सरोज यादवले नेपाल भारत बिचको सम्बन्ध खराब गर्न खोजेको निर्बतमान मुख्यमन्त्री जितेन्द्र सोनलको आरोप । तथाकथित मुख्यमन्त्रीले तथ्यहिन ,अधारहिन र भ्रामक कुरा गरेका छन ।उनले क्षेत्राअधिकार वाहिर गएर बोलेको त्यसलाई प्रमाणित गर्न सोनलको चुनौति ।मुख्यमन्त्री यादवले भारतसंग बिद्यमान रहेको र्साकृतिक,धार्मिक, एैतिहासकि खलबल्याउन खोजेको हो । हेर्नुहोस यो भिडियो…….
मुख्य समाचार
हरि खेतान क्याम्पसमा शिक्षा संकट ः विद्यार्थी सडकमा, शिक्षक–कर्मचारी तालाबन्दीमा
वीरगञ्ज-वीरगञ्जमा नामचलेको शैक्षिक संस्थाको रुपमा रहेको हरि खेतान बहुमुखी क्याम्पस अवस्था लथालिगं हुदै गएको छ । क्याम्पस संचालक समिति,क्याम्पस प्रमुख र शिक्षक तथा कर्मचारीहरुको त्रिकोणात्मक स्वार्थले गर्दा क्यम्पसको अवस्था खराब भएको बिद्यार्थीहरुको आरोप रहेको छ । क्याम्पसको अध्यन अध्यापन एक्कासी ठप्प बनेपछि बिद्यार्थीहरु आन्दोलन गर्न बाध्य भएका छन । कक्षा सञ्चालन नहुँदा आक्रोशित विद्यार्थीले बुधबार बिहान क्याम्पसको मुख्य गेट अगाडी सडकमा धर्ना दिदै प्रशासनविरुद्ध चर्को नाराबाजी गरेका छन् ।
प्लस २ देखि स्नातक तहसम्मका विद्यार्थीले “पढाइ चाहियो, राजनीति होइन” भन्ने नारा लगाउदै केहि समयको लागी सडम समेत अवरुद्ध पारेका थिए । उनीहरूका अनुसार, क्याम्पस प्रमुख, शिक्षक–कर्मचारी र व्यवस्थापन समितिबीचको लामो विवादका कारण साउन महिना देखि नियमित पठन पाठन हुन सकेको छैन ।
“मंगलबार मात्रै संचालनमा आएको क्याम्पस पुन बन्द हुनले आफुहरु बिच्चलीमा परेको बिद्यार्थीहरुले आक्रोस व्यक्त गरे । हिजो मात्र खुल्यो आज फेरि बन्द भएपछि हामी आन्दोलनमा उत्रन बाध्य भयौं,” स्नातक तहका विद्यार्थी मनोज कुमार यादवले बताउदै भने, वार्षिक शैक्षिक क्यालेन्डर नै कार्यान्वयन भएको छैन,हाम्रो भविष्यसँग खेलबाड भइरहेको छ ।
मङ्गलवार देखि शिक्षक र कर्मचारी क्याम्पस प्रशासनविरुद्ध तालाबन्दी गर्दै अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् । उनीहरूले क्याम्पस प्रमुख किशोरी राय यादवले मनोमानी, गैरजिम्मेवार व्यवहार गर्दै कर्मचारीको हक–हितको कुरालाई बेवास्ता गरेको आरोप लगाएका छन्।
कर्मचारी युनियनका अध्यक्ष विनोद यादवले माग सम्बोधनका लागि असोज २० गतेसम्मको अल्टिमेटम दिए पनि क्याम्पस प्रमुखले बेवास्ता गरेपछि आफुहरु तालाबन्दी गर्न बाध्य भएको बताए । “हाम्रो संघर्ष व्यवस्थापनको परिवर्तन होइन, सुधारका लागि हो , तर प्रमुख यादवले बारम्बार हठी व्यवहार देखाएकोले यो अवस्था उत्पन्न भएको हो,” यादवले भने ।
क्याम्पस प्रमुख किशोरी राय यादवले कर्मचारीको आरोप निराधार रहेको बताउदै क्याम्पस व्यवस्थापन समितिले आफुलाई असहयोग गरेको गुनासो व्यक्त गरे ।
“मे नियुक्त भएदेखि नै आर्थिक–प्रशासनिक नियमावली बनाउन खोजेँ, तर समितिले सहयोग गरेन, उल्टै नियम विपरीत निर्णयहरू गर्न खोज्छ,” प्रमुख यादवले सुनाए ।
यादवका अनुसार, समितिले अवकाशप्राप्त व्यक्तिलाई हरि खेतानमा उपप्रधानाध्यापक नियुक्त गरेर नियम उल्लङ्घन गरेको छ । “कर्मचारीको तलब वृद्धि निर्णयसमेत समितिले बैठकबिना ग¥यो। यस्तो अवस्थामा कसरी सुचारु ढङ्गले काम गर्न सकिन्छ?” उनले प्रश्न गरे।
आन्दोलन स्थलमा पुगेको पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गरेपछि आन्दोलन रोकिएको छ । प्रमुख जिल्ला अधिकारी सुवेदीले विद्यार्थीहरुसग सम्वाद गर्दै समस्या समाधानका लागि क्याम्पस प्रशासन, शिक्षक–कर्मचारी र व्यवस्थापन समितिबीच नियमित छलफल भइरहेको जानकारी बताए ।“दुई दिनभित्र सहमति गराई आइतबार देखि कक्षा सुचारु गराउने प्रयास भइरहेको छ,” सिडिओ सुवेदीले बताए।
