भ्रष्ट्राचार र अनियमितताको आख्डा बन्दै गएको वीरगन्ज महानगरपालिकामा पुन अर्को घोटाला भएको खुलासा भएको छ । महानगरपालिकाको
फोहरमैला व्यवस्थापन तथा सरसफाई महाशाखामा तेल घोटाला भएको आरोप लागेको हो । माहानगरपालिकाले चलाएको लामखुट्टे मार्ने अभियानमा माहाशाखा प्रमुख सरफुदिन मियाले तेल घोटाला गरेको आरोप लागेको हो ।
केहि हप्ता अगाडि वीरगन्ज महानगरपालिकाले नगरप्रमुख राजेश मानसिहंबाट लामखुट्टे मार्न औषधी छर्ने अभियानको उदघाटन गरेको थियो । जसअनुसार महानगरपालिकाको ३२ बटा वडाका लागि लामखुट्टेमार्न औषधी छर्ने जिम्मेवारी सरसफाई प्रमुख सरफुदिन मियालाई दिइएको थियो । महानगरपालिकाले मंगाएको नया गाडि तथा विभिन्न व्यक्तिहरुद्धारा लामखुट्टे मार्न औषधी छर्ने अभियानको जिम्मेवारी मियाले पाएका थिए ।
सोहि अभियानमा अन्तर्गत लाग्ने मट्टितेल भण्डारण गरेको स्टोरबाट तेल चोरी गर्न खोजिए आरोपमा सरसफाई अधिकृत सरफुदिन मिया माथि लागेको छ ।वीरगन्ज महानगरपालिकाले मियालाई तेल चोरी गर्ने बिषयमा शुक्रबार स्पष्टिकरण सोधीएको एक अधिकृतले बताए । ‘महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्द कुमार कर्णले मियालाई तेल घोटालामा तपाईलाई कार्यवाहि किन नगरिने ? भन्दै शुक्रबार स्पष्टिकरण सोध्नु भएको हो ’उनले भने,‘मियाले बुझेका छन कि छैनन थाहा भएन’।
लामखुट्टे मार्ने अभियानको लागी २ सय लिटर तेल पहिला नै उपलब्ध गराइएको थियो । तर, सो तेल सकिएको भन्दै अधिकृत मिया पुन ः कुपन मांग गरेपछि प्रमुख प्रशासकीय अधिकृत कर्ण अबेर राति ८ सरसफाई महाशाखाको स्टोरमा छड्के निरीक्षण गरेपछि ८० लिटर मट्टितेल फेला परेको बताइन्छ ।
निरीक्षण अघि मियाले प्रमुख प्रशासकीय अधिकृत सहितको टोलिलाइृ सबै तेल सकेर ग्यालेन खाली छ भनेर जानकारी गराएका थिए ।स्टोरमा तेल पाइए पछि स्टोरमा भएको तेल उनले व्यक्तिगत रुपमा घोटाला वा चोरी गर्नखोजेको आरोप लागेको छ ।
तेल भेटेपछि स्टोरमा अर्को ताल्चा लगाउदै तपाईलाई तेल हिनामिना तथा चोरी गरेको अरोपमा कार्यवाहि किन नगर्ने भनेर स्पष्टिकरण सोधिएको महानगरपालिकाले जनाएको छ ।
यसबारेमा सरफाई अधिकृत सरफुदिन मियासंग सोध्दा आफुले कुनै तेल घोटाला नगरेको बताउदै प्रमुख प्रशासकीय अधिकृतबाट सोधिएको स्पष्टिकरणबारे आफुलाई कुनै जानकारी नभएको बताए । उनले लामखुट्टे मार्ने औषधी छर्न केमिकलमा मिसाउन र गाडी सञ्चालन गर्न तेल आवश्यक पर्ने भएकाले माग गरेको बताए ।
वीरगन्ज महानगरपालिकामा यसअघि पनि पटक पटक तेलघोटाला हुने गरेको आरोप लाग्ने गरेको छ । प्रमुख प्रशासकीय अधिकृत कर्णले महानगरमा अनुशासन कायम राख्न अनियमिततामा संलग्न कसैलाई नछाड्ने बताउदैँ आएका छन् ।
सिमांचल समाचार
स्थानिय एक युवकको सहयोगमा तीन जनाको ज्यान जोगीएको छ । शनिबार बिहान वीरगञ्जका युवा सन्तोष कुमार साहले देखाएको मानवताले दुर्घटनामा परेकाहरुको ज्यान जोगीएको हो । नबिल बैंक मधेस प्रदेश शाखामा कार्यरत गुप्ताले सडक दुर्घटनामा परेका तीनजनाको जीवन जोगाएर मानवताको अनुपम उदाहरण दिएको प्रहरीले जनाएको छ ।
