वीरगञ्जको मर्निगवाक पछि पुर्वप्रधानमन्त्री प्रचन्डको बब्लु टिमा चिया चुस्की,हेर्नुहोस यो भिडियो
Video
स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा नेपाली कांग्रेस पर्सा नेतृत्व नै विभाजित भएपछि ठाकुरराम क्याम्पसमा नेपाल विद्यार्थी संघको दुई खेमा मैदानमा उत्रेका छन् । ठाकुरराम क्याम्पसको स्ववियु चुनावमा नेविसंघको विवाद चुलिदै गएपछि नेपाली कांग्रेस पर्साका नेताहरु दुई खेमामा देखिएका छन् ।
नेविसंघको विवाद चुलिदै गएपछि ठाकुरराम क्याम्पसको चुनावमा दुई गुट बनाएर उम्मेदवारी दिएको जय समूहलाई कांग्रेसका नेताहरु पनि विभाजित भएर समर्थन गरेका छन् । स्ववियु सभापतिमा उम्मेदवारी दिएका नेविसंघका राजु गुप्ताको समूहलाई कांग्रेस नेता राजेन्द्र बहादुर अमात्यसहित सस्थापनपक्षका दिग्गज कांगे्रसी नेताहरुले समर्थन गरेका छन् ।भिडियो रिर्पोटमा हेर्नुहोस
भारत सरकारको सहयोगमा बाराको फेटा गाउपालिकामा निर्माण गरिएको बंगरी पुलको उदघाटनको उदघाटन भएको छ । फेटा गाउपालिकाको वार्ड नम्बर १मा रहेको बंगरी नदिको चिलझप्टी घाटमा भारत सरकारको सहयोगमा १ करोड ९६ लाखको लागतमा यो पुल निर्माण भएको हो ।पुल निर्माणले बारा जिल्लाका दक्षिणी भेगको जनातालाई बिरगन्ज आवागमनमा सहजता प्रदान गरेको छ ।
शुक्रबार सडक डिभिजन कार्यालय होटौडाले आयोजना गरेको बंगरी पुल उदघाटन कार्यक्रममा भारतीय महाबाणिज्यदुत देवी सहाय मिना र संघीय सडक सुररिवेक्षण तथा अनुगमन कार्यालय काठमान्डौका सुपरिटेन्डेन्ट इन्जिनियर सुभराज न्यौपानेले पुलको संयुक्त रुपमा उदघाटन गर्नुभएको छ । एक भिडियो रिर्पोट
मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप फुटेपछि विशेष अदालतमा चलिरहेको मुद्दाको सुनुवाइ नै रोकिएको छ । अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार अदालत परिसरमा बाढी पसेपछि सबै काम ठप्प भएको हो ।
‘अहिले बिजुली पनि छै । अदालतको भुइँतला सबै डुबेको छ,’ उनले अनलाइनखबरसँग भने । उनका अनुसार सबै कर्मचारी र सेवाग्राही अदालत परिसरभित्रै रोकिएका छन् ।
‘हामी सबै अदालतभित्रै छौं,’ उनले भने, ‘पानी पसेपछि चलिरहेको सुनुवाइ पनि स्थगित गरेका हौं ।’ उनीहरूलाई सुरक्षार्थ खटिएका प्रहरीको टोलीले उद्धार गरिरहेको छ ।
बुधबार दिउँसो मेलम्चीको मुख्य पानीको पाइप एकाएक भित्र छिरेपछि अहिले त्यहाँ वरपर जलमग्न भएको छ ।
ठमेल बचाऊ अभियान : चिनियाँ हस्तक्षेपविरुद्ध राष्ट्रिय एकता अभियानको रैली
काठमाडौं — राष्ट्रिय एकता अभियान, काठमाडौंले ठमेल बचाउन तथा चिनियाँ व्यापारिक अतिक्रमण रोक्न आज विशाल रैलीको आयोजना गरेको छ। “स्थानीय व्यापार जोगाऔं, चिनियाँ औपनिवेशिकरण रोकौं!” भन्ने नाराका साथ निकालिएको यो विरोध र्यालीमा स्थानीय व्यापारीहरूको व्यापक सहभागिता देखिएको थियो।
राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवको नेतृत्वमा भएको र्यालीमा सहभागीहरूले “ठमेलमा जबरजस्ती तिब्बतीकरण बन्द गर!”, “स्थानीय व्यापार जोगाऊ, विदेशी चलखेल हटाऊ!”, “चिनियाँ प्रभुत्व चाहिँदैन, हाम्रो ठमेल जोगाउनै पर्छ!”, “ठमेल हाम्रो, व्यापार पनि हाम्रो!”, “ठमेलको मौलिकता मेट्न पाइँदैन, नेपाली पहिचान जोगाउनै पर्छ!”, “स्थानीय उद्यमीलाई संरक्षण देऊ, विदेशी हस्तक्षेप बन्द गर!”, “ठमेललाई व्यापारिक उपनिवेश बनाउन पाइँदैन!”, “ठमेलका व्यापारीहरूलाई विस्थापित हुन दिनुहुँदैन!”, “ठमेललाई संरक्षण गर, नेपाली पहिचान धराशायी हुन नदेऊ!” जस्ता नारा लगाउँदै विरोध जनाए।
रैलीमा अभियानका केन्द्रीय सचिवालय प्रमुख चन्द्र यदुवंशी, केन्द्रीय सदस्य मनीष पुर्वे लगायत ठमेलका सयौं स्थानीय व्यापारी सहभागी थिए। रैली समापन गर्दै अध्यक्ष यादवले ठमेल काठमाडौंको प्रमुख पर्यटकीय व्यापारिक केन्द्र भए पनि स्थानीय व्यापारीहरूले व्यवसाय गर्ने वातावरण दिनुपर्नेमा उल्टै चिनियाँ प्रभाव बढ्दै गएको बताए। उनले ठमेलको तिब्बतीकरण तीव्र रूपमा भइरहेको र यसलाई रोकिएन भने स्थानीय व्यवसायीहरू विस्थापित हुनुपर्ने अवस्था आउने चेतावनी दिए।
उनले ठमेलको मौलिक पहिचान संरक्षण गर्न चीनको व्यापारिक दादागिरी रोक्नुपर्ने र विदेशी प्रभावका कारण नेपाली पहिचानलाई मेट्न नदिने संकल्प व्यक्त गरे। उनका अनुसार सरकारले समयमै हस्तक्षेप नगरे ठमेलको मूल व्यवसायीहरू पलायन हुने खतरा बढ्दै गएको छ।
यसअघि पनि राष्ट्रिय एकता अभियानले चीनको नेपालमा बढ्दो व्यापारिक अतिक्रमण तथा सीमा मिचाइको विरोध गर्दै आएका छन्। ठमेल क्षेत्रका स्थानीय व्यवसायीहरूले पनि चिनियाँ व्यवसायीहरूकै प्रभावले नेपाली उद्यमीहरू विस्थापित भइरहेका भन्दै सरकारलाई कडा कदम चाल्न आह्वान गरेका छन्।
प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो, तर सहभागीहरूले सरकारलाई स्पष्ट सन्देश दिँदै चिनियाँ प्रभुत्व अन्त्य नभएसम्म संघर्ष जारी राख्ने प्रतिबद्धता जनाएका छन्।
देुख्दा सुन्दा आश्चर्य लाग्न सक्छ,आधा किलोमिटरमा आधा दर्जना भन्दा बढी चेकजाँच तर पनि खुलेआम तस्करी । यस्तो अजब गजबको चेकजाँच आर्थिक महानगरी वीरगन्जमा हुने गरेको छ । मुलुककै आर्थिक राजधानीको रुपमा रहेको बीरगञ्जको शंकराचार्य गेट क्षेत्रमा कडा चेकजाँच हुने गरेको छ । भारतबाट नेपाल प्रवेश गर्दा आधा किलोमिटरमा आधा दर्जन भन्दा बढी ठाउमा चेकजाँच हुने गरेको छ ।यति कडा चेकजाँच हुदा पनि यस क्षेत्रबाट नुन देखि सुनसम्मको तस्करी कायमनै छ ।भारतको रक्सौलबाट नेपाल आउदा नोमेन्सलेन्ड कटने बितिकै सशस्त्र प्रहरीको चेकजाँच त्यसपछि इनर्वा प्रहरी चौकि अगाडि जनपथको चेकजाँच,भन्सार कार्यालयमा भन्सारको जाचकि त्यससंगै सशस्त्रको चेकजाँच अनि रजत चौकिमा जनपथ प्रहरीले नियमित चेकजाँच हुन्छ ।त्यस अलावा समय समयमा ट्राफिक प्रहरी र घुमुवाहरुको छडके हुने गरेको छ ।
