पत्रकार महासंघ पर्साले ज्ञापन पत्र बुझाए पछि, प्रजिअको भनाइ भिडियोमा ।
आर्थिकद्वार/बिरगञ्ज
महानगरपालिकामा तेल घोटाला भएको खुलासा,कार्यकारी अधिकृत कर्णले सरसफाई अधिकृत सरफुदिन मियासंग सोधे स्पष्टिकरण
भ्रष्ट्राचार र अनियमितताको आख्डा बन्दै गएको वीरगन्ज महानगरपालिकामा पुन अर्को घोटाला भएको खुलासा भएको छ । महानगरपालिकाको
फोहरमैला व्यवस्थापन तथा सरसफाई महाशाखामा तेल घोटाला भएको आरोप लागेको हो । माहानगरपालिकाले चलाएको लामखुट्टे मार्ने अभियानमा माहाशाखा प्रमुख सरफुदिन मियाले तेल घोटाला गरेको आरोप लागेको हो ।
केहि हप्ता अगाडि वीरगन्ज महानगरपालिकाले नगरप्रमुख राजेश मानसिहंबाट लामखुट्टे मार्न औषधी छर्ने अभियानको उदघाटन गरेको थियो । जसअनुसार महानगरपालिकाको ३२ बटा वडाका लागि लामखुट्टेमार्न औषधी छर्ने जिम्मेवारी सरसफाई प्रमुख सरफुदिन मियालाई दिइएको थियो । महानगरपालिकाले मंगाएको नया गाडि तथा विभिन्न व्यक्तिहरुद्धारा लामखुट्टे मार्न औषधी छर्ने अभियानको जिम्मेवारी मियाले पाएका थिए ।
सोहि अभियानमा अन्तर्गत लाग्ने मट्टितेल भण्डारण गरेको स्टोरबाट तेल चोरी गर्न खोजिए आरोपमा सरसफाई अधिकृत सरफुदिन मिया माथि लागेको छ ।वीरगन्ज महानगरपालिकाले मियालाई तेल चोरी गर्ने बिषयमा शुक्रबार स्पष्टिकरण सोधीएको एक अधिकृतले बताए । ‘महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार कर्णले मियालाई तेल घोटालामा तपाईलाई कार्यवाहि किन नगरिने ? भन्दै शुक्रबार स्पष्टिकरण सोध्नु भएको हो ’उनले भने,‘मियाले बुझेका छन कि छैनन थाहा भएन’।
लामखुट्टे मार्ने अभियानको लागी २ सय लिटर तेल पहिला नै उपलब्ध गराइएको थियो । तर, सो तेल सकिएको भन्दै अधिकृत मिया पुन ः कुपन मांग गरेपछि प्रमुख प्रशासकीय अधिकृत कर्ण अबेर राति ८ सरसफाई महाशाखाको स्टोरमा छड्के निरीक्षण गरेपछि ८० लिटर मट्टितेल फेला परेको बताइन्छ ।
निरीक्षण अघि मियाले प्रमुख प्रशासकीय अधिकृत सहितको टोलिलाइृ सबै तेल सकेर ग्यालेन खाली छ भनेर जानकारी गराएका थिए ।स्टोरमा तेल पाइए पछि स्टोरमा भएको तेल उनले व्यक्तिगत रुपमा घोटाला वा चोरी गर्नखोजेको आरोप लागेको छ ।
तेल भेटेपछि स्टोरमा अर्को ताल्चा लगाउदै तपाईलाई तेल हिनामिना तथा चोरी गरेको अरोपमा कार्यवाहि किन नगर्ने भनेर स्पष्टिकरण सोधिएको महानगरपालिकाले जनाएको छ ।
यसबारेमा सरफाई अधिकृत सरफुदिन मियासंग सोध्दा आफुले कुनै तेल घोटाला नगरेको बताउदै प्रमुख प्रशासकीय अधिकृतबाट सोधिएको स्पष्टिकरणबारे आफुलाई कुनै जानकारी नभएको बताए । उनले लामखुट्टे मार्ने औषधी छर्न केमिकलमा मिसाउन र गाडी सञ्चालन गर्न तेल आवश्यक पर्ने भएकाले माग गरेको बताए ।
वीरगन्ज महानगरपालिकामा यसअघि पनि पटक पटक तेलघोटाला हुने गरेको आरोप लाग्ने गरेको छ । प्रमुख प्रशासकीय अधिकृत कर्णले महानगरमा अनुशासन कायम राख्न अनियमिततामा संलग्न कसैलाई नछाड्ने बताउदैँ आएका छन् ।
काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा सहभागी भएको भन्दै १०६ जनालाई पक्राउ गरेको छ।
शुक्रबार दुर्गा प्रसाईंको नेतृत्वमा भएको उक्त प्रदर्शनमा तोडफोड, लुटपाट, आगजनी र हत्या समेत भएको भन्दै प्रहरीले यसमा संलग्न भएकाहरूको खोजी गरी अनुसन्धान अघि बढाएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौं, मातहतका वृत्तहरू, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र अन्य प्रहरी कार्यालयका प्रहरी परिचालन भएर एक सय भन्दा बढीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार पक्राउ गर्नेहरूको वर्गीकरण गर्ने काम भइरहेको छ।
रवीन्द्र मिश्र, धवल शमशेर राणा, स्वागत नेपाल लगायतका केही व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो। शनिबार ललितपुरबाट प्रहरीले धर्मगुरू पुष्कर खतिवडालाई पक्राउ गरेको हो।
त्यसबाहेक यस घटनामा संलग्न व्यक्तिहरूलाई रातभरिमा खोजी गरिएको हो।
‘राति १० बजेतिरसम्म ५० जना जति पक्राउ परेका थिए। फेरि रातभरिमा विभिन्न ठाउँमा खोजी गरी थप व्यक्तिहरू समाएका हौं,’ एसपी बोहराले भने, ‘अब ती व्यक्तिहरूलाई स्क्रिनिङ गर्छौं।’
उनका अनुसार अहिले पक्राउ परेका व्यक्तिहरू सिसिटिभी फुटेज, भिडिओ, फोटो लगायतमा देखिएकाहरू हुन्।
‘सामाजिक सञ्जालमा आएका फोटो/भिडिओहरूलाई आधार बनाएर पनि खोजी भइरहेको छ। हामी अहिले पनि फिल्डमै खोजिरहेका छौं। कतिपय मानिसहरू घरबाट भागिसकेकाहरू पनि छन्,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने।
उनीहरूको पनि संलग्नताबारे अनुसन्धान भइरहेको हो। को माथि कुन कस्तो खाले मुद्दा चलाउने भन्ने विषयमा पनि छलफल हुने उनको भनाइ थियो।
भाटभटेनी सुपरमार्केटमा पनि लुटपाट भएको थियो। उक्त लुटपाटमा संलग्न केही व्यक्तिहरू पनि रहेको एसपी बोहराले बताए।
‘त्यहाँको सिसिटिभी फुटेजमा पनि प्रष्टसँग देखिएको छ। त्यहाँ महिला र बच्चाहरू समेतको संलग्नता देखिन्छ। हामी यसमा हेर्दैछौं,’ उनले भने, ‘थप अनुसन्धानको काम भइरहेको छ।’
प्रहरीले फरार भएका दुर्गा प्रसाईंको पनि खोजी गरिरहेको छ। तर उनी अझै फेला पर्न सकेका छैनन्। उनी फोन अफ गरेर सम्पर्कविहीन भएका हुन्।
वीरगंजको ड्राइपोर्टदेखि बगही जोड्ने सडकमा कल्भर्ट निर्माणको काम सुरु भएको छ । कल्भर्ट नहुँदा आउजाउमा समस्या भएको स्थानीयको गुनासोपछि महानगरपालिकाले उक्त सडकमा कल्भर्ट निर्माणको काम सुरु गरेको हो । ग्रामिण क्षेत्रका वासिन्दालाई आउजाउमा सहज होस भनेर कल्भर्ट निर्माणको काम अघि बढाएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताउनुभयो । कल्भर्ट निर्माणको आज एक कार्यक्रमका बीच महानगर प्रमुख सिंहले शिलान्यास गर्नुभयो ।