हरि खेतान बहुमुखी क्याम्पस वीरगञ्जको सबैभन्दा ठूलो शैक्षिक संस्था हो, जहाँ कक्षा ११, १२, स्नातक, स्नातकोत्तर तहदेखि सम्बन्धित विद्यालयमा माध्यमिक तहसम्म पढाइ हुन्छ। तर पछिल्ला विवादले पाँच हजारभन्दा बढी विद्यार्थीको अध्ययन संकटमा परेको छ।
शिक्षक, कर्मचारी, व्यवस्थापन समिति र क्याम्पस प्रमुखबीचको अविश्वास र राजनीतिक हस्तक्षेपले शैक्षिक वातावरण दिनानुदिन बिग्रँदै गएको छ। विद्यार्थी र अभिभावक दुवै चिन्तित छन् । स्थानीय शिक्षाविद्हरूले चेतावनी दिएका छन्, “यदि तुरुन्तै सहमति र सुधार नआए, यो क्याम्पसको शैक्षिक प्रतिष्ठा नै धराशायी बन्ने खतरा छ।”
वीरगन्ज / मेलामा हत्याको घटनामा संलग्न सबैलाई २४ घन्टा नबित्दै पक्राउ गरिएको पर्सा प्रहरीले दाबी गरेको छ । घटना पछि भारत भाग्न सफल भएका हत्याका मुख्य अभियुक्त लगायत २ जनालाई सिमावर्ती भारतीय प्रहरीको सहयोगमा पर्सा प्रहरीले समातेर ल्याएको छ ।
वीरगन्जको दशैं मेलामा अष्टमीको राति भएको युवकको हत्या ‘खुनी दरिन्दे समुह (ग्याङ्ग)’ ले गरेको पर्सा प्रहरीले बिहिबार खुलासा गरेको छ । वीरगन्जमा लागेको दशैं मेला अष्टमी तिथिको राति अर्थात मंगलबार राति ११.३० बजे बीरगन्जमा दुइ समुह बिच माटपिट भएको थियो ।
वीरगन्ज महानगरपालिका वडा नम्बर १० गीतामन्दिर रोडमा भएको दुई समुहबीचको कुटपिटमा एक युवकको मृत्यु भएको थियो । बाराको परवानीपुर गाँउपालिका वडा नम्बर ९ स्थायी घर भई हाल वीरगन्ज–१० मा बस्दै आएका २० वर्षीय गोल्डेन भन्ने शीवम कुमार साह कानुको टाउकोमा फाटा प्रहारले मृत्यु भएको सिसिकेमरा देखिए पनि मृत्युको स्पष्ट कारण पोष्टमार्टम रिर्पोट पछि मात्रै खुलासा हुने प्रहरीको भनाइ छ ।
‘खुनी दरिन्दे समुह’ को नामबाट ह्वाट्स अप ग्रुप बनाएका युवाहरुले २० वर्षिय गोल्डेन भन्ने शीवम कुमार साह कानुको हत्या गरेको पर्सा प्रहरीले दाबी छ ।
गोल्डेनको हत्यामा संलग्न मुख्य आारोपित सहित ५ जनालाई प्रहरीले पक्राउ गरिसकेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
पक्राउ पर्नेहरुमा हत्याका मुख्य आरोपी पर्साको वीरगन्ज महानगरपालिका–.२४ रामगढवाका १९ वर्षीय गौतम पटेल,२० वर्षीय सुभांकर चौरसिया, २२ वर्षीय अमिरी पटेल भन्ने करण प्रसाद पटेल, २४ वर्षीय चन्दन चौरसिया र १९ वर्षीय अमन पटवा रहेका छन् ।
तीमध्ये ३ जनालााई घटना भएको राति नै प्रहरीले पक्राउ गरेको हो । बाँकी दुई जनालाई भने नेपालबाट भागेर भारत बिहार राज्यको पश्चिमी चम्पारण जिल्लाको बल्थर गाँउमा लुकेर बसेको अवस्थामा बुधबार प्रहरीले पक्राउ गरेको हो ।
उक्त घटनबारे बिहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजना गरिएकोे पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सुदिप राज पाठकले ‘खुनी दरिन्दे समुह’ को नामबाट ह्वाट्स अप ग्रुप बनाएका युवाहरुको समुहले मृतक गोल्डेनको हत्या गरेको बताउनु भयो । यसअघि पनि यी ग्रुप बिच झगडा भएको र त्यसैकोे रिसबी साँध्न गत मंगलरबार राति कुटपिट गरेर हत्या गरिएको बताउनु भयो ।
दशैंको मेला घुम्न आएका बेला गोल्डेनलाई ‘खुनी दरिन्दे समुह’ ले हातमुक्का र बाँसको भाटासमेतले प्रहार गरेको र त्यसपछि गोल्डेनलाई उपचारका लागि नारायणी अस्पतालमा पुरर्याए लगत्तै चिकित्सकले मृत घोषित गरेको प्रहरी उपरिक्षक पाठकको भनाइ थियो ।
मंगलबार राति घटना भएको खबर पाए लगत्तै आँफु सहित वडा प्रहरी कार्यालय विर्ताबाट प्रहरी निरीक्षक निरोज चौलागाईको नेतृत्त्वमा ३२ जनाको प्रहरी टोली घटनाको अनुसन्धानमा खटेर थियो । अनुशन्धानबाट उक्त घटनामा संलग्न अरु केहि व्यक्तिहरुको पनि पहिचान खुलटीसकेको भन्दै उपरिक्षक पाठकले उनीहरुको खोजी कार्यपनि जारी रहेको बताउनु भयो ।
नेपाल र भारत पुलीसको खोजीमा तिन पाकिस्तानी आंतकी, हप्ताअगाडि वीरगन्जको छपकैया र ठोरी स्थित कस्को घरमा बसेका थिए तिनै आतंवादी ?
