार्यक्रममा भारतीय महाबाणिज्यदुत देवी सहाय मिना र संघीय सडक सुररिवेक्षण तथा अनुगमन कार्यालय काठमान्डौका सुपरिटेन्डेन्ट इन्जिनियर सुभराज न्यौपानेले पुलको संयुक्त रुपमा उदघाटन गर्नुभएको छ । एक भिडियो रिर्पोट
भारतीय महाबाणिज्यदुत मिनाद्वारा बंगरी पुलको उदघाटन
भारत सरकारको सहयोगमा बाराको फेटा गाउपालिकामा निर्माण गरिएको बंगरी पुलको उदघाटनको उदघाटन भएको छ । फेटा गाउपालिकाको वार्ड नम्बर १मा रहेको बंगरी नदिको चिलझप्टी घाटमा भारत सरकारको सहयोगमा १ करोड ९६ लाखको लागतमा यो पुल निर्माण भएको हो ।
शुक्रबार सडक डिभिजन कार्यालय होटौडाले आयोजना गरेको बंगरी पुल उदघाटन कार्यक्रममा भारतीय महाबाणिज्यदुत देवी सहाय मिना र संघीय सडक सुररिवेक्षण तथा अनुगमन कार्यालय काठमान्डौका सुपरिटेन्डेन्ट इन्जिनियर सुभराज न्यौपानेले पुलको संयुक्त रुपमा उदघाटन गर्नुभएको छ ।
उदघाटन कार्यक्रमका प्रमुख अतिथिको रुपमा आफ्नो मन्तव्य व्यक्तगर्दै भारतीय महावाणिज्यदुत मिनाले नेपाली जनताको जिवन उथ्थानको लागी भारतको सहयोग सदैव जारी रहने प्रतवद्धा व्यक्त गर्नुभयो । उहाले बंगरी पुल परियोजना भारत नेपाल विकास साझदारी अन्तर्गत निर्माण भएको बताउनु भयो ।
मुख्य रुपमा नेपाली जनताको जिवन उथ्थानको लागी सहयोगी हुने विद्यालय र अस्पताल भवन,सडक र पुल लगायत धरातलिय विकास निर्माणलाई सामुदायिक विकास परियोजनाको रुपमा भारतले नेपाललाई गर्दै आएको सहयोग राषी बढाएर २० करोड पुर्याइएको भारतीय महाबाणिज्य दुत मिनाको भनाइ थियो ।
‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गन बंगरी नदिको पुल निर्माणले फेटा गाउपालिका लगायत बारा जिल्लाको दक्षिणी भेगका जनताहरुलाई वीरगन्जको आवागमनको लागी सहज बनाएको स्थानियको भनाइ थियो ।
उदघाटन कार्यक्रममा बोल्दै संघीय सडक विभागका सुपरिटेन्डेन्ट इन्जिनियर सुभराज न्यौपानेले स्थानिय जनताको व्यक्तिगत ,सास्कृतिक,आर्थिक जिवनलाई सहज बनाएको बताउनु भयो । उहाले नेपाल सरकारले भारत सरकारको सहयोगमा धेरै भौतिक पुर्वाधारहरुको विकास गरेकोमा भारतलाई धन्यवाद व्यक्त गर्दै नेपाल भारत बिच रोटी बेटीको सम्बन्ध रहेको बताउनु भयो । इन्जिनियर न्यौपानेले नेपाल भारत बिचको सम्बन्ध आफैमा अनौठो रहको बताउदै भौगोलिक रुपले नेपाल भारत दुइ मुलुक भएपनि धार्मिक,सांस्कृतिक एक भएकोले मेलामा ५०लाख भन्दा बढी नेपालीले धार्मिक स्नान र पुजापाठ बताउनु भयो ।
सन् २००३ देखि भारतले नेपालमा ५६३ भन्दा बढी सामुदायिक विकास परियोजनाहरु (एकआईसिडिपि) शुरू गरेको छ ।नेपालको सातै प्रदेशमा जनताको आधारपुत आवश्यकतालाई पुरागर्ने खालका स्वास्थ्य, शिक्षा,खानेपानि,केनेक्टिभिटि, स्वच्छता लगायत सार्वजनिक उपयोगिताहरुको क्षेत्रमा ४९३ परियोजनाहरु सम्पन्न गरेको छ ।जसमध्ये ,भारत सरकारले भारतीय महावाणिज्य दूतावास, बीरगंजको कार्यक्षेत्रमा रहको ७४ वटा परियोजनालाई स्किृति दिएको छ ।त्यसमध्ये ५६ वटा परियोजना पुरा भएको जनाइको छ ।