बाराको सिमराबाट वीरगञ्ज फर्कने क्रममा जितपुरमा भएको दुर्घटनामा २८ वर्षीय सुशील बिडारी, उनकी आमा गङ्गा बिडारी, र जितपुरका भागिरथ साह गम्भीर घाइते भएका थिए । वरपरका मानिसहरू सहयोग गर्न हिचकिचाइरहदा र समयमा एम्बुलेन्स समेत नभएपछि गुप्ताको सहयोगमा घाइतेलाई अस्पताल पुरयाएको थियो ।
घटना स्थलमा पुगेका सन्तोष साहले घाइतेहरुको अवस्था देख्ने बितिकै आफ्नो गाडी रोकी अस्पताल पुर्र्याएको प्रहरीले जनाएको छ ।
समयमै घाइतेलाई अस्पताल भर्ना गरेपछि उनीहरु ठुलो जोखिमबाट जोगउन सकिएको घाइतेका अफन्तले सुशील बिडारीले बताए ।उनेले भने,‘वहां समयमै नआएको भए जे पनि हुन्थ्यो ,घाइते सबैलाई बचाउने ठुलो मानवता देखाउनु भयो’ । अस्पतालका चिकित्सकहरूका अनुसार समयमै उपचार नपाएको भए ठूलो क्षति हुन सक्थ्यो । अहिले तिनै घाइतेहरूको अवस्था राम्रो छ ।
संकटको घडीमा सहयोगी बन्न सकियो भने जीवन बदल्न सकिन्छ भन्ने मानवताको मैले सहयोग गरेको साहको भनाइ रहेको छ ।
काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा सहभागी भएको भन्दै १०६ जनालाई पक्राउ गरेको छ।
शुक्रबार दुर्गा प्रसाईंको नेतृत्वमा भएको उक्त प्रदर्शनमा तोडफोड, लुटपाट, आगजनी र हत्या समेत भएको भन्दै प्रहरीले यसमा संलग्न भएकाहरूको खोजी गरी अनुसन्धान अघि बढाएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौं, मातहतका वृत्तहरू, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र अन्य प्रहरी कार्यालयका प्रहरी परिचालन भएर एक सय भन्दा बढीलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार पक्राउ गर्नेहरूको वर्गीकरण गर्ने काम भइरहेको छ।
रवीन्द्र मिश्र, धवल शमशेर राणा, स्वागत नेपाल लगायतका केही व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको थियो। शनिबार ललितपुरबाट प्रहरीले धर्मगुरू पुष्कर खतिवडालाई पक्राउ गरेको हो।
त्यसबाहेक यस घटनामा संलग्न व्यक्तिहरूलाई रातभरिमा खोजी गरिएको हो।
‘राति १० बजेतिरसम्म ५० जना जति पक्राउ परेका थिए। फेरि रातभरिमा विभिन्न ठाउँमा खोजी गरी थप व्यक्तिहरू समाएका हौं,’ एसपी बोहराले भने, ‘अब ती व्यक्तिहरूलाई स्क्रिनिङ गर्छौं।’
उनका अनुसार अहिले पक्राउ परेका व्यक्तिहरू सिसिटिभी फुटेज, भिडिओ, फोटो लगायतमा देखिएकाहरू हुन्।
‘सामाजिक सञ्जालमा आएका फोटो/भिडिओहरूलाई आधार बनाएर पनि खोजी भइरहेको छ। हामी अहिले पनि फिल्डमै खोजिरहेका छौं। कतिपय मानिसहरू घरबाट भागिसकेकाहरू पनि छन्,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने।
उनीहरूको पनि संलग्नताबारे अनुसन्धान भइरहेको हो। को माथि कुन कस्तो खाले मुद्दा चलाउने भन्ने विषयमा पनि छलफल हुने उनको भनाइ थियो।
भाटभटेनी सुपरमार्केटमा पनि लुटपाट भएको थियो। उक्त लुटपाटमा संलग्न केही व्यक्तिहरू पनि रहेको एसपी बोहराले बताए।
