काठमाडौं, भारत सरकारको अनुदान सहयोगमा पर्सा र बाराका एक एक सामुदायिक विद्यालयसहित नेपालमा पाँचवटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू सञ्चालन हुने भएको छ।
शिक्षा र स्वास्थ्य क्षेत्रमा केन्द्रित यी परियोजनाहरूका लागि काठमाडौंस्थित भारतीय राजदूतावास, नेपाल सरकारको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित कार्यान्वयन निकायहरूबीच सोमबार समझदारी पत्रमा हस्ताक्षर भएको हो।
परियोजनाको कुल लागत ३९ करोड रुपैयाँ रहेको छ। यी परियोजनामार्फत पर्सा, बारा ,धनुषा, अछाम, र मनाङ जिल्लामा विद्यालय तथा अस्पताल भवनको निर्माण गरिनेछ।
३९ करोडको परियोजनमा पर्साको पोखरिया नगरपालिका वडा नम्बर ६ र ७ को साँधमा रहेको मधुवनी पद्म माध्यमिक विद्यालयका लागि ११ करोड ५८ लाख रुपैयाँको बजेट परेको छ । उक्त बजेट विद्यालयको भवन निर्माणका कम्पाउण्ड वाल निर्माण,सौन्दर्यकरण र आवश्यक उपकरण व्यवस्थापनमा खर्च गरिने पोखरिया नगरपालिकाका मेयर प्रदुमन चौहानले जानकारी दिए । यस्तै बाराको प्रसौनी गाउँपालिका–२ मा रहेको बेंगा साह माध्यमिक विद्यालयको नयाँ भवन, छात्रावास र पुस्तकालय निर्माणका लागि पनि ५ करोड ५० लाख रुपैयाँको बजेट परेको छ ।
यसैगरि धनुषाको बटेश्वर गाउँपालिका–३ मा रहेको जनशक्ति माध्यमिक विद्यालय, अछामको मेल्लेख गाउँपालिकामा रहेको बासुकी माध्यमिक विद्यालयको भवन निर्माण हुने छ । यसैगरी मनाङको नासोँ गाउँपालिका–५ मा पाँच शय्याको अस्पताल भवन निर्माण गरिनेछ।
यी सबै परियोजनाहरू नेपाल सरकारका स्थानीय निकाय र सम्बन्धित संस्थाहरूको सहकार्यमा कार्यान्वयन हुनेछन्। परियोजनाहरू सम्पन्न भएपछि ती क्षेत्रमा शिक्षा र स्वास्थ्य सेवामा गुणात्मक सुधार आउने विश्वास गरिएको छ।
भारत सरकारले सन् २००३ यता नेपालमा ५७९ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेको छ। तीमध्ये ४९६ परियोजना सम्पन्न भइसकेका छन् भने बाँकी विभिन्न चरणमा रहेका छन्। यी परियोजनाहरूले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सञ्जाल, सरसफाइजस्ता क्षेत्रमा योगदान पु¥याएका छन्।

मानव सभ्यताको इतिहाससँगै जोडिएको योग आज विश्वभर फैलिएको एक समग्र स्वास्थ्य विज्ञान हो । शारीरिक, मानसिक, भावनात्मक र आत्मिक सन्तुलन कायम राख्ने माध्यमका रूपमा विकसित भएको योगले आजको व्यस्त जीवनशैलीमा अमूल्य योगदान दिएको छ ।