यसका साथै भारत सरकारले महावाणिज्य दूतावासले विभिन्न संघ संस्थनहरुलाई १९७ एम्बुलेंस र ३८ स्कूल बस उपहार दिएको छ ।जसमध्ये भारत सरकारले बारा जिल्लाको विभिन्न अस्पतालों, स्वास्थ्य चौकियहरु र शैक्षणिक संस्थानहरुलाई १३ वटा एम्बुलेंस र चार स्कूल बस उपहार दिएको छ ।
मधेसीलाई अपहेलीत गरेको भन्दै बिरगन्जमा चिनको बिरोध
बिरगन्जमा चिनीया दुतावासको बिरोधमा प्रदर्शन भएको छ ।मधेसीलाई अपहेलीत गरेको भन्दै चिनीया दुतावासको बिरोध प्रदर्शन भएको हो ।बीरगंजमा चिनियाँ सहयोगको नाममा पुरानो र कमसल साइकल वितरण गरिएको भन्दै राष्ट्रिय विद्यार्थी परिषद्ले विद्यालयमा बिरतरण गरिएको चाइनिज साइकल जलाएको छ ।
शनिबार वीरगन्जको प्रतिमा चौकमा चिनीया दुतावासको बिरोधमा प्रदर्शन गर्दै बिद्यार्थीहरुले चाइनिज साइकल जलाएका छन् । प्रदर्शनकारीहरूले “चीनको चलाखी अब चल्दैन ,मधेसीलाई अपहेलीत गर्न पाइदैन, मधेसलाई सम्मान चाहिन्छ, “पुरानो साइकल, नयाँ धोका हो, चीन अब हामीलाई मूर्ख नबनाउ!“ जस्ता नाराहरू लगाउँदै चिनको विरोध गरेका छन ।
विद्यार्थी परिषद्का नेताहरूले चीनले सहयोगको रुपमा मधेस र मधेसीलाई अपमानित गर्न पुरानो र कमसल साइकल बितरण गरेको अरोप लगाएका छन । बिरोध प्ररदर्शनमा आएका एक विद्यार्थी नेताले भने, “हामीलाई झूटो, पुरानो दान होइन, सफा नियत चाहिन्छ ,मधेसमा चिनको औपनिविसिकरण चल्दैन , चीनमा फालिएको साइकल मधेसलाई दिएर सहयोग दिएको हो कि बेइज्जत गरेको हो ?“
प्रदर्शनकारी विद्यार्थीहरूले चिनियाँ हस्तक्षेप अस्वीकार्य भएको भन्दै मधेसलाई दानको नाममा फालिएको सामान होइन, सम्मान चाहिएको स्पष्ट पारे । आक्रोशित प्रदर्शनकारीहरूले विरगन्जको नरसिम्ह माध्यमिक बिद्यालयमा चिनिया कन्सुलरले एक महिना पहिला वितरण गरेका कमसल चाइनिज साइकलमध्ये केही प्रदर्शन स्थलमै जलाएका थिए ।
प्रदर्शनमाको क्रममा स्थानीय बासिन्दा समेतको सहभागी भएका जनाइएको छ ।उनीहरूले चिनियाँ सरकारको ‘सहयोग’को नाममा फालिएका सामग्री पठाउने प्रवृत्ति मधेस विरोधी भएको आरोप लगाए ।यदि यस्ता अपमानजनक गतिविधिहरू दोहोरियो भने कडा चिनको बिरोधमा अझ शसक्त आन्दोलन गर्ने चेतावनी समेत दिएका थिए ।
चिनिया दुतावासको कन्सुलरले एक महिना अगाडि वीरगन्जमा बिरतण गरेका साइकल पुरानो भएको स्थानिय बिद्यार्थीहरुले खुलासा गरेका थिए । चिनको सिएफआरडिले बिद्यालयको छात्राहरुलाई बितरण गरेको साइकल पुरानो र कमसल भएको आरोप वीरगन्जका बालिकाहरुको रहेको छ । एक महिना अगाडि मधेसको एकमात्र महानगरपालिकाको रुपमा रहेको वीरगन्ज महानगरपालिकामा सिएफआरडिको माध्यमबाट चाइनिज साइकल बितरण गरिएको थियो ।
वीरगन्ज महानगरपालिकाको समन्वयमा वीरगन्ज महानगरपालिका वार्ड नम्बर १५ स्थित श्री नरसिंह माध्यमिक विद्यालयमा एक कार्यक्रम गरि चाइना फाउन्डेशन फर रुरल डेभलपमेन्टको नेपाल कार्यालयले त्यस बिद्यालयमा अध्यनरत छात्राहरुलाई साइकल बितरण गरेको थियो ।
विद्यालयमा आयोजित साइकल बितरण कार्यक्रममा चाइनिज दुतावासका कन्सुर वांग सिनको विशेष उपस्थिती र दुइ सय साइकल बितरण गरिएको थियो ।