‘त्यहाँको सिसिटिभी फुटेजमा पनि प्रष्टसँग देखिएको छ। त्यहाँ महिला र बच्चाहरू समेतको संलग्नता देखिन्छ। हामी यसमा हेर्दैछौं,’ उनले भने, ‘थप अनुसन्धानको काम भइरहेको छ।’
प्रहरीले फरार भएका दुर्गा प्रसाईंको पनि खोजी गरिरहेको छ। तर उनी अझै फेला पर्न सकेका छैनन्। उनी फोन अफ गरेर सम्पर्कविहीन भएका हुन्।
भारतले ग्लोबल साउथको प्रमुखको भूमिका खेल्ने चाहना राखिराख्दा प्रधानमन्त्री मोदीको प्राथमिकता भने घरेलु राजनीतिकको सन्तुलनसंगै वैश्विक परिवेशलाई बढाउदै अगाडि बढेको छ । भारतलाई बलियो, महत्त्वपूर्ण र सम्मानित अन्तर्राष्ट्रिय शक्तिको रुपमा अगाडि बढाउने भारतीय प्रधानमन्त्री मोदी चर्चित हुनु हुन्छ ।
अमेरिकासँग भारतको बढ्दो सम्बन्धले यस विचारलाई मद्दत गर्दछ । तर अमेरिकासँगको घनिष्ठ सम्बन्ध बाहिर देखाउँदा भारतले आफ्नो स्वायत्तताको प्रमाणको रूपमा रुस सम्बन्धलाई कायम राख्दै आएको छ ।
चीनको उदय र भारतको विशाल आर्थिक क्षमताद्वारा आउने व्यापारिक अवसरहरूको बारेमा सही रूपमा आङ्कलन गरेको देखिन्छ । रुसलाई जति साथ सहयोग गरेपनि मोदीको टतष्थ नितिले पश्चिमी देशहरूले भारतसंग जाइलाग्ने गरेका छैनन ।
मोदीकालमा भारतीय विदेश नीतिमा ठुलो फडको मारेको छ । वैश्विक समय र समीकरणका साथै प्रधानमंत्री नरेंद्र मोदीको व्यक्तिगत उच्चाइ र सक्रियताले भारतको वैदेशिक नितिमा ठुलोछाप छोडेको छ ।
एक दशक आगाडि भारतको बिदेश नितिलाइृ स्मरण गर्न सकिन्छ,जुन समयमा मोदी (सन् २०१४मा) सत्ताको नेतृत्व लिएका थिए । त्यसबेला उनीसंग बिदेश नितिको खासै अनुभव नभएको विपक्षीले हल्ला चलाइएका थिए ।
‘हिंदू राष्ट्रवादी नेता’भन्दै उनको छविलाई दर्शाउदै कांग्रेस आई लगायत बिपक्षी गठबन्धन नेताहरुले मुख्य रुपमा इस्लामी मुलुकहरुसंग भारतको सम्बन्ध खराब हुने दाबी गर्दै हिडेका थिए ।
तर भारतीय प्रधानमन्त्री मोदीले ‘इंडिया फस्ट’ को मंत्रणालाई केंन्द्रित गर्दै पहिला छिमेकि मुलुकहरुबाट व्यावहारिक विदेश नीतिलाई अगाडि बढाउनु । जसअनुसार सबै बिरोधी र समर्थक आर्श्चयचकित भए । बितेको एक दशकमा उनी भारतीय विदेश नीतिलाई यसतो रुपदिन सफल भए , जसको बारेमा ‘भूतो, नभबिष्यती’ कसैले कल्पना पनि गर्नसकेका थिएन ।
प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा खाडी क्षेत्रसँगको भारतको सम्बन्ध दिन प्रतिदिन प्रगाण् बन्दै गएको छ ।पाकिस्तानले जतिहार गुहार गरेपनि खाडि मुलुकको आर्थिक र सुरक्षा दुबै कुरामा खाडिमुलुकका नेताहरुको प्राथमिकता भारत बन्दै गएको हो । खाडि मुलुकहरु भारतसंग राजनीतिक, आर्थिक र सुरक्षाचासोका बिषयहरुलाई आगाडि बढाएका छन ।जसले गर्दो खाडीक्षेत्रसँग भारतको संलग्नता अझ बलियो र बहुआयामिक भएको छ ।
मोदीको नेतृत्वमा, खाडी नेताहरूले भारतसँग संलग्न हुन देखाएको पारस्परिकताले गर्दा द्विपक्षीय सम्बन्ध थपफलदायी र उल्लेखनीय रूपमा अगाडि बढेको छ । भारत र खाडी मुलुकबीच उच्चस्तरीय भ्रमण हुने क्रम पनि बढ्दै गएको छ ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको हालै भएको भारत भ्रमण, भारत–खाडी सम्बन्धमा एउटा कोसेढुङ्गा सबित भएको छ । जसमा दुबै देश आफ्नो द्विपक्षीय सम्बन्धलाई रणनीतिक स्तरमा विस्तार गर्न सहमत भएका छन् । कुवेतले डिसेम्बर २०२४ मा प्रधानमन्त्री मोदीको भ्रमणको क्रममा रक्षा सहयोग सम्झौतामा हस्ताक्षर गरेको थियो ।