३३ लाखको बजेटमा एक महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जानकारी दिनुभयो ।
कार्यक्रममा महानगरपालिकाका योजना प्रमुख अवधेश कुशवाहा, प्राविधिक सल्लाहकार प्रकाश अमात्य, स्थानीय युवा, बुद्धिजीवीको उपस्थिति रहेको थियो ।
सर्वाेच्च अदालतले फागुन २८ गते वीरगञ्जको मुख्य सडक (मेन रोड) विस्तारको पक्षमा फैसला गरेपछि वीरगञ्ज महानगरपालिकाले मंगलबार सडक क्षेत्रमा पर्ने सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरूसँग बैठक आयोजना गरेको छ ।
सो बैठकमा सडक क्षेत्राधिकार (दायाँ/बायाँ २५/२५ मिटर) भित्र पर्ने आफ्ना संरचना तत्काल हटाउने प्रतिबद्धता सरकारी कार्यालयका प्रमुखहरूले व्यक्त गरेका छन् ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले सर्वाेच्च अदालतको आदेशअनुसार सडक विस्तार कार्यलाई सडक डिभिजन कार्यालयको पहलमा सहकार्य गर्दै अघि बढाउने बताए । उनले पहिलो चरणमै सरकारी कार्यालयहरूले आफ्ना संरचना हटाइदिए सर्वोच्चको फैसला कार्यान्वयनमा सहज हुने बताए ।
सो बैठकमा सडक सीमा निर्धारण, संरचना हटाउने प्रक्रिया, सार्वजनिक सेवा प्रवाहमा अवरोध हुन नदिनुपर्ने तथा अन्य प्राविधिक पक्षबारे छलफल भएको थियो । विभिन्न सरकारी कार्यालयहरूले सडक विस्तार कार्यलाई सहज बनाउन आवश्यक सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बैठकमा सहभागी नेपाल टेलिकमका प्रतिनिधि राम प्रसाद शर्माले टेलिकमका संवेदनशील उपकरण तथा नेटवर्किङ तार व्यवस्थापनका लागि केही समय लाग्ने बताए । उनले सेवाग्राहीलाई समस्या नहुने गरी आफ्नो संस्थाले आवश्यक व्यवस्थापन गर्ने जानकारी दिए । त्यस्तै, नेपाल विद्युत् प्राधिकरणले सडक विस्तार कार्यलाई सहजीकरण गर्न पोल स्थानान्तरण गर्ने जनाएको छ ।
खानेपानी कार्यालयले पनि पाइपलाइन व्यवस्थापनका लागि प्राविधिक तथा भौतिक सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । सडक सीमा निर्धारण यस अघि भइसकेको भए पनि केही स्थानमा संकेत चिन्हहरु मेटिइसकेकाले चिन्ह लगाउने काम सडक डिभिजन कार्यालय हेटौँडाको नेतृत्वमा नापी र मालपोत कार्यालयले एक हप्ता भित्र गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले अति संवेदनशील कार्यालय बाहेक अन्य कार्यालयले तत्कालै स्वः स्फूर्त रुपमा सडक सीमा भित्र पर्ने आफ्ना संरचना स्थानान्तरण गरी बाटो विस्तारमा सहयोग गर्ने, संरचना हटाउँदा सडक क्षेत्र बाहेकको सेड व्याकको क्षेत्र समेत खाली गराउन लगाउने, सडक सीमा भित्र रहेका संरचना स्थानान्तरण गर्दा सार्वजनिक सेवा अवरुद्ध नहुने गरी गर्नका लागि सम्बन्धित कार्यालयहरुले आ–आफ्ना तालुक कार्यालयहरुसँग आवश्यक समन्वय गर्ने निर्णय भएको सडक डिभिजन कार्यालय हेटौँडाका प्रमुख गुरु प्रसाद अधिकारीवले बताए ।