सन २०२२मै नेपालमा साइकल बितरण गर्ने चिनको योजना रहेको थियो । जसले गर्दा साइकल पुरानै समयमा आयात भएको कारण साइकलहरुमा खिया परेको बिद्यालयका एक शिक्षकको भनाइ थियो । ’
मुख्य रुपमा मिधेस प्रदेशमा सक्रियता बढाउन चाइना दुतावास केहि समय यता आफ्नो सक्रिय बढाएको छ । जस अन्र्तगत विभिन्न व्यापारको वहाना र मधेसी जनताको समाजिक तथा शैक्षिक उथ्थानका लागी विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई स्कुल बैग शिक्षण सामग्रीं देखि साइकल विरतण कार्यक्रलमा तिब्रता दिइएको छ । मधेस प्रदेश सरकारले विगतमा चलाइएको साइकल बितरण कार्यक्रमको लोकप्रियतालाई मध्यनजर गर्दै चाइना दुतावासले पनि यो प्रदेशको बालबालिकलाई साइकल बिरतण कार्यक्रम सुरु गरेको बताइन्छ । तर सुरुमै बितरण गरिएको साइलकल पुराना र कमसल भएको आरोप लागेपछि उसका पछिला साइकल बितरण कार्यक्रमहरु ओझेलमा परेका छन ।
विश्लेषकहरू भन्छन्, “चीनले रणनीतिक रूपमा नेपालमा प्रभाव बढाउन सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको छ। तर, यदि यी कार्यक्रमहरू सम्मानजनक र वास्तविक विकासका लागि नभए, यसले उल्टै चीनविरोधी भावना बढाउनेछ।“
स्थानीय विद्यार्थी समूहहरूले चिनियाँ सहयोगलाई “फेक डोनेसन“ भन्दै यसको कडा विरोध गरेका छन्। उनीहरूले मधेसलाई वास्तविक विकास चाहिएको बताउँदै सरकारलाई पनि “विदेशी हस्तक्षेपको चासोभन्दा नागरिकको सम्मान र आवश्यकतामा ध्यान दिन“ आग्रह गरेका छन्।
एक भिडियो सहित
प्रकृति लम्सालको नाममा कालिंगा विश्वविद्यालयले छात्रवृत्ति स्थापना गर्ने
काठमाडौं, ८ फागुन । भारतको उडिसाको भुननेश्वरस्थित कालिंगा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआइआइटी) ले दिवंगत नेपाली छात्रा प्रकृति लम्सालको नाममा छात्रवृत्ति स्थापना गर्ने घोषणा गरेको छ । विश्वविद्यालयमा मृत भेटिएकी लम्सालको नाममा नेपाली विद्यार्थीका लागि विशेष छात्रवृत्ति दिइने विज्ञप्तिमार्फत् जानकारी दिइएको हो ।
विश्वविद्यालयका संस्थापक प्राध्यापक अच्युता सामन्तले उनको सम्मान र सम्झनामा विशेष छात्रवृत्ति दिने घोषणा गरेका हुन् । सामन्तले प्रकृतिको मृत्युका सम्बन्धमा नेपालका परराष्ट्रमन्त्री आरजु देउवा र गृहमन्त्री रमेश लेखकसँग फोनमा कुराकानी गरेको र नेपाली दूतावासका काउन्सलरसँग पनि भेटेर घटनाबारे विश्वविद्यालयबाट चालिएको कदमबारे जानकारी गराएको उल्लेख छ । सामन्तले परिवारका सदस्यसँग पनि भेटघाट गरेका छन् ।
यसैगरी, प्रकृति लम्सालको बुधबार नै रुपन्देहीस्थित स्वर्गद्वारी घाटमा अन्त्येष्टि गरिएको छ । उनको न्यायका लागि अखिल भारतीय विद्यार्थी परिषद् एबीभीपीले दबाबमूलयक प्रदर्शन गर्दै आएको छ ।
भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजीको होस्टलमा नेपाली छात्रा प्रकृति लम्साल आइतबार मृत भेटिएपछि भारत र नेपालमा प्रदर्शन भएका छन् । उडिसा प्रहरीले आरोपीलाई पक्राउ गरी कारबाही बढाएको छ । साभार नेपाली पेन डटकम

विद्यार्थीलाई फर्किआउन उडिसा सरकारको आग्रह,न्याय दिलाउने मुख्यमन्त्री मांझीको प्रतिवद्धता