भारतको ‘थिंक वेस्ट’ नीति
मोदीको नेतृत्वमा भारतले खाडी क्षेत्रप्रति सक्रिय र व्यावहारिक दृष्टिकोण अपनाएको छ । यस क्षेत्रसँगको आफ्नो संलग्नतालाई थप केन्द्रित गर्न भारतले ’थिंक वेस्ट’ नीतिलाई अगाडि बढाएको हो ।
यो नीतिले द्विपक्षीय व्यापार र ऊर्जाको परम्परागत रूपलाई प्रभावशाली क्षेत्रमा लागु गर्नुका पनि हो ।जसले नवीकरणीय ऊर्जा, जलवायु परिवर्तन, कनेक्टिभिटी, विज्ञान र प्रविधि, रक्षा र सुरक्षा, लगायतका अतिआवश्कीय कुराहरुलाई खाडी क्षेत्रका देशहरूसँग रणनीतिक साझेदारी एवम निर्माण जस्ता सहयोगका नयाँ क्षेत्रहरूमा साझदारी गर्नु नै हो ।
खाडी क्षेत्रप्रति प्रधानमन्त्री मोदीको नीतिले परम्परागत क्रेता–विक्रेता सम्बन्ध भन्दा बाहिर गएका देशहरूसँग बलियो रणनीतिक साझेदारीलाई जोड दिन्छ ।
खाडीसँगको रणनीतिक साझेदारीलाई बलियो बनाउनुले भारतलाई फराकिलो पश्चिम एसियाली क्षेत्र र अरब–इस्लामिक संसारसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउने निश्चित छ ।
व्यापार र ऊर्जा व्यापार एवम ऊर्जा सहयोग लगायतका कुराहरु लामो समय देखि खाडी क्षेत्रसँगको बिस्तार भारतको प्रमुखतामा रहेको थियो । जुन दुबै मुलुकसंगको सम्बन्धको प्रमुख स्तम्भ भएको छ । द्विपक्षीय व्यापार क्रमशः बिलियन र बिलियनको व्यापार मात्रा रेकर्ड गर्दै भारतका दुई शीर्ष व्यापारिक साझेदारहरू मध्ये साउदी अरेबियाको रूपमा उभिएर, क्रमशः बढ्दै गएको छ।
यसले भारत र खाडी क्षेत्रबीचको गहिरो आर्थिक सम्बन्धलाई झल्काउँछ । भारतले हाल गल्फ को अपरेशन काउन्सिलसँग स्वतन्त्र व्यापार सम्झौता वार्ता गरिरहेको छ । जुन अन्तिम भएमा व्यापार र व्यापारलाई अझ बढावा दिनेछ । भारतले आर्थिक सहयोगलाई सुदृढ गर्दै २०२२ मा युएईसँग व्यापक आर्थिक साझेदारी सम्झौता मा हस्ताक्षर गर्यो ।
भारत आफ्नो ऊर्जा आवश्यकताहरूको लागि खाडी क्षेत्रमा धेरै निर्भर छ । यस क्षेत्रले आफ्नो कुल ऊर्जा आवश्यकताको लगभग दुई तिहाइ आपूर्ति गर्दछ । इराक, साउदी अरेबिया र यूएई कच्चा तेलको प्रमुख आपूर्तिकर्ता हुन । जबकि कतार भारतको तरल प्राकृतिक ग्यासको प्राथमिक श्रोत हो ।
खाडी देशहरूले ऊर्जा सुरक्षा सुनिश्चित गर्दै भारतको रणनीतिक पेट्रोलियम रिजर्भमा महत्त्वपूर्ण भूमिका खेल्छन ्। परम्परागत क्रेता–विक्रेता गतिशीलता भन्दा बाहिर जाँदै, भारतले रणनीतिक साझेदारी र खाडीको ऊर्जा क्षेत्रमा लगानी गर्दै आएको छ ।
भारतीय कम्पनीहरू खाडि मुलुकहरुमा तेल अन्वेषण, उत्पादन र पाइपलाइन परियोजनाहरूमा संलग्न छन् ।जसले गहिरो ऊर्जा सहयोगतिर ठुलो परिवर्तन ल्याउने आशा गरिएको छ ।
रक्षा र सुरक्षा