वीरगन्ज / नेपाल सीमा हुँदै बिहारमा प्रवेश गरेका तीन जैश–ए–मोहम्मदका आतंककारीको खोजीमा दुबे देशका पुलीस लागी परेका छन । भारतको बिहार राज्यभर उच्च सतर्कता अपनाइएको छ । भारतीय खुफिया सुचनाको आधार दिदै तीन जना पाकिस्तानी मूलका जैश–ए–मोहम्मद संगठनका आतंकवादी नेपालको सीमा हुँदै बिहार प्रवेश गरेको भारतीय संचार माध्यमहरुले जनाएका छन्।
जसकारण बिहा राज्यभरि तत्काल हाई अलर्ट जारी गरिएको छ । बिहारको पुलिस मुख्यालयले ती आरोपितहरूको नाम, तस्वीर र पासपोर्ट विवरण सबै जिल्ला पुलिस इकाईहरूलाई उपलब्ध गराएको छ, साथै उनीहरूलाई विशिष्ट रुपमा निगरानीमा राख्न निर्देशन दिएको छ ।
उनीहरूको गिरफ्तारीमा सहयोग पु¥याउने जनतालाई जानकारी उपलब्ध गराउने उद्देश्यले ५०,००० को पुरस्कारको घोषणा गरिएको छ । बिहारमा विधानसभा चुनाव नजिकिँदै जादां आतंवादीहरुको प्रवेशले गर्दा गर्दा सुरक्षा चुनौती थप गहिरिएको छ। खुफिया निकायले दिएको जानकारीअनुसार तीन जना पाकिस्तानी मूलका आतंककारी नेपाल–भारत सीमा हुँदै बिहार प्रवेश गरेका हुन ।
एक हप्ता देखि वीरगन्जको छपकैया र ठोरीमा लुकिछिपि बसेका यी आतंककारीहरू जैश–ए–मोहम्मद संगठनसँग सम्बन्धित भएको पुष्टि भएपछि दुबै देशका प्रहरी खोजीमा लागी परेको बताइन्छ।नेपालतर्फबाट प्रवेशको आशंकामा रक्सौल–नेपाल सीमा नाकामा अतिरिक्त सुरक्षा बल खटाइएको छ। सवारीसाधन तथा यात्रुको कडाइका साथ चेकजाँच भइरहेको छ।
वीरगन्ज सिमानाकाबाट तिनै आतंवादीहरु भारतमा प्रवेश गरेको भारतीय प्रहरीको दावी समेत रहेको छ । मोतिहारीका प्रहरी प्रमुख एसपी स्वर्ण प्रभातले पत्रकार बिहिवार सम्मेलन गर्दै ती आतंककारीहरूको तस्वीर सार्वजनिक गरेका छन् । साथै, उनीहरूलाई देखेमा तुरुन्त प्रहरीलाई जानकारी दिन सर्वसाधारणसँग आग्रह गर्दै सूचना उपलब्ध गराउनेलाई रु. ५० हजारको पुरस्कारको घोषणा समेत गरिएको बताएका छन ।
साथै अन्य सीमावर्ती जिल्लाहरू – सीतामढी, अररिया, सुपौल, मधुबनी र पुर्णियामा पनि सुरक्षा एजेन्सीहरू उच्च सतर्कतामा छन् । बिहारमा आगामी विधानसभा चुनावलाई लक्षित गरेर आतंककारी गतिविधि हुनसक्ने आशंका सुरक्षा निकायहरूले प्रष्ट पारेका छन् । यस्तै समयमा राहुल गान्धीको “मतदाता अधिकार यात्रा” चलिरहेको बेला आतंकवादी गतिविधिबारेको सूचनाले थप हडकम्प मच्चाएको छ।
उत्कृष्ट विद्यार्थीलाई साइकल वितरण : मधेश प्रदेशमा शैक्षिक सुधारको साझा प्रतिबद्धता
जनकपुरधाम, मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले खस्किँदो शैक्षिक स्तर सुधार्न विद्यार्थी, शिक्षक, अभिभावक र सरोकारवालाको संयुक्त प्रयास अपरिहार्य रहेको बताएका छन्।
शिक्षा तथा संस्कृति मन्त्रालयको आयोजना र भारतीय महावाणिज्य दूतावास वीरगञ्जको समन्वयमा मंगलबार सम्पन्न कार्यक्रममा एसईई परीक्षा–२०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई साइकल वितरण गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले प्रदेश सरकार शिक्षाको गुणस्तर सुधार गर्न योजनाबद्ध ढंगले अघि बढिरहेको बताए। “राष्ट्रलाई अघि बढाउने जिम्मेवारी भविष्यमा तपाईंहरूको काँधमा आउन सक्छ, त्यसैले शिक्षा प्रति समर्पित हुनुपर्छ,” उनले भने।
धनुषा, महोत्तरी, सर्लाही, सिरहा र सप्तरीका ८८ स्थानीय तहका उत्कृष्ट छात्र–छात्रालाई एक–एक वटा साइकल वितरण गरिएको थियो। नेपाल एसबिआई बैंक लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उपलब्ध १५० साइकल विद्यार्थीलाई हस्तान्तरण गरिएको हो।
महावाणिज्यदूत देवी सहाय मीनाले विद्यार्थीलाई बधाई दिँदै भने, “आज साइकल प्राप्त गर्ने हाम्रा होनहार विद्यार्थीहरू न केवल परिवारको गौरव, सम्पूर्ण प्रदेशकै शान हुनुहुन्छ।” उनले भारत सरकार नेपाल सरकारसँगै शिक्षा लगायतका प्राथमिक क्षेत्रमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे।
कार्यक्रममा शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले मधेशमा शैक्षिक स्तर सुधार गर्न आफ्नो मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गर्दै आवश्यक सबै प्रयास भइरहेको जनाइन्।
सो अवसरमा नीति तथा योजना आयोगका सदस्य डा. शीला मिश्रा, जिल्ला समन्वय समिति धनुषाका प्रमुख राजनन्द मण्डल, शिक्षा मन्त्रालयका निमित्त सचिव दिलीप ठाकुरलगायतको उपस्थिति थियो।