वीरगञ्ज महानगरपालिकाको नेतृत्वमा भएको बैठकमा मालपोत कार्यालय पर्साका प्रमुख अशोक कुमार भट्टराई, नापी कार्यालयका प्रमुख दिपक कुमार सिंह, नेपाल बैंक सिटी अफिस वीरगंजकी संगीता पोखरेल, कोष तथा लेखा नियन्त्रक कार्यालयका वसन्त गुरागाईं लगायत सडक क्षेत्रमा पर्ने विभिन्न कार्यालयका प्रमुखहरूको उपस्थिति थियो ।
बैठकको संयोजन महानपरापलिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले गरेका थिए । त्रिभुवन राजपथअन्तर्गत वीरगञ्जको गण्डक चोकदेखि मितेरी पुलसम्मको सडक विस्तारको प्रक्रिया तीन दशकदेखि अवरुद्ध हुँदै आएको थियो ।
२०६९ सालमा सरकारले सडक क्षेत्रभित्रका संरचना हटाउन सूचना जारी गरेपछि प्रभावित घरधनीहरूले कानुनी उपचार खोजेका थिए । २०७६ सालमा लक्ष्मण साह रौनियार, वीरेन्द्रकुमार संघाई, राजकुमारीदेवी तुल्स्यान, भरतसाह रौनियार र सुधीरकुमार वर्णवाललगायतले सडक विभागको निर्णयविरुद्ध सर्वाेच्च अदालतमा रिट दायर गरेका थिए । उनीहरूले सडक विस्तार खारेज गर्नुपर्ने, मुआब्जा दिनुपर्ने र वैकल्पिक मार्ग प्रयोग गर्नुपर्ने माग राखेका थिए ।
२७ औँ पटकसम्म सुनुवाइ पछि फागुन २८ गते न्यायाधीशद्वय विनोद शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले रिट खारेज गर्दै सरकारको पक्षमा फैसला सुनाएको हो । नेपाल सरकारको तर्फबाट नायब महान्यायाधिवक्ता सञ्जीवबहादुर श्रेष्ठ तथा वीरगंज महानगरपालिकाको तर्फबाट अधिवक्ताहरू ईश्वर बराल, सुरेश पोखरेल र धनबहादुर थापाले बहस गरेका थिए । विपक्षीको तर्फबाट वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, श्याम खरेल, शम्भु थापालगायत १० जनाले प्रतिरक्षा गरेका थिए ।
पत्रकार महासंघ र महावाणिज्यदूतावास बीच मैत्रीपूर्ण क्रिकेटको आयोजना,भारती महाबाणिज्यदुतवास ६ बिकेटले बिजयी
वीरगन्जमा पत्रकार र भारतीय महावाणिज्य दुतावास बिच मैत्रीपुर्ण क्रिकेट मैच सम्पन्न भएको छ ।शनिबार वीरगन्जको ज्ञानदा एकेडेमीको क्रिकेट ग्रउन्डमा सम्पन्न भएको नेपाल पत्रकार महासंघ पर्सा र भारतीय महावाणिज्यदूतावास बीचको मैत्रीपूर्ण क्रिकेट खेलमा भारतीय महावाणिज्य दूतावास ६ विकेटले विजयी भएको छ ।
१५ ओभरको खेलमा टस जितेर पहिला व्याटिङ नेपाल पत्रकार महासंघ पर्साको टिमले गरेको थियो ।पहिलो व्याटिङको महासंघको टिम ८ ओभरमा २४ रन बनाएर अलआउट भएको थियो । २५ रनको लक्ष्य लिएर प्रतिउतरमा ओर्लेको भारतीय महावाणिज्य दुतावासको टिम ४बिकेटको क्षतिमा मैच जितेको थियो ।
मैत्रीपुर्ण भएको यो खेलको म्यान अफ द म्याच नेपाल पत्रकार महासंघका खेलाडी सद्दाम हुसैन भएका थिए ।