हालका वर्षहरूमा, खाडी देशहरूसँग भारतको सम्बन्ध अन्तरक्रियाको परम्परागत क्षेत्रहरू भन्दा बाहिर जान थालेको छ । मोदीको नेतृत्वमा खाडीक्षेत्रसँग भारतको संलग्नताको प्रमुख पक्ष भनेको रक्षा र सुरक्षा मुद्दाहरूमा गहिरो सहयोग हो ।
भारतले साउदी अरेबिया, ओमान, कतार, युएई र कुवेत जस्ता देशहरूसँग रक्षा सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ । संयुक्त सैन्य अभ्यास, प्रशिक्षण कार्यक्रम र रणनीतिक संवादले सेना देखि सैनिकसम्म अन्तरक्रियालाई बलियो बनाएको छ ।
भारतीय नौसेनाले आफ्नो खाडी समकक्षहरूसँग परम्परागत रूपमा रक्षा संलग्नताको नेतृत्व गरेको भए पनि हालैका वर्षहरूमा सेना, वायुसेना र तटरक्षकहरूबाट संयुक्त अभ्यास र प्रशिक्षण पहलहरूमा बढ्दो सहभागिता देखिएको छ ।
दुवै पक्षले आतंकवाद, अतिवाद र समुद्रिंक डकैती जस्ता अन्तर्राष्ट्रिय सुरक्षा चुनौतिहरूलाई सम्बोधन गर्ने महत्त्वलाई बुझेका छन् । परिष्कृत खुफिया साझेदारी र विभिन्न खाले सूचना आदानप्रदानले यी खतराहरूलाई प्रभावकारी रूपमा लड्न संयुक्त प्रयासहरूलाई थप बलियो बनाएको छ ।
उल्लेखनीय रूपमा, साउदी अरेबिया र युएईबाट आतंकवादी संदिग्धहरूलाई भारतमा निर्वासनले दुई पक्षहरू बीचको सुरक्षा सहयोगको बढ्दो सफलतालाई रेखांकित गर्दछ ।
भारतीय दूतावासद्वारा सांस्कृतिक कार्यक्रम, मयुरभाँज छाउँ नृत्य प्रदर्शन
नेपालका लागि भारतीय राजदूतावास र वीरगञ्जस्थित भारतीय महावाणिज्यदूतावासको संयूक्त आयोजनामा मयुरभाँज छाउँ नृत्य प्रदर्शन गरिएको छ ।
जनकपुरधाम आइतबार नेपाल–भारतलाई धार्मिक, सांस्कृतिक तथा पर्यटकीय रुपमा जोड्नका लागि आयोजना गरिएको सो नृत्य कार्यक्रममा मुख्यमन्त्री सतीशकुमार सिंहले नेपाल र भारतको सम्बन्धलाई चाहेर पनि कसैले तोड्न नसक्ने धारणा राखे ।
सो कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले भूगोल र सम्बन्धका कारण पनि नेपाल र भारतको मौलिकता आफ्नै किसिमको रहेको बताए । उनले नेपाल–भारतको सम्बन्धको लाभ मधेश प्रदेशले उठाउन सक्नुपर्ने बताए । सो कार्यक्रममा नेपाल तथा भारतको सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि दुबै देशको सांस्कृतिक झल्किने गरी नृत्य प्रस्तुत गरिएको थियो ।
जनकपुरधाममा सम्पन्न उक्त कार्याक्रममा मधेश प्रदेशका सांसद, मन्त्री, जनकपुरधाम उपमहानगरपालिकाका मेयर र अन्य सरकारी निकायका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।
भारतीय राजदूतावास, काठमाडौंले २३औं स्वर्ण जयन्ती छात्रवृत्ति दिवस शनिवार मनाएको छ ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वर्ण जयन्ती छात्रवृत्ति प्राप्त गरेका दोस्रो ब्याचका २०० जना मेधावी विद्वानहरूलाई राजदूतको स्वर्ण जयन्ती छात्रवृत्ति रोल अफ अनर प्रदान गर्नुभएको थियो ।
उहाँले स्वर्ण जयन्ती छात्रवृत्ति योजनाको २३औं ब्याचका पुरस्कृतहरूका साथै राजदूतको रोल अफ अनरको दोस्रो संस्करणका मेधावी विद्यार्थीहरूलाई बधाई दिनुभयो । विद्यार्थीहरूलाई आ–आफ्नो क्षेत्रमा उत्कृष्टताको लागि प्रयास गर्न प्रोत्साहन गर्दै भारतको स्टार्टअप इकोसिस्टम, इनक्युबेशन सेन्टरहरू र अन्य सहकार्यका पहलहरूमा हुने संलग्नता मार्फत उपलब्ध हुने व्यापक अवसरहरूमाथि प्रकाश पार्नुभएको थियो ।