वीरगञ्ज -भारतको ७९औँ स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा बुधबार भारतीय कला संस्कृति झल्किने ‘कथाकली’ नृत्य प्रस्तुत गरिएको छ । भारतको महावाणिज्य दूतावास वीरगञ्जको आयोजनामा बुधबार बेलुका वीरगञ्जको टाउनहलमा यो नृत्य प्रस्तुत गरिएको छ । भारतको केरला राज्यमा निकै प्रख्यात मानिएको महाभारतको कथामा आधारित कथाकली नृत्य केरलाबाट आएका नौ जना कलाकारले प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धबारे चर्चा गरे, “नेपाल र भारतबीच सदियौँ देखि सांस्कृतिक र भावनात्मक सम्बन्ध रहँदै आइरहेको छ”, उनले भने, “जसकारण दुवै मुलुकबीच सौहार्दपूर्ण सम्बन्ध रहँदै आइरहेको छ । यसलाई थप सुदृढ गर्दै आपसी सद्भाव र सामजञ्यता कायम गर्न आवश्यक छ ।”
नेपाल भारतको सम्बन्ध जन–जनमा आधारित रहेकाले कुनै अतताई शक्तिबाट खलहुन नसक्ने बताउदै भारतले नेपाललाई गर्दै आएको सहयोग अतुलनिय रहेको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको बेला घोषणा गरिएको जनकपुर रगंशाला निर्माणकार्यलाई आफ्नो नेतृत्वमा मधेस प्रदेश सरकारले गतिदिएको बताउदै मुलुककै ठुलो रहेको वीगन्जको रगंशाला निर्माणमा भारत सरकारको सहयोगको अनुरोध गर्दै मन्त्री जयसवालले भारतीय महाबाणिज्य दुतावास वीरगन्जलाई सहकार्यको लागीलाई अनुरोध समेत गरे ।
वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहले नेपाल र भारतबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउँदै लैजानुपर्ने बताए । तराईमा देखिएको खानेपानि समस्याको दृघकालीन समाधानको लागी भारत सरकारको सहयोगको अपेक्षा व्यक्र गरे ।
भारतका महावाणिज्य दूतावास वीरगञ्जका महावाणिज्यदूत देवी सहाय मिणाले भारत र नेपालबीच सदियौँदेखि सामाजिक र सांस्कृतिक सम्बन्ध कायम रहँदै बताए ।महावाणिज्य दुत मिणाले नेपालको चौतर्फि विकासको लागी भारतको सहयोग निरन्तर जारी रहने प्रतिवद्धता व्यक्त गरे ।
“भारतीय स्वतन्त्रता आन्दोलनमा पनि नेपालका तर्फबाट उल्लेखनीय भूमिका निर्वाह गरिएको छ”, महावाणिज्य दुत मिणले विगत स्मरण गर्दै भने, “दुवै मुलुकबीच भाइचारा र सांस्कृतिक आदान प्रदान हुँदै आइरहेको छ । यो निकै प्रशंसनीय कार्य हो । यस सम्बन्धलाई अझै प्रगाढ बनाउन भारत प्रतिबद्ध छ ।”
इन्डियन काउन्सिल फर कल्चरल रिलेसनको संयोजनमा महाभारणका नायक अर्जुनले प्राप्त गरेको गाण्डिव धनुषमा आधारित अर्जुन शिव सम्बाद काथमा आधारित कथक नृत्यले कार्यक्रममा सहभागी सबैलाई मन्त्रमृग्ध बनाएको थियो ।कार्यक्रममा बारा पर्साका सुरक्षा प्रमुख,वीरगन्ज उधोग वाणिज्य संघका पदाधिकारी,उधोगी व्यापारी,सरकारी कर्मचारी ,बुद्धिजिवि,संचारकर्मि लगायत उल्लेखनिय सहभागीता रहेको थियो ।
पाकिस्तानको पांच बिमान खसालेको भारतीय वायुसेना प्रमुख एयर चीफ मार्शल ए.पी. सिंहले गरे खुलासा
भारतीय वायुसेनाका प्रमुख एयर चीफ मार्शल ए.पी. सिंहले खुलासा गरेअनुसार, ‘अपरेसन सिन्धूर’मा भारतको एस–४०० हवाई प्रतिरक्षा प्रणालीले पाँचवटा पाकिस्तानी लडाकु विमान र एउटा एईडब्ल्यू एण्ड सी (AEW&C) वा ईलिन्ट (ELINT) विमान खसालेको छ । उनले यो प्रणालीलाई ‘गेम–चेन्जर’ भन्दै, करिब ३०० किलोमिटर टाढाबाट ठूलो लक्ष्य नष्ट गरिएको दाबी गरे — यसलाई सतहबाट हावामा गरिएको सबैभन्दा लामो दूरीको हत्या (किल) को रूपमा अभिलेख गरिएको छ ।२२ अप्रिल २०२५ मा पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतीय सुरक्षा निकायले ७–१० मेबीच ‘अपरेसन सिन्धूर’ सञ्चालन गरी पाकिस्तान अधिकृत कश्मीर (PoK) र पाकिस्तानभित्रको आतंकवादी पूर्वाधारमा ठोक्किएको थियो । सिंहका अनुसार, एस–४०० को विस्तारित दायराले पाकिस्तान वायुसेनाका लडाकु विमानलाई लामो दूरीका ग्लाइड बमहरू प्रयोग गर्ने बिन्दुसम्म पुग्नै दिएन, जसले उनीहरूलाई स्ट्यान्ड–अफमा रोकियो । यसकै क्रममा ज्याकबाबादस्थित एफ–१६ र भोलेरीमा तैनाथ एक सहयोगी विमान पनि ध्वस्त पारिएको दाबी छ ।
यता इस्लामाबादमा, पाकिस्तानी अधिकारीहरूले ‘विजय उत्सव’का रूपमा प्रेस ब्रिफिङ गर्दै आफ्ना वायु प्रतिरक्षाले ‘भारतीय आक्रमणलाई पराजित’ गरेको दाबी गरे । तर, अन्तर्राष्ट्रिय विश्लेषकहरूले यसलाई खोक्रो प्रदर्शन भनेका छन् । लाहोरस्थित स्वतन्त्र रक्षा विश्लेषक अब्दुल करीम भन्छन्, “यदि उनीहरूले आफैंका एईडब्ल्यू एण्ड सी जस्तो उच्च मूल्यका साधन गुमाएका छन् भने, त्यो विजय होइन, गम्भीर हार हो ।”