भारतका उडिसा राज्यका मुख्मन्त्री मोहन चरण माझीले नेपाली बिद्यार्थीलाई युनिभर्सिट फर्किआउन आग्रह गनुभएको छ ।बुधबार एक प्रेसविज्ञप्ति जारी गर्दै मुख्यमन्त्री माझीले नेपाली बिद्यार्थीलाई न्याय दिलाउन उडिसा सरकार प्रतिवद्ध रहेको जनाइएको छ ।
किट्स युनिभर्सिटिको अवस्था समान्य गर्दै सवै नेपाली बिद्यार्थीको सुरक्षा र अध्यन अध्यापन सुनिश्चित गर्ने उडिसा मुख्यमन्त्रीद्धारा प्रतिवद्धता व्यक्त गरिएको छ ।
साथै प्रकृति लम्साललाई न्याय दिलाउनुका साथै नेपाली विद्यार्थीहरुलाई फर्काउने प्रयासमा ओडिसा सरकारले हेल्पडेस्क स्थापना गरेको छ । ओडिशा सरकारको उच्च शिक्षा विभागले भुवनेश्वर स्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) २४ सै घण्टा सञ्चालन हुने हेल्प डेस्क गठन गरेको हो ।
सरकारले उक्त घटनापछि प्रभावित विद्यार्थीहरूको सुरक्षा, शीघ्र पुनरागमन र शैक्षिक चासोलाई सुरक्षित गर्न विशेष पहल स्वरूप यो हेल्प डेस्क स्थापना गरेको जनाएको छ ।
हेल्प डेस्कको नेतृत्व निर्देशक काली प्रसन्न महापात्रले गरेका छन् । उनलाई उपनिर्देशक डा. रजत मनसिंहले सहयोग गर्ने छन् । उनीहरु मातहत ९ जना कर्मचारीहरूलाई चौबीसै घण्टा हेल्पडेस्कमा खटाइएको छ ।
यो हेल्प डेस्कमार्फत विद्यार्थीहरूले आफ्नो समस्या समाधानका लागि सहज रूपमा सम्पर्क गर्न सक्ने बताइएको छ । त्यसका लागि हेल्प डेस्कमा ह्वाट्सएप नम्बर र चारवटा ल्याण्डलाइन टेलिफोन नम्बर उपलब्ध गराइएको छ ।
ओडिसा सरकारले प्रभावित विद्यार्थीहरू र अभिभावकहरूलाई शीघ्र संस्थामा फर्कन तथा पढाइ पुनः सुरु गर्न हेल्प डेस्कमार्फत सम्पर्क गर्न आग्रह गरेको छ ।
‘उक्त हेल्प डेस्क तत्काल प्रभावकारी रूपमा लागू हुने छ,’ ओडिसा सरकारका विशेष सचिवले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘विद्यार्थीहरूलाई शीघ्र पुनरागमनमा सहायता पु¥याउने तथा व्यक्तिगत कल्याणसँग सम्बन्धित कुनै पनि समस्या समाधान गर्न यो हेल्प डेस्कले सक्रिय रूपमा काम गर्ने छ ।’
ओडिसाको राजधानी भुवनेश्वरस्थित केआईआईटी विश्वविद्यालयको कलेजमा बी–टेक अध्ययन गरिरहेकी प्रकृति गत आइतबार होस्टलको कोठामा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । उनको शव बुधबार राति रुपन्देहीको सिद्धार्थनगरस्थित स्वर्गद्वारीघाटमा अन्त्येष्टि गरिएको छ ।
भारतको ओडिसा राज्यको भुवनेश्वरमा रहेको केआईआईटीले नेपाली विद्यार्थीलाई छात्रावासमा बस्न दिने भएको छ । भारतको नयाँदिल्लीस्थित नेपाली दूतावासले गरेको ताकेता र छलफलपछि यस्तो निर्णय भएको दूतावासले जनाएको छ ।
केआईआईटीका रजिस्टार र अरु सरोकारवालासँगको छलफलपछि यस्तो जानकारी पाइएको बताइएको छ । भारतको केन्द्र सरकार र ओडिसाको मुख्यमन्त्री कार्यालयसँग सम्पर्क भैरहेको र आवश्यक सहयोग भएको पनि दूतावासले जानकारी दिएको छ ।
आइतबार मृत भेटिएकी नेपाली छात्रा प्रकृति लम्सालको घटनाको छानबिनमा केआईआईटीले जोड दिएको दूतावासले उल्लेख गरेको छ । लम्सालको घटनाको विरोधमा नेपाली विद्यार्थीले सोमबार प्रदर्शन गरेपछि केआईआईटीका अधिकारीले सबै नेपालीलाई अलग हुन र छात्रावास छोड्न उर्दी जारी गरेको थियो ।