भारतीय राजदूतावासले जारी गरेको विज्ञप्तिमा भारत–नेपाल आर्थिक सहयोगको ५० वर्षको स्मरणमा सन् २००२ मा प्रतिष्ठित स्वर्ण जयन्ती छात्रवृत्ति स्थापना गरिएको र यस समयको अवधिसम्म छात्रवृत्ति प्राप्त गर्नेहरूको संख्या वार्षिक रूपमा २०० जना पुगेको कार्यक्रममा जानकारी गराइएको थियो । यस छात्रवृत्ति योजनाबाट नेपालका ७७ जिल्लाबाट ३५०० जना भन्दा बढी नेपाली विद्यार्थीहरू लाभान्वित भएका र अहिलेको ब्याचमा छात्रवृत्ति प्राप्त गर्नेहरू नेपालका ७५ जिल्लाबाट रहेका छन् जसमध्ये एक तिहाइ छात्राहरू रहेका तथा यस वर्ष ३ जना भिन्न क्षमता भएका विद्यार्थीहरू पनि छनोट भएका भारतीय राजदूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भारत सरकारले प्रत्येक वर्ष इन्जिनियरिङ्ग, चिकित्सा, दन्त विज्ञान, व्यवस्थापन, वाणिज्य, नर्सिङ्ग, आयुर्वेद, नृत्य, रंगमञ्च र प्रदर्शन कला लगायत विभिन्न क्षेत्रहरूमा नेपाली विद्यार्थीहरूलाई लगभग १,५०० छात्रवृत्ति प्रदान गर्ने गरेको छ । यी छात्रवृत्तिहरूले विद्यार्थीहरूलाई भारतका शैक्षिक संस्थानहरूमा पहुँच प्रदान गर्दछ र उनीहरूलाई नेपालमा स्नातक कोर्षहरूका साथै स्नातक, स्नातकोत्तर र विद्यावारिधि कार्यक्रमहरूमा शिक्षा हासिल गर्न सहयोग गर्दछ । सन् २००१ यता भारत सरकारको तर्पmबाट नेपालका लागि भएका विभिन्न छात्रवृत्ति पहलहरूबाट लगभग ४०,००० विद्यार्थीहरू लाभान्वित भएका विज्ञप्तिमा उल्लेख छ ।
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष डा. देवराज अधिकारी, काठमाडौं विश्वविद्यालयका उपकुलपति डा. अच्युत वाग्ले, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति डा. अमरप्रसाद यादव, पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा. बिजु कुमार थपलिया, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति डा. ध्रुव कुमार गौतम, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति डा. शारदा थपलिया, विभिन्न संस्थानका डीनहरू र प्रख्यात विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो ।
वंश परम्पारले गर्दा समाजसँग टाढिँदै गएको वीरगंज उद्योग बाणिज्य संघ
वीरगन्ज / आफ्नो ४९ औं साधारणसभामा व्यस्त वीरगन्ज उद्योग वाणिज्य संघ अहिले नयाँ नेतृत्व चयनको प्रक्रियामा छ । गत २८ फागुनमा संघीय सरकारका कानून न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले साधारणसभा उद्घाटन गरेयता संघमा कार्यकारणी सदस्य तथा पदाधिकारीको लागि आन्तरिक जोड घटाउ चलिरहेको छ ।
अध्यक्ष अनिल कुमार अग्रवालको तीन बर्षे कार्यकाल सकिएपछि उनको कार्य समितिमा बरिष्ठ उपाध्यक्ष रहेका हरि गौतम सहमतिका आधारमा नयाँ अध्यक्ष हुने भएका छन् । आइतवार संघको पदाधीकारी चयन हुन लागेको निर्वाचन समितिले जनाएको छ ।तर यो चुनाव चुनावको लागी कर्मकान्डी मात्र हुने निश्चित छ ।