सैन्य स्रोतहरूका अनुसार, पाकिस्तानको जेएफ–१७ र एफ–१६ मा प्रयोग हुने मिसाइल प्रणालीहरूको प्रभावकारी दायरा ८०–१०० किलोमिटर मानिन्छ, जसले भारतको ४०० किलोमिटर क्षमतायुक्त एस–४०० सँग प्रतिस्पर्धा गर्न नसक्ने स्पष्ट हुन्छ । लामो दूरीको अवरोधन क्षमताले पाकिस्तानी विमानलाई आकाशमै पहुँच नपाउने गरी रोकिदिन्छ, जसले युद्धको सुरुमा नै वायु वर्चस्व भारततर्फ तानिदिन्छ ।
भारतीय रक्षा मन्त्रालयले यस अपरेसनलाई ‘आतंकवादी संरचनाविरुद्धको लक्षित कारबाही’को रूपमा व्याख्या गर्दै अन्तर्राष्ट्रिय समुदायलाई समर्थनका लागि आग्रह गरेको छ । पाकिस्तानको विदेश मन्त्रालयसँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा उनले ‘अन्तर्राष्ट्रिय कानुन उल्लङ्घन’को आरोप मात्र दोहोर्याए ।
सिन्धूरपछि दक्षिण एसियाली आकाशमा शक्ति सन्तुलन फेरिएको सन्देश स्पष्ट छ—तर यो सन्तुलन कति समयसम्म रहन्छ भन्ने प्रश्न भने अझै खुला छ, जसको जवाफ भविष्यका राजनीतिक र सैन्य चालले दिनेछ ।
वीरगञ्ज । वीरगञ्जको केन्द्रमा रहेको आदर्शनगर चौकमा लगभग एक महिनादेखि रेनरेनले सुपरमार्केट संचालनमा आएको छ । नाम जस्तै पसलको बिक्रि काउन्टरमा क्रमश दुई जना चिनीयाहरु बसेर उक्त पसल सञ्चालन गरिहरेको छन ।स्थानीय व्यापारी देवकी अग्रवालको तिनतले घर मासिक २ लाख ६० हजार रुपैयामा चीनीयाहरुले भाडा लिएका छन । दुई तलामा केहि स्टाफसंगै चाइनिजहरु त्यही बसोको अग्रवालले बताए । सुरुमा चार जना चिनीयाहरु बसे पनि अहिले जियागं लि र एन एमिगं मात्रै रहेको अग्रवालले बताउँछन् , इन झोसी र मो यान फर्कि सकनु भएको छ ।पसलको मुख्य सञ्चालक जियांग लि भएको स्थानीयहरु बताउँछन । उनी यसभन्दा पहिला दुई नेपालमा पर्यटक भिसामा आएता पनि अहिले १८० दिनको लागी बिजनेस भिषामा आएका अग्रवालले बताए ।
मर्केट सञ्चालनमा देखिए जस्तो आर्थिक कारोबार चिनियाँहरुको नाम छैन । मार्केटको कागज पत्रहरुको सबै चाँजोपाँजो एक जना नेपाली नागरिकको नाममा दर्ता छ ।पर्सा जिल्लाको मधुवन मथवल बस्ने तिलक बहादुर खडकाको नाममा कम्पनी रजिस्टार कार्यालयमा दर्ता भएको रेनरेनले सुपर मार्केट आफुले सञ्चालन गरेको तिलक खडकाले बताउँछन् । उनले भने, ‘यो मार्केट मेरो हो, चीनमा उत्पादित समानहरुको बिक्रि बितरण भइरहेकोले त्यसको निरिक्षण र सुपरभिजनको लागी मात्र उँहाहरु (चाइनिजहरु) त्यहा बस्नु हुन्छ ।’ सुरुमा चार जना चाइनिजहरु पसलमा बसे पनि अहले दुई जना चाइनिजहरु मात्र रहेको खडकाले बताए ।
नेपालको तराई क्षेत्रमा पछिल्लो समय चिनियाँ गतिविधि उल्लेखनीय रूपमा बढेको छ । भौगोलिक रूपमा भारतसँग जोडिएको यो क्षेत्र रणनीतिक हिसाबले अतिसंवेदनशील मानिन्छ । हाल सालै यहाँ देखिएको चिनियाँ व्यापारी, लगानीकर्ता तथा सांस्कृतिक कार्यकर्ताको संलग्नता सामान्य देखिए पनि “व्यापारको आवरणमा जासुसी“ बढेको आरोप लाग्ने गरेको छ ।
कारोनाभन्दा पहिला पनि अलखिया मन्दिर नजिकै चिनियाँ नागरिकहरुले पुर्वमन्त्री बिमल श्रीवास्तवको घर भाडामा लिएर कपडाको पसल सञ्चालनमा ल्याएका थिए । तर, रातारात उनीहरु पसल बन्द गरेर फरार भए । पसलको माथिलो तल्लामा चाइनिजहरुले केहि सम्वेदनशील मशिनबाट भारत विरुद्ध जासुसी गरेको अरोप लागेपछि प्रहरीले बढाएको निगरानीले उनीहरु भागेको थिए ।
पछिल्लो केही वर्षयता तराईका वीरगञ्ज, भैरहवा, जनकपुर, नेपालगञ्ज लगायत नाकाका सहरहरूमा चिनियाँ कम्पनीहरू व्यापारका नाममा सक्रिय हुँदै आएका छन् ।चिनियाँ नागरिकद्धारा वीरगञ्ज पथलैया कोरीडोरमा सञ्चालित छाला तथा मासु उद्योगहरु व्यापारभन्दा कागजी मिलानको आडमा तस्करी गर्ने काम मात्र हुने गरेको पाइएको छ ।
ठमेल र पोखरापछि चीनले आर्थिक महानगरी वीरगञ्जलाई चिनियाँहरुको अखडा बनाउन लागेकोे राष्ट्रिय एकता अभियानका अध्यक्ष बिनय यादवको आरोप छ ।मुलुकको आर्थिक अवस्था दिन प्रतिदिन खस्दै गएको अवस्थामा वीरगञ्जमा साना व्यापारी ठुलो मारमा रहेको बताउदै अध्यक्ष यादवले भने, ‘भारतमा उत्पादित भारतीय र चीनमा उत्पादित समानहरुको पसल चाइनिजहरुले चलाउने हा । नेपाली विदेश जाने हो ? यहिलेको घाटाको व्यापारमा अढाइ लाख भाडा तिरेर कसरी चाइनिजहरु कसरी नाफा कमाउँछ अर्थात तपाईं आफै बुझनुहोस् व्यापारको आवरणमा भारत विरोधी जासुसी मात्र हो ,यो मार्केट ?’