दुई महिला शिक्षकले नेपालको बजेटभन्दा धेरै केआईआईटीको खर्च हुने भन्दै धम्काएको भिडिओ पनि सार्वजनिक भएको थियो ।
यता किट विश्वबिद्यालयले एक अपिल सार्वजनिक गदैृ नेपाली बिद्यार्थीहरुको छात्रावास वस्ने व्यवास्था देखि अध्यनअध्यापनको सवै व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ ।

बारा । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ( फोनिज ) मधेश प्रदेशको साधारण सभा बाराको कोल्हवीमा हुने भएको छ । फोजिज मधेस प्रदेशले फागुन १७ गते साधारण सभा गर्ने भएको हो ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्यमा साधारणसभा गर्ने फोनिज मधेश प्रदेशका महासचिव बृजमान तमाङले बताए ।
उक्त साधारणसभाबाट फोनिज मधेश प्रदेशले स्थापना गरेको प्रदेश स्तरीय २ वटा पत्रकारीता पुरस्कार समेत घोषणा गर्ने महासचिव तामाङले जानकारी दिए । पुरस्कार घोषणासंगै ४ जना सक्रिय पत्रकारलाई नगद दश हजार राशीसहित पुरस्कृत गरिने उनले बताए ।
फोनिज मधेस प्रदेशले क्रिएटिभ कृयाशील पत्रकारीता पुरस्कार तथा देवनारायण गनिया स्मृती पत्रकारीता पुरस्कार स्थापना गरेको फोनिज मधेश प्रदेशका अध्यक्ष दुष्यन्त चौधरीले बताए । क्रिएटिभ कृयाशील पत्रकारीता पुरस्कारबाट २ जना कृयाशील पत्रकारलाई नगद जनही १० हजार राशीबाट पुरस्कृत गरीने छ । त्यसैगरी देवनारायण गनिया स्मृती पत्रकारीता पुरस्कारबाट २ जना जनजाती पत्रकारलाई जनही नगद १० हजार राशीको पुरस्कार प्रदान गरिने छ । फोनिज मधेश प्रदेशले प्रत्येक वर्ष ४ जना पत्रकारलाई पुरस्कार दिने फोनिज मधेश प्रदेशका अध्यक्ष चौधरीले जानकारी दिए ।
यसैगरी प्रदेश अध्यक्ष चौधरीको संयोजकत्वमा महासचिव तामाङ र कोषाध्यक्ष ज्वोती लामा रहेको ३ सदस्यीय पुरस्कार छनौट समिती गठन गरिएको छ ।
बाराको कोल्हवी नगरपालिका वडा नम्बर १० बेल्वा निवासी कमल बाबु चौधरी संचालन गरेका क्रिएटिभ वल्ड डिजिटल प्रा.लि. कम्पनीका नाममा क्रिएटिभ कृयाशील पत्रकारीता पुरस्कार प्रदान गरिने छ । चौधरी पछिलो समय सामाजसेवीसँगै कुशल व्यवसायीको रुपमा समेत परिचित रहेको छ । त्यसैगरी देवनारायण गनिया स्मृती पत्रकारीका पुरस्कारको संरक्षक बाराको करैयामाई गाउँपालिका वडा नम्बर ८ का किशोरी प्रसाद चौधरी तथा महेन्द्र प्रसाद चौधरी रहेका छन् ।
दुबैजना चौधरी दाजुभाई हुन् । जोठो किशोरी प्रसाद चौधरी सरकारी वकिलबाट अवकास प्राप्त व्यक्ति हुन् । भने कान्छो महेन्द्र प्रसाद चौधरी कृषि वरिष्ठ अधिकृतबाट अवकास प्राप्त कुशल राष्ट्र सेवक कर्मचारी हुन् ।
दुबै दाजुभाईले आफ्नो बाबु तथा आमाको नाममा करोडौ मूल्य पर्ने १५ कठ्ठा जग्गा दान गरी विद्यालय स्थापना गरेका छन् । तिनै दुई दाजुभाईले आफ्नो आमा र बुवाको नाममा पत्रकारीता पुरस्कार दिने घोषणा गरेका हुन् । फोनिज मधेश प्रदेशका अध्यक्ष चौधरीले पुरस्कार दिने दाताहरुलाई धन्यवाद दिदै पत्रकारिताको विकासमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।