देशको मुख्य व्यपारिक नाका तथा प्रमुख औद्योगिक क्षेत्रलाई प्रतिनिधित्व गर्ने वीरगन्ज उद्योग वाणिज्य संघको नयाँ नेतृत्वमा सहरलाई चाँसो छैन । यहाँ रहेको ठाकुर राम बहुमुखी क्याम्पस वा नरर्सिङ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनिउनको निर्वाचन जतिको पनि चर्चा पाउन सकेको छैन । बरु सहरमा रहेका जेसिस, रोटरी, नेपाल पत्रकार महासंघ, रेडक्रस, बार एशोसिएशनको अधिवेशन बारे मानिसहरुले चाँसो जनाउने र सरोकार व्यक्त गर्ने गरेको भेंटिन्छ । तर, उद्योग वाणिज्य संघको विषयमा सहरको लागि सरोकारको विषय रहेन किन ? यो आफैमा प्रश्नको बिषय छ ।
संघमा यस अघि कार्यसमितिमा बसिसकेका एक व्यवसायिलाई आर्थिद्धारले सोधेको थियो, “किन उद्योग वाणिज्य संघको निर्वाचनसंग सहरमा कसैलाई मतलब छैन ? “वीरगंज उद्योग बाणिज्य संघमा निश्चित घरानाको मात्र हालिमुहाली भएपछि सहरका आम उद्यमी व्यवसायिको यसमा कुनै अपनत्व रहेन । यहाँका उद्योगी ब्यबसायिहरुले बरु वीरगंज उद्योग बाणिज्य संघनै विघटन गरे पनि हुन्थ्यो भन्छन्,” उनले भने, “सहरसंग, यहाँको समाजसंग र समाजका अंगहरुसंग यो संस्थालाई मतलब नहुने परम्परा जस्तै बन्दै गएको छ । यहाँका करिब ९० प्रतिशत उद्योगी ब्यबसायिहरु संघको साधरण सदस्य समेत बन्न नपाइने, संघमा आबद्ध हुन नपाइने भएपछि यस्तो हुनु स्वभाविक पनि हो ।
संघको प्रकाशनहरुमा वीरगन्ज क्षेत्रमा करिब साढे २ हजार उद्योग तथा कलकारखाना रहेको उल्लेख पाइन्छ । यस बाहेक वाणिज्य कार्यालय अन्तरगत दर्ता भएका हजारौं फर्महरु, व्यपारिक प्रतिष्ठान तथा पसलका रुपमा संचालित छन् । कम्तिमा पाँच हजारसधारण सदस्य हुनुपर्ने संस्थामा अहिले मात्र ६१२ जना सधारण सदस्य छन् ।
करिब ८८ प्रतिशत उद्योगी व्यवसायि संघमा अँटाएका छैनन । कारण निश्चित घारानाका अगुवा र तिनका छोराहरुलाई कार्यसमितिमा र पदाधिकारीमा पुस्तैनी रुपमा राखि राख्न आम उद्योगी व्यवसायिलाई सदस्यता नै नदिने गरेको एक जना घरेलु उद्योगका संचालकले बताए ।
“संघको सदस्यताको आबेदन दर्ता गरेर शुल्क लिने तर सदस्यता भने प्रदान नगर्ने वा ती घरानाका सिस्टर कन्सर्नहरुलाई मात्र सदस्यता प्रदान गरिने गरिन्छ, कयौंको त शुल्क समेत फिर्ता गरिदैन,” उनले भने, “सदस्यहरुलाई संघको अधिबेशनमा भोटिङ राइट हुने हुँदा सदस्यतामैं छेकवार गरिएको हो ।”
साधरण सदस्यले मतदाता हुने र उसले पनि संघको निर्वाचनमार्फत कार्यसमिति सदस्य बन्न सक्ने भएपछि यस्तो गरिएको देखिन्छ । ३५ जना कार्यसमिति सदस्य भित्रैबाट अध्यक्ष उपाध्यक्ष लगायतका पदाधिकारीहरुमा निर्बाचित हुने हुँदा निश्चित केही ब्यपारिक घराना भन्दा बाहिरका व्यक्ति नपुगोस भनेर स्थापित ब्यबसायि र उद्यमीहरुलाई समेत सदस्यता प्रदान गरिदैन ।
वीरगन्ज उद्योग बाणिज्य संघको कार्यकारिणी समितीमा पुर्ब अध्यक्ष एवं पदाधिकारीहरुका छोराहरुलाई स्थापित गराउन केन्द्रित हुन्छ, संघका सधारणसभा । अहिलेको कार्यकारिणी समितिमा पुर्ब अध्यक्षहरु पुर्बअध्यक्ष बाबुलाल चाचान, सत्यनरायन रुङटा, अशोक बैध, गणेश लाठ, अशोक टेमानी, सुबोध गुप्ता र निबर्तमान अध्यक्ष अनिल अग्रवालका नाती, छोरा र भतिजाहरुलाई भर्ना गरिएको छ ।