नेपालका प्रमुख सीमावर्ती नाकाहरूमा चिनियाँ व्यवसायीहरूले सञ्चालन गरेका सर्भिस सेन्टर र सिसिटिभी वितरण केन्द्रहरूबाट स्थानीय ग्राहकहरूको मोबाइल डाटा, अनलाइन गतिविधि तथा सामाजिक सञ्जालको व्यवहार समेत ट्र्याक गर्ने देखि करोडौ रुपैयाका ठगी गरिएको खुलासा भएको छ । लगभग दुई वर्ष अघिपनि वीरगञ्जको लक्षुमणवामा पहरीले गरेको छापामारीमा चाइनिजहरुद्धारा सञ्चालित भारतबाट ठुलो अनलाइन ठगीको खुलासा भएको थियो ।
वीरगञ्जमा सञ्चालित रेनरेनले सुपर मार्केटलाई चिनियाँ नागरिकले सञ्चालन गरेको बारेमा पर्सामा प्रहरी उपरिक्षक गौतम मिश्रले भने, ‘चाइनिज भिजिट भिषामा आएका हुन,मार्केट तिलक बहादुर खडकाको नाममा दर्ता रहेको छ । उनीहरु सेल्समैनको रुपमा काम गरेको होलान । म पनि बुझि रहेको छु ।’
चाइनिजहरु सिधा रूपमा काम नगरी, स्थानीय व्यापारी, दलाल वा धार्मिक संस्थामार्फत नेपालमा आफ्ना गतिविधि बढाउदै आएका छन । कतिपय मदरसा तथा बौद्ध धर्मसँग जोडिएका संघसंस्थाहरूमा चिनियाँ प्रभाव देखिन थालेको छ । यसमा नेपालको सम्बन्धीत निकायले समयमा नै ध्यान पुर्याएन भने नेपालभित्र रहेर विदेशीले अर्को देशविरुद्ध गरेको अपराधको भागीदार नेपालले भोग्न पर्ने स्थिति नआओस ।
वीरगन्ज, नेपालका मुस्लीमहरुको भारतसंग रोटी–बेटीको सम्बन्ध मात्र नभइ धार्मिक सम्बन्ध पनि त्यतिकै महत्वपूर्ण रहेकोले भारत बिरोधी तत्वहरुबाट सावधान रहन अनुरोध गरिएको छ । वीरगन्जको होटल पुजनमा नेपाल भारत मिल्ते कन्सील सेन्टरले आयोजना गरेको इन्डो नेपाल इन्टलेक्युअल गेदरिगं कार्यक्रमका सहभागी मुस्लीम नेताहरुले यस्तो अनुरोध गरेका हुन । नेपाली मुस्लीमहरुको धार्मिक र सांस्कृतिक सम्बन्ध पनि भारतसंग प्रत्यक्ष भएकोले नेपालबाट हुने कुनै पनि भारत बिरोधी गतिविधिबाट सावधान रहनु पर्ने मुस्लीम नेताहरुकोले जोड दिएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि कानुन, न्याय तथा संसदीय मन्त्री अजय कुमार चौरसियाले नेपाल भएर भारत बिरोध गतिविधिबढे सिमाको चेकजांचका कडाइ हुनु स्वभावीक भएकोले भारत बिरोधी गतिविधिबाट नेपाली जनता र सरकार दुबै सजगरहनु कुरा बताउनु भयो ।मन्त्री चौरसियाले भारतमा हुने कुनै पनि आतकवादी हमलबाट नेपाललाइ पनि प्रभाव पर्ने भएकोले त्यसता गतिविधिबाट हामी सबै सावधान रहनु पर्दछ भन्दै मन्त्री चौरसियाले भन्नु भयो,‘भारत बिरोधी सबै तत्व वा ग्रुपबाट हामि सावधान रहनु पर्दछ,कतिपय व्यक्तिहरुलाई हामि जानी नजानी जात धर्मको आडमा एक दुय दिनको वास दिने गरेका हुन्छा,ै तर त्यहि व्यक्तिहरु पछि भारतमा गएर आतंकवादी गतिविधि गरेका हुन्छन त्यसबाट हामि सावधान रहनु पर्दछ ।
नेपाल भारत बिच धार्मिक,बैबाहिक,सांस्कृतिक,आर्थिक लगायतका सम्बन्ध सनातनकाल अदभुत रहेकोले, कुनै पनि शक्ति चाहनाले यो नटुटने मन्त्री चौरसियाले ठोकुवा गर्नुभयो ।
कार्यक्रममा बोल्दै जनमत पार्टिका केन्द्रिय उपाध्यक्ष एवम पुर्वखानेपानि मन्त्री अबदुल खाले भारत बिरोध गतिविधि प्रति सबै मिुस्लीम समुदायलाई सतर्क र सजग बनाउनुका साथै नेपाल भारतको सम्बन्धलाई अझ प्रगाढ बनाउने उदेश्यले यो कार्यक्रमको आयोजना गरिएको प्रति आयोजकलाई धन्यवाद व्यक्त गर्नुभयो ।पुर्वमन्त्री खाँले नेपाल भारतको सम्बन दुबे देश बिच सिमा स्थापनाबाट पनि पहिला देखिए मानव सभ्यता सुरु भएदेखिको बैदिक सनातन सम्बन्ध भएकोे बताउनु भयो । नेपाल भारत बिच रोटी बेटीको सम्बन्ध मात्र नभइ नेपाल भारत वायलोजिक र मनोबैज्ञानिक सम्बन्ध विभिन्न रिर्सचहरुले देखाएको बताउदै भन्नु भयो,कतिपय सोधहरुले सिमामा बस्ने दुबै देशका नागरिकहरुको रक्त समान भएकोले दुबै देशका जनताका गतिविधि,सोच ,कार्यशैलि सबै समान हुने गरेको प्रमाणित गरिसकेको छ ।’
नेपाल भारत बिचको सम्बन्ध प्रगाढ भएकोले भारतमा हुने कुनै पनि घटनाबाट प्रत्येक नेपालीलाई प्रत्यक्ष असर पर्ने भएकोले नेपाल भएर भारत बिरोधी हुने सबै खाले अनैतिक गतिविधिबाट सबै मुस्लीम समुदाय सर्तक हुनु पर्ने अनुरोध गर्नुृभयो ।
कार्यक्रममा सहभागी मुस्लीम उलमाहरुलाई ध्यानाकृष्ट गराउदै पुर्वमन्त्री खाँले भन्नु भयो, ‘नेपालका मुस्लीम युवाहरुलाई दिन–धर्मको कुरासंगै दुनियाको कुरापनि बताउनुस,किन कि कौम धार्मिक अगुवाहरुलाई मान्छ,हाम्रो कुरानले पनि भनेको छ,हामीले छिमेकीलाई कुनै दुख दिनु हुदैन,नेपालीहरुको कुनै गतिविधिबाट भारतलाइृ हानिहुनु हुदैन,भारतमा कुनै अफ्यारो भयो भने, त्यसबाट हामिलाई पनि असर पर्दछ ।त्यो दिनी गतिविधीहोस वा दुनियावी गतिविधिहोस ।’