खेलको अन्तिममा खेलाडिहरुलाई प्रमाण पत्र तथा शिल्ड बितरण गर्दै भारतीय महावाणिज्य दुत देबी सहाय मिनाले खेलको माध्यमबाट पत्रकार र भारतीय महावाणिज्य दूतावासबीचको सम्बन्ध अक्ष सुमधुर हुने बताउनु भयो । यस्तै नेपाल पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश खनालले खेल जित्नु र हार्नुभन्दा पनि मैत्रीपुर्ण सम्बन्धलाई निरन्तरता दिन यस्ता मैचहरुलाई आउने समयमा महासंघले निरन्तरता दिराख्ने बताउनु भयो ।
‘नेपाल–भारत’ बिच खानेपानी विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने
नेपाल सरकारका खानेपानीमन्त्री प्रदीप यादवलाई भारतको राजधानी नयाँ दिल्लीमा आज भव्य स्वागत गरिएको छ ।आज शनिबार नेपाली दूतावासमा आयोजित विशेष कार्यक्रममा भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मा, भारतीय विदेश मन्त्रालयका नेपाल हेर्ने प्रोटोकल अधिकारी तुसारअंशु शर्मालगायत उच्च अधिकारीहरूले मन्त्री यादवलाई सम्मानपूर्वक स्वागत गर्नु भएको हो ।
मन्त्री यादव नेपाल सरकारको तर्फबाट भारतको जलशक्ति मन्त्रालयमा आयोजना हुने खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्न नयाँ दिल्ली पुग्नु भएको हो । उक्त समझदारीपत्र यही फागुन १९ गते सोमबार नेपाल सरकारका तर्फबाट मन्त्री यादव र भारत सरकारका तर्फबाट जलशक्तिमन्त्री सिआर पाटीलले हस्ताक्षर गर्ने कार्यक्रम तय गरिएको छ ।
नेपाल र भारतबीच खानेपानी, सरसफाइ तथा फोहोर व्यवस्थापन जस्ता महत्त्वपूर्ण क्षेत्रमा आपसी सहयोग विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर गरिने भएको छ । यस सम्झौताले नेपालमा खानेपानीको स्रोतको विकास, स्वच्छ पानीको पहुँच विस्तार, सरसफाइ प्रवद्र्धन तथा फोहोर व्यवस्थापनमा ठोस सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, नेपाल सरकारको हालसम्मका प्रयासलाई थप सशक्त बनाउने लक्ष्यसमेत यस सम्झौताले बोकेको छ ।
नेपाल–भारतबीचको आपसी समझदारी र सहकार्यलाई मजबुत बनाउने यो सम्झौता दुवै देशका नागरिकका लागि लाभदायक हुने विश्वास गरिएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खानेपानीमन्त्री यादवको भारत भ्रमण स्वीकृति गरेको थियो । मन्त्री यादव मङ्गलबार स्वदेश फर्किनु हुने कार्यक्रम तय भएको छ ।
भारत सरकारको सहयोगमा बाराको फेटा गाउपालिकामा निर्माण गरिएको बंगरी पुलको उदघाटनको उदघाटन भएको छ । फेटा गाउपालिकाको वार्ड नम्बर १मा रहेको बंगरी नदिको चिलझप्टी घाटमा भारत सरकारको सहयोगमा १ करोड ९६ लाखको लागतमा यो पुल निर्माण भएको हो ।पुल निर्माणले बारा जिल्लाका दक्षिणी भेगको जनातालाई बिरगन्ज आवागमनमा सहजता प्रदान गरेको छ ।
शुक्रबार सडक डिभिजन कार्यालय होटौडाले आयोजना गरेको बंगरी पुल उदघाटन कार्यक्रममा भारतीय महाबाणिज्यदुत देवी सहाय मिना र संघीय सडक सुररिवेक्षण तथा अनुगमन कार्यालय काठमान्डौका सुपरिटेन्डेन्ट इन्जिनियर सुभराज न्यौपानेले पुलको संयुक्त रुपमा उदघाटन गर्नुभएको छ । एक भिडियो रिर्पोट