पछिल्लो समयमा बिदेशबाट नेपालमा आयात गरी ल्याइएका समानलाई यहाँको उत्पतिको प्रमाणपत्र दिने र त्यस माध्यमले सार्क मुलुकहरुमा बस्तु निर्यात गरेर सरकारबाट इन्सेन्टीभ असुल गर्ने खेलमा वीरगन्ज उद्योग वाणिज्य संघ अग्रणी छ ।
यहाँबाट छाला उत्पतिको प्रमाणपत्र लिएर निकासी हुने गाडिबाट तस्करीको मरिच भेंटिएको घट्ना लगायत अनेक उद्हारण भेंटिन्छन ्। अबैधलाई बैध गराउने र तस्करी तथा हुण्डि जस्ता गैरकानूनी गतिविधिलाई संस्थागत संरक्षणमा भुमिका समिति भएको संघ पछिल्लो समयमा समाजसंग कट्दै गएको छ ।
अघोषित सिण्डिकेट भन्दा बाहिरको व्यक्ति भित्रिएमा संघको आवरणमा संचालित केही सिमित उद्योगी व्यवसायिको कमाई खाने धन्दामा समस्या उत्पन्न हुने हुदा सदस्यतामा छेकवार उनीहरुको बाध्यता रहेको जानकारहरु बताउछन् । पर्सा जिल्लामा सरुवा भएर आउने उच्च पदस्थ सरकारी कर्मचारीहरुको स्वागत र स्वागत ,सम्मान र बिदाइ लगायतका चाप्लुसीमुखी गतिविधिमा संघ केन्द्रित देखिन्छ ।
वीरगंजको ड्राइपोर्टदेखि बगही जोड्ने सडकमा कल्भर्ट निर्माणको काम सुरु भएको छ । कल्भर्ट नहुँदा आउजाउमा समस्या भएको स्थानीयको गुनासोपछि महानगरपालिकाले उक्त सडकमा कल्भर्ट निर्माणको काम सुरु गरेको हो । ग्रामिण क्षेत्रका वासिन्दालाई आउजाउमा सहज होस भनेर कल्भर्ट निर्माणको काम अघि बढाएको महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताउनुभयो । कल्भर्ट निर्माणको आज एक कार्यक्रमका बीच महानगर प्रमुख सिंहले शिलान्यास गर्नुभयो ।
३३ लाखको बजेटमा एक महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले जानकारी दिनुभयो ।
कार्यक्रममा महानगरपालिकाका योजना प्रमुख अवधेश कुशवाहा, प्राविधिक सल्लाहकार प्रकाश अमात्य, स्थानीय युवा, बुद्धिजीवीको उपस्थिति रहेको थियो ।
नौ महिनाभन्दा धेरै समयदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा फसेका अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्किनुभएको छ । उहाँहरु नेपाली समयअनुसार आज बिहान सबेरै पौने ४ बजेतिर स्पेसएक्स रकेटमार्फत अमेरिकाको फ्लोरिडाको तटमा अवतरण गर्नुभएको हो ।

क्यामरा जडित डल्फिनको एउटा समूहले उहाँहरुको रकेट समुद्रमा डुब्दै गर्दा निरीक्षण गरेको छ । उहाँहरु आठ दिनका लागि भनेर अघिल्लो वर्षको जुन ५ मा बोइङ र नासाको संयुक्त ‘क्रू फ्लाइट टेस्ट मिसन’ मा स्पेस स्टेशन जानुभएको थियो । तर स्पेस क्राफ्टमा प्राविधिक समस्या आएपछि उहाँहरू पछिल्लो नौ महिनादेखि अन्तरिक्षमै रोकिनुभएको थियो ।
वैज्ञानिकहरुले अन्तरिक्ष कठिन भए पनि सुनिता र बुचको अन्तरिक्षमा नयाँ परिस्थितिमा अनुकूलन गर्ने र अन्तरिक्ष स्टेशनमा जीवन चलाइरहने निर्णय साहसिलो कदम भएको बताएका छन् । उहाँहरुको अनुभव र कामबारे जानकारी दिन नासाले केहीबेरमा पत्रकार सम्मेलन गर्दैछ ।