नेपालको संविधान सबै जातधर्मलाई स्वतन्त्रा दिएको छ,त्यहि अनुसार हामि सबैले काम गर्नु पर्दछ,तर हामिले पाएको आजादी प्रति हामि सबै सजग हुनु पर्दछ ,अरुकसैलाई असर हुनु हुदैन, बताउदै पुर्व मन्त्री खाँले भारतको आजादीमा नेपाली मुस्लीमहरुको पनि सहभागीता रहेको र नेपाली मुस्लीमबाट भारतले कुनै प्रकारको शंका नगर्न अनुरोध गर्नुभयो ।
कार्यक्रममा सहभागी राज्यसभा सदस्य मौलाना खालिद शिदिकीले नेपाली मुस्लीमहरुको टोपी र दाढीलाई पाकिस्तान,बंगलादेश वा अरुकुनै देशसंग गास्नु गलत भएको बताउदै नेपालका मुस्लीमहरुको सबै धार्मिक सम्बन्ध भारतसंग रहेको बताउनु भयो ।मौलाना शिदिकीले सिमामा सुरक्षा चेकजांच कडा हुनु स्वभावीक भएको बताउदै त्यसमा नेपालले पनि सहयोग गर्नुपर्ने बताउनु भयो ।मुस्लीम बाहुल्य भएको पाकिस्तानका मुस्लीमहरु आफ्नै देशमा असुरक्षाीत रहेको बताउदै, नेपालमा मुस्लीम समुदाय अल्पसख्यक भएपनि अरुराज्य भन्दा कति गुणा सुरक्षीत र स्वतन्त्र रहेको बताउनु भयो ।
नेपाल भारत मिल्ते कन्सील सेन्टरको अध्यक्ष शमिम मिया अंसारीको अध्यक्षतामा भएको कार्यक्रममा पुर्व मुख्यमन्त्री लालबालु राउत गदि,भारतीय महाबाणिज्य दुतावासका कन्सुल संजय कुुमार,वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तीया आलम,पुर्व मन्त्री करिमा वेग,पुर्व राजदुत बिजय कान्त कर्ण लगायतका व्यक्तिहरुले नेपाल भारत बिच रहेको सम्बन्धको बारेमा प्रकाश परेका थिए ।
सङ्क्रमणकालीन न्यायसम्बन्धी सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी सिफारिस भइसकेका छन् तर ऐनअनुसार नियमावली बन्न नसक्दा काम अघि बढ्न सकेको थिएन ।
“सङ्क्रमणकालीन न्यायको प्रक्रियालाई निष्कर्षमा पु¥याउनका लागि सरकारले निरन्तर काम गरिरहेको छ”, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले भने, “ऐनअनुसार नियमावली बनाउने कामलाई तीव्रता दिएका छौँ ।”
बेपत्ता पारिएको व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) ऐन, २०८१ कार्यान्वयनमा आइसकेको छ । दुवै आयोगमा पदाधिकारी आएर काम समेत सुरू गरिसकेका छन् । ऐनमा भएका संशोधनबमोजिम बनाउनुपर्ने नियमावलीहरूको मस्यौदा तयार भइरहेका मन्त्री चौरसियाको भनाइ छ ।
कानुन मन्त्रालयले आर्थिक वर्ष २०८१–८२ मा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) ऐन, २०८१, विधायन ऐन, २०८१ र जिल्ला अदालत ९तेस्रो संशोधन० नियमावली, २०८१ तर्जुमा भई जारी गरिसकेको छ ।
मन्त्रालयले विभिन्न मन्त्रालयका १९ वटा विधेयकको अवधारणापत्रमा सैद्धान्तिक सहमति, १७ वटा विधेयकको मस्यौदामा तर्जुमा सहमति, १३ वटा ऐनमा संशोधन गर्न तर्जुमा सहमति प्रदान गरेको छ ।
त्यस्तै, छ वटा अध्यादेशमा तर्जुमा सहमति, १३ वटा नयाँ नियमावलीमा तर्जुमा सहमति, २३ वटा नियमावलीमा संशोधन गर्न तर्जुमा सहमति प्रदान गरेको छ । त्यसैगरी १० वटा गठन आदेश, पाँच वटा निर्देशिका, चार वटा कार्यविधि, चार वटा मापदण्ड र दुई वटा विनियमावली (नयाँ संशोधन)मा तर्जुमा सहमति प्रदान गरिएको छ ।
कानुन तर्जुमालाई थप वस्तुनिष्ठ र प्रभावकारी बनाउन नेपालको कानुन तर्जुमा प्रवृत्ति विश्लेषणसम्बन्धी अध्ययन गरी त्यसको प्रतिवेदन तयार पारेको छ । “कानुन मन्त्रालयले कानुन तर्जुमा गर्ने क्रममा अन्तरराष्ट्रिय सन्धिरसम्झौताको राय प्रदान गर्ने गरेको छ”, कानुनमन्त्री चौरसियाले भने, “कानुनी राय परामर्श प्रदान, स्थानीय तहका न्यायिक समितिको न्याय सम्पादनसम्बन्धी क्षमता अभिवृद्धि, गाउँसभा र नगरसभाका पदाधिकारी एवं कर्मचारीको कानुन तर्जुमासम्बन्धी क्षमता अभिवृद्धि र आमनागरिकमा कानुनी सचेतना अभिवृद्धि गर्ने काम भएको छ ।”
यस मन्त्रालयबाट तर्जुमा गरिएको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० संसद्बाट पारित भई प्रमाणीकरणको चरणमा रहेको छ । नेपाल कानुन व्यवसायी परिषद् ऐन, २०५० लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिमा दफावार छलफलका क्रममा रहेको छ नेता
नेपाली हेलिकप्टर नियन्त्रणमा लिएपछि रसुवामा तनाव, चिनियाँ ड्रोनले नेपाली भूमि निगरानी गर्दै!
असार २४ गते रसुवागढीमा आएको बाढीले नेपाल–चीन सम्बन्धमा पुनः एकपटक गहिरो चिसोपन ल्याएको छ। तिब्बतबाट एक्कासी खसेको विनाशकारी बाढीले रणनीतिक महत्व बोकेको मैत्री पुल बगाउनुका साथै नौ जनाको ज्यान लिएको छ भने अझै दुई दर्जनभन्दा बढी मानिसहरू बेपत्ता छन्। तर प्राकृतिक विपत्तिभन्दा पनि त्यसपछि चीनको व्यवहारले कूटनीतिक तहमा गम्भीर तरंग सिर्जना गरेको छ।
सबैभन्दा विवादास्पद घटना हो—नेपालको सेनाले उद्धारका लागि पठाएको हेलिकप्टरलाई चीनको पीपल्स लिबरेसन आर्मी (PLA) ले करिब डेढ घण्टासम्म नियन्त्रणमा राख्नु। उक्त हेलिकप्टर स्थानीयहरूको उद्धारमा खटिएको थियो, तर चिनियाँ सेनाको अवरोधले संकट समाधानभन्दा उल्टो थप जटिलता सिर्जना गर्यो।
सैन्य उद्धार कार्यको बेलामा विदेशी शक्तिबाट बाधा उत्पन्न हुनु नेपाली सार्वभौमिकताको प्रत्यक्ष उल्लंघन हो भन्ने जनआकर्षण तीव्र बनेको छ। सुरक्षा विश्लेषकहरू भन्छन्, “उद्धारमा जुटेका नेपाली सुरक्षाकर्मीहरूमाथि यसरी हस्तक्षेप गर्नु चिनियाँ सैन्य व्यवहारको असहिष्णुता र नेपालप्रतिको हेपाहा प्रवृत्तिको परिचायक हो।”
यति मात्र होइन, रसुवा क्षेत्र आसपास चिनियाँ ड्रोनले अनधिकृत निगरानी गरेको तथ्य सार्वजनिक भएपछि स्थानीयबासी थप आतंकित भएका छन्। गोपनीयता र सुरक्षा उल्लंघन भएको भन्दै स्थानीय जनप्रतिनिधिहरूले चिनियाँ व्यवहारको कडा आलोचना गरेका छन्।
नेपाल सरकारका अधिकारीहरूका अनुसार चीनले बाढी र मौसमसम्बन्धी पूर्वसूचना दिन इन्कार गर्दै आएको छ। मौसमविद् डा. भीम अधिकारी भन्छन्, “तिब्बततर्फको जलनिकासीको अवस्था थाहा नभएर नेपाली पक्षले कुनै पनि पूर्वतयारी गर्न सकेन। चिनियाँ पक्ष समयमै जानकारी दिन अग्रसर भएको भए मानवीय क्षति कम हुन सक्थ्यो। सूचनाको अभावमा रसुवाका धेरै बासिन्दा रातारात विनाशमा फस्नुपरेको स्थानीय प्रशासनले जनाएको छ।
घटनापछि सबैको दृष्टि नेपालस्थित चिनियाँ राजदूत चेन सोङ तर्फ गयो। विगतमा नेपालका आन्तरिक मामिलामा खुलेर बोल्ने गरेको पाइने राजदूत चेन अहिले भने पूर्ण मौनतामा छन्। विदेश मन्त्रालयले घटनाबारे चिनियाँ पक्षसँग स्पष्ट जवाफ मागेपनि कुनै प्रतिक्रिया आएको छैन। विश्लेषकहरू भन्छन्, “यो मौनता कूटनीतिक असंवेदनशीलताको गम्भीर संकेत हो। चीन नेपाललाई साझेदारभन्दा पनि आश्रित सम्झिरहेको मनोविज्ञान देखिन्छ।”
राजनीतिक दल, नागरिक समाज र सुरक्षा विज्ञहरू चीनको व्यवहारप्रति एकमतमा असन्तुष्टि प्रकट गरिरहेका छन्। संसद्मा समेत यो विषय उठ्न थालेको छ। तर, नेपाल सरकार अझै सावधानीपूर्वक मौन छ। परराष्ट्र मन्त्रालयको तर्फबाट कुनै ठोस वक्तव्य जारी गरिएको छैन।
पूर्व परराष्ट्रमन्त्री डा. प्रकाश शरण महत भन्छन्, “नेपालले न चीनसँग डराउनु पर्ने अवस्था हो, न अनावश्यक रूपमा टकराव खोज्नु पर्ने। तर आफ्नो स्वाधीनता र सुरक्षामा आँच आउँदा राष्ट्रको अडान स्पष्ट हुनुपर्छ।”
रसुवागढीको यो घटना नेपाल–चीन सम्बन्धका लागि मोड़बिन्दु बन्ने देखिएको छ। जलस्रोत, मौसमीय सहकार्य, सीमाक्षेत्रको आपसी समझदारी तथा आपतकालीन व्यवस्थापनका विषयहरू पुनरावलोकन आवश्यक देखिन्छ। नेपालले पछिल्लो समयमा चीनसँग बीआरआई, सडकमार्ग, जलविद्युत् लगायत विभिन्न परियोजनामा सहकार्य गर्दै आएको भए पनि सुरक्षा र आत्मसम्मानका प्रश्नमा स्पष्ट नीतिगत धारणा आवश्यक भएको विज्ञहरूको धारणा छ।
रसुवागढी बाढीपछि देखिएको चीनको अडान र व्यवहारले नेपालको सार्वभौमिकता, सुरक्षा र मानवीय अधिकारप्रतिको चिन्तालाई पुनः उजागर गरिदिएको छ। उद्धार कार्य अवरोध, ड्रोनबाट निगरानी, सूचनाको अभाव र कूटनीतिक मौनता—यी सबै घटनाक्रमले चीनप्रतिको विश्वासमा गहिरो प्रश्न उठाएको छ।
अब प्रश्न उठेको छ—के नेपाल चीनसँग पारदर्शी, सम्मानजनक र सहकार्यमा आधारित सम्बन्ध कायम गर्न सक्नेछ? वा शक्तिशाली छिमेकीको मनोमानी सहेर मौन बस्न बाध्य रहनेछ ? सबैको नजर अब नेपालको कूटनीतिक विकल्प र राष्ट्रिय अडानमा केन्द्रित भएको छ।
